Florence Hospital Dang
Majestic Hotel Dang

उच्च अदालतमा मुद्धाको चाप

Birala Tyre Dang

सर्मिला डिसी
दाङ, मंसिर २१ । उच्च अदालत तुलसीपुरले चालु आर्थिक बर्षको कार्तिक महिनासम्म आफु मातहतका जिल्ला अदालतमा दर्ता भएका २ हजार ४ सय ३४ मुद्धा मध्ये ५ सय ९१ मुद्धा फर्चौट गरेको छ ।

शुक्रवार तुलसिपुरमा पत्रकार भेटघाटको आयोजना गरी अदालतले गरेका काम कारवाहीका वारेमा जानकारी गराईएकोे हो । उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिश नहकूल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा अदालतका श्रेष्तेदार श्रीलाल पौडेलले अदालतले ५ महिनाको अवधिमा गरेका कामको बारेमा जानकारी गराउनु भएको हो ।

जसमा उच्च अदालत तुलसीपुरमा ४ सय ६६ मुद्धा मध्ये १ सय १४ फैसला भएका छन् भने ३ सय ५२ मुद्धा बाँकी रहेका छन् । दाङ देउखुरी जिल्ला अदालत घोराहीमा दर्ता भएका १ हजार ४ सय ३५ मुद्धा मध्ये ३ सय ८ फछ्र्यौट भएका छन् भने १ हजार १ सय २७ बाँकी रहेका छन् ।

यस्तै रोल्पा जिल्ला अदालतमा दर्ता भएका २ सय ६ मुदा मध्ये ८५ वटा फछ्र्यौट १ सय २१ बाँकी रहेका छन् । प्यूठान जिल्ला अदालतमा दर्ता भएक २ सय ६५ मुद्धा मध्ये ६९ वटा फछेर्यौट भएका छन् भने १ सय ९६ वटा बाँकी रहेका छन् । रुकुमकोट जिल्ला अदालतमा दर्ता भएका ६२ मुद्धामध्ये १५ वटा फछेर्यौट भएका छन् भने ४७ बाँकी रहेको जानकारी गराउनुभयो ।

यसैविच उच्च अदालत तुलसीपुर तथा मातहत जिल्ला अदालतहरुको महिला बालबालिका तथा जेष्ठ नागरिकहरुको मुद्धा मध्ये उच्च अदातल तुलसीपुरमा महिला मुद्धा १ सय ३ दर्ता त्यस मध्ये २१ वटा फछ्र्योट भएका छन् भने २२ वटा बाँकी रहेका छन् ।

उस्तै बालबालिका मुद्धा ९ दर्ता ३ वटा फछ्र्योट र ६ वटा बाँकी , जेष्ठ नागरिक मुद्धा दर्ता ३, फछ्र्योट शुन्य, बाँकी ३, थुनुवा दर्ता ३८, फछ्र्यौट ९,बाँकी २९, साना प्रकृतिका मुद्धा दर्ता ३७, फछ्र्यौट ७, बाँकी ३० वटा रहेका छन् । यस्तै दाङ देउखुरी जिल्ला अदालतमा दर्ता भएका महिला मुद्धा १ हजार ३ सय ५, फछ्र्यौट २ सय ३६ र बाँकी १ हजार ६९ रहेका छन् ।

बालबालिका मुद्धा दर्ता २ सय ४ फछ्र्यौट र बाँकी १ सय ८३, जेष्ठ नागरिक १ सय २२ मुद्धा दर्ता, २२ वटा फछ्र्यौट १ सय वटा बाँकी, थुनुवा प्रकृतिका ७२ मुद्धा दर्ता, ८ फछेर्यौट, ६४ बाँकी, साना प्रकृतिका ३ सय ४६ मुद्धा दर्ता १ सय ७९ फछ्र्यौट र १ सय ६७ बाँकी रहेका छन् ।

यस्तै रोल्पा जिल्ला अदालतमा महिला मुद्धा १ सय १८ दर्ता, ५५ वटा फछेर्यौट र ६३ बाँकी, बालबालिका मुद्धा ८ दर्ता ३ फछ्र्यौट र ५ बाँकी, जेष्ठ नागरिक मुद्धा ९ दर्ता, २ फछ्र्यौट ७ बाँकी, थुनुवा २२ मुद्धा दर्ता, ७ फछेर्यौट १५ बाँकी, साना प्रकृतिका १ सय ५२ मुद्धा दर्ता, ५४ फछ्र्यौट ९७ वटा बाँकी रहेका छन् ।

प्यूठान जिल्ला अदालतमा महिला मुद्धा दर्ता १ सय ६६, ४३ फछ्र्यौट बाँकी १ सय २३, बालबालिका मुद्धा १२, फछ्र्यौट १ र ११ बाँकी, जेष्ठ नागरिक मुद्धा १५, फछ्र्यौट ३, १२ बाँकी, थुनुवा ४६ दर्ता, ११ फछ्र्यौट १२ बाँकी, साना प्रकृतिका ९३ दर्ता, १९ फछ्र्यौट , ७४ बाँकी रहेका छन् ।

र रुकुमकोट जिल्ला अदालतमा महिला मुद्धा दर्ता ३३र ७ फछेर्यौट २४ बाँकी, बालबालिका मुद्धा दर्ता २, फछेर्यौट २ र शुन्य बाँकी, जेष्ठ नागरिक मुद्धा ३, फछ्र्यौट २,र १ बाँकी, थुनुवा १८ दर्ता, फछ्र्यौट शुन्य र १८ बाँकी, साना प्रकृतिका १९ दर्ता, ८ फछ्र्यौट , ११ बाँकी रहेका छन् ।

कार्यक्रममा मुख्य न्यायधिस सुवेदीले गत आर्थिक वर्षमा छ महिनामा संम्पन्न भएका काम यो आर्थिक वर्षको ४ महिनामै संम्पन्न गरेको वताउदै यो वर्ष लाई फैसलाको प्रभावकारी कर्यान्वयन गर्ने अभियानकोे वर्षका रुपमा लिएको वताउनुभयो ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close