Florence Hospital Dang
Majestic Hotel Dang

आँखा अस्पतालको निरीक्षण

Birala Tyre Dang

दाङ, माघ ४ । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित आँखा अस्पताललाई सहयोग गर्ने बताउनुभएको छ । आज दाङको लमही आँखा अस्पतालको निरीक्षणका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित आँखा अस्पतालको सेवा तथा भौतिक पूर्वाधार विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले अस्पतालको भौतिक विकास र विशेषज्ञ सेवा प्रवाहका लागि दीर्घकालीन योजना पेश गर्न सुझावसमेत दिनुभएको थियो । घर्तीसहित प्रदेशसभा सदस्य रेवतीरमण शर्मा, इन्द्रजीत चौधरी र दामा शर्माले अस्पतालको निरीक्षण गर्नुभएको थियो ।

आँखा अस्पतालको भौतिक निर्माणका लागि निर्वाचन क्षेत्र पूर्वाधार कोष क्षेत्र नं १ ले रु ५० हजार विनियोजित गरेको छ । सो रकमले लमही आँखा अस्पतालका कर्मचारी आवास भवन निर्माण योजनाको कार्य सञ्चालन गर्ने निर्णय गरेको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिनुभयो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close