Global Luja Dang

प्रदेश परिषद बैठक आज सकिँदै

Birala Tyre Dang

हेटौँडा, जेठ ८ । प्रदेश तीनको अस्थायी राजधानी हेटौँडामा जारी प्रदेश परिषद बैठक मंगलबार सकिंदैछ । सोमबारबाट शुरु भएको परिषद बैठक दिउँसो सकिने भएको हो ।

बैठकमा मंगलबार प्रदेश तीन अन्त रगतका स्थानीय तहका प्रमुख र उपप्रमुखले कार्यसंचालनका क्रममा परेका समस्या र प्रदेश सरकारसंगको अपेक्षाको बारेमा आफ्नो प्रस्तुति राख्ने छन् ।

बैठकलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सम्बोधन गर्ने कार्यक्रम छ । बैठकमा सोमबार प्रदेश तीनका मन्त्रीहरुले आप्mनो मन्त्रालयगत अवधारणा राखेका थिए ।

संघीयता कार्यान्वयनमा आएपछि पहिलो पटक बसेको बैठकमा प्रदेश तीनका एक सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुखको सहभागिता रहेको छ । थाहा खबर

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close