Florence Hospital Dang
Majestic Hotel Dang

गुम्यो १ लाख २० हजार

Birala Tyre Dang

धनगढी, मंसिर २१ । गत १४ मंसिर २०७५ मा सुर्मा गाउ“पालिका, बझाङका लक्ष्मण बोहराको सामाजिक सञ्जाल ‘इमो’मा नचिनेको नम्बरबाट फोन आयो । फोन उठाइसकेपछि फोनकर्ताले भनेका कुरा सुनेर उनी झसंग भए । फोन उठाउनेबित्तिकै आफूलाई रवि बर्मा भनेर परिचय दिने ती व्यक्तिले बोहोरालाई भनेका थिए ‘तपाईंलाई ४० लाखको लट्री (चिट्ठा) परेको छ ।’

यति जानकारी दिएपछि ००९२३०७५९१४०११ नम्बरबाट आएको कल काटियो । बोहराले भने, ‘एक छिनपछि अर्को नम्बर ००९२३४८३८८१३७९ बाट फोन आयो र भनियो, तपाईंलाई परेको लट्री रकम लिन तपाईंले ३० हजार रुपैयाँ हामीलाई पठाउनुपर्छ ।’

बोहराले त्यो सुनेपछि घरमा आफ्नी आमालाई जानकारी गराए । ‘आमाले त्यति ठूलो रकम आउ“दै छ भने ३० हजार रुपैयाँ दिन के भयो र दिई, दे,’ भनिन् । बोहराले भने, ‘आमाबाटै सो रकम मागेर प्रदेश २ सिराहा जिल्लामा बस्ने प्रविणराज पाण्डेयको नाममा यही गत १६ मंसिरमा आईएमइबाट रकम पठाएँ ।’

३० हजार पठाएका बोहराले ४० लाख पाउने आशा गरिरहेका थिए । पुनः सोही नम्बरबाट आएको फोन हतारहतार उठाए तर, फोनबाट थप रकम माग भयो । ‘मलाई ५० हजार ३ सय रकम पठाउन भन्यो,’ बोहराले भने, ‘एकछिन त झुट्टो हो कि सोचे तर फोन गर्नेले यसअघि पनि अरूले रकम पाएको भनेर चेक र ती व्यक्तिको विवरण पठायो । विश्वास गरेर सिराहमा घर भएका विष्णु महराका नाममा १७ मंसिरका दिन ५० हजार ३ सय रकम फेरि पठाएँ ।’

पीडित बोहराले ४० लाखको लट्री प¥यो भनेर रकम माग गर्नेले इमोबाटै नाम र ठेगाना आईएमई दिएका थिए । त्यही नाम ठेगानामा रकम पठाएर आईएमई नम्बर इमोमा टिपाएको उनले बताए ।

८० हजार ३ सय रकम पठाएका बोहराले ४० लाख रकम पाउने आशा गरे पनि उनीबाट मंगलबार थप रकम माग भयो । उनलाई थप ४० हजार रकम पठाउन भनिएको थियो । बोहराले आफना साथीहरूलाई जानकारी दिएपछि ‘साथीहरूले यी ठगिरहेका छन्’ भन्ने प्रतिक्रिया पाएका थिए ।तर, उनलाई पठाइएका फोटो, अडियो र चेक हेर्दा विश्वास लागेकाले उनले गएको बुधबार मात्र ४० हजार रकम राजेन्द्रप्रसाद सिंहको नाममा पठाएका छन् । ४० लाख रकम पाउने आशामा उनले १ लाख २० हजार रकम गुमाएको बताए । धनगढीमा भेटिएका बोहराले अझै ३० हजार मागिरहेको बताए ।

बोहराले भने, ‘अब मैले पठाएका रकम पाउने होइन । उनीहरू को पो हुन् ? प्रहरीमा उजुरी दिएर के होला र ?’कैलाली प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर ओलीले पछिल्ला दिनहरूमा सामाजिक सञ्जालबाट आफूहरू ठगिएको भन्दै प्रहरीकोमा गुनासो आउने गरेको बताउँदै भाइबर, इमो, ह्वाटसपलगायतमा नचिनेको नम्बरबाट आउने कल रिसिभ नगर्न र त्यसबाट आउने म्यासेजको भ्रममा परेर रकम नपठाउन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा विभिन्न प्रलोभन देखाउँदै रकम माग गर्नेहरू ठग भएको र त्यस्ताको पछि नलाग्न र त्यस्तो माग गरी कल, म्यासेज आए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरे ।

 

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close