सप्तरीमा महिलाको विभत्स हत्या – दाङ खबर
Global Luja Dang

सप्तरीमा महिलाको विभत्स हत्या

MadanBhandari College

राजविराज ,पुस १७– सप्तरीमा एक महिलाको हत्या भएको छ । १२ पुसको विहानदेखि बेपत्ता सप्तकोसी नगरपालिका–१० की २६ वर्षीया पदिकी शेर्पाको हत्या भएको हो । हत्या आरोपमा प्रहरीले स्थानीय ३७ वर्षीय सन्तोष तामाङलाई पक्राउ गरेको छ ।

स्थानीय रमेश श्रेष्ठकी श्रीमती शेर्पालाई ढुंगा तथा खुकुरीले हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । व्यक्तिगत रिसइबीका कारण अभियुक्त तामाङले कर्तव्य गरी हत्या गरेको खुल्न आएको सप्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close