बाँके निकुञ्जमा पानी अभाव, बाघको आहारा संकटमा – दाङ खबर
Global Luja Dang

बाँके निकुञ्जमा पानी अभाव, बाघको आहारा संकटमा

MadanBhandari College

गुलरिया ,फागुन २ । जैविक विविधता संरक्षणसँगै लोपोन्मुख वन्यजन्तु पाटेबाघको संरक्षणका लागि ९ वर्ष अघि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि पानीको हाहाकार भएको छ।निकुञ्ज क्षेत्र भित्रमा पर्याप्त पानीको श्रोत तथा मुहान नहुँदा वन्यजन्तुलाई पानीको समस्या भएको हो।

वर्षातको समयमा निकुञ्जमा जसोतसो आकाशे पानी जम्मा गरिने भएपनि हिउँदको समयमा पानीको चरम अभाव हुनेगर्छ। यतिखेर बाँके राष्ट्रिय निकुञ्जमा पानीको समस्या रहेको बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत पुरुषोत्तम शर्माले बताए।उनका अनुसार पानी अभावमा वन्यजन्तु मात्र नभइ वनस्पति प्रजाती पनि सुक्न थालेका छन्।

निकुञ्जमा पर्याप्त पानी नहुँदा घाँस उत्पादनलगायत बाघको आहारा प्रजाती चित्तल, चौका, जरायो समेत संकटमा परेका छन्। ‘हामीले कृतिम रुपमा पानी आपूर्ति गर्न विभिन्न प्रयास गरेका छौं तर त्यो पर्याप्त हुन सकेको छैन,’शर्माले भने,’ निकुञ्जका विभिन्न स्थानमा थप पानी पोखरी निर्माण गर्ने तयारी निकुञ्जको छ।’

बाँके राष्ट्रिय निकुञ्ज सुख्खा क्षेत्र भएकाले माघ, फागुन, चैत्र महिनासम्म वन्यजन्तुलाई पानीको अत्याधिक समस्या हुने गरेको बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी विष्णु थपलियाले बताए।

चुरेभावरक्षेत्र भएकाले पनि यहाँ पानीको अभाव छ।उनले भने, ‘वनस्पति, आहारा प्रजातीलगायत बाघका लागि पानीको टट्कारो समस्या छ। राप्ती नदीमा स्थायी पानी भएपनि वन्यजन्तुलाई राजमार्ग क्रस गरेर ओहोरदोहोर गर्नुपर्दा दुर्घटनाको सम्भावना रहन्छ।’

निकुञ्ज भित्र २६ वटा कृतिम पानीका पोखरी निर्माण भएपनि प्रयाप्त छैनन्। उनले थपे यस वर्ष निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको सहकार्यमा साना ठूला गरी ६० वटा पोखरी निर्माण गर्दैछौं। कतिपय स्थानमा पानीको मुहान भेटिएका छन्, त्यसलाई व्यवस्थित गर्ने तयारीमा छौं।’

५ सय ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जमा पछिल्लो समय वन्यजन्तुको संख्या वृद्धिसँगै पानीको समस्या खट्किएको हो। बाघ सर्भेक्षण २०१३ अनुसार ४ वटा पाटेबाघ रहेको बाँके राष्ट्रिय निकुञ्जमा २०१७ को अनुगमनका क्रममा २१ वटा फेला परे।

बर्दियामा २०१३ मा ५० वटा वयस्क पाटेबाघ रहेकोमा २०१७ मा वृद्धिभइ ८७ वटा पुगेका छन्। नेपालमा गरिएको २०१३ को बाघ सर्भेक्षणमा १९८ वटा पाटेबाघ थिए।२०१७ को अनुगमनका क्रममा २३५ वटा भेटिएको तथ्यांक छ।

बाँके-बर्दिया कम्प्लेक्समा पाइने बाघहरु दुवै निकुञ्जमा विचरण गर्छन् बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए।उनका अनुसार माघ, फागुन, चैत्र महिनामा हिउँ नपग्लिँदासम्म बर्दिया निकुञ्जमा वन्यजन्तुलाई पानीको अभाव हुनेगर्छ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close