Florence Hospital Dang
Majestic Hotel Dang

सबैले पढ्न मिल्ने खुला प्रजिअ गजेन्द्र

Birala Tyre Dang

गोविन्द खड्का/हजारीका माला, खादा, दोसल्लाह गलाभरी थिए । धेरै जनाले लगाईदिएको टिकाले निधार अविरमय देखिन्थ्यो । टेवुलमा बसालेको टोपिले शिरमा मायाको चिनो श्वरुप नयाँ टोपि लगाएकोे बुझाउँथ्यो । टेवुलमा मायाको चिनो टलक्कै टल्किएको फोटो सहित प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले विदाईका तस्विर आफ्नो फेस वुक पेजमा पेष्ट गर्नुभयो ।

त्यसमा शुभयात्राका औपचारीक शब्दहरु धेरैले खर्च गरे । यो आलेख तयार पार्दा सम्म सात सय १४ जनाले लाईक गरेका थिए । एक सय ५० जनाले कमिन्ट र तिन जनाले तस्विर शेयर गरेका थिए । यसरी सामाजिक सन्जाल मार्फत सुभेच्छा प्रकट गर्नेहरु एक हजारका हारा हारीमा छन् । यसलाई प्रमुख मुद्धा बनाएर मात्रै मैले टिप्पनी गर्न खोजको होईन । लेख्नकैलागि मलाई भित्रै देखि प्रभावित पारेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठको खुला हुने शैलिले हो ।

उहाँले फोटो संगै पोष्ट गर्नुभएको स्टाटस मा १७ महिनाको जिम्मेवारी सार्थक र सफल बनाउन हरदम सम्भव सहयोग गर्नेप्रति आभार प्रकट गर्नुभएको छ । सल्यान जन्मेर दाङमा हुर्केको दोस्रो नम्वरमा खुलाउनुभएको छ । जे गरेँ असल नियतले गरे, मेरो कारणले कसैलाई असुविधा भएको भए नितान्तै कार्यसम्पादन र जिम्मेवारी वहनको कारण सम्झिनु भनेर सवैमा अनुरोध गर्नुभएको छ । आफु गोरखा जान लागेको जहाँ गएपनि दाङको विकास र समृद्धिमा सकारात्मक भुमिका रहने जानकारी गराउनुभएको छ । यो महत्वपुर्ण कुरा छ ।

अहिले सम्म प्रमुख जिल्ला अधिकारीहरु यसरी विदाई भएको विरलै पाईन्छ । भनिन्छ प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा राति हुन्छ । उज्यालो हुनेबेला जिल्ला छोडि सक्छन् । त्यसरी रातारात भाग्नुको पहिलो कारण बदमासी गरेका हुन्छन् । शक्ति विहिन भएको बेला खतरा महशुस गर्छन् । सरुवा भएर आउनेलाई चाकडि गर्ने जान लागेपछि हेप्ने प्रबृत्ति हुन्छ । त्यसैले सुन्ने वित्तिकै कुँद्छन् । दोस्रो कारण, सरुवा भैसकेपछि पनि जिल्ला नछोड्दा कुनै घटना दुर्घटना आइपर्न सक्छ । त्यसको जिम्मेवारी वहन गर्नुपर्छ । कुनै आपद विपद् आईलागे जवाफदेहि हुनुपर्छ । त्यसैले राता रात दोस्रो अधिकारी समक्ष बरबुझारथ गरेर टाप कस्छन् । यस्तै अड्कल काटिन्छन्, खास कारण रातारात भाग्ने अधिकारीलाई थाह होला । अहिले सम्म लिखित वा मौखिक रुपमा खुालएको भेटिन्न ।

उहाँले सरुवा भैसकेपछि ससम्मान विदाई हुनुभयो । औपचारीक विदाई कार्यक्रम गर्दा सम्म बस्ने धैर्यता देखाउनुभयो । यसले गर्दा कुनै पनि वदमासी गर्नुभएको थिएन, त्यसैले नडराएर बस्नुभयो भन्ने छाप छोड्न सफल हुनुभयो । सरुवा पछि एक दुई दिन बस्दैमा केहि घटना दुर्घटना वा आपद विपद आईलागेपनि जिम्मेवारी लिने आँट गर्नुभयो । उहाँमा जिम्मेवारीपन र जवाफदेहिता प्रष्ट देखियो । अझ सकारात्मक कुरा कता जाँदैछु भनेर पनि सामाजिक सन्जालमा पोष्ट गरेर खुलाउनुभयो । यसरी प्रमुख जिल्ला अधिकारीले आफु सरुवा भएर जाने ठाउँ सार्वजनिक रुपमा खुलाएको मैले देखेको थिएन । पहिलो हो । तर प्रजिअ श्रेष्ठले गोरखा जाँदैछु भनेर लेख्नुभएको छ । सरुवा भयो भने प्रहरीको सामान्य सिपाही देखि उच्च अधिकारीलाई भेटाउन सकिदैन । बदमासी गरीहाल्यो भने भेटाउनै सकिदैन । काँ जाने ? कसरी भेटाउने ? जस्ता प्रश्नहरु हुन्छन् । यदि कुनै काम गलत नियतले गर्नुभएको थियो भने, त्यसरी आफु जान लागेको क्षेत्र उल्लेख गर्नुहुने थिएन । त्यसरी लुक्नु पर्ने र भाग्नु पर्ने कारणहरु पनि प्रजिअ श्रेष्ठमा देखिएनन् ।

सरुवा भएर जाँदै गर्दा पत्तो पाइदैन्थ्यो । आउँदै गरेको थाहा हुन्थ्यो । पत्रकार भेटघाट, उद्योग वाणिज्य संघ लगाएत संघ संस्थाको स्वागतका कार्यक्रम सन्चालित हुन्थे । हुँदैछन् । सफल कार्यकालको सुभकामना व्यक्त गरीन्छ । तिनै संघ संस्थाहरुले विदाई हुदा समिक्षा गर्न र सुभकामना दिन सायदै पाएका होलान् । स्वागत गर्नेलाई विदाई गर्ने अवसर दिनुपर्छ भन्ने सामान्य सिष्टाचार नभएका प्रमुख जिल्ला अधिकारी धेरै आए । धेरैले दिएका सुभकामना खेर गए । जिल्लाको नेतृत्व गर्ने, जिल्लामा अख्तियारको भुमिका निभाउने, कानुनले व्यवस्था गरेका बाहेक सबै कुराको जवाफ दिने हैसियत प्रमुख जिल्ला अधिकारीको हुन्छ । उनिहरुले सेवा दिएको क्षेत्रमा डराउँदै सुईकुच्चा ठोकनुपर्दा सबैलाई अनौठो लाग्छ ।

समाजिक सन्जालमा प्रतिकृया दिनेहरुले विदाईमा सहभागि हुन नपाएको गुणासो पोखेका छन् । कार्यकाल कुशलतापूर्वक, वेदाग सू सम्पन्न गरेकोमा बधाई दिएका छन् । उत्कृष्ठ कार्यक्षमता र दक्षता प्रदर्शन गर्न समन्वयात्मक भुमिका निर्वाहको भनेर प्रशंसाका टिप्पनी गरेका छन् । मानविय विपत्तिमा सहकार्य गर्दा साथ पाइएकोमा आभारी छौ भनेका उल्लेख गरिएका छन् । कार्यदक्षता एवं व्यवहारका कारण दंगाली जनताको मन मुटुमा बस्न सफल हुनुभयो भनेका छन् । विगतको निरन्तरता भन्दा फरक देख्यौ भनेका छन्, अत्यन्तै ईमान्दारी र जिम्मेवारीवोधका साथ असल प्रशासकको हैसियत कायम गर्दै कुशल कार्यसम्पादन गरेको लगाएत असल व्यवहारको गुणगान गाएर प्रशंसनिय टिप्पनी गरेका छन् ।

केहि समय अघि खानेपानी तथा सरसफाइ स्वच्छता पत्रकार मंच (वास फोरम) को बैठक जिल्ला प्रशासन कार्यालमा बसेको थियो । केहि कुरा त्यसवेला पत्रकारहरुले सुझाव दिएका थिए । आलोचना गरेरै बोल्नुपर्ने अबस्था खास्सै देखिएको थिएन । एउटा शौचालयको सिट फुटेको थियो । अरु सबै रगरगाट् सफा देखिन्थ्यो । तत्कालीन लेखा अधिकृत वालचन्द्र गौतमले सुनाउनुभएको थियो, अहिलेका प्रजिअले फोहर त देख्नै दिनुहुन्न । गल्ली, भ¥याङ लगाएतमा देखिने कुटिरा, पोका पन्तुरा सबै हटाउन लागि बक्सियो । गौतमले भनेजस्तै सिडिओ कार्यालयमा जाँदा कुनै घरको जस्तो सरसफाइ देखिन्थ्यो । सेवाग्राहीको सबैभन्दा धेरै भिड भाड हुने क्षेत्र अरु सरकारी कार्यालयको तुलनामा सफा लाग्थ्यो । यद्यपी सरसफाइको नेतृत्व गरेका जिल्ला विकास समिति र खानेपानी सरसफाइ डिभिजन कार्यालयहरुमा भन्दा पनि प्रशासन कार्यालय सफा मानिन्थयो ।

जिल्ला प्रशासन गेट बाहिरको अवस्था पहिल्यै देखि निकै घिन लाग्दो थियो । भवन डिभिजन कार्यालय सम्म आउँदा प्रहरी र प्रशासनको गेटबाहिर ठुल्ठुला एकसासेका झाङ थिए । स्याल तथा अन्य जन्तु लुक्छ कि जस्तो डर लाग्दो थियो । त्यसलाई फाँडेर सफा चट बनाईयो । रगरगाट हुनेगरी झाडि जगल काटिफालेपछि यति सुन्दर भयो कि अटो पार्क गर्नेदेखि मालपोत र प्रशासनमा आएका सेवाग्राहीहरु बसेर सुस्ताउने सम्मको वातावराण बन्यो । त्यसको श्रेय प्रमुख जिल्ला अधिकारी श्रेष्ठ नै दिनुपर्छ । अरुले सहयोग मात्रै गरेका छन् ।

नियमित हुने कार्यालय प्रमुखको वैठकमा सहभागि कर्मचारीहरुलाई सरसफाइ सम्वन्धि निर्देशन दिन कहिल्यै चुक्नुभएन रे । शुरुको बैठक बाटै सरसफाइ सम्वन्धि ठुलै विकास हुन्छ भन्ने आशा देखाउनुभएको अधिकांश बैठकमा सहभागि जिल्ला सरसफाइ फोकल पर्सन एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इनिजनियर तिलक न्यौपानेले सुनाउनुहुन्थ्यो । तपकाईको कार्यालयले तपाईको कार्यक्षमताको मूल्यांकन गर्छ भन्नुहुन्थ्यो रे । आफ्नै कार्यालय फोहर तथा अस्त व्यस्त बनाउनेले अरुलाई के दिन सक्ला भन्ने धारणाा थियो । जनप्रतिनिधि आई सकेपछि पनि आफ्नो पुर्ववत कार्यलाई निरन्तरता दिनुभयो । सार्वजनिक कार्याक्रममै फोहर सरकारी कार्यालयमा थप फोहर हाल्दीनुस् भन्नुभयो । त्यसको प्रभावले हुन सक्छ केहि दिनमै घोराहीको विद्युत कार्यालय परिसरमा गेट बाहिरको फोहर फालियो । घोराही उपमहानगरपालिकाका वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक शक्तिराम डाँगिले प्रशंसा गर्दै निर्देशनलाई पालना गर्ने प्रतिकृया दिनुभएको थियो । यस्ता अनेकौ खिस्सा छन् जसले प्रजिअ श्रेष्ठको झल्झली याद दिलाउँछन् ।

सरुवा पछि उहाँको कार्यशैली प्रति नकारात्मक टिप्नी गर्नेहरु नभेटिएका होइनन् । ति व्यक्तिहरुले ठाडो शैली थियो । वास्ता नगरेको जस्तो लाग्थ्यो जस्ता सानातिना र स्वभाव जन्य बैगुणको मात्रै गुणासो गरे । भ्रष्टाचार जस्तो खराव नियतका काममा संलग्न भएको कहिँ कतै सुईको पाइएन । चर्चीत जुवा काण्डमा समेत आलोचकहरुले प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई चोखो देखेका थिए । माथिल्लो निकाएमा शरण परेको, राजनीतिक नेता एवं सरकारका उच्च अधिकारी संग हारगुहार गरेको जस्ता गुणासाहरु सुनिन्थे । आफु मातहत नरहने प्रहरी अधिकारीलाई विदा गर्नु नेतृत्वको हैसियतले प्रजिअको सामान्य कदम हो । त्यसमा पनि दोष देखिन्न । जसले दाङ र दंगालीलाई कुभलो गरेको होईन ।

रात साँझ जतिबेला पनि काममा खट्न तयार रहने श्रेष्ठका प्रमुख गुण हुन् । छलफल बहर अन्तरकृया भन्दा फिल्डमै गएर काम गरी देखाउनुपर्छ भन्ने भावना थियो । मान्छे विपद्मा फस्यो भने त सुन्न वित्तीकै दौडिहाल्नुपर्छ भन्ने धारणा थियो । यस्ता थुप्रै गुण छन् जसको चर्चा र प्रशंसा जति गरेपनि पुग्दैन । भ्रष्टाचारको गन्ध नछोडेरै विदाहुनु असल प्रशासकको नमुना हो ।

धेरै प्रजिअ तथा प्रहरी प्रमुख विदा भएपछि विभिन्न कर्तुतहरु खुल्छन् । कतिले ठुल्ठुला रकममा वार्गेनिङ गर्ने साना तिनालाई कडा स्वभाव देखाउँछन् भनिन्छ । कतिले सरुवा भएर आउने वित्तीकै कार्वाहिको डण्डा देखाएर तर्साउँछन् । रकमको वार्गेनिङ मिलेपछि सुनेको नसुन्यै गरेका हुन्छन् । सेटिङ मिलाउन धम्किको भाषा बोल्छन् । व्यवहारमा सबै भन्दा कुहिएका हुन्छन् । अटो रिक्सा तथा टेम्पो व्यवसायी समितिले समेत सेटिङ मिलाउन रकम दिएको चर्चा चल्ने गरेको छ । होटलमा यौन धन्दा गराउनेहरुले समेत सुटुक्कै रकम बुझाउने गरेका प्रसंग पनि सार्वजनिक भएका छन् । प्रजिअ श्रेष्ठका यस्ता कुनै कुरा पनि सार्वजनिक भएनन् । आउँदै गरेका प्रमुख जिल्ला अधिकारीले अनुसरण गर्नुपर्दछ ।

हरेक नयाँ प्रजिअ र प्रहरी प्रमुख आउने वित्तिकै विभिन्न व्यवसायीले निश्चित रकम सहित स्वागत गर्नुपर्ने वाद्यता छ । तर, अघिल्ला प्रहरी प्रमुख दुर्गा सिं र प्रजिअ श्रेष्ठ त्यसता आरोप बाट मुक्त रहनुभयो । भलै त्यति ठुलो र शाहासिक काम नगरेको एसपि सिंहलाई आरोप लागेको छ । उहाँले पनि विभिन्न विदाई कार्यक्रममा सरीक भएरै जिल्ला बाहिरीनुभयएको थियोे । पुर्व प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, प्रहरी प्रमुख कुवेर कडायत लगाएत केहि व्यक्तिहरु नयाँ नयाँ सिष्टम बसाल्ने मा पर्नुहुन्छ । त्यस संगै भ्रष्टाचारको आरोप नलागेका निष्कलंक व्यक्ति हुनुहुन्छ । श्रेष्ठ लगाएत असल आचरण भएको सबैको अगामि कार्यकुशलताको कामना गर्दै । श्रेष्ठको गोरखा बसाई पुर्ण सफलताको कामना गर्दछु ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close