Global Luja Dang

राष्ट्रिय समाचार

राष्ट्रिय समाचार

यस्ताे भयाे माेदी र देउवाबीच भेटवार्ता

यस्ताे भयाे माेदी र देउवाबीच भेटवार्ता

काठमाडौँ, वैशाख २९- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गर्नुभएको छ । भारतका प्रधानमन्त्री मोदीसँग पूर्व प्रधानमन्त्री देउवाले आज अपराह्न होटल हायातमा भेटवार्ता गर्नुभएको हो । भेटमा वरिष्ठ काँग्रेस नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महत, नेता अर्जुननरसिंह केसीलगायतका नेता सहभागी हुनुहुन्थ्यो । दुई नेताबीच द्विपक्षीय सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले दुई देशबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाएको भेटपछि नेका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सञ्चारकर्मीलाई बताउनुभयो । भारतीय प्रधानमन्त्रीको यसपटकको नेपाल भ्रमणमा धार्मिक पर्यटन र धार्मिक सम्बन्धले बढी चर्चा पाएको उल
आपसी हित र चासोका विषयमा छलफल

आपसी हित र चासोका विषयमा छलफल

काठमाडौँ, वैशाख २८-  राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा दुई देशको आपसी हित र चासोका विषयमा छलफल भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीका अनुसार भेटका अवसरमा दुई देशबीच रहिआएको आपसी सम्बन्ध र आपसी हित र चासोका विषयमा कुराकानी भएको हो । भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा दुई देशका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।
सुनले लेखिएको धर्मग्रन्थ १० करोडमा बेच्न खोज्ने ५ जना पक्राउ

सुनले लेखिएको धर्मग्रन्थ १० करोडमा बेच्न खोज्ने ५ जना पक्राउ

काठमाडौं, बैशाख २८– ३ सय वर्ष भन्दा पुरानो धर्मग्रन्थ १० करोड रुपैयाँमा बिक्रि गर्न खोज्ने ५ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले लतिलपुरको ताल्सीखेलबाट १ वटा प्राचित बुद्धधर्मग्रन्थसहित कारोबारीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा भारतको सिक्किम घर भएका किप्पा भुटिया, दोलखाका घ्याम्छो लामा, बाँकेका जयराज आचार्य, कैलालीका प्रविण कुमार शाह र झापाका पुस्कर मैनाली छन्। उनीहरुमध्ये भुटियो धर्मग्रन्थका धनी हुन् भने लामा २ वर्षदेखि सो धर्मग्रन्थ घरमा राखेर ग्राह खोज्दै आएका थिए। अन्य तीन जना मध्यस्तकर्ता भएको प्रहरीले जनाएको छ। धर्मग्रन्थको मूल्य उनीहरुले १० करोड रुपैयाँ राखेर डिल गरेका थिए। प्रहरीले सूचना पाई पक्राउ गरेको हो। सो धर्मग्रन्थ सुन तथा चाँदीबाट लेखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको सिआईबीका एसपी बुद्धि गुरुङले बताए। प्राचीन स्मारक संरक्षण
दुई प्रमबीचको भेटवार्ता सम्पन्न

दुई प्रमबीचको भेटवार्ता सम्पन्न

काठमाडौँ, वैशाख २८-  प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सम्पन्न भएको छ । यहाँस्थित द्वारिकाज होटलमा आज साँझ उहाँहरुबीच भएको एक्लाएक्लै भेटवार्तामा भएको द्विपक्षीय आपसी हितका विविध विषयमा विचारविमर्श भएको बताइएको छ । उक्त भेटवार्तापछि दुवै प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु भएको छ । भारतीय प्रधानमन्त्री मोदी नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको हो ।
मोदीको नेपाल भ्रमण: धार्मिक पर्यटनमा महत्वपूर्ण योगदान

मोदीको नेपाल भ्रमण: धार्मिक पर्यटनमा महत्वपूर्ण योगदान

काठमाडौँ, वैशाख २८-  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले राजनीतिक तथा आर्थिक रूपमा मात्रै नभई पर्यटकीय रूपमा समेत महत्वपूर्ण प्रभाव पार्ने विश्वास लिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा आज नेपाल भ्रमणमा आउनु भएका भारतीय प्रधानमन्त्री मोदीले जनकपुर, पशुपतिनाथ र मुक्तिनाथको भ्रमण गरेर धार्मिक पर्यटनलाई बढावा दिन मद्दत पुगेको छ । विश्वभरका हिन्दूको आस्थाको केन्द्रको रूपमा रहेको पशुपतिनाथ, मुक्तिनाथलाई आराध्यदेव महादेवको पावन भूमिको रूपमा लिइने गरिन्छ । नेपाल र भारतका हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्रलाई नै प्रमुख प्राथमिकतामा राखेर भारतीय प्रधानमन्त्रीले यस पटकको नेपाल भ्रमणलाई केन्द्रीत गर्नुभएकाले धार्मिक पर्यटन क्षेत्रको प्रचारप्रसारमा समेत सकारात्मक प्रभाव पारेको छ । सरकारले आर्थिक समृद्धिको आधारको रूपमा पर्यटन क्षेत्रलाई राखेका कारण पनि यस्ता भ्
स्थायी राजधानी सबैलाई पायक पर्ने ठाउँमा तोकिन्छ–पोख्रेल

स्थायी राजधानी सबैलाई पायक पर्ने ठाउँमा तोकिन्छ–पोख्रेल

दाङ, बैशाख २८ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सबैलाई पायक पर्ने ठाउँमा स्थायी राजधानी तोकिने बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङ र प्रेस सेन्टर दाङले शुक्रबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, ‘प्रदेशको स्थायी राजधानीको विषयप्रति सबैको चासो र चिन्ता छ । सबैलाई पायक पर्ने स्थानमा स्थायी राजधानी तोक्ने पहल भइरहेको छ ।’ राजधानीका लागि दाङ उपयुक्त बताउँदै मुख्यमन्त्री पोख्रेलले भन्नुभयो, ‘निर्वाचनको बेलामा मैले भनेको कुरा यहाँहरुलाई पनि थाहै छ । सरकारमा बसेकाहरुले अस्थायी राजधानी तोक्न पहल गर्नुहोस् त्यसलाई स्थायी बनाउन मेरो भूमिका रहनेछ भनेर मैले भनेको हुँ । सरकारमा सहभागी दलका नेताहरु उक्त कुरामा चुक्नुभयो । र पनि मेरो पहल जारी छ ।’ सहमतिबाटै स्थायी राजधानी तोक्ने पहल थालेको भन्दै पोख्रेलले राजधानीको विषयले विकासमा भइरहेको सहकार्य
Open

Expert Education Dang

Close