Florence Hospital Dang
Majestic Hotel Dang

साहित्य मनोरञ्जन

साहित्य मनोरञ्जन

‘वीरविक्रम २’ गीत- पलले गरे बर्षासँग ‘वाचा’

‘वीरविक्रम २’ गीत- पलले गरे बर्षासँग ‘वाचा’

काठमाडौं, वैशाख ४ - नयाँ बर्षको दर्शकलाई उपहार भन्दै फिल्मका गीत तथा ट्रेलर ल्याउने क्रम जारी छ । यस्तैमा मिलन चाम्स निर्देशित फिल्म ‘वीरविक्रम २’ले पनि दोस्रो गीत सार्वजनिक गरेको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘वाचा’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा अभिनेता पल शाह र अभिनेत्री वर्षा सिवाकोटीको रोमान्टिक मुड समेटिएको छ । ताराप्रकाश लिम्बु र दीपा लामाको स्वर रहेको गीतमा ताराकै संगीत छ, भने सञ्चारकर्मी नरेश भट्टराईले कोरेका हुन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्ममा पल र बर्षाको अलवा नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारको अभिनय छ । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।अपर्ण सापकोटा निर्माता रहेको फिल्म ‘वीरविक्रम’ सिक्वेल नभएको निर्देशक च
समिक्षाकाे कडीमा ए मेरो हजुर-३

समिक्षाकाे कडीमा ए मेरो हजुर-३

फिल्म सिर्फ तीन कारणले चल्छ, मनोरञ्जन, मनोरञ्जन र मनोरञ्जन । सन् २०११ मा प्रदर्शित हिन्दी फिल्म ‘डर्टी पिक्चर’मा सिल्क स्मिता (विद्या बालन)ले बोल्ने यो डायलग र निर्देशक झरना थापाको मनोविज्ञान करिब मिल्दो देखिन्छ । उनको हिसाबले फिल्म ‘ए मेरो हजुर-३’ मनोरञ्जनको पूर्ण डोज हो । हाँसो-ठट्टा, रोदन, रहस्य, विस्मय, प्रेम-रोमान्स, नाचगान, मनोरम दृश्य सबै व्यञ्जन समेटिएको यो रेडिमेड थाली हो । निसन्देहः फिल्मको सारभूत तत्व मनोरञ्जन नै हो । यद्यपी मनोरञ्जनको गुणवत्ताले त्यसको स्तर निर्धारण गर्छ । कोही व्यक्ति हिलोमा चिप्लिएर लड्दा, कसैलाई होच्याउँदा, अश्लिल बोल्दा, छिल्लिदा पनि त हामी हास्छौ । रमाउँछौ । ठीक त्यसैगरी भ्वाइलिनको धुन सुनेर, कुनै चित्र हेरेर पनि हामी आनन्द अनुभूत गर्छौ । यी अनेकथरी मनोरञ्जनको गुणवत्ता उही र एकनास हुँदैन । ‘ए मेरो हजुर-३’ मनोरञ्जनको कस्तो खुराक हो ? कथावस्तु प्
१२ फिल्मलाई ‘ब्ल्कबस्टर अवार्ड’, ३ पत्रकार सम्मानित हुँदै

१२ फिल्मलाई ‘ब्ल्कबस्टर अवार्ड’, ३ पत्रकार सम्मानित हुँदै

चैत्र २८– यो बर्ष हातमा सजिलै गन्न सकिने चलचित्र मात्र सफल भएका छन् । निर्माता लगानी उठाउन नसकेर धौ धौ परेको अवस्था छ । यसैविच, बक्स अफिस फिल्म क्लब नेपालले यो बर्ष रिलिज भएका १२ चलचित्रलाई ‘ब्लकबस्टर अवार्ड २०७५’बाट सम्मान गर्ने भएको छ । बक्स अफिस क्लब नेपालका आर के सुवेदीका अनुसार ‘लिलिबिली, छक्का पन्जा ३, जय भोले, बबी, नाई नभन्नु ल ५, कायरा, इन्टु मिन्टु लण्डनमा, भैरे, रामकहानी, चंगाचेट, प्रसाद, क्याप्टेन’लाई सम्मान प्रदान गर्न लागिएको हो । यस्तै, कार्यक्रममा चलचित्र पत्रकारिता गर्दै आएका ३ पत्रकारलाई पनि सम्मानित गर्न लागिएको हो । सम्मानित हुनेमा चलचित्र पत्रकारहरु डब्बु क्षेत्री, लक्ष्मण सुवेदी, सवी कार्कीलाई सम्मानित गर्न लागिएको हो ।  
‘सम्हालिन्छ कहिले मन’को लण्डन सुटिङ सकेर फर्किए पूजा र आकाश

‘सम्हालिन्छ कहिले मन’को लण्डन सुटिङ सकेर फर्किए पूजा र आकाश

चैत २७- चलचित्र ‘सम्हालिन्छ कहिले मन’को टिम लण्डनको छायांकन सकेर नेपाल फर्किएको छ । मंगलबार बेलुकी त्रिभुवन विमानस्थलमा चलचित्रका मुख्य कलाकार पूजा शर्मा, नायक आकाश श्रेष्ठ र निर्देशक सुदर्शन थापालाई फ्यानले स्वागत गरेका थिए । विमानस्थलमा मिडिया कुराकानीमा निर्देशक थापाले भने–‘हाम्रो करिब ९५ प्रतिशत छायांकन लण्डनमा सकिएको छ । अब, केही बाँकी छायांकन नेपालको मुस्ताङ र भारतमा हुनेछ ।’ उनले नेपाली लोकेशन र लण्डनको लोकेशनमा छायांकन गर्दा ठूलो फरक नपाएपनि कथावस्तुकै माग भएकाले विदेश जानु परेको बताए । विमानस्थलमा फ्यानको माझ घेरिएकी पूजा शर्माले भनिन्–‘चलचित्रको काम निकै नै राम्रो भएको छ । हामीले सक्दो मिहिनेत गरेका छौ ।’ लण्डनमा रहँदा बलिउड नायक बरुण धवनलाई भेट्दा भएको आलोचनाको बिषयमा पूजाले भनिन्–‘हामी दौडिएर बरुणलाई भेट्न गएका होइनौ । उहाँहरुको बसेको होटल र हामी बसेको होटल एउटै थियो । उह
दीपकराज गिरीको नयाँ चलचित्रको नाम ‘छ माया छपक्कै’

दीपकराज गिरीको नयाँ चलचित्रको नाम ‘छ माया छपक्कै’

काठमाडौं, चैत २६। ‘छक्का पञ्जा’ सिरिज निर्माण गरेर नेपाली चलचित्र उद्योगका बक्स अफिसका सबै रेकर्ड ब्रेक गरेका दीपकराज गिरी नयाँ चलचित्र मार्फत दर्शकमाझ आउने भएका छन् । उनले आफ्नो नयाँ चलचित्रको नाम ‘छ माया छपक्कै’ रहेको जनाएका छन् । ‘छ माया छपक्कै’ यही वैशाखबाट छायांकन सुरु गरिने र दसैंमा रिलिज गर्ने जनाएका छन् । छ माया छपक्कै’लाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन् । ‘छ माया छपक्कै’ सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्ले निर्माण गर्नेछ ।चलचित्रका कलाकार केही दिनमा सार्वजनिक गरिने निर्देशक लामाले बताए ।  
चलचित्र लावाजुनीले पायो युनिभर्सल प्रमाणपत्र

चलचित्र लावाजुनीले पायो युनिभर्सल प्रमाणपत्र

दाङ, चैत २५ । सञ्चारकर्मी केएल पीडितले निर्माण÷निर्देशन गरेको कमलरीे चलचित्र लावाजुनीलाई चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिएको छ । यो चलचित्र सबै उमेरसमूहका दर्शकहरुले हेर्न सक्नेछन् । नेपालको पश्चिम जिल्लाहरुमा थारु समुदायमा विगतमा प्रचलनमा रहेको कमलरी प्रथामा आधारित चलचित्र लावाजुनीमा कमलरी बस्दा थारुबालिकाहरुले भोग्नुपरेको शोषण, उत्पीडन र हिंसाको चित्रणका साथैं उनीहरुको मुक्ति, स्वतन्त्रता र शैक्षिक अधिकारलाई सशक्तढंगमा उठाइएको छ । पहल नेपालको ब्यानरमा निर्माण गरिएको चलचित्र लावाजुनीमा छबिलाल कोपिला, ज्वाला खतिवडा, सुशीला चौधरी, वर्षा लम्साल, सुप्रीया देबकोटा, निश्मा वली लगायतका कलाकारहरुको अभियनय रहेको छ । संगीत संतोष श्रेष्ठको रहेको छ भने कोमल वली, कुलानन्द गिरी, सतिष राजभण्डारी, स्वीकृति डाँगी, कोमलसरी घर्ती र यांशु श्रेष्ठले स्वर दिएका छन् । करीब ५० लाखमा निर्माण गर
प्रदीप र जसिता अभिनित ‘लभ स्टेशन’ को व्यापार सन्तोषजनक

प्रदीप र जसिता अभिनित ‘लभ स्टेशन’ को व्यापार सन्तोषजनक

काठमाडौं,चैत २५ - गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘लभ स्टेशन’को ब्यापार सन्तोषजनक रहेको निर्माण टिमले जनाएको छ ।देशका १ सय ४ वटा हलमा प्रदर्शनमा आएको फिल्मले शुक्रबार र शनिबार राम्रो ब्यापार गरेको फिल्मका प्रस्तुतकर्ता गोविन्द शाहीले बताए । शनिबार बिहानैदेखिको वर्षाले विहानी शो मा दर्शकहरु केही कम रहेपनि दिउँसो हलमा दर्शकको चाप रहेको शाहीले बताए ।वितरक समेत रहेका शाहीका अनुसार फिल्मलाई दर्शकले मन पराएका छन् । आइतवार पनि हलमा अपेक्षाकृत दर्शक रहेको बताए । शनिबार दिउँसो काठमाडौंको गोपिकृष्ण, बिएसआर, अष्टनारायण लगायतका सिनेमा हलमा अभिनेता प्रदीप खड्का, प्रकाश शाह, अभिनेत्री जसिता गुरुङलगायतको टिम पुगेका थिए ।यी कलाकारलाई सँगै पाउँदा दर्शकहरु खुसी भएका थिए । प्रदीप र जसितासंग दर्शकले सेल्फी खिच्नुका साथै अटोग्राफ लिएका थिए । उज्ज्वल घिमिरे निर्देशित फिल्ममा प्रदीप खड्का, जसिता गु
टिकटक क्वीन “प्रिन्सी र प्रिज्मा” एकै लगनमा बिवाह गर्दै

टिकटक क्वीन “प्रिन्सी र प्रिज्मा” एकै लगनमा बिवाह गर्दै

काठमाडाैँ, चैत्र २५। टिकटकबाट भाइरल भएर सर्वाधिक चर्चा कमाउन सफल भएकी प्रिज्मा र प्रिन्सी खतिवडा रियल लाईफमा नभई रिल लाईमा बेहुली हुन लागेका हुन् । उनीहरुले गायक प्रमोद खरेलको “झुमा झुमा” भन्ने बोलको गीतको म्युजिक भिडियोमा बेहुलीको हुन लागेका हुन् । हाल उनीहरू यहि गितको सुटिङमा व्यस्त छन् । यो भन्दा अगाडी उनीहरुले शिशिर भण्डारीसँग नेपाल टेलिभिजनबाट प्रसारण हुने हाँस्य टेलिसिरियल ‘भद्रगोल’ र ‘माया जिन्दावाद’ बोलको गितमा अभिनय गरेका थिए । शिशिर भण्डारीको ‘माया जिन्दावाद’ बाट उनीहरुले कलाकारिता क्षेत्रको रंगिन दुनियामा पहिलो चोटी पाहिला टेकेका थिए । टिकटकमा सारै रुचाइएकी यी दुई दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडाको ‘माया जिन्दावाद’ लाई पनी दर्शकले अत्याधिक रुचाएका थिए । यो गितले नि निकै चर्चा बटुल्न सफल भएकाे थियाे । गायक खरेलको “झुमा झुमा” बोलको गित नयाँ वर्षको अवसर पारेर सार्वजनिक गर
युवा तान्‍ने गीत

युवा तान्‍ने गीत

काठमाडौं ,चैत २५ - शंकरदेव क्याम्पसमा बीबीए अध्ययनरत मुकेश शर्मालाई हिजोआज एउटा गीतले मोहनी नै लगाएको छ। पटक्कै गीत नसुन्ने उनले दैनिकजसो सुन्ने गीत हो ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’। गायक शिव परियारको उक्त गीतको फ्यान कसरी बने उनी ? यो प्रश्नको ठ्याक्क जवाफ दिन उनी आफैं सक्दैनन्। कुरा गर्दै जाँदा उनले आफ्ना बाबाको रक्सी पिउने बानी र यसबाट आमा र परिवारमा पर्न गएको असरबारे बेलिविस्तार लगाए। कुनै उपायबाट बाबाको पिउने बानी छुटाउन नसके पनि गीतले भने मोहिनी नै लगाएको उनले बताए। बाबाको कुरा गर्दागर्दै उनी आफ्नो पनि कथा सुनाउँछन्। ‘कलेजको पिकनिकमा साथीहरूले कोकमा रक्सी हालेर खुवाएछन् तर पत्तै पाइनँ। कहिल्यै रक्सी नखाएको मलाई यसको असर तत्काल परिहाल्यो। डेरामा फर्किंदासमेत म गीत र नृत्यमा झुमिरहेको थिएँ रे।’ त्यसदिनदेखि उनले चिसो पेयसमेत पिउन छाडे। रक्सी खाने त कुरै भएन। घरबेटीलाई स्पष्टी
प्रदिपले भने–‘फिल्मको समीक्षा एक सातापछि गर्ने हो’

प्रदिपले भने–‘फिल्मको समीक्षा एक सातापछि गर्ने हो’

चैत २४ - शुक्रबारदेखि रिलिज भैरहेको चलचित्र ‘लभ स्टेशन’लाई लिएर नायक प्रदिप खड्का आशावादी छन् । तर, चलचित्र दुई टर्किस फिल्मबाट हुबहु कपी गरिएको प्रष्ट भैसकेको छ । समीक्षकले पनि चलचित्रलाई कपी भन्दै कमजोर रेटिङ देखिएका छन् । नायक प्रदिप खड्कालाई भने समिक्षकको समीक्षा गर्ने शैली र हतारो चित्त वुझेको छैन । शनिबार काठमाण्डौको गोपिकृष्ण हलमा भेटिएका प्रदिपले भने–‘अहिले समीक्षा निकै हतारमा हुन्छ । यो समीक्षा भन्दा पनि कसैलाई सकिहालौ, ढालिहालौ भन्ने खेल हो । यो एक प्रकारको आक्रामण भयो ।’ समिक्षकलाई समीक्षा गर्ने दिन समेत सुझाव दिदै प्रदिपले भने–‘समीक्षा भनेको चलचित्र चलेको एक सातापछि बिहिबार अन्तिम शो पछि गर्ने हो । हलमा दर्शक कती आए, दर्शकले के भने ? समीक्षकको नजरमा कमजोर रहेतापनि दर्शकले माया गरेका छन् भने चलचित्रको मेकरसँग सल्लाह गरेर समीक्षा गर्नुपर्छ ।’ उनले, चलचित्र क्षेत्रका सबै
Open

Expert Education Dang

Close