Florence Hospital Dang
Majestic Hotel Dang

सरकारले मौलिक अधिकार कार्यान्वयन गरिरहेको छ-अध्यक्ष दाहाल

Birala Tyre Dang

काठमाडौँ, मङ्सिर २१- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र स्वास्थ्य पाउने जनताको संविधान प्रदत्त मौलिक अधिकारलाई सरकारले कार्यान्वयनमा ल्याएको बताउनुभएको छ ।

जेनेटिक डिजिज (बंशानुगत रोग) सम्बन्धी आज यहाँ आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सबै रोगको उत्पत्ति जेनेटिक भएकाले यसका बारेमा थप अध्ययन अनुसन्धान हुनु जरुरी रहेको छ भन्नुभयो ।

बंशानुगत रोगका बारेमा जनचेतना जगाउन आवश्यक रहेकोमा जोड दिँदै अध्यक्ष दहालले यसका लागि सरकार र राजनीतिक दलले सहयोग गर्ने उल्लेख गर्नुभयो । “निर्वाचनका समयमा जनतासामु गरिएका प्रतिबद्धता पूरा गर्नेतर्फ सरकार अगाडि बढेको छ । समृद्धि र विकासको यात्रामा देश अगाडि बढेको छ”, उहाँले भन्नुभयो ।

दुईदिने सो सम्मेलनमा बंशानुगत रोगका विविध पक्षमाथि कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले बंशानुगत रोगका बारेमा परिषद्ले अनुसन्धान अगाडि बढाएको जानकारी दिनुभयो ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close