Florence Hospital Dang
Majestic Hotel Dang

बिजौरी गोलीकाण्डको चौविस वर्ष : यसरी भएको थियो गोलीकाण्ड (प्रत्यक्षदर्शीको यथार्थ बयान)

Birala Tyre Dang

शिवकुमार थापा,
विषय प्रवेश
आज कार्तिक १७ गते अर्थात् दाङ जिल्लाको बिजौरीमा भएको हत्याकाण्डको २४ औं स्मृति दिवस । आजकै दिनमा २०५१ सालमा नेपाली कांग्रेसका नेता तथा तत्कालिन निर्माण तथा यातायात मन्त्री खुमबहादुर खड्काको सहभागिता तथा निर्देशनमा बिजौरी हत्याकाण्ड भएको थियो । उक्त हत्याकाण्डकै कारणले नेकपा ९एमाले० का पाँचजना होनाहार कार्यकर्ताले जीवन गुमाइसकेका छन् । ती होनाहार सपुतको गौरवमय शहादतप्रति नतमस्तक हुँदै आदरणीय वीर सहिद नारायण चौधरी, पुष्प घिमिरे, कृष्ण चौधरी, फर्साराम देवकोटा तथा श्रीमणि आचार्यप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्दछु । यस दिनमा आफू पनि प्रत्यक्षदर्शी भएको बिजौरी हत्याकाण्डको ईतिहासलाई स्मरण लेखनीका माध्यमबाट गर्ने प्रयास गरिरहेको छु ।

घटनाको पृष्ठभूमि
राजा र आन्दोलनकारी बीचको सम्झौताबाट टुंगिएको २०४६ सालको ऐतिहासिक संयुक्त जनआन्दोलनका सफलताको लाभ स्वभाविक रुपमा नेपाली कांग्रेसलाई बढि भयो । जनआन्दोलन पश्चात् गठित अन्तरिम संयुक्त सरकारको नेतृत्व गर्ने अवसर नेपाली कांग्रेसलाई प्राप्त भयो । नेपाली कांग्रेसका तत्कालिन कार्यबाहक सभापति कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए । सरकारमा पनि कांग्रेसीहरुको संख्या बढि भयो । समकालिन राजनीतिमा बिद्यमान दलहरुमा सबै भन्दा पुरानो, राणाशासन ढाल्न महत्वपूर्ण भूमिका निर्वाह गरेको, १७ सालमा दुई तिहाई बहुमतको सरकार चलाएको, राजा महेन्द्रले कांग्रेसको सरकार बर्खास्त गरेर त्यसका नेताहरुलाई जेल हालेर पञ्चायत ल्याएको, पञ्चायत बिरुद्ध लामो समयसम्म संघर्ष गरेको दल भएर जनताका माझ परिचित भएको कारण २०४८ को आम निर्वाचनमा नेपाली कांगे्रसलाई बहुमत प्राप्त भयो । अझ त्यसो हुनुमा निरंकुश र दलबिहीन पञ्चायती व्यवस्था बिरुद्ध भूमिगत भई आन्दोलन गरेका कारण जनआन्दोलनमा नेतृत्वदायी भूमिका भए तापनि कम्युनिष्टहरुको बारेमा जनतामा त्यति सकारात्मक प्रचार प्रसार थिएन ।

कम्युनिष्टहरुले दिदीबहिनी भन्दैनन्, बुढाबुढीलाई लाइन लगाएर गोली ठोकेर मार्छन्, खाना खान समेत थाल समातेर लाइन लागेर बस्नुपर्ने हुन्छ, सम्पत्ति सबै सरकारले लग्छ जस्ता अनगिन्ती नकारात्मक प्रचारलाई कम्युनिष्टहरुले चिर्न नसक्नु पनि कांग्रेसका लागि सकारात्मक बन्यो बहुमत प्राप्त गर्नका लागि । २०४८ सालको चुनावमा बहुमत प्राप्त गरेर गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बनेपछि प्रजातान्त्रिक भनिएको नेपाली कांग्रेसको कार्यशैली निरंकुश भयो । बिपक्षीहरु चाहे पार्र्टीभित्रका हुन् चाहे बाहिरका उनीहरुलाई जसरी पनि तह लगाउनु पर्छ भन्ने मान्यताका कारण कांग्रेसीहरु उदण्ड भए बिपक्षीहरुलाई कुटपिट मात्रै होइन हत्या समेत गरेर तह लगाउने तहमा उत्रिए ।

जुलुश जोशिलो नारा लगाउँदै कच्चि बाटोमा धुलो उडाउँदै जोशका साथ अगाडि बढिरहेको थियो । प्रदर्शनकारीहरु घोराही तुलसीपुर सडकको मानपुरे कुलानेर पुग्दा प्रहरीको सहयोगमा हातहातमा लाठी बोकेका कांग्रेसीहरु जुलुशलाई गन्तव्यतर्फ जान नदिने हेतुले रोक्न आई पुगे । तर, छिटो छिटो दुधरास पुग्ने लक्ष्यका साथ अगाडि बढेका क्रान्तिकारीहरु रोकिएनन् कांग्रेसीहरुलाई पेल्दै जुलुश अगाडि बढ्यो । यत्तिकैमा जुलुश रोक्न नसकेका कांग्रेसीहरुले एमाले कार्यकर्ताको ठूलो सहभागिता देखि आत्तिएर ढुंगा प्रहार गरे प्रत्युत्तरमा एमालेतर्फबाट पनि ढुंगा प्रहार भयो । केही पलभरको ढुंगा प्रहारपश्चात् आयुर्वेद अस्पताल अगाडिको आँपको बगैचा, दक्षिण तर्फको बार अनि कांगे्रस पार्टी कार्यालय र अगाडि सडकबाट एकैचोटी गोली प्रहार भयो । एकै क्षण अघिको शान्त र सौम्य कच्ची सडक रण संग्राममा परिणत भयो ।

पञ्चायति दमनलाई बिर्साउनेसम्मका कामहरु भए आफ्नो निरंकुशता नरुचाउने कर्मचारीहरुलाई समेत बिपक्षी भएको आरोपमा अवकाश दिने, प्रहरी प्रशासनलाई समेत नेपाली कांग्रेसका कार्यकर्ता जस्तो बनाउने काम भयो । तर, पार्टीभित्रको आन्तरिक कलहका कारणले गिरिजाप्रसाद कोइरालाले २०५१ सालमा मध्यावधी निर्वाचनको घोषणा गरे । यो निर्वाचनमा नेपाली कांगे्रस अझ खासगरी गिरिजाको पकडमा बहुमत ल्याउनुपर्छ भन्ने मान्यतामा सत्ता पक्षिय कांग्रेसीहरु लागे । देशको तेश्रो ठूलो दल संयुक्त जनमोर्चाले चुनाव बहिष्कार गरेको कारण चुनावमा एक्लै जस्तो देखिएको प्रमुख प्रतिपक्षि दल नेकपा एमाले रक्षात्मक अवस्थामा चुनावमा जानुपर्ने अवस्था देशैभरि भयो ।

बहुदलिय व्यवस्था पुनःस्थापना भएपश्चात् नै दाङमा खुमबहादुर खड्काको नेतृत्वको आडमा नेपाली कांग्रेसका कार्यकर्ताहरुको उदण्डता बढिरहेको थियो । बिपक्षीहरु आतंकित थिए । निरंकुश पञ्चायतका बिरुद्ध प्रजातन्त्रका पक्षमा लामो र अन्तहिन लडाई लडेका भनिएका खुमबहादुर खड्का आफै हिंसक प्रबृत्तिका रहेछन् । कार्यकर्ताहरुलाई पनि त्यस्तै किसिमले प्रशिक्षित गर्ने प्रबृत्ति रहेछ । २०४९ सालको स्थानीय निर्वाचन पछि त झन् दाङलाई केन्द्र बनाएर सिंगो राप्ती अञ्चलमा नै कांग्रेसीहरुले आतंक फैलाएका थिए । त्यसैको फलस्वरुप मध्यावधि निर्वाचनमा दाङका चारवटै सिटमा नेपाली कांग्रेसलाई जिताउनुपर्छ भन्ने ध्येयका साथ लागेका तत्कालिन निर्माण तथा यातायात मन्त्री समेत रहेका खुमबहादुर खड्का जुनसुकै मूल्य चुकाउन समेत तयार थिए । ठाउँ ठाउँमा बिपक्षीलाई कुटपिट गर्ने, हात खुट्टा भाँच्ने सम्मका कामहरु भइरहेका थिए ।

दाङमा नेकपा (एमाले) प्रतिरक्षाको अवस्थामा थियो । केही ठाउँमा नेकपा एमालेका कार्यकर्ताहरुले कांग्रेसीहरुको प्रतिकारसम्म गर्ने गरेका थिए । तर, झिनो रुपमा मात्र । २०४८ सालको आमनिर्वाचनमा नेकपा एमालेका शिवराज गौतमले जितेको निर्वाचन क्षेत्रका अधिकांश गा.वि.स. हरु परेका कारण दाङ जिल्लाको ३ नम्वर निर्वाचन क्षेत्रमा नेकपा एमालेको बिजय सुनिश्चित थियो । एमालेको बलियो संगठनका अतिरिक्त लोकप्रिय वक्ता समेत रहेका विद्यार्थीका चर्चित नेता शंकर पोख्रेल त्यस क्षेत्रका उम्मेदवार भएका कारण त्यस क्षेत्रमा कांग्रेसको पराजय निश्चित देखेका खुमबहादुर खड्काले त्यस क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरेका थिए । साम दाम दण्ड भेद जे अपनाएर पनि चुनाव जित्न तम्तयार भएर ।

मध्यावधि निर्वाचनपश्चात् नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा नेपालको ईतिहासमा पहिलो पटक कम्युनिष्टहरुको मन्त्रिमण्डल बन्यो । दाङ जिल्लाको ३ नम्वर निर्वाचन क्षेत्रमा नेकपा एमालेका शंकर पोख्रेल लाई बिजयी बनाएर त्यहाँका न्यायप्रेमी जनताले हत्यारालाई सजाय दिएका छन् । तर, बिडम्वना त्यस सरकारले हत्याराहरुलाई गिरफ्तार गर्नेतर्फ कुनै पहल गरेन ।

हत्याकाण्ड र क्षति
२०५१ कार्तिक १६ गते बिहान करीव ११ वजेको समयमा दाङ जिल्लाको बिजौरीबाट यौटा बसको छतमा बसेर एमाले बिरुद्ध गाली गलौजको हदका नारा लगाउँदै कांगे्रसीहरु दुधरासतर्फ लागे । त्यसदिन बिजौरी गाविसको वडा नं ३ अक्कासीमा भएको नेकपा एमालेको कार्यकर्ता भेलामा पुगेर उनीहरुलाई आतंकित पार्ने र शक्ति प्रदर्शन गर्ने उद्देश्यमा रहेको उक्त जत्था उदण्ड नारा लगाउँदै कार्यकर्ता भेला भएको स्थानमा गयो । यौटा किसानको घर आँगनमा निर्वाचनमा कसरी लाग्ने भन्ने सम्वन्धमा छलफल हुँदै थियो । सोही कार्यकर्ता भेला भैरहेको नजिकै गएर कांग्रेसीहरुले उत्तेजक र धम्किपूर्ण नारा लगाए पछि स्वभाविक रुपमा कार्यकर्ता भेलाको ध्यान कांग्रेसी जुलुश तर्फ केन्द्रित भयो । एमालेका अगुवा नेताहरुले कार्यकर्ता भेला भएको हुँदा हल्ला नगरी गइदिन अनुरोध गर्दा पनि कांग्रेसी उदण्डता रोकिएन झन् बढ्यो नेकपा ९एमाले० का स्थानीय कार्यकर्ताहरुले उनीहरुलाई सम्झाउने प्रयत्न गरे । तर, एमालेलाई शक्ति देखाउन आतुर कांग्रेसहरु रोकिएनन् ।

हात हालाहालको अवस्था श्रृजना भयो । कांग्रेसी उदण्डतालाई रोक्ने क्रममा त्यहाँ सामान्य झडप भयो । दुवैतर्फ केही कार्यकर्ता घाइते भए । कांग्रेसी कार्यकर्ता राजेन्द्र गौतम र बिरेन्द्र डाँगीको हात भाँचियो । अनि दुवैतर्फका नेताहरुको पहलमा झडप सामान्य भयो । नेपाली कांग्रेसका कार्यकर्ताहरु नेकपा एमाले मुर्दावाद, अब आउने दिनमा एमाले जान्छ चीनमा, नेपाली कांग्रेसको सरकार सत्तामा एमाले सरकार भित्तामा जस्ता नारा लगाउँदै, गुप्ताङ्ग देखाएर अश्लिल ईशारा गर्दै फर्किए । नेकपा एमालेका कार्यकर्ताहरु भेलामा केन्दित भए । यो झडपको खबर तुरुन्त दाङमै भएका त्यस बेलाका निर्माण तथा यातायात मन्त्री खुमबहादुर खड्का समक्ष पुग्यो ।

खबर पुग्ने बित्तिकै आगबबुला भएका खुमबहादुर खड्काको निर्देशनमा तुलसीपुरबाट बसमा आएका कांग्रेसी गुण्डाहरुले सोही दिन बेलुकी बिजौरी गाविस वडानं १ दुधरासमा भएको नेकपा एमाले ३ नं क्षेत्रीय पार्टी सम्पर्क कार्यालय तोडफोड गरे । त्यहाँ कार्यालय सचिव भएर बसेका नेता फर्साराम देवकोटालाई मरनासन्न हुने गरी पिटेर बेहोश बनाए । सोही समूहले नै बिजौरीमा रहेको एमालेको निर्वाचन कार्यालयमा तोडफोड ग¥यो । त्यहाँ रहेका एमालेका जनार्दन पोख्रेल र पदमप्रसाद रेग्मीलाई नाक मुख सुन्निने गरी रक्ताम्य पारेर कुटपिट गरेपछि बिजौरी क्याम्पस नेरको होटलमा चिया पिएर बसिरहेका एमालेका देवि पोख्रेललाई कुटपिट गर्यो र बहादुरीको खवर पु¥याउन तुलसीपुर गयो । यसरी नेकपा एमालेका कार्यकर्ताहरुलाई आतकित पार्ने काम भयो ।

कार्तिक २९ गते हुने मध्यावधि चुनावलाई लक्षित गरी कार्तिक १७ गते लक्ष्मीपूजाका दिनमा नेकपा ९एमाले० ले बिजौरी गाविसको हाडिमेमा जिल्लास्तरिय युवा कार्यकर्ता भेला आयोजना गरेको थियो । जिल्लाभरिका करीव २००० युवा कार्यकर्ताहरु त्यस दिन उपस्थित थिए । भेलामा पार्टी जिल्ला कमिटी सचिव श्रीमणि आचार्यले प्रशिक्षण दिनुका अतिरिक्त १६ गतेको घटनाको बारेमा जानकारी गराउनु भयो । भेलामा उम्मेदवार शंकर पोख्रेललगायतका नेताहरुले कार्यकर्ताहरुलाई निर्वाचन लक्षित प्रशिक्षण दिनुभयो । उता १६ गतेको घटना र नेकपा एमाले को कार्यकर्ता भेला बारेमा जानकारी पाएका मन्त्री खुमबहादुर खडका बेलझुण्डी आए । जे पनि गर्न तयार उदण्ड कांग्रेसीहरु आआफ्ना बन्दुकसहित खुमबहादुर खड्कालाई भेट गर्न आए । एमालेको शक्ति हाडिमेमा एकत्रित भएको देखि यदि उक्त शक्तिले केही गर्न खोजेमा गोलीले भुट्ने निष्कर्ष निकालेर खुमबहादुर खड्का, दिपक गिरीसहितका कांग्रेसीहरु बन्दुक खुकुरीसहितका घातक हतियारले सुसज्जित भएर बिजौरीमा एमालेको जुलुश कुरेर बसे ।

नेपाली कांग्रेसका कार्यकर्ताहरु बन्दुक लिएर बसेका थाहा पाउँदापाउँदै पनि सम्भावित क्षतिप्रति कत्ति पनि ख्याल नराखी निहत्था कार्यकर्ताहरुलाई प्रदर्शनमा उतार्नु अघि नेकपा एमालेका नेताहरुले एकपटक पनि सोंचेको देखिएन ।

यता १६ गतेको घटना जानकारी हुने बित्तिकै एमालेका कार्यकर्ताहरुले बिशाल जुलुश प्रदर्शन गर्नुपर्ने माग राखे नेतृत्वले पनि उपयुक्त ठानेर प्रशिक्षणपश्चात् हाडिमेबाट बिजौरी हुँदै दुधराससम्म शान्तिपूर्ण जुलुश प्रदर्शनको कार्यक्रम राख्यो । करीव ४ बजेतिर बिरोध प्रदर्शन सुरु भयो । बिरोध प्रदर्शनकारीहरु हाडिमेबाट बिजौरी आएर बिजौरी क्याम्पससम्म जाने अनि फर्किएर दुधरास पुग्ने दुधरासबाट समापन गर्ने भन्ने कार्यकम तय भएको थियो । कम्युनिष्ट पार्टीको संघर्षका हरेक मोर्चामा नेताहरुको सहभागिता अग्रपंतीमा हुने गर्दछ । सोही अनुसार शिवराज गौतम, श्रीमणि आचार्य, शंकर पोख्र्रेललगायत उम्मेदवारहरु र जिल्लास्तरीय नेताहरु अगाडि र कार्यकर्ताहरु पछाडी थिए ।

जुलुश जोशिलो नारा लगाउँदै कच्चि बाटोमा धुलो उडाउँदै जोशका साथ अगाडि बढिरहेको थियो । प्रदर्शनकारीहरु घोराही तुलसीपुर सडकको मानपुरे कुलानेर पुग्दा प्रहरीको सहयोगमा हातहातमा लाठी बोकेका कांग्रेसीहरु जुलुशलाई गन्तव्यतर्फ जान नदिने हेतुले रोक्न आई पुगे । तर, छिटो छिटो दुधरास पुग्ने लक्ष्यका साथ अगाडि बढेका क्रान्तिकारीहरु रोकिएनन् कांग्रेसीहरुलाई पेल्दै जुलुश अगाडि बढ्यो । यत्तिकैमा जुलुश रोक्न नसकेका कांग्रेसीहरुले एमाले कार्यकर्ताको ठूलो सहभागिता देखि आत्तिएर ढुंगा प्रहार गरे प्रत्युत्तरमा एमालेतर्फबाट पनि ढुंगा प्रहार भयो । केही पलभरको ढुंगा प्रहारपश्चात् आयुर्वेद अस्पताल अगाडिको आँपको बगैचा, दक्षिण तर्फको बार अनि कांगे्रस पार्टी कार्यालय र अगाडि सडकबाट एकैचोटी गोली प्रहार भयो । एकै क्षण अघिको शान्त र सौम्य कच्ची सडक रण संग्राममा परिणत भयो । एमाले कार्यकर्ताको भागदौडले सडक धुलोले कुहिरीमण्डल भयो ।

निहत्था एमाले कार्यकर्ता माथि दायाँबायाँ र अगाडि गरी तीनतिरबाट गोली प्रहार भयो । गोली र छर्रा लागेका एमालेका कार्यकर्ताहरु वीर सहिद जिन्दावाद, नेकपा एमाले जिन्दावाद, ईन्कलाव जिन्दावाद भन्दै ढल्ने क्रम बढ्यो । भारतीय स्वतन्त्रता संग्रामको क्रममा पञ्जावको जलियावाला बागमा भएको सत्याग्रहमा जनरल डायरको निर्देशनमा सत्याग्रही माथि भएको नरसंहारलाई स्मरण दिलाउने खालको गोली प्रहारले नेकपा एमालेका दर्जनाै नेता कार्यकर्ताहरु घाइते भए । शक्त घाइते भई घोराही लगिएका ढिकपुर सेवारका नारायण चौधरीको शहादत त्यसै दिन भयो । गम्भीर घाइते पुष्प घिमिरे, कृष्ण चौधरी, शिवराज गौतम, श्रीमणि आचार्य, ठगेन्द वली, कमल डिसी, खगेश्वर भण्डारीलगायतकालाई नेपालगञ्ज हुँदै काठमाण्डौ लगियो । पुष्प घिमिरे र कृष्ण चौधरीको उपचारकै क्रममा २० गते वीर अस्पतालमा शहादत भयो । शवलाई खुल्ला मञ्चमा श्रद्धाञ्जलीका लागी राखियो ।

नेकपा एमालेका नेताहरु र काठमाण्डौ बासी सारा जनताहरुले श्रद्धाञ्जली दिएपछि आर्यघाटमा दाह संस्कार गरियो । सोही घटनामा कुटपिटबाट थलिएका मानपुर लक्ष्मीपुरका फर्साराम देवकोटाको थलिएरै केही समयपश्चात निधन भयो त्यस घटनामा शरीरभरि लागेका गोलीका छर्रा निकाल्न नसकेर शरीरभरि गोली लिएर एमालेको नेतृत्व गर्ने लोकप्रिय नेता श्रीमणि आचार्यको शरीरमा रहेका गोलीका कारण क्यान्सर भएर २०६४ पुष ३ गते निधन भयो । यसरी उक्त हत्याकाण्डमा नारायण चौधरी, पुष्प घिमिरे, कृष्ण चौधरी, फर्साराम देवकोटा र श्रीमणि आचार्य र शिवराज गौतम गरी ६ जना होनहार योद्धाहरुले जीवन गुमाएका छन् । उनीहरु सहिद भएका छन् । उक्त हत्याकाण्डको सम्पूर्ण देशवासी र अझ अगाडि भन्ने हो भने व्यक्तिगत रुपमा कांग्रेसीहरुले समेत भत्र्सना र निन्दा गरेका छन् । सोही हत्याकाण्डका कारण देशव्यापी रुपमा त्यसका खलनायक खुमबहादुर खड्काको छवि हत्याराका रुपमा परिचित भयो ।

मध्यावधि निर्वाचनपश्चात् नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा नेपालको ईतिहासमा पहिलो पटक कम्युनिष्टहरुको मन्त्रिमण्डल बन्यो । दाङ जिल्लाको ३ नम्वर निर्वाचन क्षेत्रमा नेकपा एमालेका शंकर पोख्रेल लाई बिजयी बनाएर त्यहाँका न्यायप्रेमी जनताले हत्यारालाई सजाय दिएका छन् । तर, बिडम्वना त्यस सरकारले हत्याराहरुलाई गिरफ्तार गर्नेतर्फ कुनै पहल गरेन । पीडित परिवारकोतर्फबाट खुमबहादुर खड्का, दिपक गिरीलगायतका कांग्रेसीहरु बिरुद्ध ज्यानमार्ने अभियोगमा किटानी जाहेरी दिइयो । बरु एमालेकोे नेतृत्वको सरकार ढलेपछि शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस र पञ्चहरुको संयुक्त सरकारमा खुमबहादुर खड्का गृहमन्त्री भएपछि सो सरकारले दाङ जिल्ला अदालतमा रहेको गृहमन्त्री खुमबहादुर खड्का समेतको मुद्धालाई फिर्ता लियो । त्यो निर्णयका बिरुद्ध अधिवक्ता द्रोणप्रसाद दाहालले रिट निवेदन दर्ता गर्नुभयो ।

सर्वोच्च अदालतका माननीय न्यायधीश अरविन्द आचार्यको सिंगल बेञ्चले २०५२ माघ १ गते मुद्दा फिर्ता लिएको सम्बन्धमा सरकारलाई कारण देखाऊ आदेश जारी गर्यो । तर, सो प्रसंग त्यत्तिकै सेलाएर गयो । अब नेकपा एमालेका नेता कार्यकर्ताको स्मृतिबाट बिजौरी हत्याकाण्ड बिस्मृत भैसकेको प्रतित हुन्छ । खाली एमालेका ठूला नेता आएको बेलाको भेटमा सहिद परिवारले हत्यारालाई कार्बाही नभएको गुनासो गर्ने बाहेक यो भयावह घटना सम्झिने काम भएको छैन । यदि त्यसबेला नै खुमबहादुर खड्कालगायतका हत्याराहरुलाई कार्बाही गरिएको भए २०६४ को संविधानसभा चुनावमा लमहीमा माओवादी कार्यकर्ताको हत्या हुने थिएनन् कि ? अझै यसतर्फ ध्यान दिइएन भने दण्डहिनताको परिणाम अझै भयावह हुने निश्चित छ ।

यो बिडम्बना नै मान्नुपर्छ २०५१ सालमा दाङ जिल्लाको बिजौरीमा नेकपा एमालेका कार्यकर्ताको हत्या भयो । त्यहि बलिदानबाट नेकपा ९एमाले०का अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा पहिलो कम्युनिष्ट सरकार बन्यो । तर, आफ्नै कार्यकर्ताको हत्यारालाई कार्बाही गर्न सकेन । त्यस्तै २०६४ सालमा दाङकै लमहीमा उनै खुमबहादुर खड्काको सहभागितामा नेकपा ९माओवादी०का कार्यकर्ताको हत्या भयो त्यहि बलिदानबाट नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्यो । तर, आफ्नै कार्यकर्ताको हत्यारालाई कार्बाही गर्न सकेन यसलाई उक्त पार्टीका कार्यकर्ताले कसरी बुझ्ने ।

निष्कर्ष
बिजौरी हत्याकाण्ड नेपाली कांग्रेसको उदण्ड र फाँसीबादी क्रियाकलापको कारण भएकोमा दुई मत छैन । यो हत्याकाण्डका खलपात्र खुमबहादुर खड्का र स्वयं नेपाली कांग्रेसले समेत यस घटनाको यथार्थ समिक्षा गरी सहिद परिवारसँग क्षमा याचना गर्नुपर्छ र उनीहरुले यस्तो आँट गरेमा सहिद परिवारले पनि आफ्नो मुटुमा ढुंगा राखेर क्षमादान दिनुपर्छ यसरी यो घटनाको पटाक्षेप गर्नुपर्छ । नेपाली कांग्रेसका कार्यकर्ताहरु बन्दुक लिएर बसेका थाहा पाउँदापाउँदै पनि सम्भावित क्षतिप्रति कत्ति पनि ख्याल नराखी निहत्था कार्यकर्ताहरुलाई प्रदर्शनमा उतार्नु अघि नेकपा ९एमाले० का नेताहरुले एकपटक पनि सोंचेको देखिएन ।

खाली जनताको ईच्छाको कदर गर्ने नाममा कार्यकर्ताको दवावमा त्यति ठूलो प्रदर्शन बन्दुक भएतिरै गर्नु पनि उनीहरुको कमजोरी हो । एमालेले यसको समीक्षा ग¥यो कि गरेन । नेकपा एमाले र यसका कार्यकर्ता नेताहरुबाट सहिद परिवारको अवस्था बुझेर उनीहरुलाई सहयोग गर्ने काम निरन्तर भइरहेको छ कि छैन । समकालिन राजनीतिमा स्थानीय स्तरमा काम गर्ने राजनीतिकर्मीका परिवार र बालबच्चाको दुरावस्था देखिसकेका हामीले अभिभावक गुमाएका सहिद परिवारका महिला तथा बालबालिकाको अवस्थालाई बुझेर अभिभावकत्व प्रदान गर्नेतर्फ पनि पहल गर्नु पर्छ । अझ यसबाट पाठ सिकी यस किसिमका गल्ती नदोहोर्याउने प्रतिज्ञा आज कै दिनमा गरौं ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close