साहित्य मनोरञ्जन – Page 2 – दाङ खबर
Global Luja Dang

साहित्य मनोरञ्जन

साहित्य मनोरञ्जन

बर्षा सिवाकोटीले राउतलाई लेखिन्–‘खै कसले भनेछ हामी दुश्मन अरे’

बर्षा सिवाकोटीले राउतलाई लेखिन्–‘खै कसले भनेछ हामी दुश्मन अरे’

वैशाख २९-  नायिका बर्षा राउतलाई सम्बोधन गर्दै नायिका बर्षा सिवाकोटीले लेखेको एउटा स्टाटस अहिले चर्चामा छ । दुबै नायिकाको चलचित्र रिलिज हुन केही दिन मात्र बाँकी रहेको समयमा नायिका सिवाकोटीले राउतको नाममा स्टाटस लेखिन् । उनले लेखिन्–‘खै कसले भनेछ हामी दुश्मन अरे । हामीले एक अर्काको अस्तित्व स्विकार गर्न सकेनौ अरे । हामी प्रतिस्पर्धी पक्कै हौला, एकै क्षेत्रमा काम गरिरहेका छौ । त्यसलाई अस्विकार न तिमीले गर्न सक्छौ न मैले । एकै ओछ्यानमा सुतेपछि खुट्टम लाग्नु स्वभाविक नै हो नी होइन र ?’ बर्षाले आफूहरु दुबैले कलाकारिता गरिरहेको भन्दै दुबै जनाको भोगाई एउटै भएको समेत उल्लेख गरेकी छिन् । बर्षाले एकैदिनमा आफूहरुको भिडन्त नभई हलमा एकसाथ आउन लागेको समेत लेखेकी छिन् । बर्षा सिवाकोटीको स्टाटसमा नायिका बर्षा राउतको जवाफ समेत आएको छ । बर्षा राउत लेख्छिन्–‘त्यही त है, हामीलाई थाहा नै नपाई एक अर्काको दुश्
आकासको तस्बिर हेरेर चित्त बुझाउँदै पूजा

आकासको तस्बिर हेरेर चित्त बुझाउँदै पूजा

काठमाडौँ, बैशाख २७- लोकप्रिय जोडी पूजा शर्मा र आकास श्रेष्ठले एकसाथ स्क्रिन सियर गरेको ‘तस्बिरमै हो कि मैले’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘रामकहानी’ र ‘सम्हालिन्छ कहिले मन’ गरी दुई चलचित्रमा एकसाथ देखिएका पूजा र आकासको जोडीलाई दर्शकहरुले अत्याधिक रुचाएका छन्।सनुप पौडेल र निशा कँडेलको स्वर रहेको गीतमा विष्णुबाबु देवकोटाको शब्द तथा टीका दाहालको संगीत सुन्न सकिन्छ। गीतलाई राहुल प्रधानले एरेन्ज गरेका छन्। निकेश खड्काले निर्देशन गरेको भिडियमा बुद्ध थापाको छायाँकन ,सविना गुरुङको मेकअफ र सुबल थापाको सह निर्देशन गरेको छ।लभ स्टोरीमा बनेको म्युजिक भिडियो अडियो झैँ अब्बल बनेको छ। गीतलाई केबीए गोल्बलले निर्माण गरेको हो।  
अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल २०१९

अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल २०१९

काठमाडौं, बैशाख २७ । मिस नेपाल २०१९ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । मिस नेपालको २५ औं संस्करणमा अन्य २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस नेपाल वर्ल्डको ताज पहिरिइन् । अनुष्कालाई मिस नेपाल २०१८ की विजेता शृङखला खतिवडाले ताज लगाइदिएकी थिइन् । श्रेष्ठले मस्ट इन्टिलेक्चुअल सहभागी र मिस फेसिनोको उपाधिसमेत जितिन् । अनुष्काले मिस नेपाल वर्ल्ड जित्दा प्रदीप्ता अधिकारीे मिस नेपाल युनिभर्स (द्वितीय) भइन् । यसैगरी रिया बस्नेत मिस नेपाल अर्थ भइन् भने मिरा कर्माचार्य र रोज लामा क्रमशः मिस नेपाल इन्टरनेसनल र मिस नेपाल सुपरनेसनलको उपाधि जिते । विजेता ५ सहित सोफिया भुजेल र रक्षा उप्रेती पनि फाइनल (शीर्ष ७) मा पुगेका थिए । यसअघि शीर्ष १४ मा सुभेच्छा अधिकारी, नितिका कर्माचार्य, जेनि महर्जन, शिवानी घिमिरे, प्रभा अधिकारी, निशा पाठक र नान्सी बोगटी पनि पुगेका थिए । यता व्यक्तिगत बिधातर्फ प
सुहानाले दर्शकलाई ठूलो सपना देखाएकी छिन् : दीपाश्री निरौला

सुहानाले दर्शकलाई ठूलो सपना देखाएकी छिन् : दीपाश्री निरौला

काठमाडौं,बैशाख २६- कलाकार तथा निर्देशक दीपाश्री निरौलाले ‘ए मेरो हजुर ३’बाट नेपाली चलचित्र क्षेत्रले राम्रो नायिका पाएको बताएकी छिन् ।नायिका तथा निर्देशक झरना तथा निर्माता सुनिलकुमार थापाकी छोरी सुहानाको २१ औं जन्मदिन पारेर चलचित्र युनिटले बुधबार अन्नपूर्ण होटलमा आयोजना गरेको ‘ए मेरो हजुर ३’को सक्सेस पार्टीमा दीपाश्रीले सो कुरा बताएकी हुन् । चलचित्रबाट सुहानाले दर्शकहरुलाई पनि ठूलो सपना देखाएको दीपाश्रीले बताईन् ।‘साथी झरनाले राम्रो नायिका जन्माएकी छिन् । हामीले पनि विश्वास राखेका छौं की नेपाली चलचित्रले राम्रो नायिका पाएको छ’ दीपाश्रीले भनिन् –‘उनले दर्शकहरुलाई पनि ठूलो सपना देखाएकी छिन् । अब आफ्नो देश छाडेर कतै नजाने प्रण गर्नुपर्यो ।’ अमेरिकामा बसेर मनोविज्ञानमा स्नातक गर्दै गरेकी सुहाना केही महिनायता नेपालमा छिन् । अब पढाई सकेर मात्र चलचित्रमा अभिनय गर्ने सुहाना तथा उनको परिवारको
दिवाकर र दीपिकाले गरे बिहे

दिवाकर र दीपिकाले गरे बिहे

काठमाडौं ,बैशाख २६। अभिनेत्री दीपिका प्रसाईं र निर्देशक दिवाकर भट्टराई विवाह बन्धनमा बाँधिएका छन् । एक साताअघिसम्म चलचित्र ‘हेलो जिन्दगी’को सुटिङमा लन्डनमा रहेकी अभिनेत्री दीपिका पाँच दिनअघि विवाहकै लागि भनेर नेपाल फर्किएकी हुन् । सिन्धुलीका निर्देशक भट्टराईले मंगलबार अभिनेत्री दीपिकाको घर धनगढी जन्तीसहित पुगेर विवाह गरे । करिब दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका यी जोडीले तीन महिनाअघिनै इन्गेजमेन्टसहित कानुनी विवाह गरे पनि सामाजिक रीतअनुसार मंगलबार विवाह गरेका हुन् । यी दुईको विवाहमा त्यति धेरै चलचित्रकर्मीहरूको उपस्थिति रहेन । दिवाकर र दीपिकाले काठमाडौंमा विवाहको छुट्टै रिसेप्सन पार्टी दिने बताइएको छ ।तीन वर्षअघि चलचित्रऐश्वर्यको छायांकनमा अभिनेत्री दीपिका र निर्देशक दिवाकर नजिक भएका थिए ।पहिलो चलचित्र ऐश्वर्य हिट भएपछि दीपिकाले छक्का पञ्जा–३ मा काम गरिन् । अहिले उनी नयाँ फिल्म ह
जेठ ३ एकसाथ भिड्दै ‘वीर बिक्रम २’ र ‘जात्रै जात्रा’

जेठ ३ एकसाथ भिड्दै ‘वीर बिक्रम २’ र ‘जात्रै जात्रा’

काठमाडौैं,जेबैशाख २३–जेठ ३ मा दुई नेपाली फिल्म एकसाथ भिड्दै छन्, 'वीर बिक्रम २' र 'जात्रै जात्रा'। २०७६ को यो पहिलो मिति हो, जहाँ दुई राम्रा ब्यान्डका फिल्महरु भिड्ने भएका हुन्।वीर बिक्रम'लाई दर्शकले रुचाएपछि निर्देशक मिलन चाम्सले 'वीर बिक्रम २' बनाएका हुन्। त्यस्तै निर्देशक प्रदिप भट्टराईले पनि 'जात्रा'को सफलतापछि 'जात्रै जात्रा' निर्देनशन गरेका हुन्।दुई फिल्म एउटै मितिमा प्रदर्शनमा आउँदा भिडन्त पक्का छ। अब दुई फिल्ममा कुनले बाजी मार्ला हेर्न बाँकी छ। 'वीर बिक्रम'मा मित्रताको कथा समेटिएको छ। फिल्मका मुख्य कलाकार पल शाह, नाजिर हुसेन, वर्षा सिवाकोटी र बुद्दि तामाङको मुख्य अभिनय छ। फिल्ममा अन्य कलाकार देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदीलगायतको अभिनय छ। हिमाल केसीको द्वन्द्व निर्देशन रहेको यस फिल्मलाई बनिष शाहले सम्पादन गरेका हुन्। 'जात्रै जात्रा'मा भने विपिन कार्की, रविन्द्र झा,
चलचित्र दाल भात तरकारी देशैभर हाउसफुल

चलचित्र दाल भात तरकारी देशैभर हाउसफुल

काठमाण्डाै,बैशाख २२ – शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र दाल भात तरकारीले देशभर हाउसफुल व्यापार गरेको छ ।मौसममा आएको खराबीका कारण पहिलो शो प्रभावित हुनसक्ने भनिए पनि दर्शकले चलचित्र हल भरिएकाे थियाे । यसले चलचित्र दाल भात तरकारीलाई दर्शकले तीव्र प्रतिक्षा गरिरहेको बुझाउने कलाकार तथा निर्माता राजाराम पौडेल बताउनुहुन्छ । अहिले दशैभर प्रदर्शन भइरहेको यस चलचित्रले राम्रै व्यापार गरिरहेको निर्माता टिमले बताएको छ । चलचित्र दालभात तरकारीले अमेरिका जान मरिमेट्ने एक नेपाली परिवारको कथा प्रस्तुत गरेको छ । चलचित्रले गम्भीर विषयवस्तुलाई हास्य शैलीमा प्रस्तुत गरेको छ । २ घण्टा १० मिनेट लामो चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्
विराज र निकिताको ‘साङ्लो’ निर्माण घोषणा

विराज र निकिताको ‘साङ्लो’ निर्माण घोषणा

वैशाख २० - नायक विराज भट्ट चलचित्रमा अभिनयमा फर्किएका छन् । साथै, अब उनले चलचित्र निर्देशन पनि गर्ने भएका छन् । नायक भट्टको निर्माण, निर्देशन र अभिनय रहने चलचित्र ‘साङ्लो’को आज घोषणा भएको छ । वैशाखको २४ गतेबाट यो चलचित्रको छायांकन सुरु हुनेछ । चलचित्रलाई करिब ५० दिनमा सक्ने विराजले पत्रकार सम्मेलनमा जानकारी दिए । चलचित्र ‘साङ्लो’मा विराजको जोडीको रुपमा पूर्व मिस नेपाल निकिता चण्डकले काम गर्दैछिन् । चलचित्रमा कामेश्वर चौरासिया, अमित गिरी लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ । चलचित्रको बिषयमा विराजले भने–‘मलाई केही फरक चलचित्र आफै गर्न मन लागेको थियो । यो चलचित्रमा मैले अहिलेसम्म गर्न नपाएको बिषय समावेश गरेको छु ।’ यस्तै, नायिका चण्डकले आफू तत्काल चलचित्रमा काम गर्ने मनस्थितीमा नभएपनि नायक तथा निर्देशक विराज भट्टको कुरा सुनेपछि काम गर्न तयार भएको सुनाइन् । नेपाली चलचित्रमा राम्रो स
फ्राइडे रिलिज – एक्लै आयो ‘दाल भात तरकारी’

फ्राइडे रिलिज – एक्लै आयो ‘दाल भात तरकारी’

बैशाख २० ।  फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट एकमात्र फिल्म ‘दाल भात तरकारी’ प्रदर्शनमा आएको छ । प्रायः दुई वा सो भन्दा बढी संख्याका फिल्म प्रदर्शनमा आउने गरेको भएपनि यो साता भने ‘दाल भात तरकारी’ले एकल प्रदर्शनको अवसर पाएको हो । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, शिवहरी पौडेललगायतका कलाकारको मुख्य भुमिका रहेको फिल्मले मल्टीप्लेक्समा धेरै शो पाएको छ भने सिंगल थिएटर पनि राम्रो पाएको छ । फिल्म सुदन केसीले निर्देशन गरेका हुन् । गीतसंगीतका कारण पनि चर्चामा रहन सफल यो फिल्मले देशभर बम्पर ओपनिङ गर्ने अपेक्षा निर्माण युनिटले गरेको छ । रिलिज अगावै ओभरसिज राइट्सबाट लगभग करोड हात पारिसकेको यो फिल्म रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरि पौडेल, यमन श्रेष्ठ निर्माता रहेका छन् । फिल्ममा दिर्घ गुरुङको छाँयाकन र मित्र डी गुरुङको सम्पादन रहेको छ ।
दिवाकरको फिल्ममा आर्यन र दीपिका ?

दिवाकरको फिल्ममा आर्यन र दीपिका ?

वैशाख १८-  चलचित्र ‘क्याप्टेन’ रिलिज भएपछि निर्देशक दिवाकर भट्टराई नयाँ चलचित्रको तयारीमा छन् । दिवाकरले यसपटक पुर्ण रुपमा लभस्टोरी चलचित्र निर्माण गर्ने तयारी गरेको वुझिएको छ । यो चलचित्रका लागि उनले नायिका दीपिका प्रसाइलाई नायिकको रुपमा लिने पक्का भएको छ । दीपिका र दिवाकर अहिले कोर्ट म्यारिज गरेर बिहेको तयारीमा छन् । नायिका दीपिका प्रसाई अहिले चलचित्र ‘हेल्लो जिन्दगी’को छायांकनका लागि लण्डनमा छिन् । दीपिका र दिवाकरले वैशाख २४ गते बिहे गर्ने बताएपनि केही महिनालाई उनीहरुको बिहे पछि सरेको छ । यसैले, पनि दिवाकर अब लभ स्टोरी चलचित्रको छायांकन सुरु गर्ने तयारीमा लागेका छन् । वुझिएअनुसार, यो चलचित्रका लागि नायक आर्यन सिग्देललाई अफर गरिएको छ । नायक आर्यन सिग्देलले चलचित्रको कथा मन पराएका छन् । आर्यनले चलचित्र साइन गरेको खण्डमा दीपिका र उनको जोडीलाई दर्शकले पहिलो पटक पर्दामा हेर्न पाउनेछन् ।
Open

Expert Education Dang

Close