Florence Hospital Dang
Majestic Hotel Dang

ज्यानमारा बन्दै वैदेशिक रोजगार

Birala Tyre Dang

काठमाडौं मंसिर ७– चालू आर्थिक वर्ष सुरु भएको चार महिनाको अवधिमा रोजगारीका लागि विभिन्न देश पुगेका २ सय ७० जनाले ज्यान गुमाएका छन्। सात जना महिलासहित उक्त संख्याका नेपाली कामदारले विदेशमा ज्यान गुमाउनु परेको रोजगार प्रवद्र्धन बोर्डले जानकारी दिएको छ।

यस अवधिमा अंगभंग तथा बिरामी भएर १ सय ७६ जना स्वदेश फर्किएको बोर्डले जानकारी दिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा तुलनामा यो वर्ष विदेशमा मृत्यु हुने कामदारको संख्यामा कमी आएको विभागको दाबी छ। गत आर्थिक वर्षको सोही अवधिमा २ सय ८१ जनाले ज्यान गुमाएका थिए।

एक लाख ३७ हजार श्रम स्वीकृति

आर्थिक वर्ष सुरु भएको पहिलो चार महिनामा व्यक्तिगत र संस्थागत गरी १ लाख ३७ हजार ४ सय ७७ जना वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ। यस अवधिमा ७४ हजार ३ सय ७३ जना पुरुष र ५ हजार ७० जना महिला गरी कूल ७९ हजार ४ हजार ४७ जना संस्थागत रूपमा श्रम स्वीकृति लिएर विदेश गएको विभागको तथ्यांक छ। यसैगरी सोही अवधिमा व्यक्तिगत श्रम स्वीकृति लिएर ५३ हजार पुरुष र ५ सय १० जना महिला गरी ५८ हजार ३० जना वैदेशिक रोजगारीमा गएको छन्।

चालू आर्थिक वर्ष सुरु भएको पहिलो महिना महिनामा १८ हजार ५ सय ५९ जनाले श्रम स्वीकृति लिएका छन्। यसैगरी भदौ, असोज र कात्तिकमा क्रमशः १५ हजार ८ सय २९, २२ हजार २ सय ४०, २२ हजार ८ सय १ जनाले संस्थागत श्रम स्वीकृति लिएको विभागको तंथ्याकमा उल्लेख छ। यो अवधिमा विभिन्न देशमा व्यक्तिगत श्रम स्वीकृति लिएर ५८ हजार ३० जना रोजगारीमा गएका छन्।

वैदेशिक रोजगारीमा जाने क्रममा कमी अाएको छैन : महानिर्देशक चापागाईं

वैदेशिक रोजगारीमा जाने क्रममा कमी नआएको विभागका महानिर्देशक दीलिपकुमार चापागाईंले बताएका छन्। चालु आर्थिक वर्षको कात्तिक महिनामा २२ हजारले श्रम स्वीकृति लिएर कतार गएको विभागका तंथ्याकमा छ। कतारपछि साउदी, युएई र कुवेत नेपाली कामदारको धेरै गएको विभागले जानकारी दिएको छ।

गत जेठ महिनादेखि मलेसियाको श्रम बजारभन्दा बन्द भएपछि कतार र साउदी अरब जाने कामदारको संख्यामा बढेको विभागले जानकारी दिएको छ। विगत ३ वर्षदेखि रोजगारीमा साउदी जाने नेपाली कामदारको संख्या गिरावट आएको थियो।

पछिल्लो चार महिनामा करीब १६ हजार नेपाली कामदार रोजगारीका लागि साउदी पुगेका छन्। गत वर्षको यो अवधिमा ९ हजार कामदार मात्र साउदी गएका थिए। गतवर्षका तुलनामा चालु आर्थिक वर्षको चार महिनामा सात हजार बढी कामदार साउदी गएको विभागको तंथ्याकमा उल्लेख छ।

ठगी र उजुरी
चालु आवको कात्तिक मसान्तसम्म वैदेशिक रोजगार विभागमा संस्थागततर्फ ४ सय ३४ र व्यक्तिगत तर्फ ३ सय २१ विभिन्न ठगीसम्बन्धि उजुरी परेको छन्। यो अवधिमा ३२ करोड ६४ लाख ९२ हजार बिगो दाबीसहित रोजगारपीडितले विभागमा उजुरी दर्ता गरेका छन्।

संस्थागततर्फ १५ करोड ११ लाख १७ हजार बिगो माग दाबीसहित रोजगारी पीडितले उजुरी दर्ता गराएको विभागले जानकारी दिएको छ। जसमा विभागले २ सय १२ वटा उजुरी फरफराक गराउँदै पीडितलाई १ करोड ६० लाख बिगो भराउन सफल भएको दाबी गरेको छ।

व्यक्तिगत तर्फ १७ करोड ५३ लाख ७४ हजार बराबरको रकम दाबी गर्दै उजुरी परेको विभागको मुद्दा शाखाले जानकारी दिएको छ। यस अवधिमा व्यक्तिगत तर्फ ४२ वटा उजुरी फरफराक गर्दै ३५ लाखभन्दा बिगो भराएको विभागको तथ्यांकमा उल्लेख छ। संस्थागतभन्दा व्यक्तिगत तर्फ आर्थिक शोषणमा धेरै पीडित विभागमा धाउने गरेका छन्।

अर्थ मन्त्रालयले सार्वजनिक गरेकोे २०७४/०७५ को आर्थिक सर्वेक्षणले वैदेशिक रोजगारीमा जाने करिब ७४ प्रतिशत कामदार अदक्ष रहेको देखाएको छ। ३३ लाख युवा वैदेशिक रोजगारीमा कार्यरत रहेको सरकारी अनुमान छ।

आर्थिक वर्ष २०७५/०७६ को बजेट भाषणमा स्वदेशमा रोजगारीका पर्याप्त अवसर तथा छनौट उपलब्ध नभएसम्म अल्पकालीन रणनीतिको रुपमा वैदेशिक रोजगारीका अवसरको उपयोग गरिने बताइएको छ। अन्तर सरकारी श्रम सम्झौता गरी न्यूनतम सिप सिकेर मात्र वैदेशिक रोजगारीमा जान पाउने व्यवस्था गरिने बताइँदै आएको भएपनि अहिलेसम्म सो कार्य अन्योलमा छ।

नेपाल लाइभबाट

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close