Florence Hospital Dang
Majestic Hotel Dang

मोफसल

मोफसल

१४ वर्षीया बालिका करणीपछि ,कसैलाई नभन्नु’ भन्दै ५०० दिएर भागेका हनुमान पक्राउ

१४ वर्षीया बालिका करणीपछि ,कसैलाई नभन्नु’ भन्दै ५०० दिएर भागेका हनुमान पक्राउ

गुल्मी,बैशाख ५ । गुल्मीमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको छत्रकोट गाउँपालिका–६ निवासी १४ वर्षीय बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए । मामाघर गएर आमासँगै घर फर्कने क्रममा मियाँले बालिकालाई घरसम्म पुर्‍याइदिन्छु भन्दै बुधबार मोटरसाइकलमा लिएर आएको र बाटोमै बालिकालाई पैसा दिने प्रलोभन देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ । कसैलाई नभन्नु भन्दै बालिकालाई रु ५०० दिएर फरार भएका मियाँलाई जिल्ला प्रहरी कार्यालय र अर्घाखाँची जिल्लाको अर्घातोष प्रहरी चौकीको संयुक्त प्रहरी टोलीले एउटा घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।  
बन्दमा गाडी चलाएको भन्दै मिनी ट्रकमा आगजनी

बन्दमा गाडी चलाएको भन्दै मिनी ट्रकमा आगजनी

हेटौँडा,वैशाख ५ ।  - ५ विप्लव समूहले आह्वान गरेको बन्दमा गाडी चलाइएको भन्दै अज्ञात समूहले हेटौँड काठमाडौत्रिभुवनराजपथअन्तर्गत थाहा नपा वडा नं ४ दामन नजिक काठमाडौँबाट हेटौँडा आइरहेको ना २ च ९०९४ नंको कुखुरा ओसार्ने सवारी साधनमा आगजनी गरी क्षति पु¥याएको छ। यसैगरी हेटौँडाबाट भीमफेदी हँुदै थाहा नगरपालिकातर्फ गइरहेको ना ४ ख ७९६० नंको मिनी ट्रकमा भीमफेदी गाउपालिका–९ गोलमोडमा आगजनी गरी क्षति गरिएको छ । यसैगरी हेटौँडा उपमहानगरपालिका–८ कमानेमा वडा कार्यालय अगाडि सडकमा राखिएको प्रेसरकुकुर बतथाहेटौँडानारायणगढसडकखण्डको हेटौँडा उपमहानगरपालिका–१८ को तिनताप्केमा सडकमा राखिएको प्रेसरकुकुर बमलाई नेपाली सेनाकोबमडिष्पोजटोलीलेनिष्क्रिय बनाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।बन्दका कारण जिल्लामा यातायात, कलकारखाना, शैक्षिक संस्था सञ्चालन हुन सकेको छैन ।
नदीमा डुबेर एक बालक बेपत्ता

नदीमा डुबेर एक बालक बेपत्ता

डोटी,वैशाख ५ ।  डोटी बडीकेदार गाउँपालिकाका एक बालक कर्णाली नदीमा डुबेर बेपत्ता भएका छन्। बडीकेदार गाउँपालिका वडा नं. ५ ओखलढुङ्गाका १३ वर्षीय बालक हर्कबहादुर थापामगर नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक लालबहादुर धामीले जानकारी दिएका छन्। बुधबार बेलुका मामा घरमा भेटघाटका लागी जानेक्रममा कर्णाली नदीमा बेपत्ता भएको मृतकका दाजु प्रकाश थापामगरले जानकारी दिएको प्रहरीले जनाएको छ। बेपत्ता बालकको खोजी कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। मेलघाडी आधारभुत बिद्यालयमा कक्षा ६ मा अध्ययरत बालक बिदाको समय भएकाले भेटघाटका लागी मामा घरमा गएको मृतकका दाजुले बताए।
शंकास्पद वस्तु निष्क्रिय पार्ने क्रममा घाइते भएका सेनाका अमलदारलाई काठमाडौं ल्याइँदै

शंकास्पद वस्तु निष्क्रिय पार्ने क्रममा घाइते भएका सेनाका अमलदारलाई काठमाडौं ल्याइँदै

पोखरा,बैशाख ५- पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै फेला परेको शंकास्पद वस्तु निस्क्रिय पार्ने क्रममा बिहीवार बिहान नेपाली सेनाका अमलदार घाइते भएका छन् । नेपाली सेनाका अमलदार धर्म थापालाई पोखरामा प्राथमिक उपचारपछि राजधानी लगिएको छ ।  
उच्च सतर्कता अपनाउन सके चट्याङबाट बच्न सकिने विज्ञको भनाइ

उच्च सतर्कता अपनाउन सके चट्याङबाट बच्न सकिने विज्ञको भनाइ

चितवन,बैशाख ५ ।  अहिलेको मौसम चट्याङका दृष्टिले निकै जोखिमपूर्ण भएको भन्दै उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरुले जनाएका छन् । चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम हुने गर्दछ ।स्याण्डबीच कार्यक्रमअन्तर्गत श्रीलङ्का र स्विडेनबाट चट्याङमा विद्यावारिधि गर्नुभएका डा. श्रीराम शर्माका अनुसार विसं २०६८ देखि २०७४ सम्म गरिएको अध्ययनमा नेपालमा हरेक वर्ष चट्याङकै कारण ११० ले ज्यान गुमाउँदै आएका छन् । सावधानी अपनाउन नसक्दा कतिपयले अकालमै ज्यान गुमाउने गरेको उहाँले बताउनुभयो । घर एवं भवनमा विद्युतीय सुचालकको प्रयोग गरेर आकाशदेखि जमिनसम्म सजिलो बाटो उपलब्ध गराउन सकेमा घर चट्याङको जोखिमबाट बच्ने उहाँले बताउनुभयो । नेपालमा पछिल्लो समय निर्माण गरिएका भवनमा त्यहाँका विद्युतीय सामानका अर्थिङ गर्ने गरिए पनि भवनको अर्थिङसमेत जोड्ने क्रम अझै प्रभावकारी ढङ्गले गरिएको पाइँदैन । घरका विद्युती
विप्लव कार्यकर्ताले जलाए दुई ओटा गाडी

विप्लव कार्यकर्ताले जलाए दुई ओटा गाडी

काठमाडौं, बैशाख ५ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले मकवानपुरको भीमफेदी र सिमभन्ज्याङमा दुई वटा गाडीमा आगजनी गरेका छन् । आफूद्वारा घोषित नेपाल बन्दमा गाडी चलाएको भन्दै उनीहरुले आगजनी गरेका हुन् । आगलागी गरिएको ना ४ ख ७९६० नम्बरको मिनी ट्रक हेटौंडाबाट तरकारी लोड गरेर पालुङतर्फ जाँदै गरेको थियो । सो गाडीलाई भीमफेदी गाउँपालिका– ९ गोलमोडमा आगजनी गरिएको थियो । यसैगरी थाहा नगरपालिका ४ सिमभन्ज्याङमा जलाइएको ना २ ख ९०९४ नम्बरको कुखुरा बोक्ने बोलेरो गाडी पालुङबाट हेटौँडातर्फ जाँदै गरेको थियो ।  
राजविराजको मुख्य बजारमा भीषण आगलागी, ७ पसल जलेर खरानी

राजविराजको मुख्य बजारमा भीषण आगलागी, ७ पसल जलेर खरानी

राजविराज,बैशाख ४  - राजविराजस्थित मुख्य बजार क्षेत्रमा बुधबार भीषण आगलागी भएको छ।राजविराज नगरपालिका ४ को मुख्य बजार क्षेत्रमा बिहान भएको भीषण आगलागीमा सातवटा पसल जलेर नष्ट भएका छन्। आगलागीबाट करिब ५० लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ। आगलागीबाट सहिद दशन चोकमा रहेको पशुपति रेडिमेड स्टोर, शौरभ शितल महल, श्री पशुपति होटल, अमृत बैष्णव होटल, विशाल मोबाइल सेन्टर, पशुपति कोल्ड स्टोर र चौधरी सिको टाइम पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ। आगलागीबाट भवनाथ देवले सञ्चालन गरेको रेडिमेड कपडा रहेको पशुपति स्टोर जलेर ध्वस्त हुँदा उनको मात्र १४ लाख रुपैयाँ भन्दा बढीका कपडा नष्ट भएको छ। स्टोरसँगै रहेको शौरभ शितल महलको मदिरा तथा अन्य पेय पदार्थ नष्ट हुँदा करिब साढे तीन लाख रुपैयाँ बराबर नोक्सानी भएको सञ्चालक विनोदकुमार साहले जानकारी दिए। आगलागीबाट पशुपति होटलको चा
ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

भक्तपुर , बैशाख ४ – भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा५ख ३८३९ नंको निशान ट्रकले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यु भएको छ । ट्रकको ठक्करबाट रामेछाप सुनपाती गाउँपालिका–३ घर भई हाल भक्तपुर नगरपालिका–९ च्यामासिंह बस्ने ३५ वर्षीय चन्द्रबहादुर मोक्तानको गएराति मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जानकारी दिएको छ । ट्रकले पैदलयात्रु मोक्तानलाई हिजो राति ७ बजे दिएको ठक्करबाट घाइते मोक्तानको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । प्रहरीले ठक्कर दिने ट्रक र चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई हाल भक्तपुर १० कमलविनायक बस्ने ३१ वर्षीय राजु नेपालीलाई महानगरीय प्रहरी वृत्त जगातीमा राखी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।  
एक सय गोही राप्तीमा छाडियो

एक सय गोही राप्तीमा छाडियो

चितवन, बैशाख ४ – चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ । यससँगै अहिलेसम्म राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७८५ पुगेको छ । गएको १६ वर्षदेखि सो प्रजनन केन्द्र हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार पटक–पटक गरी माघयता ती गोही कसरा नजिकैबाट राप्ती नदीमा छाडिएको हो । अन्दाजी पाँच वर्ष उमेरका गोही नदीमा छाडिएको उहाँले बताउनुभयो । प्रजनन केन्द्रमा हाल ४०० हाराहारीमा गोही रहेका छन् । खड्काका अनुसार यसै वर्षका बच्चादेखि ४० वर्ष उमेरसम्मका गोही प्रजनन केन्द्रमा रहेका छन् । यही प्रजनन केन्द्रमा हुर्काएर हालसम्म विभिन्न नदीमा एक हजार ४६५ गोहीलाई छाडिएको छ । निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० गोही छाडिसकिएको छ । नदी
उछिन्न खोज्दा ट्र्याक्टर दुर्घटना, महिलाको मृत्यु

उछिन्न खोज्दा ट्र्याक्टर दुर्घटना, महिलाको मृत्यु

पोखरा,बैशाख ४- ट्र्याक्टर दुर्घटनामा परेर मंगलवार बेलुकी पोखराको चाउथेमा एक महिलाको मृत्यु भएको छ ।पोखराको सोही ठाउँ बस्ने ५५ वर्षीया रमादेवी खड्का ग१त ३१५७ नंको ठक्करबाट गम्भीर घाइते भएपछि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सो ट्र्याक्टरले अर्को ट्र्याक्टरलाई उछिन्ने क्रममा अनियन्त्रित भएपछि दुर्घटना भएको बताइएको छ ।  
Open

Expert Education Dang

Close