Florence Hospital Dang
Majestic Hotel Dang

यि कारणले गर्दा गर्भनिरोधका चक्कीहरु प्रयोग गर्न हुँदैन्

Birala Tyre Dang

मङ्सिर २०-  हामीले गर्भनिरोध चक्की बिवााह अगाडीको असुरक्षित यौन सम्पर्कबाट गर्भ रहन नदिन तथा यदी हामीलाई बच्चा जन्माउने चाहना भएन भने अनावश्यक गर्भबाट बच्न प्रयोग गर्दछौँ । यसरी प्रयोग गर्दौ यसले हामीलाई यी समस्याहरुबाट त बचाउँछ तर यसको धेरै प्रयोग गर्नाले हाम्रो स्वास्थ्यमा समस्याहरु झन् थपिने हुन्छ । यसले के–के समस्याहरु थपिन्छ तल उल्लेखित गरिएको छ ।

— चिकित्सकको सल्लाहविना गर्भनिरोधक चक्कीको प्रयोग गर्नुहुँदैन । लापरवाहीपूर्वक गरिने यस्ता चक्कीको सेवनले महिलाको ज्यान पनि जान सक्छ ।

— पेटमा बच्चा बस्नुमा महिला र पुरुषको भूमिका उस्तै हुन्छ । अनावश्यक गर्भ रहन नदिन चक्कीको भर पर्नुभन्दा पुरुषले गर्भनिरोधक साधन प्रयोग गर्नु उत्तम हुन्छ ।

— गर्भनिरोधक चक्कीको प्रयोग गरेर गर्भपतन गराउँदा अत्यन्तै पीडा हुन्छ । औषधिको साइड इफेक्टले जीवनभरि पेट दुख्ने तथा अन्य समस्या आइरहन सक्छ ।

— यस्ता औषधिको प्रयोग गर्दा पाठेघरको क्यान्सर, पिसाबमा समस्या, महिनावारी गडबडी, महिनावारीको समयमा पेट दुख्नेजस्ता समस्या आउन सक्छन् ।

— औषधिको प्रयोगले गर्भपतन गराउँदा प्रसवको समयमा जस्तो पीडा हुन्छ, त्यस्तै पीडा गर्भपतनमा पनि हुन्छ । त्यसैले औषधिको प्रयोगले गर्भपतन गराउने महिलामा मानसिक रोगको समस्या समेत देखा पर्न सक्छ ।

— यदि पहिलोपटक पेटमा बच्चा बसेको छ भने गर्भपतन गराउनुहुँदैन । पहिलो बच्चा खेर फाल्दा अर्कोपटक कहिल्यै बच्चा नबस्ने समस्या हुन सक्छ । पहिलो बच्चा खेर फाल्नु सबैभन्दा संवेदनशील विषय हो ।

– गर्भनिरोधको चक्की अति आवश्यक परेको खण्डमा मात्र प्रयोग गरौँ यो चक्की धेरै प्रयोग गर्दा कतिप्राय महिलहरुमा निःसन्तानको लक्षण देखा पर्छ ।

 

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close