Florence Hospital Dang
Majestic Hotel Dang

विद्यार्थी कुटपिट प्रकरण – माविका प्रधानाध्यापकले दिए राजिनामा

Birala Tyre Dang

पाँचथर ,फागुन २ ।  विद्यार्थी कुटपिटको घटनामा मुछिएका फिदिम माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गाराज खत्रीले अन्ततः पदबाट राजिनामा दिएका छन् ।

प्रधानाध्यापक खत्रीले बुधबार विद्यालय व्यवस्थापन समिति समक्ष राजिनामा दिएका हुन् ।उनले राजिनामा दिएसँगै संयुक्त विद्यार्थी संगठनले विद्यालय प्रशासनमा लगाएको ताला खोलेका छन् । विद्यार्थी कुट्ने प्रधानाध्यापक खत्रीको राजीनामा माँग्दै नेकपा निकट विद्यार्थी संगठन र संघीय समाजवादी विद्यार्थी फोरम सम्मिलित संयुक्त विद्यार्थी संगठनले आइतबार विद्यालय प्रशासनमा ताला लगाएका थिए ।

घटनाको बिषयमा सहमति जुटाउन सोमबार दुई चरणमा वार्ता समेत भएको थियो । विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, विद्यालयका शिक्षक र विद्यार्थी संगठनबीच भएको बार्ता बिना निश्कर्ष टुंगिएको थियो । वार्ता मार्फत् निष्कर्ष ननिस्केपछि विद्यार्थी संगठनले विद्यालय गेट अघि धर्ना समेत दिएका थिए ।

खत्रीले गल्ति स्वीकार गरी पदबाट राजीनामा दिएकाले ताला खोलिएको विद्यार्थी नेत्री कविता चापागाईंले बताइन् । प्रधानाध्यापक खत्रीले विद्यालय प्रशासनमा लागेको तालाका कारण पठन–पाठन र प्रशासनिक काममा बाधा पुगेको र आफ्नो राजिनामाले सहज निकास निस्कने भएकाले राजिनामा लिएको पत्रमा उल्लेख गरेका छन् ।

प्रधानाध्यापक खत्रीले गत बिहीबार सोही विद्यालयको कक्षा–९ मा अध्ययनरत विद्यार्थी रोहीत राईलाई कुटपिट गरी घाइते बनाएका थिए । घाइते रोहितको जिल्ला अस्पताल र झापाको अस्पतालमा उपचार पछि घर ल्याइएको अभिभावकले जनाएका छन् । विद्यार्थी संगठनहरु प्रधानाध्यापक खत्रीको व्यवहार र नैतिकतामाथि प्रश्न उठाउदै आन्दोलनमा उत्रेका थिए ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close