Global Luja Dang

मोफसल

मोफसल

टिप्पर दुर्घटनामा दुई जनाको ज्यान गयाे

टिप्पर दुर्घटनामा दुई जनाको ज्यान गयाे

उदयपुर ,जेठ ५ । उदयपुरमा आइतबार बिहान टिप्पर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी घुर्मी खण्डको कटारी नगरपालिका–१४, घुर्मी रानीडाँडामा ना ७ ख ७००० नम्बरको टिप्पर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा टिप्परका सहचालक सिन्धुली दुधौली नगरपालिका–११ बस्ने २० वर्षीय लिलाबहादुर सार्की र टिप्परमा सवार कटारी नगरपालिका– ५, भोर्ले बस्ने ३० वर्षीय डिकबहादुर बुढाथोकीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  
बैतडीमा जीप खस्दा ३ जनाको मृत्यु

बैतडीमा जीप खस्दा ३ जनाको मृत्यु

कैलाली,जेठ ५ । बैतडीको दशरथचन्द नगरपालिका ११ नानीगाडमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ, तीन जना घाइते भएका छन् ।देहिमाण्डौबाट गिरिगाडा जाँदै गरेको म १ ख ४९२१ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा दशरथचन्द नगरपालिका १० का ४०–४५ वर्षका हिरा बल्लभ भट्ट र ६०–६५ वर्षकी नरुली भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी नेत्रमणि गिरीले जानकारी दिए । मृत्यु भएका अर्का एकजना पुरुषको सनाखत भइनसकेको उनले बताए ।घाइते रहेका चालकसहित तीनजनालाई जिल्ला अस्पताल बैतडी पठाइएको डिएसपी गिरीले जानकारी दिए ।  
त्रिशूली नदीमा बस खस्दा सात जनाको मृत्यु (अपडेट)

त्रिशूली नदीमा बस खस्दा सात जनाको मृत्यु (अपडेट)

धादिङ ,जेठ ५– धादिङको आदामघाट नजिक बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ ।काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ४३ ८७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको बन्छेटारमा घुम्तीबाट त्रिशूली नदीमा खस्दा काठमाण्डौको चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षकी सीता थपलिया, काठमाण्डौ थानकोटका ५१ वर्षका राजकुमार सुवेदी, कन्याम इलामका २० वर्षका विशाल गिरी र धादिङका राजन आचार्यको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै प्रकाश श्रेष्ठ, शेखर मगर र उज्वल पाण्डेको परिचय खुले पनि ठेगाना खुलेको छैन । घाइते मध्ये १७ जनाको काठमाण्डौको ट्रमा सेन्टर तथा अन्यको धादिङको गुजरी र जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसमा कतिजना यात्रु थिए भन्ने खुलेको छैन ।  
दुईतिहाइको दम्भ-पूर्व एमाले सांसदको आडमा महिला प्रहरीमाथि पेट्रोल छर्केर आगो

दुईतिहाइको दम्भ-पूर्व एमाले सांसदको आडमा महिला प्रहरीमाथि पेट्रोल छर्केर आगो

चितवन ,जेठ ५ –   सडक बोर्डको कर उठाउने टिकौलीस्थित घुम्तीमा आक्रमण गर्दा पेट्रोल छर्केर आगो लगाइएपछि प्रहरी जवान घाइते भएकी छन् ।ढाटका कारण सास्ती पाएको भन्दै ढाटको घुम्ती तोडफोडसहित आगजनी गर्दा प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भएकी छन् । आक्रमणकारी समूहले प्रदेश ३ मा पूर्व एमालेबाट निर्वाचित कम्युनिस्ट सांसद कृष्ण खनालले भनेको नमान्ने भन्दै प्रहरीमाथि गाली गरेका थिए ।सांसद खनालकै आडमा भएको हुलदंगामा असई खड्का पीडित भइन् । शरीरमा आगो लागेपछि उनले घाँसमा लडेर आगो निभाएकी थिइन् । ‘मैले त्यसै छाडेको भए ठूलै अनर्थ हुन्थ्यो । आगो लागेपछि मरे भन्ने लागेको थियो,’ आँखाबाट आसु झार्दै खड्काले भनिन्, ‘१५ मिनेटसम्म भीडलाई रोक्न लागे तर प्रहरीको संख्या कम भएकाले सकिनँ ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । घुम्तीमा पेट्रोल छर्कंदा उनको शरीरमा परेको थियो । घुम्तीमा रोक्न खोज्दा खड्क
कुकुरको टोकाइबाट  ६ घाइते

कुकुरको टोकाइबाट ६ घाइते

गोरखा , जेठ ५ । कुकुरको टोकाइबाट गोरखामा ६ जना घाइते भएका छन् । जिल्लाको गण्डकी गाउँपालिका–४, फुजेलमा घरपालुवा कुकुरको टोकाइबाट घरधनीसहित ६ जना घाइते भएका हुन् । मान्छेलाइ टोकेर कुकुर आफैं मरेपछि गाउँले त्रास फैलिएको छ । छाउराले टोकेको भन्दै वेवास्ता गरेर बसेका स्थानीयहरु कुकुर मरेसँगै रेविजविरुद्धको भ्याक्सिन लगाउन अस्पताल धाउन थालेका छन् । ‘सानो छाउरो हो केही हुन्न भनेर बसे, चार दिनपछि कुकुर मर्‍यो अनि सबैले कराउन थालेपछि भ्याक्सिन लगाउन गएँ,’ घिमिरेले भनिन्।‘गत भदौमा कुकुरले एकैपटक १३ वटा गाइवस्तुलाई टेकेको थियो, हामीले त्यो कुकुरलाई बाधेर राख्यौं, पाँच दिनपछि कुकुर मर्‍यो अनि गाईवस्तुलाई भ्याक्सिन दिएका थियौं,’ वडा कार्यालयका पशु सेवा शाखाका प्राविधिक ऋषिराम मरहट्टाले भने । त्यसयता कुकुर आतंक नभए पनि केही दिनअघि मान्छेलाई टोकेको उनले बताए ।  
त्रिशुली दुर्घटना अपडेट : बस खस्दा मृत्यु हुनेको संख्या ५ पुग्यो, २९ घाइते

त्रिशुली दुर्घटना अपडेट : बस खस्दा मृत्यु हुनेको संख्या ५ पुग्यो, २९ घाइते

धादिङ ,जेठ ५ । धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस खस्दा मृत्यु हुनेकाे संख्या ५ पुगेकाे छ। शनिबार बेलुका झापाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको बस आज बिहान त्रिसुलीमा खसेको हो । प्रहरीकाे अनुसार चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको हाे । दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ । दुर्घटनाको कारणले भन्ने खुल्न नसकेको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिएका छन । दुर्घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको छ ।
सरिताको हत्यामा परिवारकै सलग्नता, श्रीमानले सबैलाई पोले

सरिताको हत्यामा परिवारकै सलग्नता, श्रीमानले सबैलाई पोले

काभ्रे, जेठ ३  । मण्डनदेउपुर–६ की सरिता दुलालको हत्यामा श्रीमानसहित परिवारका सबै सदस्यको संलग्नता खुलेको छ ।सरिता १३ वैशाखमा घरमै मृत भेटिएकी थिइन् । उनका श्रीमान, जेठाजु र ससुरा प्रत्यक्ष संलग्न भएको तथा सासु र जेठानी संलग्न नभए पनि भूमिका देखिएको प्रहरीको निश्कर्ष छ । परिवारका सबै सदस्यविरुद्ध कर्तव्य ज्यानको मुद्दा जिल्ला अदालतमा दर्ता गरी आइतबार मुद्दा पेश गर्ने प्रहरीको तयारी छ । प्रहरी प्रमुख एसपी रविराज खड्काले भने,‘हामीले हाम्रो अनुसन्धान पूरा गरेर अदालतमा अभियुक्तहरुको वयानसहित मुद्दा पेश गर्न लागेका छौं ।’ घटनामा परिवारका सबै सदस्यको कुनै न कुनै किसिमले संलग्नता देखिएको भन्दै उनले भने, ‘श्रीमान्, जेठाजु र ससुराको मुख्य भुमिका रहेको अनुसन्धान र उहाँहरुको वयानबाट देखिन आएको छ ।’ श्रीमान सुदीप दुलाल, ससुरा पिताम्बर, सासु गंगा, जेठाजु केशव र जेठानी संगीता दुलाल प्रहरी हिरासत
किशोरी मृत फेला, एक युवक पक्राउ

किशोरी मृत फेला, एक युवक पक्राउ

बैतडी, जेठ ३-  बैतडीको मेलौली नगरपालिकामा एक किशोरीको मृत्युपछि सो घटनाको सम्बन्धमा एक युवक पक्राउ परेका छन् । मेलौली नगरपालिका–७ बनालीकी १९ वर्षीया सावित्री चन्दको मृत्यु प्रकरणमा सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएका मेलौली नगरपालिका–१ का प्रशान्तसिंह क्षेत्रीको नाममा किटानी जाहेरी दर्ता भएपछि उनलाई पक्राउ गरिएको हो । क्षेत्रीले चन्दलाई जबर्जस्ती करणी गरी आत्महत्या गर्न बाध्य गरेको आरोप लगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो । क्षेत्रीको नाममा किटानी जाहेरी दर्ता भएपछि जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । बुधबार घर नजिकैको मेलको रुखमा झुण्डिएको अवस्थामा सावित्रीको शव फेला परेको थियो । सावित्रीको कोठामा खानतलासी गर्दा पक्राउ परेका क्षेत्रीको पर्स भेटिएको र पर्सभित्र फोटो, नागरिकता र १० हजार
स्थानीयको कुटपिटबाट सैनिक जवानको मृत्यु

स्थानीयको कुटपिटबाट सैनिक जवानको मृत्यु

काठमाडौं, जेठ ३ - स्थानीयहरुको कुटपिटबाट गम्भीर घाइते बरियारपट्टी गाउँपालिका वडा नं.४ सोहपुर निवासी २२ वर्र्षीय अनिस कुमार सिंहाईको उपचारको क्रममा मृत्यु भएको हो ।उनकै वडाका तेनुवापट्टी गाउँका विरेक्षण यादब घरमा चोरी गरेको आरोपमा विजुली पोलमा बाँधेर स्थानीयले कुटपिट गरेका थिए । यो घटना वैशाख २८ गते शनिवार रातीको हो । कुटपिटबाट गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा जेठ १ गते दिउँसो काठमाडौँको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।प्रहरीलाई खबर गरेपनि प्रहरी समयमा नआउनु र आएपनि मुखदर्शक भएको पीडित पक्षले आरोप लगाएको छ । उनीहरुले दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै बिहीवार सिरहाको सुखीपुर बरियारपट्टी सडक खण्ड विहान ९ बजे देखि साँझ ७ बजे सम्म अवरुद्ध पारेका थिए । उनीहरुले ईलाका प्रहरी कार्यालय बरियारपट्टीलाई समेत घेराऊ गरेका थिए । घेराऊ पछि प
आफ्नै आमाले गरिन् २ महिने छाेरीकाे हत्या

आफ्नै आमाले गरिन् २ महिने छाेरीकाे हत्या

गुल्मी,जेठ ३– दरबार गाउँपालिका ४ की ३६ बर्षीया जमुना बिकले आफ्नै दुई महिनाकी छोरीको हत्या गरेकी छन् । उनले दुई महिनाकी छाेरी बिस्नु बिककाे बिहिबार साँझ ७ बजेतिर हत्या गरेकाे प्रहरीले जनाएकाे छ । बिकले छाेरीलाई दाउराले कन्चटमा हानेर हत्या गरेकी हुन् । उनले छाेरीकाे हत्या गर्न यसअघि पनि पटक–पटक प्रयास गर्दै आएकी थिइन् । बिकलाई गिरफ्तार गरी हिरासतमा राखी घटनाको बारेमा थप अनुसन्धान भइरहेको राखिएको प्रहरी प्रमुख दिपक कुमार बस्नेतले जानकारी दिए ।बालिकाको शव पोेष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ ।  
Open

Expert Education Dang

Close