Global Luja Dang

साहित्य मनोरञ्जन

साहित्य मनोरञ्जन

पैसामुखी बन्दैछन् खगेन्द्र ?

पैसामुखी बन्दैछन् खगेन्द्र ?

अभिनेता खगेन्द्र लामिछाने वर्षमा एउटा मात्र फिल्म लिएर दर्शकमाझ आउने गर्दछन् । गएको वर्ष उनको 'धनपति' फिल्म रिलिज भएको थियो । तर, अब उनले आफूले बनाएको यो नियम तोड्दैछन् । यस वर्ष उनको एक होइन तीनवटा फिल्म रिलिज हुँदैछन् । शुक्रवारबाट 'डमरुको डण्डीबियो' रिलिज भइसकेको छ भने दशैंको फूलपातीमा 'जय भोले' दर्शकमाझ आउँदैछ । यस्तै, गएको केही दिन अगाडि घोषणा गरिएको नयाँ फिल्म 'गोपी' पनि यसै वर्ष प्रदर्शनमा आउने प्रवल संभावना छ । के पैसामुखी बन्दैछन् खगेन्द्र ? फिल्म 'गोपी' को घोषणा सभामा उनले एउटा कलाकारले एकै वर्षमा दुई वा तीनवटा फिल्मको सुटिङ गरेर फरक नपरे पनि रिलिज लगातार भएको खण्डमा भने गाह्रो हुने बताए । उनी भन्छन्, 'नेपालको सन्दर्भमा एउटा कलाकारले वर्षमा एउटा मात्र फिल्म गरेर जीवन चलाउन गाह्रो हुँदो रहेछ । बलिउडमा एउटा फिल्म गरेर करोडौं पाउने भए पो २/३ वर्षमा एउटा फिल्म गरौँ भन्ने हुन
‘क्याप्टेन’ मा प्रशान्तका चेला अनमोल

‘क्याप्टेन’ मा प्रशान्तका चेला अनमोल

सुपरस्टार अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ को यतिबेला पूर्वको दमकमा जोडतोडका साथ छायांकन भइरहेको छ । अहिले दमकमा जारी 'दमक गोल्डकप फुटबल प्रतियोगिता' मा फिल्मका केही महत्वपूर्ण दृश्य खिच्ने काम भइरहेको छ । दीवाकर भट्टराईको निर्देशन रहने यसमा अनमोलसँगै सरोज खनाल, उपासना सिंह ठकुरी, प्रियंका एमबी, प्रशान्त ताम्राकार, सुनिल थापा, विल्सन विक्रम राईलगायतका कलाकारहरुको प्रमुख भूमिका छ । हालैमा फिल्मको सेटबाट प्रशान्तले एक तश्बिर आफ्नो फेसबुकमा अपलोड गरेका छन्, जसमा उनीसँगै अनमोल र विल्सनलगायतका कलाकारहरुलाई देख्न सकिन्छ । तश्बिरबाटै प्रशान्त यस फिल्ममा फुटबल प्रशिक्षकको भूमिकामा रहेको स्पष्ट हुन्छ । ‘क्याप्टेन’ का लागि उनले आफ्नो लुक्समा केही परिवर्तन गरेका छन् । उता अनमोलले पनि आफ्नो तौल केही कम गरेका छन् । प्रशान्तले शेयर गरेको तश्बिरमा अनमोल ११ र विल्सनलाई ८ नम्बरको फुटबल जर्सीमा देख
छक्का पञ्जा– ३ को निर्माण कार्य सुरु

छक्का पञ्जा– ३ को निर्माण कार्य सुरु

छक्का पञ्जा नामबाट बनेका २ फिल्म सुपरहिट भएपछि सोही निर्माण समूहले छक्का पञ्जा –३ को निर्माण कार्य सुरु गरेको छ। शुक्रबार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजाआजा गर्दै फिल्मको छायांकन सुरु गरिएको खबर आजको समाचार पत्र दैनिकले छापेको छ। जितु नेपाल ‘मुन्द्रे’ र केदार घिमिरे ‘माग्ने बुढा’ कार्यकारी निर्माता रहेको फिल्ममा किरण केसी, शिवहरी पौडेल, सुमन गिरी, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाईं, दीपेन्द्र खनियाँ, केशव न्यौपाने लगायतका कलाकार छन्। फिल्मको निर्देशन दिपाश्री निरौलाले गर्न लागेकी हुन्। काभ्रे, दमौली, पोखरा, बागलुङलगायतका ठाउँमा छायांकन हुने फिल्ममा यसपटक वैदेशिक रोजगारीको कथा नहुने दीपकराज गिरीले बताए।
शिक्षिकासँग लगनगाँठो कसे ‘बल्छी धुर्वे’ले

शिक्षिकासँग लगनगाँठो कसे ‘बल्छी धुर्वे’ले

चर्चित हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’मा ‘बल्छी धुर्बे’ नामक पात्रबाट चर्चा बटुलेका हास्य कलाकार मरिचमान श्रेष्ठ विवाह बन्धनमा बाँधिएका छन्। उनले शुक्रबार काठमाडौंकी करूणा खड्कासँग लगनगाँठो कसेका हुन्। करूणा पेशाले शिक्षिका हुन्। उनी पाठशाला नेपाल स्कूलमा शिक्षिकाका रूपमा कार्यरत छिन्। उनीहरूले प्रेमलाई वैवाहिक सम्बन्धमा परिणत गरेका हुन्।
रेखाको निर्देशनमा ‘मालिका’ छायाँकन

रेखाको निर्देशनमा ‘मालिका’ छायाँकन

काठमाडौं । अभिनेत्री रेखा थापाको फिल्म निर्माण कम्पनी रेखा फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘मालिका’को छायांकन सुरु भएको छ । पशुपतिमा पूजाआजा गर्दै फिल्मको सुटिङ सुरु भएको हो । बालुवाटारबाट छायांकन सुरु गरिएको फिल्मलाई रेखा आफैँले निर्देशन गर्दैछिन् । छायांकनको पहिलो दिन रेखा र नरबहादुर कार्कीले बालुवाटारमा सिन दिएका छन् । करिब १० दिनको काठमाडौं सुटिङपछि निर्मण युनिटबाहिर जानेछ । फिल्मको कोहलपुर जाजरकोटमा समेत छायांकन हुनेछ । ‘मालिका’मा रेखा र नरबहादुरसँगै जाजरकोटकी १४ वर्षीय किशोरी कमला ओलीको मुख्य भूमिका रहनेछ । रेखाको आफ्नै कथा रहेको फिल्म व्यक्तिको सोच परिवर्तनको विषयमा आधारित रहनेछ । ‘मालिका’लाई लक्ष्मी पूजा कात्तिक २१ देखि प्रदर्शनमा ल्याउने रेखाको लक्ष्य छ । फिल्ममा रामशरण उप्रेतीको छायांकन र सुरेश अधिकारीको संगीत छ । ‘हिम्मतवाली’पछि रेखा मालिकामार्फत निर्देशनमा फर्किएक
Open

Expert Education Dang

Close