Florence Hospital Dang
Majestic Hotel Dang

वडाध्यक्षको स्मृतिमा शोकसभा

Birala Tyre Dang

दाङ, मंसिर २१ । घोराही उपमहानगरपालिका वडानम्वर–१६ का अध्यक्ष लछिनप्रसाद बुढाको निधन भएको नवौं दिनमा शोकसभा गरिएको छ ।

वडा कार्यालयको आयोजनामा अध्यक्ष बुढाको निधन भएको शोकमा नवौ दिनको तिथीमा शोक तथा श्रद्धान्जलीसभा गरिएको हो । वडाका कार्यबहाक अध्यक्ष जगतबहादुर श्रेष्ठको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यता एवं नेकपाका नेता सुरामणि बेलबासेको बिशिष्ट आतिथ्यतामा शोकसभा गरिएको हो ।

कार्यक्रममा बोल्दै नगरका उपप्रमुख न्यौपानेले इमान्दार, मिलनसार र जुझारु व्यक्तित्व वडा अध्यक्षको असामयिक निधनले ठूलो क्षती भएको बताउनुभयो । दाङ र सिंगो देशले कुशल र सक्षम जनप्रतिनिधि गुमाएको भन्दै उहाँले उहाँले जनप्रतिनिधी भएर डेढ बर्षमा गरेका कामहरु नै उदाहरणि भएको बताउनुभयो । वडालाई खरको छानो मुक्त गराउनुका साथै वडाको चौतर्फि विकासमा वडा अध्यक्ष बुढाले देखाएको सकृयतालाई आफुहरुले पुरा गर्ने जिम्मेवारी आएको बताउनुभयो ।

नेकपाका नेता सुरामणि बेल्वासेले वडा अध्यक्ष लछिन बुढा जनताका काममा समर्पित, मिलनसार र जनसेवामा लागिरहने असल जनप्रतिनिधि रहेको चर्चा गर्नुभयो । वडाको नेतृत्व सम्हालेको डेढ वर्ष नपुग्दै निधनले एक असल जनप्रतिनिधि र दाङको कम्युनिष्ट आन्दोलनका निष्ठावान् कार्यकर्तालाई गुमाउनुपर्दा अपूरणीय क्षति भएको धारणा राख्नुभयो ।

कार्यक्रममा घोराही उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनार, प्रबक्ता भरतमणि अर्याल, दाङ देउखुरी होटल व्यवसायी समितिका सचिब इश्वरकुमार बुढा, अठार मगरात मगर खाम तथा संस्कृती सम्बाद विकास समितिका दायाजी रोका, नागरिक मञ्चका तुलसा केसी, ल्याण्डफिल साईडका अध्यक्ष देउमन दमाई, सृजनशिल आधारभुत विद्यालय तेरौटेका प्रध्यानाध्यापक रमेश पाण्डे, जागृती समुदायिक वन समुहका बोधा भण्डारी र वडा बालक्लवका अध्यक्ष सुशान्त गौतम लगाएकाले बुढाको निधन प्रति दुख्ख व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण वडा सचिब नारायणप्रसाद शर्माले गर्नुभएको थियो ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close