Florence Hospital Dang
Majestic Hotel Dang

दोस्रो सातामा ड्रिम गर्ल

Birala Tyre Dang

काठमाडौ, मङ्सिर १६ –  चलचित्र ड्रिम गर्ल शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । यो साता नया“ चलचित्र शान्ति मात्र प्रदर्शन भएका कारण ड्रिम गर्ललाई फाइदा पुगेको छ ।

७ मंसिरदेखि प्रदर्शनरत फिल्मले उत्साहजनक व्यापार गरिरहेको निर्देशक ऋषिराज आचार्यले शनिबार सञ्चारकर्मीलाई बताए । केही दिनअघि मोफसल यात्रा गरी फर्र्किएको ड्रिम गर्ल युनिट दर्शकले फिल्म मन पराएकोमा खुसी छ । लभ, कमेडी, एक्सन र सेन्टिमेन्टसले भरिएको फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, विल्सनबिक्रम राई, पूजा पराजुली, सुरवीर पण्डित, अर्जुन श्रेष्ठ, शिशिर भण्डारीलगायतका कलाकारले अभिनय गरेका छन् ।

अर्जुन शर्मा, रामेश्वर धिताल, निर्देशक ऋषिराज आफैं र दक्षिण भारतीय कम्पनी रिल एन्ड रियलको संयुक्त निर्माणमा बनेको फिल्म काठमाडौं, रारा ताल र थाइल्यान्डका विभिन्न स्थानमा खिचिएको हो ।

 

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close