Florence Hospital Dang
Majestic Hotel Dang

उपमहानगरपालिकाद्वारा अपाङ्गता परिचय पत्र बितरण सुरु

Birala Tyre Dang

दाङ, फागुन २ । घोराही उपमहानगरपालिकाले अपाङ्ग परिचय पत्र बितरण थालेको छ । सरकारको नयाँ कार्यविधि अनुसार घोराही उपमहानगरले आफ्नै कार्यविधि बनाएर फेरि अपाङ्गता परिचय पत्र बितरण थालेको हो ।

आज नगर प्रमुख नरुलाल चौधरीले घोराही ८ सौरीका पर्वत थारुलाई परिचय पत्र हस्तान्तरण गरेर बितरणको काम थाल्नुभएको हो ।

नगर उपप्रमुख सीता सिग्देल न्यौपाने र महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोतीकुमारी बिश्वकर्माको उपस्थितीमा बोली नआउने र कान नसुन्ने अबस्थामा रहेका पर्वतलाई ख वर्गको अपांगता परिचय पत्र दिइएको हो ।

सरकारले अपांगता भएकाहरुलाई क, ख, ग र घ बर्गमा बर्गिकृत गरी परिचय पत्र वितरण थालेको हो । उक्त परिचय पत्रका आधारमा गाडी भाडा, स्वास्थ्य उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close