राष्ट्रिय समाचार – Page 250 – दाङ खबर
Global Luja Dang

राष्ट्रिय समाचार

राष्ट्रिय समाचार

हावाहुरीले बर्दियामा करोडौं क्षति

हावाहुरीले बर्दियामा करोडौं क्षति

गुलरिया, बैशाख ३१ । गएराति आएको हावाहुरीले बर्दियामा करोडौं रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ। हुरीका कारण कच्चीघरका छाना र भित्ता उडाउने तथा रुख ढल्ने भएपछि बर्दियाका विभिन्न ठाउँमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गका अनुसार हुरीले १० जना घाइते भएको र ५ सय घर पूर्ण क्षति भएको प्रारम्भिक जानकारी आएको छ। तथ्यांक संकलन भइरहेकाले वास्तविक क्षतिको यकिन विवरण आउन समय लाग्ने उनले बताए। हुरीले बर्दियाको मधुवन, ठाकुरवावा, गुलरिया, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए। यसैबीच, गएराति राजापुर नगरपालिका वडा नम्बर ३ नंगापुर स्थित मानबहादुर थारुको घरमा आगलागी हुँदा लाखौँको क्षति भएको उपरीक्षक भट्टराईले बताए। आगलागीबाट एउटा कच्ची घर, पशु
मोटरसाइकल दुर्घटनामा मृत्यु

मोटरसाइकल दुर्घटनामा मृत्यु

पाँचथर, बैशाख ३१ । मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सोमबार पाँचथरको फिदिम सडकमा मे६प ७९२५ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलमा सवार ४७ वर्षीय मिलन लावतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी वामदेव गौतमले जानकारी दिए।
प्रदेश नं ३ मन्त्रिपरिषद्को बैठक

प्रदेश नं ३ मन्त्रिपरिषद्को बैठक

हेटौँडा, वैशाख ३१ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सुधार कार्यविधि, २०७५ को अवधारणा एवं २०७५÷७६ बजेट विनियोजितको सैद्धान्तिक पक्षको कार्यविधि पारित गरेको छ । दुई वटा विधेयक भोलि जेठ १ गते बस्ने बैठकमा प्रस्तुत गरिने भएको मन्त्रिपरिषद्का प्रवक्ता एवं आर्थिक मामिला तथा पूर्वाधार मन्त्री कैलाश ढुंगेलले बताउनुभएको छ । मन्त्री ढुंगेलले आगामी २०७५÷७६ का लागि छुट्याइने बजेटमा पर्यटन कृषि, सुरुङमार्ग, सडक यातायात, ग्रामीण विद्युतीकरण, स्वास्थ्योपचार केन्द्र र झोलुङ्गे पुललाई उच्च प्राथमिकता दिएको बताउनुभयो । प्रवक्ता ढुंगेलले आगामी असार १ गते आव २०७५÷७६ को विनियोजित बजेट प्रदेशसभाको बैठकमा पेश गरिने लक्ष्यका साथ तयारी भइरहेको जानकारी दिनुभयो ।
विप्लव माओवादीका नेता पाँच थान बमसहित पक्राउ

विप्लव माओवादीका नेता पाँच थान बमसहित पक्राउ

हेटौंडा, वैशाख ३१ । विप्लव माओवादीका एक मजदुर नेतालाई बमसहित पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा दुर्गानाथ तिमल्सिना छन् र उनको साथबाट पाँच थान बम बरामद भएको छ । तिमल्सिना विप्लव माओवादी निकट मजदुर संगठनका केन्द्रीय सदस्य हुन् । तिमल्सिनाले आफू मकवानपुर, बारा, पर्सा र रौतहटको जिम्मेवारी रहेको बताएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक शैलेन्द्र श्रेष्ठले जानकारी दिए । सोमबारको बन्दको क्रममा बम बोकेर हिँडेको भन्ने सूचनाका आधारमा प्रहरीले तिमल्सिनाको खोजी सुरु गरेको थियो । इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले उनलाई हेटौंडा ८ कमानेस्थित चौवन्नधरेबाट पाँच थान बमसहित पक्राउ गरेको जनाएको छ । उनको साथमा प्रेसर कुकर बम रहेको सूचना प्रहरीलाई थियो । तर उनको साथबाट पेट्रोल बम बरामद भएको बताइएको छ ।
बजेट पारिदिन भन्दै प्रचण्डसँग चितवनका मतदाताले पेश गरे अर्बौंका योजना

बजेट पारिदिन भन्दै प्रचण्डसँग चितवनका मतदाताले पेश गरे अर्बौंका योजना

चितवन, वैशाख ३१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको जनसम्पर्क कार्यालय चितवनमा स्थानीयले अर्बौं रुपैयाँ बराबरका योजना माग गर्दै निवेदन दिएका छन् । अध्यक्ष दाहालको निर्वाचन क्षेत्र चितवन क्षेत्र नं ३ मा स्थापना गरिएको कार्यालयमा जिल्लाका विभिन्न क्षेत्रबाट योजनाका निवेदन परेका हुन् । क्षेत्र नं ३ बाहेक अन्य क्षेत्रबाट पनि योजनाको माग गर्दै कार्यालयमा निवेदन परेका छन् । दाहालले आफ्नो निर्वाचन क्षेत्रमा जनसम्पर्क कार्यालय स्थापना गर्नुभएको छ । कार्यालयकी सचिव निशा न्यौपाने अधिकारीका अनुसार विभिन्न शीर्षकमा अर्बौं रुपैयाँ बजेट बराबरका योजना कार्यालयमा माग भई आएका छन् । उहाँका अनुसार सडक, ढल निकास, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, पर्यटन, रोजगारलगायतका शीर्षकमा योजना माग गर्दै जनसम्पर्क कार्यालयमा निवेदन परेका हुन् । कार्यालयमा आएका निवेदनमध्ये साना सिँचाइ आयोजनाका लागि
बेहुलाले धोती लगाउन मानेनन, दुलही नलिई फर्कियो जन्ती

बेहुलाले धोती लगाउन मानेनन, दुलही नलिई फर्कियो जन्ती

वीरगञ्ज, वैशाख ३१ । पर्सामा दुलही लिन आएको जन्ती रित्तो हात घर फर्केको छ । विवाहमा दुलाहाले धोती लगाउन नमानेको विषयमा विवाद भएपछि वरियात दुलहीबिनै घर फर्केको हो । वीरगञ्ज महानगरपालिका पिपरा निवासी रामबाबु मिश्राको घरमा आएको जन्ती विवादपछि दुलही नै नलिई आइतबार फर्किएको हो । जीतपुर निवासी रोशनकुमार मिश्रको विवाह वीरगञ्जका रामबाबु मिश्राकी छोरीसँग तय भएकोमा शनिबार राति जन्ती आएको थियो । जन्तीले खानपिन शुरु गरिसकेपछि विवाहको कार्यक्रम शुरु गरिएकोमा मण्डपमा बस्ने समयमा दुलाहाले धोती लगाउन मानेनन् । लगत्तै परम्परा नमानेको भन्बेदै हुली पक्षले विवाद शुरु गरेका थिए । विवादका क्रममा बिहान तीन बजे जन्ती र बेहुली पक्षबीच कुटाकुट नै हुन पुगेको थियो । मधेसी समुदायमा बेहुला धोती लगाएर मण्डपमा बस्नुपर्ने प्रचलन छ । तर, बेहुलाले त्यसलाई नमानेपछि बेहुलीका मामाले बेहुलामाथि दुव्र्यवहार गरेका थ
चट्याङ लागेर आठ घरमा क्षति, एक बालक घाइते

चट्याङ लागेर आठ घरमा क्षति, एक बालक घाइते

पर्वत, वैशाख ३१ । गएराति वर्षासँगै परेको चट्याङ लागेर पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा आठ वटा घरमा क्षति पुगेको छ । चट्याङकै कारण स्थानीय छ महिने बालक घाइते भएका छन् । राति परेको चट्याङले साविकको बाच्छा गाविस–२ उकाला भन्ने ठाउँका घरमा क्षति पुगेको हो । चट्याङको छिर्काले लागेर स्थानीय चोला नेपालीका छ महिने छोरा चित्रबहादुर नेपाली घाइते भएको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । चट्याङ लागेर स्थानीय डम्बर विकको गोठ भत्किएको छ भने गोठमा रहेको एउटा भैँसी मरेको छ । त्यस्तै तेजबहादुर नेपाली, कुमारी नेपाली, ईश्वरी नेपाली, तुलबहादुर विक, सुनबहादुर विक, पूर्णबहादुर दर्जी, तुलबहादुर क्षेत्री र डम्बर विकको घरमा चट्याङ लागेर क्षति भएको स्थानीय उत्तम परियारले जानकारी दिनुभयो । बाच्छा प्रहरी चौकीका प्रमुख वैजनाथ हरिजनले वर्षासँगै बिहान ३ः३० बजेतिर चट्याङ परेको
आजबाट मुलुक लोडसेडिङमुक्त बन्दै

आजबाट मुलुक लोडसेडिङमुक्त बन्दै

काठमाडौं बैशाख ३१ । विद्युत् प्राधिकरणले सोमबारदेखि मुलुक लोडसेडिङमुक्त हुने घोषणा गरेका छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रमा दैनिक तीन घण्टाका दरले गरिँदै आएको विद्युत् आपूर्ति कटौति सोमबारदेखि अन्त्य गरिने भएकाले मुलुक लोडसेडिङमुक्त हुने बताए । ‘भोलि (सोमबार) बाट देशका कुनै पनि भाग वा क्षेत्रमा लोडसेडिङ हुनेछैन’, घिसिङले आइतबार  भने, ‘विद्युत् उत्पादनमा वृद्धि, चुहावट नियन्त्रण र मागमा आएको परिवर्तनका कारण लोडसेडिङमुक्त पार्न सम्भव भएको हो ।’ देशभर केन्द्रीय प्रसारण लाइन र वैकल्पिक ऊर्जा गरी ६० प्रतिशत जनसंख्यालाई बिजुली पुगेको छ । अभैm पनि ४० प्रतिशत जनसंख्या स्थायी लोडसेडिङमा छन् । प्राधिकरणले २०७३ तिहारको लक्ष्मीपूजाका दिनबाट काठमाडौं उपत्यकालगायत देशका प्रमुख शहरमा लोडसेडिङमुक्त गरेको थियो । प्राधिकरणले गार्हस्थ्य उपभोक्ताका लागि पूर्णरुपमा लोडसे
किन पाकिस्तान जाँदैछन् नेपालका  प्रधानसेनापति  ?

किन पाकिस्तान जाँदैछन् नेपालका प्रधानसेनापति ?

काठमाडौँ, वैशाख ३०- पाकिस्तानका प्रधानसेनापति जुबेर महमूदको निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्रीले पाकिस्तानको त्रिदिवसीय औपचारिक भ्रमण गर्ने हुनुभएको छ । आगामी जेठ १ देखि ३ गतेसम्म हुने उक्त भ्रमणका लागि प्रधानसेनापति क्षत्री यही वैशाख ३१ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । प्रधानसेनापति क्षत्री जेठ ४ गते स्वदेश फिर्ता हुनुहुनेछ । उच्च सैन्य नेतृत्वबाट हुने यस्ता भ्रमणले नेपाली सेना र अन्य राष्ट्रका सेनाबीचको आपसी सौहार्दपूर्ण सम्बन्धका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास गरिएको छ ।
शताब्दी पुरुष सत्यमोहन जोशीले मनाए ९९ औँ जन्मोत्सव

शताब्दी पुरुष सत्यमोहन जोशीले मनाए ९९ औँ जन्मोत्सव

काठमाडौं, बैशाख ३० । शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशीले आइतबार आफ्नो ९९औँ जन्मोत्सव मनाएका छन्। ९९ औँ जन्मोत्सवका अवसरमा शुभकामना दिन आइतबार लतिलपुरको पाटनस्थित जोशी निवासमा उल्लेख्य संख्यामा सर्वसाधरण, शुभचिन्तक, इष्टमित्रहरू पुगेका थिए। जोशी निवासमा बिहानैदेखि शुभकामना दिनेहरुको भीड लागेको छ। परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि उनको निवास पुगी जन्मदिनको शुभकामना दिए। उनले जोशीलाई दोसल्ला ओढाइ सम्मानका साथ उपहार पनि दिए। ९५ वर्षकै उमेरमा सरकारले उनलाई शताब्दी पुरुषको सम्मान प्रदान गरेको थियो। ९९औँ जन्मदिवस मनाइरहँदा आफूले अहिलेसम्म कुनै पनि औषधी प्रयोग गर्नु नपरेको भन्दै जोशीले खुसी व्यक्त गरे। बाबु शंकरराज जोशी र आमा राजकुमारीका सुपुत्रका रुपमा विस १९७७ वैशाखमा ललिपुरको बखुम्बहालमा जन्मेका सत्यमोहन जोशी संकृतिविद् र साहित्यकारका रुपमा चिनिन्छन्। उनले त्रिचन्द्र कलेजबाट
Open

Expert Education Dang

Close