Victoria College Dang

राष्ट्रिय समाचार – दाङ खबर
Global Luja Dang

राष्ट्रिय समाचार

राष्ट्रिय समाचार

‘भ्रष्टाचार बढेकै छैन, अख्तियारको सक्रियता बढेको हो’

‘भ्रष्टाचार बढेकै छैन, अख्तियारको सक्रियता बढेको हो’

काठमान्डौं साउन ३२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा भ्रष्टाचार बढेको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय भएको बताएका छन्। नेपाल निर्माण व्यवसायी सङ्गठन प्रदेश नं ३ को घोषणासभालाई शनिबार बनेपामा सम्बोधन गर्दै उनले अख्तियारलाई सक्रिय बनाइएकाले भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउने काम भइरहेको बताए। 'एकपछि अर्को भ्रष्टाचारी समातिएका छन्, यसबाट भ्रष्टाचार बढेको ठान्नु गलत हो, यो अख्तियारलाई सक्रिय बनाइएको प्रतिफल हो'-उनले भने। बाँस्कोटाले यसअघिका सरकारका समयमा पनि अख्तियार यत्तिको सक्रिय नभएको दाबी गरे। मन्त्री बाँस्कोटाले विभिन्न निकायका कर्मचारीलाई काम छिटो र नाफामूलक बनाउने प्रवृत्तिका कारण भ्रष्टाचार हुने गरेको बताए। 'फाइल बुझाउन जाँदा कर्मचारीलाई बेलुका तपाईको फुर्सद के छ, भेटौँ न, भन्ने प्रवृत्तिले भ्रष्टाचारले प्रसय पाउने होु, उनले भने, यस्
गंगटो हैन कमिलोजस्तै बनौँ : लालबाबू

गंगटो हैन कमिलोजस्तै बनौँ : लालबाबू

काठमाडौँ साउन ३२। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गंगटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताएका छन् । नेकपा बागलुङले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले गंगटो र कमिलाको उदाहरण दिँदै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेका छन् । “गंगटोले आफ्नै अभिभावकलाई देख्न सहँदैन, सिध्याउँछ, कमिलोले एकताबद्ध भएर आफूभन्दा ठूलो काम गर्छ”, उनले भने,“अब कार्यकर्ता गंगटो हैन कमिलो बन्न सिकौँ ।” सङ्घीयताको कार्यान्वयन सफलरुपमा हुनु भनेको नेपाल समृद्धतर्फ लम्कनु हो भन्दै मन्त्री पण्डितले सबै कार्यकर्तालाई सकारात्मक सोचका साथ सरकारलाई सहयोग गर्न आग्रह गरे । उनले स्थानीय तहमा कर्मचारीको अभाव छिट्टै हटेर जाने जिकिर गरे । सरकार व्यावहारिक परिवर्तनका काम गर्दै आएको भन्दै मन्त्री पण्डितले परिणाम आउन केही समय लाग्ने बताए । उनले
रवि लामिछानेको रिहाइको माग गर्दै प्रहरी भ्यानमा तोडफोड

रवि लामिछानेको रिहाइको माग गर्दै प्रहरी भ्यानमा तोडफोड

काठमाडौं साउन ३२ । टेलिभिजन कार्यक्रम प्रस्तोता पत्रकार रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले चितवन प्रहरीको भ्यानमा तोडफोड गरेका छन् । शनिबार बिहानबाटै जिल्ला प्रहरी कार्यालय अगाडि जम्मा भएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले प्रहरीको भ्यानमा ढुङ्गा प्रहार गरका हुन् । प्रदर्शनकारीले हानेको ढुङगाले प्रहरीको भ्यानको अगाडिको शिसा फुटेको छ । प्रदर्शकारीलाई तितरवितर पार्न प्रहरीले दुई शेल अश्रु ग्यास प्रहार गर्नुका साथै लाठी प्रहार गरेको छ । प्रहरी कार्यालय आसपास क्षेत्रमा निषेधाज्ञा जारी गर्दै प्रहरीले प्रदर्शनकारीलाई हटाउने काम गरिरहेको छ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बिहीबार बेलुका पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीन जनालाई शुक्रबार जिल्ला अदालत चितवनमा पेस गरिएको थियो । जिल्ला अदालत चितवनले रविसहित तीनजनालाई पाँचदिन हिरासतमा राखेर
नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स

नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स

काठमाण्डौ साउन ३२ । नुनदेखि सुनसम्मको लागि विदेशकै भर पर्नुपर्ने नेपालले नुन र सुनभन्दा पनि निकै महत्वपूर्ण आँखाको ज्योति फर्काउने लेन्स विश्वका धेरै देशमा निर्यात गर्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो सत्य हो कि नेपालमा उत्पादन हुने आँखाको लेन्सले संसारका धेरै मान्छेले आँखा देख्न पाएका छन् । मोतीबिन्दु रोग लागेपछि आँखाको दृष्टि नै गुम्न सक्छ । फिक्का देखिने, धमिलो देखिने, बत्ती वा प्रकाशमा गोलो घेरा देखिने, धेरै उज्यालोले समस्या पैदा गर्ने र रातमा आँखा नदेख्ने हुन्छ । प्रायः बढ्दो उमेरसँगै देखिने मोतीबिन्दु दुर्घटना तथा जन्मजात पनि हुन सक्ने नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका मेडिकल निर्देशक डाक्टर कमलबहादुर खड्का बताउनुहुन्छ । उहाँका अनुसार मोतीबिन्दु भएपछि शल्यक्रिया गरेरै उपचार गर्नुपर्ने हुन्छ । अरु औषधिले मोतीबिन्दु निको हुँदैन । शल्यक्रिया गरेर आँखामा कृत्रिम लेन्स राखेपछि
रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतको आदेश

रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अदालतको आदेश

चितवन साउन ३१। पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। शुक्रबार जिल्ला अदालत चितवनले लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। तीनै जनालाई आत्महत्या दुरुत्साहनको अनुसन्धान सिलसिलामा प्रहरीले पक्राउ गरी चितवन लगेको थियो। ‘पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने भन्ने आदेश भएको छ,’ प्रहरी उपरीक्षक दानबहादुर मल्लले भने। मुलुकी फौजदारी संहिताले आत्महत्या दुरुत्साहनलाई कर्तव्य ज्यान मुद्दाकै अंग मानेको छ। आत्महत्या दुरुत्साहन अभियोग पुष्टि भए प्रहरीले कर्तव्य ज्यान मुद्दा नै अघि बढाउँछ। आत्महत्या दुरुत्साहनमा पाँच वर्ष जेल सजाय हुने व्यवस्था छ। पुडासैनीले चितवनको कंगारु होटलमा साउन २० गते आत्महत्या गरेका थिए। पुडासैनीले भिडि
नेकपाले टुंग्यायो कार्यविभाजन, स्कुल विभागमा पोखरेल, संगठनमा गौतम

नेकपाले टुंग्यायो कार्यविभाजन, स्कुल विभागमा पोखरेल, संगठनमा गौतम

 काठमाडौं साउन ३१ । नेपाल कम्युनिष्ट पाटी० नेकपाले ३३ विभागको जिम्मेवारी टुंग्याएको छ । आज बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभागको जिम्मेवारी टुंग्याएको हो । लामो समयदेखि विवादमा रहेको स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेलले जिम्मेवारी पाएका छन् । यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी वामदेव गौतम, विदेश विभाग प्रमुखमा माधव नेपालले जिम्मेवारी पाएका छन् । त्यस्तै प्रचार विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन् भने नीति प्रतिष्ठान प्रमुख झलनाथ खनाल भएका छन् । त्यसैगरी प्रदेश सहइन्चार्जमा २–२ जना थप्ने निर्णय भएको छ ।  
रवि लामिछानेको रिहाई माग गर्दै चितवनमा प्रदर्शन

रवि लामिछानेको रिहाई माग गर्दै चितवनमा प्रदर्शन

चितवन साउन ३१। चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई रिहा गर्न मागसहित चितवनमा प्रदर्शन भएको छ। उनका समर्थकले जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेका हुन्। उनीहरुले नाराबाजीसहित प्रर्दशन गरेको बताइएको छ। पत्रकार शालिकराम पुडासैनीको साउन २१ गते भएको आत्महत्या प्रकरणमा रवि लामिछाने सहित तीन जनाको नाम जोडिएको छ। प्रहरीले बिहीबार लामिछानेसहित अर्का पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरी चितवन ल्याइसकेको छ । उनीहरुलाई मध्यराति चितवन ल्याएर स्वास्थ्य परीक्षणपछि हिरासतमा राखिएको छ। तीनैजनाविरूद्ध जिल्ला अदालतबाट चितवनबाट शुक्रबारै म्याद थप गरी अनुसन्धान अघि बढाइने चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।
स्वास्थ्य सेवा विभाग बेथिति, ३ करोड ४४ लाखको फर्जी बिल

स्वास्थ्य सेवा विभाग बेथिति, ३ करोड ४४ लाखको फर्जी बिल

प्रशान्त वली काठमाडौं साउन ३१। स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका पदाधिकारीको मिलेमतोमा औषधि आपूर्तिका क्रममा फर्जी बिल बनाएर झन्डै ३ करोड ४४ लाख रुपैयाँ अनियमितता गरेको देखिएको छ । विभागका व्यवस्थापन महाशाखाका निर्देशक रमेशप्रसाद अधिकारी, शाखा प्रमुख डा। सुरेन्द्रप्रसाद चौरासियालगायतको संलग्नतामा ३ करोड ४४ लाख ३२ हजार १५० रुपैयाँको नक्कली बिल बनाएको कागजात राजधानी दैनिकले फेला पारेको छ । फरकफरक मितिमा एउटै दाखिला नम्बर चढाई औषधि आपूर्ति गरेको पाइएको हो, जुन कानुनसम्मत मिल्दैन । व्यवस्थापन महाशाखाअन्तर्गत एउटै सप्लायर्सले एक आर्थिक वर्षमा ठेक्का नम्बर एनसीवी नम्बर डीओएचएस÷जी÷एनसीवी–४८-२०७४-७५ को रकम सम्बन्धमा ००७ नम्बरको बिललाई नियतपूर्वक दुईवटा फरकफरक मिति बनाई पेस गरिएको बिल ती पदाधिकारीको मिलेमतोमा स्वीकृत गरेको पाइएको छ । विभाग स्रोतका अनुसार आकाश अन्तरिक्ष जेभीले
शालिकराम हत्या प्रकरण: रविसहित तीन जना पक्राउ, पक्राउ परेकालाई चितवन लगियो

शालिकराम हत्या प्रकरण: रविसहित तीन जना पक्राउ, पक्राउ परेकालाई चितवन लगियो

काठमाडौं साउन ३१ । बिहीबार बेलुका पक्राउ परेका पत्रकार रवि लामिछानेलाई राति नै चितवन लगिएको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि भन्दै लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पुडासैनीले साउन २० गते चितवनको कंगारु होटलको कोठा नम्बर २०२ मा आत्महत्या गरेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार लामिछानेलाई पानीपोखरीमा रहेको टेलिभिजन कार्यालयबाटै पक्राउ गरिएको हो । न्युज २४ टेलिभिजनले पनि बिहीबार नै उनी पक्राउ परेको जनाउँदै उनले सञ्चालन गर्दै आएको कार्यक्रम स्थगित भएको समाचार अनलाइनमा प्रकाशित गरेको थियो । रविसँगै युवराज कँडेल पनि पक्राउ परेको प्रहरीले जनाएको छ । पुडासैनीले कँडेलको पनि नाम उल्लेख गरेका थिए । चितवन प्रहरीले काठ
शालिकराम हत्या प्रकरण: अस्मिता कार्की पक्राउ

शालिकराम हत्या प्रकरण: अस्मिता कार्की पक्राउ

काठमाडौं साउन ३०। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा नाम जोडिएकी ओखलढुंगाकी अस्मिता (रूकु)कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन प्रहरीको समन्वयमा काठमाडौ प्रहरीले कार्कीलाई काठमाडौंवाट नियन्त्रणमा लिएको हो । आत्महत्या अघि पत्रकार पुडासैनीले कार्की, पत्रकार रवि लामिछाने र युवराज कडेंलका कारण आफुले आत्महत्याको बाटो रोजेको भिडियो सार्वजनिक भएको थियो । कार्कीलाई आजै चितवन लैजाने चितवन प्रहरी श्रोतले जनाएको छ । प्रहरीले शंकास्पद हत्या र भिडियोका कारण कार्कीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले भिडियोमा नाम जोडिएका अन्य व्यक्तिमाथि पनि अनुसन्धान गरिरहेको जनाएको छ । सिधा कुरा जनतासंग कार्यक्रमका सञ्चालक रबि लामिछानेलाई निगरानीमा राखेको प्रहरीले जनाएको छ ।
Open

Expert Education Dang

Close