Global Luja Dang

मोफसल

मोफसल

विद्युत् चोरी गर्ने १४ जनामाथि कारवाही

विद्युत् चोरी गर्ने १४ जनामाथि कारवाही

राजविराज, जेठ ५-  नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले हुकिङ नियन्त्रण अभियानअन्तर्गत १४ जनालाई पक्राउ गरी कारवाही गरेको छ । वितरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुगमन टोलीले जिल्लाका तिरुहत र कृष्णसवरण गाउँपालिकामा विद्युत्को खम्बामा अङ्कुशे लगाई बिजुली बाल्नेलाई पक्राउ गरिएको प्राधिकरण प्रमुख चन्द्रनारायण साहले बताउनुभयो । तिनका साथबाट ब्याट्री र एलएडी टिभी एक थान तथा पानी तान्ने मोटर तीन थान बरामद गरिएको छ । दोषीलाई विद्युत् ऐनअनुसार रु पाँच हजार जरिवाना तिराइएको प्राधिकरण राजविराजले जनाएको छ ।
चितवनका कुखुरामा बर्डफ्लु देखियो : उच्च सतर्कता अपानाइदै

चितवनका कुखुरामा बर्डफ्लु देखियो : उच्च सतर्कता अपानाइदै

चितवन, जेठ ४-  चितवनमा बर्डफ्लु देखापरेको छ । खैरहनी नगरपालिका–९ सुर्तनीका स्थानीय किसान राजन चौधरी र लक्ष्मण चौधरीले पालेको कुखुरामा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) देखिएको हो । राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंले केही दिनअघि परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएकामा वैशाख ३१ गते बर्डफ्लु प्रमाणित भएको बताउनुभयो । बिहीबारको मन्त्रिस्तरको निर्णयपछि आज फार्म र आसपासका क्षेत्रमा रहेका कुखुरा र हाँस मार्ने काम भइरहेको उहाँले बताउनुभयो । राजनको फार्ममा पालिएका एक हजार ५०० र लक्ष्मणको फार्ममा पालिएका एक हजार लेयर्स कुखुरा रोगले मर्न थालेपछि परीक्षणका लागि पठाइएको थियो । सँगै रहेका ती दुवै फार्मका सबै कुखुरा मरिसकेको चापागार्इंले बताउनुभयो । खोरमा रहेका कुखुरा धमाधम मर्न थालेपछि यही वैशाख १४ गते जाँचका लागि भरतपुरमा रहेको राष्ट्रिय

ट्र्याक्टरबाट लडेर बालकको मृत्यु

राजविराज, जेठ ३-  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–३ मा ट्र्याक्टरबाट लडेर एक बालकको आज बिहान मृत्यु भएको छ । तत्काल नाम ठेगाना खुल्न नसकेका १५ वर्षीय बालकको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ त ५५५९ नम्बरको ट्र्याक्टरमा सवार ती बालक लडेर घाइते भएपछि उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका लागि लगिँदै गर्दा बीचबाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । यसैबीच घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर महिलाको मृत्यु

करेन्ट लागेर महिलाको मृत्यु

मोरङ, जेठ ३-  मोरङको रंगेली नगरपालिका–१ बबियाविर्ता बस्ने ४० वर्षीया नहेनश्वरी राजवंशीको सिटीसफारी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । बुधबार साँझ रिक्साको ब्याट्री चार्ज गर्न खोज्दा करेन्ट लागेर घाइते भएकी नहेनश्वरीलाई उपचारका लागि विराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । करेन्ट लागेर सोही ठाउँकी ३५ वर्षीया कुस्मी राजवंशी घाइते भएकी छन् । घाइते महिलाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । सञ्चार क्लबलाई जग्गा सहयोग यसैबीच, पूर्वी मोरङका पत्रकारको साझा संस्था सञ्चार क्लब नेपाललाई रु २५ लाख बराबरको पाँच कट्ठा जग्गा सहयोग प्राप्त भएको छ । उर्लाबारी–६ का जंगबहादुर कार्की, बृद्धिसिंह तामाङ र ज्ञानु बास्कोटाले संयुक्तरुपमा क्लबको भवन निर्माणका लागि जग्गा सहयोग गर्नुभएको हो । उर्लाबारी नगरपालिका–६ का वडाध्
वृद्धा बलात्कारमा आरोपित थुनामा

वृद्धा बलात्कारमा आरोपित थुनामा

पर्वत, जेठ २-  वाक्य नभएकी तथा अपांगता भएकी ७९ वर्षीया वृद्धा बलात्कारमा आरोपित युवा पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको मोदी गाउँपालिका–१ का २० वर्षीय शंकर परियार पर्वत जिल्ला अदालतको आदेशमा मंगलबार थुनामा परेका हुन् । पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश धु्रवप्रसाद सापकोटाको इजलासले मंगलबार परियारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । मुलुकी ऐनको ११८ दफा २ बमोजिम उनलाई पर्वत जिल्ला कारागारमा थुनामा पठाइएको छ । परियारलाई वैशाख ६ गते मोदी गाउँपालिका–३ देउराली गाउँमा घरमा बसिरहेको अवस्थामा ७९ वर्षीया अपांग वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । अनुसन्धान पछि प्रहरीले जबर्जस्ती करणीअन्तर्गत पर्वत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । गत वैशाख ६ गते दिउँसो ४ बजेको समयमा रक्सी सेवन गरेका परियारले घरमा कोही नभएको समयमा वृद्धालाई बलात्कार
आँधीबेहरीबाट धनजनमा ठूलो क्षति

आँधीबेहरीबाट धनजनमा ठूलो क्षति

धनगढी, वैशाख ३१-  गएराति कैलालीमा चलेको भीषण आँधीबेहरीका कारण धनमालको ठूलो क्षति पुगेको छ । झन्डै आधा घन्टासम्म चलेको आँधीबेहरीका कारण कच्ची घरको धुरी (बल्ली) खस्दा त्यसमा च्यापिएर गौरीगङ्गा नगरपालिकाकी ५६ वर्षीया चारुमति बुढाको मृत्यु भएको हो । यसैगरी आँधीबेहरीका कारण कैलारी गाउँपालिका हसुलियाकी २१ वर्षीया बेदनिया चौधरी र ४० वर्षीया शोभा चौधरी घाइते भएकी छिन् । घाइतेलाई सेती अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाएको छ । प्रहरीले दिएको क्षतिको विवरणअनुसार गौरीगंगा नगरपालिकाको एक घरगोठमा भएको आगलागीमा जलेर एक चौपाया र मसुरियामा अर्को एक चौपाया मरेको छ । आँधीबेहरीका कारण चुरेपहाडी क्षेत्र सुगरखालमा २१ कच्ची घर र चार विद्यालयको छाना उडाएको छ । यस्तै मालाखेतीमा २० घर र तीन विद्यालय, टीकापुरमा आठ, मोहन्याल
आग्लोले कुटेर आमाको हत्या

आग्लोले कुटेर आमाको हत्या

लहान, बैशाख ३१- सिरहाको भगवानपुर गाउँपालिकामा आफ्नै छोराले कुटपिट गरी आमाको हत्या गरेका छन्। सिरहाको भगवानपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय धिरजकुमार पौडेलले मादकपदार्थ सेवन गरी ढोकाको आग्लोले कुटपिट गरी ७६ वर्षीया आमा कौशिलादेवीको हत्या गरेका हुन्। आमाको हत्या गर्ने पौडलेलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएकोे इप्रका लहानका प्रहरी नायब उपरीक्षक गणेश चन्द्रले जानकारी दिए।
आँधीबेरीबाट एक महिलाको मृत्यु

आँधीबेरीबाट एक महिलाको मृत्यु

धनगढी, वैशाख ३१-  कैलाली जिल्लामा गएराति चलेको भीषण आँधीबेरीका कारण एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बताउनुभयो । सोही ठाउँमा हावाहुरीसँग घर र गोठमा लागेको आगोमा जलेर एक व्यक्तिले पालेको रागो मरेको छ । झण्डै आधा घण्टा तीव्रबेगको हावाहुरीले कैलाली जिल्लामा कैयौँ घरका जस्तापाता र टायलका छाना उडाएर क्षति पुगेको छ । त्यस्तै बिजुलीका पोल ढलेको र तार चुँडिएपछि विद्युत् आपूर्तिसमेत बन्द छ । अधिकांश ठाउँमा मोबाइल र ल्याण्डलाइन सेवा पनि अवरुद्ध छ । ठाउँठाउँमा रुख ढलेपछि केही ठाउँको सडकमा यातायात आवागमन पनि अवरुद्ध भएको छ । क्षतिको पूर्ण विवरण आउन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको
तातोपानीमा बाढीबाट दुई घर पुरिए

तातोपानीमा बाढीबाट दुई घर पुरिए

म्याग्दी, वैशाख ३०-  अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आज भीषण वर्षापछि आएको बाढीले दुईवटा घर पुरेको छ । वर्षासँगै आएको बाढीले स्थानीयवासी लटे गिरी र बालकृष्ण मिजारको घर पुरिएको वडा सदस्य वीरबहादुर पौडेलले जानकारी दिनुभयो । भुरुङको ठाडो खोलाबाट आएको बाढी र तिम्लाखर्कबाट झरेको पहिरोसँगै बाढी बस्तीतर्फ पसेपछि अन्य दुईवटा घरमा समेत क्षति पु¥याएको छ । स्थानीयवासी रेखीराम पुर्जा र टेकनारायण पौडेलको घरमासमेत क्षति पुगेको छ । अहिले प्रहरी र स्थानीयवासीले पहिरोबाट प्रभावित बासिन्दाको घरको सामान सुरक्षित ठाउँमा लैजाने काम गरिरहेका छन् । यस्तै, बेनी–जोमसोम सडकखण्डअन्तर्गत बेगखोलामा बाढी आएपछि अहिले सवारी आवागमन ठप्प भएको छ ।
विद्यार्थी अभावमा विद्यालय बन्द

विद्यार्थी अभावमा विद्यालय बन्द

रुकुम, वैशाख ३०-  नयाँ शैक्षिकसत्रमा विद्यार्थी भर्ना हुन नआएपछि सदरमुकाम मुसीकोट नगरपालिकाको एउटा विद्यालय बन्द भएको छ । नगरपालिका वडा नं ४, कोटचौताराको भगवती आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द भएको हो । शैक्षिकसत्र शुरु भएको एक सातासम्म विद्यालय खुला गरिएको थियो । तर एकजना विद्यार्थी पनि भर्ना हुन आएन । यो गाउँका विद्यार्थी नजिकैको विद्यालयमा भर्ना हुन जाने र यहाँ भर्ना हुन नआएपछि यहाँको विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ । यहाँका विद्यार्थी मुसीकोट नगरपालिका वडा नं ५, सेरीगाउँमा रहेको यमुना नन्द माध्यमिक विद्यालयमा भर्ना हुने गरेका छन् । यहाँबाट सेरीगाउँ आउन आधा घण्टाभन्दा कम समय लाग्ने गरेको छ । यहाँको पढाइ गुणस्तरीय नहुँदा विगत वर्षहरुमा पनि विद्यार्थी कम हुने गरेको स्थानीयवासीको भनाइ छ । यो विद्यालयको समायोजन हुने हल्लाले यहाँका विद्यार्थी छिमेकी विद्यालयमा भर्ना
Open

Expert Education Dang

Close