Victoria College Dang

सचेतना र कानुन सिकाउँदै हिंसा बिरुद्धको दिवस समापन – Page 2018 – दाङ खबर

सचेतना र कानुन सिकाउँदै हिंसा बिरुद्धको दिवस समापन

MadanBhandari College

दाङ, मंसिर २४ । घोराही उपमहानगरपालिकाले लैंगिक हिंसा बिरुद्धको १६ दिवसिय अभियानमा विभिन्न सेचतनामूलक कार्यक्रम गरी समापन गरेको छ । दिवसका अवसरमा घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा भएका विभिन्न सचेतना मूलक कार्यक्रमहरु गर्दै अभियानको समापन गरिएको हो ।

दिवसका अवसरमा हिंसालाई रोक्न गर्नुपर्ने पहल, परिबर्तन गर्नुपर्ने सोच, बुझ्नु पर्ने कानुनका बारेमा वडा स्तरबाट जनप्रतिनिधी, सहकारी संस्थामा आबद्ध पदाधिकारी, आमा समुह, सासु बुहारी बिच अन्तरक्रिया लगाएतका कार्यक्रम गरिएको उपमहानगरले जनाएको छ ।

सासु र बुहरी बिच आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम सँगै १६ दिवसिय अभियानको समापन गरिएको हो । महिला बालबालिका तथा सामाजिक विकास शाखा संयोजक पशुपती चौधरीको अध्यक्षतामा कार्यक्रम गरि दिवसको समापन गर्दैै सचेतना र कानुनी व्यवस्थालाई प्रभाबकारी बनाउने प्रतिबद्धता जनाईएको छ ।

समापन कार्यक्रममा बोल्ने सासु तथा बुहारीहरुले सबै समान हौ भन्ने भावनाको विकास भएको बताएका छन् । कसैले पनि कसैलाई रुखो व्यवहार गर्न नहुने भन्दै उनिहरुले व्यवहारमा मिठासपन र कानुन बुझ्ने मौका पाएको बताए । कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १८ कि जीवा कुँवरले सबैले सबैलाई मर्यादा अनुसार सम्मानजनक व्यवहार गर्नुपर्ने बताउनुभयो ।

घरमा राम्रो व्यवहार भए मात्रै समाज राम्रो बन्ने भन्दै उहाँले सासुले बुहारीको र बुहारीको सासुले व्यवहार र सम्मानको मर्यादालाई भुल्न नहुने बताउनुभयो । कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले घरबाटै समान व्यवहार र समानता कायम गर्नुपर्ने बताउनुभयो । कार्यक्रमको सहजिकरण शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले गर्नुभएको थियो ।

Sahara Yatayat Dang

प्रतिकृया दिनुहोस्