Global Luja Dang

राष्ट्रिय समाचार

राष्ट्रिय समाचार

नेकपा एकता प्रक्रिया

नेकपा एकता प्रक्रिया

काठमाडौं जेठ ६ । एकता नसकिदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट मजदुर संगठनमा फुट देखिएको छ । पूर्वमाओवादी निकट मजदुa संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले हालै भएको एकता प्रक्रिया नमान्ने बताएको छ । विधि, प्रक्रिया र पद्दतिविपरीत एकता गरिएको भन्दै गणेश रेग्मी नेतृत्वको महासंघले एकता नमान्ने चेतावनी दिएको हो । पूर्वएमाले र पूर्वमाओवादी निकट मदजुर संगठनबीच दुई दिनअघि मात्रै एकता घोषणा गर्दै संयोजकमा पूर्वएमालेबाट जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ र पूर्वमाओवादीको ट्रेड युनियनका महासचिव जगत सिंखडालाई सह संयोजक बनाइएको थियो । एउटा संगठनका अध्यक्ष संयोजक हुँदा अर्को संगठनका अध्यक्ष सह–संयोजक हुने विधि तय गरिएपछि त्यसलाई तोडेको भन्दै रेग्मी समूह असन्तुष्ट बनेको हो । रेग्मी नेतृत्वको असन्तुष्ट समूहले नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर एकता प्रक्रियामा कमजोरी भएकाले
‘ड्युटी’ गर्दागर्दै सेनाका जवानको मृत्यु

‘ड्युटी’ गर्दागर्दै सेनाका जवानको मृत्यु

काठमाडौं ,जेठ ५– नेपाली सेनाका एक जवानकाे 'ड्युटी' गर्दागर्दै मृत्यु भएको छ। पर्सा राष्ट्रिय निकुज्यस्थित श्री बारादल गण आधाभारमा कार्यरत सैनिक जवान देवीराम जैसीको ड्युटीको क्रममा ज्यान गएको हो। ड्युटीमा रहेका २८ वर्षीय जवान जैसी गएराति १२ बजे अचानक बेहोस भएका थिए। बेहोस जैसीलाई उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लैँजादै गर्दा बाटोमै ज्यान गएको पर्सा प्रहरीले जानाएको छ।उनको शव पोस्टमार्टम लागि नारायणी अस्पताल वीरगञ्जमा राखिएको छ।  
नेकपा सचिवालय बैठक आज एकताको बाँकी काम टुङ्गो लाग्दै

नेकपा सचिवालय बैठक आज एकताको बाँकी काम टुङ्गो लाग्दै

काठमाडौँ , जेठ ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता पक्रियाको बाँकी काम टुङ्गो लगाउन आइतबार सचिवालयको बैठक आव्हान गरिएको छ । एकता घोषणा भएको एक वर्ष पूरा भए पनि एकता प्रक्रियाका केही काम टुङ्गो लगाउन सचिवालय बैठक आव्हान गरिएको सो दलले जनाएको छ । यसअघि बिहीबार बसेको सचिवालय बैठकले पार्टीको जनवर्गीय सङ्गठनको नेतृत्वबारेमा सहमति जुटाएको थियो । सो लगत्तै आइतबार बस्ने बैठकले पोलिटव्युरो कमिटीमा रहने सदस्य, केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी, पार्टी आयोग गठन, केन्द्रीय सल्लाहकार परिषद् तथा केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठनबारे छलफल भई निर्णय गर्ने एजेन्डा रहेको सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिनुभयो । नेकपाको अन्तरिम विधानअनुसार तीनवटा आयोग रहने प्रस्ताव गरिएको छ । जसमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोग रहने छन् । पार्टी एकता
कलिलैमा स्कुल बालमस्तिष्कमा असर

कलिलैमा स्कुल बालमस्तिष्कमा असर

काठमाडौँ, जेठ ५ । बालबालिका बदलिएका छैनन् तर उनीहरूबाट गरिने हाम्रा अपेक्षा भने बढेका बढ्यै छन् । उनीहरूलाई सानो उमेरमा विद्यालय भर्ना गरिदिनु अनि बढी अपेक्षा राख्नु गलत भएको बालविज्ञहरूको भनाइ छ ।  सहरी जीवन संयुक्त परिवारबाट सानो परिवारमा बदलिँदै छ । बाबुआमा दुबै कामकाजी त्यसैले कलिलै उमेरमा केटाकेटीलाई स्कुल पु¥याएर व्यस्त दैनिकी भ्याउनु उनीहरूको पनि वध्याता हो । सानै उमेरमा स्कुल पठाउँदा उनीहरूलाई धेरै शैक्षिक सामग्री प्रयोग गर्न दिइन्छ । धेरै कुरा सिकाइन्छ । त्यो भार उनीहरूको क्षमताले नधान्ने विज्ञको भनाइ छ । अमेरिकामा गरिएको ‘रिडिङ इन किन्डरगार्डेन लिटल टु गेन एन्ड मच टु लुज’ नामक रिपोर्टमा प्राध्यापक न्यान्सी कार्ससन–पेग र उहाँका सहकर्मीले बालबालिकालाई कलिलै उमेरमा पढाउनु खतरा हुने उल्लेख गर्नुभएको छ । बालरोग विशेषज्ञ रमेश मल्लले हामी विद्यालयको भन्दा आफ्ना नानीबाबुमा दोष देख
नेकपा एकता प्रक्रिया

नेकपा एकता प्रक्रिया

काठमाडौँ , जेठ ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता पक्रियाको बाँकी काम टुङ्गो लगाउन आइतबार सचिवालयको बैठक आव्हान गरिएको छ । एकता घोषणा भएको एक वर्ष पूरा भए पनि एकता प्रक्रियाका केही काम टुङ्गो लगाउन सचिवालय बैठक आव्हान गरिएको सो दलले जनाएको छ । यसअघि बिहीबार बसेको सचिवालय बैठकले पार्टीको जनवर्गीय सङ्गठनको नेतृत्वबारेमा सहमति जुटाएको थियो । सो लगत्तै आइतबार बस्ने बैठकले पोलिटव्युरो कमिटीमा रहने सदस्य, केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी, पार्टी आयोग गठन, केन्द्रीय सल्लाहकार परिषद् तथा केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठनबारे छलफल भई निर्णय गर्ने एजेन्डा रहेको सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिनुभयो । नेकपाको अन्तरिम विधानअनुसार तीनवटा आयोग रहने प्रस्ताव गरिएको छ । जसमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोग रहने छन् । पार्टी एकता
काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँमा भूकम्पको धक्का

काठमाडौं, जेठ ३- धादिङलाई केन्द्रबिन्दु बनाएर शुक्रबार दिउँसो ५ रेक्टर स्केलको भूकम्प गएको छ ।भूकम्पको धक्का काठमाडौं लगायतका जिल्लामा महशुस गरिएको छ । दिउँसो २ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो ।यो भूकम्प २०७२ सालमा गएको शक्तिशाली भूकम्पको परकम्प रहेको भूकम्प मापन केन्द्रका भूकम्पविद भरत कोइरालाले रातोपाटीलाई जानकारी दिए ।यसअघि वैशाख २९ गते दैलेखमा ५.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।  
ट्यांकरको ठक्करबाट युवतिको मृत्यु, एकजना घाइते

ट्यांकरको ठक्करबाट युवतिको मृत्यु, एकजना घाइते

काठमाडौं, जेठ ३। सुन्धारास्थित काठमाडौं मल नजिक ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदा एक युवतिको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । ना२ख ४२२२ नम्बरको ट्यांकरले बा३७प ११६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार काँडाघारीकी २३ वर्षीया सुनिता खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक रामशरण केसी घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।मोटरसाइकललाई ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  
अनैतिक क्रियाकलापमा संलग्न २८ व्यक्ति पक्राउ

अनैतिक क्रियाकलापमा संलग्न २८ व्यक्ति पक्राउ

काठमाडौँ, जेठ ३ । नेपाल प्रहरीले गोङ्गबु नयाँ बसपार्क क्षेक्रमा अनैतिक त्रियाकलाप गर्ने २८ व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले गोङ्गबु, नयाँबसपार्क क्षेक्रका खाजाघर तथा रेष्टुरेन्टमा अनैतिक त्रियाकलाप गर्ने २८ व्यक्तिलाई बिहीबार साँझ पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले गोङ्गबु नयाँ बसपार्कमा दिउँसै अनैतिक क्रियाकलाप हुने गरेको स्थानीयवासीको गुनासोका आधारमा छापा मारिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा १५ पुरुष र १३ महिला छन् । छापा मार्ने क्रममा गोङ्गबु बिजीमल नजिक सञ्चालन भएको पूजा रेष्टुरेन्टमा अनैतिक क्रियाकलाप हुने गरेको भन्दै सोही रेष्टुरेन्टका सञ्चालक सौगात क्षेत्रीलाई सोधपुछ गर्न खोज्दा क्षेत्रीले जाँच नगर्नु भनी प्रहरीलाई रु १८ हजार दिन खोज्द
आज २६ औं मदन आश्रित स्मृति दिवस मनाइँदै

आज २६ औं मदन आश्रित स्मृति दिवस मनाइँदै

ललितपुर जेठ ३ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले २६ औं मदन आश्रित स्मृति दिवस शुक्रबार मनाउँदै छ । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा गत वर्षदेखि एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपाले यो वर्ष सो दिवस मनाउन थालेको हो । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । सो दिनको सम्झनामा नेकपाले जेठ ३ गते सो दिवस मनाउन लागेको हो । दिवसका अवसरमा शुक्रबार तत्कालीन एमालेको पुरानो पार्टी मुख्यालय मदननगर बल्खुमा माल्र्यापण कार्यक्रमको आयोजना गर्दै छ । स्वर्गीय भण्डारीको प्रतिमासँगै आश्रितको तस्बिरमा पनि माल्यार्पणको कार्यक्रम राखिएको छ । गत वर्षको जेठ ३ गते नै दुवै पार्टीको एकीकरण भएको थियो । सो कार्यक्रममा
यसरी मिल्याे नेकपाका भ्रातृ संगठनमा भागबण्डा

यसरी मिल्याे नेकपाका भ्रातृ संगठनमा भागबण्डा

काठमाडौँ जेठ २ । केन्द्रीय कमिटी एकता भएको एक वर्षपछि नेकपाले भ्रातृ संगठनको एकता टुंग्याएको छ । गत वर्ष जेठ ३ गते तीन महिनाभित्र पार्टीका सबै संरचना एक गरिसक्ने घोषणा गर्दै एक भएका तत्काली एमाले र माओवादी केन्द्रले बल्लबल्ल भाृत संगठनको एकता टुंग्याएका हुन् । जिल्ला तहको एकता पनि एक महिनाअघि टुंगिएको थियो। कुन संगठनको नेतृत्व कसलाई ? विद्यार्थी संगठन : तत्कालीन एमालेका ऐन महर संयोजक, सहसंयोजकमा माओवादीका रञ्जित तामाङ वा सुरेन्द्र बस्नेत यूवा संगठनमा : संयोजक तत्कालीन माओवादीका रामप्रसाद सापकोटा र सहसंयोजक तत्कालीन एमालेका रमेश पौडेल महिला संगठन : संयोजक तत्कालीन माओवादीकी अमृता थापा र सहसंयोजक एमालेकी सीता पौडेल मजदुर संयोजक : माओवादीतर्फका विनोद श्रेष्ठ र एमाले तर्फका सहसंयोजक जगत सिम्खडा प्रेस संगठन : संयोजक माओवादीतर्फका महेश्वर दाहाल र सहसंयोजक तत्कालीन एमालेतर्फका ग
Open

Expert Education Dang

Close