महालक्ष्मी विकास बैंकको सहयोग – दाङ खबर
Global Luja Dang

महालक्ष्मी विकास बैंकको सहयोग

Birala Tyre Dang

काठमाडौं, जेठ १५ ।  महालक्ष्मी विकास बैंकले काभ्रे बेथानचोकका पूर्णमान तामाङलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तपुर शाखाले ३७ वर्षीय तामाङलाई मिर्गौला रोग उपचारका लागि सहयोग गरेको हो ।

मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला रोग उपचार गराउँदै आएका तामाङलाई बैंकका वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेले चेक हस्तान्तरण गरेका थिए । तामाङको आर्थिक अवस्था निकै कमजोर भएकाले सहयोग गरेको बैंकको दाबी छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close