Florence Hospital Dang
Majestic Hotel Dang

साडे ६ करोडमा खानेपानी आयोजना सम्पन्न

Birala Tyre Dang

नवीन अभिलाषी
दाङ, २१ मङ्सिर । दाङको घोराहीमा तेस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना निर्माण सम्पन्न भएको छ ।

नेपाल सरकार, नगर विकास कोष र घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कुल लगानी रु. ६ करोड ५२ लाख ४ हजारमा आयोजना निर्माण भएको हो । नेपाल सरकार अन्र्तगत एशियाली विकास बैंकको ७० प्रतिशत, नगर विकास कोषको २५ प्रतिशत र सस्थाको ५ प्रतिशत लगानी रहेको सस्थाका अध्यक्ष देविबहादुर डिसीले बताउनुभयो ।

आयोजना अन्र्तगत घोराही उपमहानगरपालिका १५ भरतपुरमा ४ सय ५ घन मिटरको ट्यांकी निर्माण गरिएको छ । संस्थाको प्रणाली नम्बर १, २, ३, ४ र ५ मा करिव २२ मिलोमिटर पाईपहरु विस्तार गरिएको सस्थाका अध्यक्ष डिसीले बताउनुभयो ।

आयोजनाको संघीय संसदका सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नुभएको छ । महराले दाङको खानेपानी र सिंचाईको समस्या समाधानका लागि एउटा बृहत योजना बन्दै गरेको बताउनुभयो । प्रदेशका मुख्यमन्त्री, सिंचाई मन्त्री सहित जिल्लाका सम्पुर्ण सांसदहरु मिलेर खानेपानी र सिंचाईका लागि बृहत रणनैतिक योजना निर्माण भएको महराले खुलासा गर्नुभयो ।

योजना अन्र्तगत नदी डाईभर्सन, उपत्यकाको उत्तर पहाडी क्षेत्रमा बाँध निर्माण, चुरे पर्वतहरुको संरक्षणका लागि विबिध योजनाहरु रहेको महराले बताउनुभयो ।

SAMSUNG CAMERA PICTURES
Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close