Florence Hospital Dang
Majestic Hotel Dang

मृगौलापीडितको दर्दनाक कथा

Birala Tyre Dang

गोविन्द खड्का
दाङ, मंसिर १३ । विगत तीन वर्ष अघिदेखि डाइलासिस सेवा लिइरहेका लिलाधर बुढाथोकी अब सात लाख जति पैँसा भए बाँच्ने थिएँ भन्नुहुन्छ । उहाँका अनुसार जेठो दाई मंगलसिंह मृगौला दिन तयार हुनुभएको छ ।

सरकारले उपचारमा सहयोग गर्छ । औषधि र अस्पताल बस्ने खर्च भए पुग्छ । यति रकम जुटाउन बुढाथोकिलाई सजिलो छैन । हिजो आजको ठण्डि मौसममा बाटा चप्पल पड्काउँदै घोराही बजारमा हिडेको भेटिनुहुन्छ । निन्यौरो अनुहार, शरीरका सामान्य पहिरन, व्यवास्ताले छ्वाङ छोडीएको कपाल लगाएत गरीवको परिचय दिन उनी पर्याप्त छन् ।

त्यससँगै मनभित्रको कहानी बाहिर देखिए भन्दा झनै गरीव र दर्दनाक छ । कक्षा नौमा अध्यनरत छोरी सहित रझेनामा बस्नुहुन्छ । जति बेला मृगौला पिडित भएको थाहा भयो त्यति बेलैदेखि श्रीमतिसँग साथ छुटेको बताउनुहुन्छ । त्रिवेनी गाउँपालिका ६ शंखमुल सल्यानमा ऐलानी जमिनमा घर छ । त्यसलाई विक्री गर्न खोज्दा किन्दैनन् । त्यसवाहेक अरु सम्पती छैन ।

अहिले नियमित खर्च हप्तामा एक पोईन्ट बल्ड हाल्नुपर्छ । उहाँका अनुसार त्यसको मुल्य आठ सय रुपैयाँ पर्छ । डाइलासिस सेवा राप्ती श्वास्थय विज्ञान प्रतिष्ठानमा निशुल्क हुन्छ तर अरु जाँच गरेको हरेक तिन महिनामा दुई हजारको आस पासमा खर्च आउँछ । क्याल्सीयम तथा अरु औषधि खानका लागि हप्तामा सात सय रुपैयाँ खर्च लाग्छ । करिब पाँचहजार अनिवार्य चाहिन्छ ।

खाने, बस्ने, कोठा भाडा अलग खर्च हो । मावि रझेनाका हेडमाष्टर उद्धव न्यौपानेलाई अनुरोध गरेपछि आधा छोरीको मासिक शुल्कमा आधा छुट गरीदिनुभएको छ । उहाँका अनुसार अर्को वर्ष पुरै मिनाह गरौला भन्ने आश्वासन दिनुभएको छ । यी सबै खर्च पुरा गर्न व्लुडाईमण्ड सोसाईटिमा सामान्य पोष्टको जागिर छ् । त्यो पनि रोगि भएपछि कार्यलय प्रमखु शिल्पा चौधरी लगाएतको परीवार, प्रकाश निरौला, पिंकी गुरुङले दया गर्नुभएको हो । मासिक दश बाह्र हजारको उपाए छ ।

‘म भन्दा पछि डाइलासिस गराउन आएका तिन जनाको मृत्यु भइसक्यो’, बुढाथोकीले भन्नुभयो, ‘आफ्नो पालो पनि आउने ता होला भन्ने पिर लाग्छ ।’ तर मृगौला दिने दाता भेटिएकाले आशा दियो बलेको छ । अहिले सम्म सात आठ लाख खर्च भइसक्यो । यतिले मृगौला हालि सकिन्थ्यो । समयमा रोगको पहिचान हुनै सकेन । अहिले त्यति रकम जुटाउन मुश्किल छ ।
आफु मरेपछि छोरीले के गरि खालीन् भन्ने चिन्ता उपचार गर्नु भन्दा पनि बढी भएको बुढाथोकिले बताउनुभयो । उहाँका अनुसार अरुले देखेको लाउन मन लाग्ने, नयाँ कुरा खान मन लाग्ने, साथि संग घुम्न रहर हुने उमेर छोरीको शुरु भएको छ । बाबा बुढाथोकि भने भात जुटाउनै नसक्ने अबस्थामा कमजोर हुनुभएको छ । शरीर सुकेको छ, ठाउँ ठाउँमा घाउ बन्दै र सुक्तै गरेका छन्, रगत नचढाए स्वाँ स्वाँ बढ्ने, सुनिने र हिड्न नसकीने गराउँछ ।

कुनै बेला घोराही बजारमा तेस्रो लिंगिको चर्तिकला थियो । धेरै ठाउँ बाट टिका टिप्पनी हुन्थ्यो । साँझ पयो नै बजारमा हुल बनाएर तेस्रो लिंगी हिड्थे । दिउँसो चोक चोकमा कण्डम बाँड्दै र युवा युवति संग छलफल गरीरहेका भेटिन्थे । त्यहि यौन रोग, एड्सका बारेमा जानकारी गराउने व्यक्ति थिए लिला । पुक्क उकसेको गालामा धप्प बलेको रातो अनुहार चम्किएको हुन्थ्यो । केहि बर्ष देखि त्यो हरायो । कार्यक्रम मात्रै सकिएन लिलाको जिन्दगी अश्पताल पुग्यो ।

उसबेलाको दर्दनाक घटना सुनाउँदै लिला अहिले पनि आँखा भरी आँशु ल्याउँनुहुन्छ । उहाँका अनुसार शुरुमा १५ दिन भन्दा लामो समय टाउको दुख्यो । औषधि खाँदा कम हुने फेरी उस्तै दुख्ने समस्या आयो । एक दिन साथिको घरमा गएको भुटेको बदाम खाने मौका मिल्यो । जसै खानुभयो तुरुन्तै आँखा राता राता भयो, खस्ला जस्तै गर्न लाग्यो,। सुधारहुने अबस्था नआएपछि जाँच गराउन नवजीवनमा आउनुभयो । दुई सय भन्दा बढि ब्लड प्रेसर देखायो । जाँच गर्नेलाई पनि अच्चमीत बनायो । फोरी दोहोयाएर जाँच गर्दापनि उस्तै देखियो ।

‘त्यहाँबाट काठमाण्डौ पठाइयो । प्रेसर रोकन दुई बर्षसम्म औषधि खाएँ । कन्टोल भईन छ’, उहाँले भन्नुभयो, ‘दुख्दै नदुखी भित्र भित्रै मृगौला खाइसकेको रहेछ । अलि अलि मुख सुन्नियो । पेट बढ्यो । पानी खाँदा पनि उल्टी आउन थाल्यो । खाने कुरा केहि पनि पेटमा नछिर्ने अर्को समस्या आयो ।’ उहाँका अनुसार त्यसपछि नेपालगन्ज जाँच गराउन जाँदा गेष्टीक भन्यो र धेरै औषधि दियो ।

‘त्यसले झनै गलाउँदै लग्यो । सन्चो हुने कुनै छाँटकाँट नदेखाएपनि फेरी शंकर मेडिकलमा जँचाएँ’ उहाँले थप्नुभयो, ‘मृगौलामा समस्या छ तुरुन्त काठमाण्डौ जानुस् भन्यो ।’ उहाँका अनुसार छुटाभिन्न भएका दाई भाईलाई हार गुहार गरी काठमाण्डौ पुग्नुभयोे । त्यहाँ जँचाएको डाईलासिस गर्नुपर्छ भन्यो । कुरुवा संग डाक्टरले दुवै मृगौला फेल भनिदिएछ । ‘अब मरिने भयो भन्ने थाह भयो । व्लांकेट भित्र कति रोएँ कति ?’ लीलाले भन्नुभयो, ‘अरु बेडका मान्छे संग अलि अलि बुझ्दा सबैको मेरो जस्तो समस्या रहेछ त्यहि हरी चित्त बुझाएँ ।’

अब बाँच्ने अन्तिम बिकल्प मृगौला फोर्ने हो । त्यसको लागि बढिमा सात लाख खर्च लाग्ने भएको छ । यति रकमकै कारण ३९ बर्षे तन्नेरीको जिवन गुमाउनु लज्जास्पद हुनछ । स्थानिय सरकार त्रिवेणी गाउँपालिकाले गत बर्ष दश हजार रुपैयाँ दिएको थियो । त्यस बाहेक अन्त बाट सहायता नलिएको बताए । सरकार, संघ संस्था व्यक्ति सबै मिलेर छोरीको लागि ज्यान जोगाईदिन आग्रह गर्नुभयोे । म मरेपछि छोरी कहाँ जाली, कसरी बाँच्ली भन्दा अरु चिन्ता छैन ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close