Florence Hospital Dang
Majestic Hotel Dang

आमाबुबा बेपत्ता, सौतेनी आमाको मृत्युपछि सहाराविहीन बनिन् रजनी

Birala Tyre Dang

डडेल्धुरा  मंसिर २१–  बैतडीकी १६ वर्षीया रजनी (नाम परिर्वतन) लाई आमाको अनुहार कस्तो थियो थाहा छैन। उनका बुबा उनी आमासँग बिहे हुनुभन्दा पहिलेदेखि नै रोजगारीको सिलसिलामा भारतमा थिए। उनका बुबाले काम गर्ने क्रममै भारतीय मुलकी नागरिकसँग बिहे गरे। बिहेपछि भारतमै पहिलो सन्तानको रूपमा रजनी जन्मिइन्। रजनीले आमाको अनुहारसमेत चिन्न नपाउँदै उनकी आमाले उनलाई छोडेर कहाँ गइन् उनलाई केही थाहा छैन।

त्यसपछि रजनी र उनका बुबा भारतमा एक्लै रहे। श्रीमतिले छोडेर गएपछि राजनीका बुबा नेपाल फर्किए। आमाले बुबालाई किन छोडिन् थाहा छैन उनलाई। किनकि उनी सानै थिइन्। नेपाल फर्किएका उनका बुबाले अर्काकी श्रीमतीसँग दोस्रो बिहे गरे। नाम परिवर्तित राजनी पनि दिनप्रति दिन हुर्किँदै गइन्। आफ्नी आमाले छोडेपछि उनका बाल्यावस्था राम्रो हुने त कुरै भएन। सौतिनी आमाले दिने दुख भोग्नुसम्म भोगिन् उनले। बाल्याअस्था पूरा गर्दै गइन्।

किशोरा अवस्थामा पुग्दासम्म उनको जीवन जेनतेन चलिरहेको थियो। तर, दास्रो आमाको मृत्यु र बुबाले तेस्रो बिहे गरेर घरबाट सम्पर्कविहीन भएपछि अहिले उनी सहाराविहीन भएकी छन्। उनी मात्रै सहाराविहीन भएकी छैनन् उनकी दोस्री आमाबाट जन्मिएकी पाँच वर्षकी बहिनी पनि छन्। उनलाई आफ्नोभन्दा बहिनीको चिन्ता बढी लाग्छ। सहाराविहीन बनेकी राजनी आफन्त खोज्दै फुपूको घर पुगिन्। ‘मेरो आमाको अनुहार कस्तो थियो मलाई थाहा छैन। मलाई नेपाल बुबाले ल्याउनुभएको हो।’ उनले भनिन्, ‘मलाई कति वर्षको उमेरमा आमाले छोडिन् त्यो पनि मलाई थाहा छैन। आमाको माइत भारतको कुन ठाउँ हो त्या पनि थाहा छैन।’

नेपाल ल्याएपछि उनका बुबाले उनलाई माया नै गर्थे। तर, उनका बुबा रोजगारीको लागि भारत गइराख्नुपर्ने हुनाले उनी सौतिनी आमासँग घरमै बस्नुपर्थ्यो र, उनी सौतिनी आमासँगै हुर्किइन्। उनी विद्यालय जाने भइन्। उनी स्कुल जान खोज्दा पनि उनकी सौतिनी आमाले स्कुल नजाऊ भन्ने गरेको रजनीले सुनाइन्। ‘सौतिनी आमाले गाली गर्नुहुन्थ्यो, घरमा काम गर, विद्यालय जानु पर्दैन तिमीले भन्थे।’ उनले विगत सम्झिँदै आँखाभरी आँसु बनाउँदै उनले भनिन्, “विद्यालय पढ्ने मन धेरै नै लाग्थ्यो।’ सौतिनी आमाले विद्यालय नजाऊ भने पनि उनी जसरी भए पनि घरको काम सकेर विद्यालय भने कहिलेकाहीँ जान्थिन्। पढाइमा पनि उनी राम्रै थिइन्।

र पढ्दै जाँदा १६ वर्षको उमेर हुँदा उनी कक्षा ९ मा पुगिन्। उनकी सौतिनी आमाको एचआइभी संक्रमणबाट मृत्यु भयो। ७ महिनाअघि उनकी सौतिनी आमाको निधन भएको उनी बताउँछिन्। त्यसपछि उनको जीवनमा अन्धारकारझैँ भयो। उनकी आमा उनका बुबासँग बिहे गर्नुअघिदेखि नै एचआइभी संक्रमित रहेछिन् तर, बिडम्वना उनका बुबालाई त्यो कुरा थाहा भएन। उनका बुबाले उनीसँग बिहे गरे। बिहेपछि सौतिनी आमाले छोरी जन्माइन्। र, उनीमा पनि एचआइभी संक्रमण देखियो। सौतिनी आमाको नराम्रो व्यवहारले एचआइभी संक्रमित भइन् रजनी! रजनीलाई सौतेनी आमाले उनलाई महिनावारी भएका बेला लगाएका लुगाकपडाहरु धुन लगाउन्थिन्।

उनी भन्छिन्–‘उहाँका महिनावारी भएका बेला लगाएका लुगा मलाई धुन दिनुहुन्थ्यो। म ती लुगा धुन्थेँ। मलाई पनि त्यहीँबाट त्यो सरेको हुनसक्छ।’ उनकी आमालाई एचआइभी संक्रमण देखिएको कुरा उनले आफ्नी छोरी र श्रीमानलाई बताएकी थिइनन्। उनी भन्छिन्,‘मलाई त्यस्तो रोग छ भनेर आमाले बताउनुभएन। उहाँ बिरामी हुनुहुन्थ्यो। जिल्ला अस्पतालमा उहाँ चेक गर्नु जानुभएको थियो। यहाँबाट संक्रमित भएको रिपोर्ट पनि दिनुभएको थियो। तर मलाई संक्रमित नभएको बताउनुहुन्थ्यो उहाँले।’ सौतेनी आमाले आफूलाई नराम्रो व्यवहार गर्ने गरेको उनको भनाइ छ। ‘आमाले मलाई धेरै कुट्नुहुन्थ्यो। बहिनीलाई त राम्रो मान्नुहुन्थ्यो तर, मलाई कुट्नुहुन्थ्यो।’

उनले भनिन्,‘खाना पनि राम्रोसँग दिनु हुँदैनथ्यो।’ आफू संक्रमित भएको यसरी थाहा पाइन् रजनीले रजनीले आफू एचआइभी संक्रमित भएको थाहा पाएको एक महिना मात्रै भएको छ। सौतेनी आमाको मृत्यु र बुबा बेपत्ता भएपछि सहाराविहीन रजनी आफन्त खोज्दै फुपुको घर पुगिन्। फूपुको घरमा बस्ने र त्यहीँ काम गर्ने गर्थिन्। एक दिनको कुरो हो, उनकी फुपूको घरमा उनकी आमाको एचआइभी संक्रमणबाट मृत्यु भएको थाहा पाएपछि कतै रजनीमा पनि एचआइभी त छैन? भनेर उनलाई चेक गर्न आग्रह गरियो।

लगत्तै उनी चेक गर्न बैतडीबाट डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल पुगिन्। उनलाई एकजना दिदीले उपक्षेत्रीय अस्पताल ल्याएकी हुन्। ‘त्यहाँ चेक गरे पनि म फुपूको घर गएँ। रिपोर्ट आएको थिएन। पछि ती दिदीले रिपोर्ट ल्याउनुभएको रहेछ। ती दिदीले मलाई केही जानकारी नदिई फुपूलाई त्यो कुरा भनेछन्।’ उनले भनिन्, ‘अनि फुपूको घरमा मलाई नराम्रो व्यवहार गर्न थाले र मलाई त्यसपछि थाहा भयो कि म एचआइभी संक्रमित भएको।’ रजनीमा एचआइभी संक्रमित भएको थाहा पाएपछि फुपूले उनलाई आफ्नै घर पठाइदिइन्।

अहिले उनी आफ्नै घरमा बस्दै आएकी छन्। के छ रजनीको अहिलेको अवस्था? रजनी र उनी पाँच वर्षीया बहिनी अहिले सहाराविहीन छन्। चेकजाँच गरेको एक महिना पुग्दासमेत उनले औषधि उपचार गरेकी छैनन्। आर्थिक अवस्था पनि निकै नै कमजोर छ। उनलाई सहयोग गर्ने र बाटो देखाउने पनि केही छैनन्। उनी भन्छिन्,‘अब पढ्ने पनि कसरी र पढेर पनि के गर्ने? यो एचआइभी एड्सले चाँडै नै मर्छ होला। पढेर पनि के गर्नु, पढाउने मान्छे पनि छैनन्। तर, पढेर ठूलो मान्छे बन्ने विचार त छ।’

सहारा खोज्दै उनी भौतरिरहेकी छन्। आर्थिक सहयोगको अपिल उनीसँग एक बहिनी पनि छन्। ‘बहिनीलाई के खुवाउनु, कसरी पढाउनु, आफू पनि यस्तै छु।’ मानवताका नाताले आफूलाई समाज र विभिन्न संघ संस्थाहरूबाट सहयोग मिल्‍छ कि भनेर आफूले आशा गरेको रजनीले सुनाइन्। उनले सहयोगी हातहरूका लागि ९८६८७२६४५१ मा सम्पर्क गरेर केही आर्थिक सहयोग गर्न अनुरोध गरेकी छन्।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close