राष्ट्रिय समाचार – Page 237 – दाङ खबर
Global Luja Dang

राष्ट्रिय समाचार

राष्ट्रिय समाचार

काँग्रेसद्वारा विज्ञसँग परामर्श

काँग्रेसद्वारा विज्ञसँग परामर्श

काठमाडौँ, जेठ ८ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रमका बारेमा विज्ञसँग परामर्श गरी रायसुझाव लिएको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको दलको बैठकले नीति तथा कार्यक्रमका बारेमा अर्थविद् तथा पूर्वप्रशासकसँग परामर्श गरेको हो । आइतबार सरकारले संघीय संसद्मा आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा बुधबारदेखि छलफल हुदैछ । बैठकले नीति तथा कार्यक्रमका बारेमा समीक्षा गर्नाका साथै उक्त नीतिको सम्बन्धमा संसद्मा बोल्ने विषयका बारेमा छलफल गरेको काँग्रेस नेता दिलेन्द्रप्रसाद बडूले राससलाई जानकारी दिनुभयो । यसअघि काँग्रेस संसदीय दलको बैठकले दलका विषयगत समिति बनाई संसद्मा पार्टीका धारणा राख्ने निर्णय गरेको थियो ।
एक महिनाभित्र कर्मचारी व्यवस्थापन

एक महिनाभित्र कर्मचारी व्यवस्थापन

चितवन, जेठ ८ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले एक महिनाभित्र कर्मचारी व्यवस्थापन गरिसकिने बताउनुभएको छ । मकवानपुरमा आयोजित कार्यक्रममा सहभागी हुन चितवन आइपुग्नुभएका मन्त्री पण्डितले आज यहाँ पत्रकारसँग कुरा गर्दै संघीय प्रदेशको संरचनामा जाँदा केही समस्या आएको र नयाँ संरचनानुसार बनेका संगठनको आन्तरिक संरचना बनिसकेको बताउनुभयो । केन्द्रीय संरचनामा आवश्यकतानुसार कर्मचारी राख्ने र अन्य सबैलाई विभिन्न तहमा पठाइने मन्त्री पण्डितले बताउनुभयो । अहिले कर्मचारीको मनोविज्ञान केन्द्रीय प्रणालीमा छ भन्दै उहाँले कर्मचारीको मनोविज्ञान संघीय संरचनानुसार तयारी हुनुपर्ने बताउनुभयो । केन्द्रीय प्रणालीअन्तर्गत रहेका संरचना संघीय प्रणालीअन्तर्गत तीन तहमा जाने उहाँले बताउनुभयो ।
आरोहीको मृत्यु

आरोहीको मृत्यु

काठमाडौँ, जेठ ८ । सगरमाथा आरोहण गरी फर्कने क्रममा आरोही डोमा सार्की शेर्पाको मृत्यु भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका– १ का ३६ वर्षीय शेर्पाको गए राति मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीका अनुसार आधार शिविर– २ को खुुम्बु आइसफलमा लडेर घाइते हुनुभएका शेर्पाको तत्काल उपचारका लागि सोही गाउँपालिका– ५ स्थित माउण्टेन मेडिकलमा लगिएको र उपचारका क्रममा मृत्यु भएको थियो । शेर्पा हिमालयन एशोसिएसन कम्पनीबाट सगरमाथा आरोहणमा जानुभएको थियो । यसअघि सगरमाथा आरोहणकै क्रममा दुई विदेशीको मृत्यु भएको थियो । शिविर ३ पुगेर फर्कने क्रममा गत आइतबार राति ३६ वर्षीय जापानी नोबुकाजु कुरीकी र ६२ वर्षीय मेसोडोनियाली जेओर्जी पेटकोभको सगरमाथाको शिविर ३ माथि लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । सगरमाथा आरोहणको नवौँ दिन सोमबारसम्म ३१६ भन्दा बढी आरोही चुचुरामा
मोटरसाइकल चोरी गर्ने पक्राउ

मोटरसाइकल चोरी गर्ने पक्राउ

राजविराज, जेठ ८ । राजविराज–७ स्थित हटियामा पार्किङ्ग गरी राखिएको मोटरसाइकल चोरी गर्ने दुई व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज – ८ बस्ने हनुमाननगर कंकालनी – १ का शम्भु राम र बिष्णुपुर –१ बस्ने परमेश्वर यादव रहेको प्रहरी उपरीक्षक मूकेशकुमार सिंहले बताउनुभयो । अभियुक्त दुवै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । राजविराज – ८ निवासी राजकुमार सेठ गत बैशाख १७ गते आफ्नो स १ प ६७५२ नंको मोटरसाइकल पार्किङ्ग गरी हटियामा तरकारी लिन गएका बेला मोटरसाइकल चोरी भएको थियो ।
गण्डक नहर मर्मतमा अनियमितता

गण्डक नहर मर्मतमा अनियमितता

नवलपरासी, जेठ ८ । पश्चिम नवलपरासीस्थित गण्डक मुख्य पश्चिमी नहर मर्मतमा भइरहेको अनियमितता नरोकिँदा सरोकारवालाहरू चिन्तित भएका छन् । उक्त नहर मर्मतमा भारतीय प्राविधिक र ठेकेदारहरुबाट गुणस्तर कार्य नभएको नेपाली पक्षको दाबी छ । गण्डक ब्यारेज पुलदेखि सुस्ता गाउँपालिकाको हर्कपुरासम्म नहर अधिकांश भागमा भत्किएको अवस्थामा भारत विहार सिँचाइ विभागले चैत महिनादेखि आंशिक रुपमा मर्मत गराउँदै आएको बताइएको छ । मर्मत कार्यमा नेपाली पक्षको तर्फबाट सम्पर्क अधिकृत र नेपाल गण्डक पश्चिमी नहरका उच्च प्राविधिकसहितका सरोकारवाला निकाय रहे पनि ती निकायले नहर मर्मतमा भएको अनियमितताबारे कुनै चासो नदेखाएको गुनासो नेपाली पक्षको छ । अनियमितताबारे बर्दघाट सुस्ता पुूर्व र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराइएको पनि गण्डक नदी नियन्त्रण संघर्ष समिमितिका पूर्व सविच प्रेमचन्द्र गुप्ताले बताउन
बर्डफ्लूले सत्तरी लाखको क्षति

बर्डफ्लूले सत्तरी लाखको क्षति

चितवन, जेठ ८ । बर्डफ्लूका कारण जिल्लामा पोल्ट्री क्षेत्रमा रु ७० लाखभन्दा बढीको क्षती भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा बर्डफ्लूका कारण दुईवटा खोरमा गरी दुई हजार ५०० कुखुरा मरेका थिए । सो पश्चात् उक्त क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पक्षीजन्य पदार्थ नष्ट गरिएको थियो । जिल्ला पशु सेवा कार्यालयका प्रमुख चेतनारायण खरेलका अनुसार संकटग्रस्त क्षेत्रमा ११ हजार ९५० लेयर्स कुखुरा, २३ वटा स्थानीय कुखुरा, १४४ वटा हाँस, चारवटा बोइलर कुखुरा, ६०७ किलो दाना तथा १२ हजार ७२६ वटा अण्डा नष्ट गरिएको छ । नष्ट गरिएकामध्ये भर्खर अण्डा दिन लागेका कुखुरालाई प्रति कुखुरा रु पाँच सय र अण्डा दिएर सक्ने बेला भएकालाई प्रति कुखुरा रु तीन सय लागत मूल्य सिफारिस गरिएको छ । बर्डफ्लू रोग नियन्त्रण आदेश २०६४ ले अधिकतम ७५ प्रतिशतसम्म राहत दिने व्यवस्था गरेको छ । नेपाल अण्डा उत्पादक संघका के
सुन तस्करीका मुख्य अभियुक्त गोरे पक्राउ

सुन तस्करीका मुख्य अभियुक्त गोरे पक्राउ

काठमाडौँ, जेठ ८ । साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतका अनुसार उनलाई सोमबार भारतमा पक्राउ गरी आज काठमाडौँ ल्याइएको छ । प्रहरीले यो घटनालाई निकै प्राथमिकता दिएर अनुसन्धान गरेको थियो । उनलाई सार्वजनिक गर्न प्रहरीले आज अपराह्न १२ः३० बजे गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछ ।
सन्दीपको खेलको चर्चासंगै परिवार दंग

सन्दीपको खेलको चर्चासंगै परिवार दंग

चितवन, जेठ ८ । इण्डियन प्रिमियर लिग प्रतियोगितामा सानदार प्रदर्शनसँगै सामाजिक सञ्जाल मात्रै होइन, सञ्चारमाध्यममा पनि चर्चा बटुल्न सफल भए, सन्दीप लामिछाने । भारतमा रहेका उनी मात्रै चर्चामा रहेनन् चितवनमा रहेका उनको परिवार पनि सबैको चासो र चर्चामा रह्यो । पूर्वी चितवनको रत्ननगर नगरपालिका–८ को चित्रसारीमा सन्दीपको घर छ । त्यही घरमा उनका बुबाआमासँगै परिवार बसोबास गर्दछ । टेलिभिजनको पर्दामा सन्दीपको प्रदर्शन हेरेसँगै धेरैको चासो उनको परिवारसम्म पुग्यो । आफ्नो सन्तानको सफलतामा परिवार पनि निकै प्रसन्न हुनु स्वभाविकै हो । आइतबार साँझ आइपीएलको अन्तिम खेलमा मुम्बई इण्डियनविरुद्ध लामिछानेले तीन विकेट लिएपछि अझै उनको चर्चा बढेको छ । उनले खेल क्षेत्रमा गरेको प्रगतिप्रति उनका बुबाआमा दंग परेका छन् । सन्दीपका बुबा चन्द्रनारायण र आमा कोपिलादेवी लामिछाने निकै खुशी हुनुभएको छ । “छोराले खेलकुदका क्ष
आजदेखि हवाई सेवा बन्द, सर्वसाधारण मारमा

आजदेखि हवाई सेवा बन्द, सर्वसाधारण मारमा

भोजपुर, जेठ ८ । आजदेखि भोजपुर—काठमाडौँ हवाई उडान बन्द हुने भएपछि सर्वसाधारण मारमा परेका छन् । वायुसेवा निगमले आजदेखि १५ दिनका लागि उडान बन्द गरेको हो । नेपाल वायुसेवा निगमका दुईवटै ट्वीनअटृर जहाज मर्मत गर्नुपर्ने भएकाले १५ दिनका लागि सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका कार्यालय प्रमुख नारायण पुरीले जानकारी दिनुभयो । हवाईसेवा अवरुद्ध भएपछि बिरामी, वृद्धवृद्धा भने झन् बढी मारमा पर्ने भएका छन् । निगमले भोजपुर—काठमाडौँ मंगलबार, बिहीबार, शुक्रबार र शनिबार उडान भर्दै आएको थियो ।
नारायणगढ—मुग्लिन सडकखण्डः समयमा काम नसकेपछि छानबिन गर्न निर्देशन, गृहमन्त्री थापा

नारायणगढ—मुग्लिन सडकखण्डः समयमा काम नसकेपछि छानबिन गर्न निर्देशन, गृहमन्त्री थापा

चितवन, जेठ  ८ । गृहमन्त्री रामबहादुर थापाले नारायणगढ—मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानबिन गर्न निर्देशन दिइएको बताउनुभएको छ । सुर्खेतमा हुन लागेको कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा जाँदैगर्दा आज बिहान मौसम खराबीका कारण चितवनमा हेलिकोप्टर अवतरण गरी जिल्लास्थित सुरक्षा निकायसँग जिल्लाको अवस्थाको बारेमा जानकारी लिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । गृहमन्त्री थापाले सो सडकको अब समय थप गर्ने वा जरिवाना लगाएर काम गर्ने भन्ने विषयमा छानबिनपछि मात्र भन्न सकिने बताउनुभयो । सो सडकको चौथो पटक समय थप गरी सकिएको छ । पछिल्लो समय पनि जेठ १६ गते सकिँदैछ । हालसम्म ८८ दशमलव १४ प्रतिशत मात्र काम सकिएको छ । यो सडक राजधानी जोड्ने लाइफलाइन हो । जिल्लाको शान्ति सुरक्षा मजबुत राख्न निर्देशन दिनुभएका मन्त्री थापाले हावाहुरी र असिना पानीबाट क्षति भएको केरा, मकै र बर्डफ्लुबाट भएको प्रभावका बारेमा
Open

Expert Education Dang

Close