Florence Hospital Dang
Majestic Hotel Dang

कञ्चनपुरको पुनर्वासबाट १८ किलो सुन बरामद

Birala Tyre Dang

कञ्चनपुर ,फागुन २ – प्रहरीको संयुक्त टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिका-२ बाट १८ केजी सुन बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले उक्त सुन पुनर्वास नगरपालिका अन्तर्गत दशरथ बस्तीस्थित भरत बिकको घरबाट बरामद गरेको हो ।

सीआइबीका एसपी सुदीप गिरीका अनुसार अलग अलग १०८ वटा सुनका टुक्रा बरामद भएको हो । ‘हाम्रो टोलीले दशरथ बस्तीको एक घरबाट सुनका १०८ वटा टुक्रा बरामद गरेको छ’, गिरीले अन्नपूर्णसँग भने, ‘यो १०८ टुक्रा तौल गर्दा १८ किलो हुन आएको छ।’

प्रहरीले सुन बरामद भएको पुष्टि गरे पनि त्यससँगै पक्राउ परेका व्यक्तिहरुबारे केही पनि खुलाएको छैन । ‘हामी अहिले अनुसन्धानका क्रममा छौँ’, गिरीले भने, ‘विस्तृत अनुसन्धानपछि यसको विवरण सार्वजनिक गर्छौँ ।

पुनर्वासमा अवैध सुन आइपुगेको सूचना पाएपछि सीआइबीका एसपी सुदीप गिरीसिहतको टोली त्यहाँ पुगेको थियो । प्रहरीले सुनसँगै एकजनालाई पक्राउ गरे पनि उनको नाम खुलाएको छैन ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close