Victoria College Dang

वीपी काेइरालाकाे जन्मदिनका दिन शशाङ्ककाे उद्घाेष-वीपीको सिद्धान्तलाई नपछ्याउन काङ्गेस कमजाेर बन्याे – Page 2018 – दाङ खबर

वीपी काेइरालाकाे जन्मदिनका दिन शशाङ्ककाे उद्घाेष-वीपीको सिद्धान्तलाई नपछ्याउन काङ्गेस कमजाेर बन्याे

MadanBhandari College

दिवाकर पोख्रेल
देउखुरी, भदौ २४ । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले गुठ–उपगुठ छाडेर एकताको सन्देश दिनुपर्ने बेला आएको बताउनु भएको छ । नेपाली काँग्रेस दाङ क्षेत्रनम्वर–१ ले लमहीमा आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री कोइरालाले पार्टी भित्रको आन्तरिक बिवादबाट अरुले फाइदा लिएको भन्दै एकताबद्ध हुन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

‘पार्टीभित्रका अधिवेसन आउँछन् । जान्छन् । अधिवेसनको बेला सल्लाह गरांैला अहिले पार्टीलाई बलियो बनाउनुपर्छ’, कोइरालाले भन्नुभयो । वीपी पुत्र समेत रहनुभएका काँग्रेस महामन्त्री कोइरालाले वीपीको योगदान पार्टीमा धेरै रहेको भन्दै वीपीको सिद्धान्तलाई पछ्याउन आवश्यक रहेको औंल्याउनुभयो । नेपाली काँग्रेसको विचार, कार्यकर्ता र विकास महत्वपूर्ण रहेकाले काँग्रेस कहिल्यै पछि नपर्ने बताउनुभयो ।

‘काँग्रेसले कहिल्यै हार्दैन । हारेको छैन । स्वास्थ्य, शिक्षा, यातायातमा धेरै परिवर्तन काँग्रेसले ल्याएको छ’, कोइरालाले भन्नुभयो । काँग्रेसको स्पष्ट नीति रहेको दाबी गर्दै उहाँले वर्तमान सरकारले नयाँ कार्यक्रम ल्याउन नसकेको आरोप लगाउनुभयो ।

क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य बद्रि पाण्डेले काँग्रेस संख्यामा हारे पनि विचारमा नहारेको भन्दै आपसी विवाद भन्दा पार्टी बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

Sahara Yatayat Dang

प्रतिकृया दिनुहोस्