Florence Hospital Dang
Majestic Hotel Dang

कपिलवस्तुमाथि दाङको सानदार जीत

Birala Tyre Dang

दाङ, मंसिर २१ । कपिलवस्तुमाथि दाङले सानदार जीत निकालेको छ । घोराहीको गुलरिया खेल मैदानमा भएको मैत्रीपूर्ण सिरिजमा दाङका महिला खेलाडीहरुले कपिलवस्तुमाथि १ सय ६१ रनको फराकिलो अन्तरले सानदार जीत निकालेका हुन् ।

टस जितेर व्याटिङ रोजेको दाङले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९८ रनको योगफल तयार पारेको थियो । दाङका लागि नगिता पुनले उत्कृष्ट व्याटिङ गर्दै ५४ रन जोड्नुभएको थियो । नगितालाई साथ दिँदै सरस्वती जीएमले ३१ रनको योगफल तयार पार्नुभएको थियो । त्यस्तै लक्ष्मी चौधरीले २६ रन बनाउनुभएको थियो, भने बलिङतर्फ कपिलवस्तुकी गोमा आलेले २ बिकेट लिनुभएको थियो, भने सावित्रा जिसी र कविता खड्काले समान १/१ विकेट लिनुभएको थियो ।

१ सय ९९ रनको विजयी लक्ष्यसहित मैदान प्रवेश गरेको कपिलवस्तुको निर्भना एकाडेमी ३७ रनमै समेटिएको थियो । जसमा कपिलवस्तुका लागि गोमा आलेले १८ रन बनाए पनि अन्य खेलाडीहरुले दोहोरो अंक जोड्न सकेनन् । कपिलवस्तुलाई सस्तैमा समेट्ने क्रममा दाङका लछ्मी चौधरी ४ विकेट, समिक्षा भण्डारी २ विकेट र सर्मिला रोका मगर र युवा शर्माले समान १/१ विकेट लिनुभएको थियो ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगीतालाई लक्षित गरी दाङ क्रिकेट संघले आयोजना गरेको मैत्रीपूर्ण सिरिज आज शनिबार पनि जारी रहने दाङको महिला टिमका प्रशिक्षक केशव अधिकारीले जानकारी दिनुभयो ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close