मुख्य समाचार – Page 590 – दाङ खबर
Global Luja Dang

मुख्य समाचार

मुख्य समाचार

कहाँ गयो बालमैत्रीको मुद्धा ?

कहाँ गयो बालमैत्रीको मुद्धा ?

नवीन अभिलाषी दाङ, जेठ ३ । २०७३ फागुन २५ गते दाङका तत्कालिन धर्ना र सौडियार बालमैत्री गाविसको रुपमा घोषणा भए । यी दुई गाविस संगसंगै जिल्लाका सम्पुर्ण गाविस तथा नगरपालिकाहरुमा बालमैत्री स्थानिय शासन सम्बन्धी गतिविधिहरु सञ्चालनमा थिए । तर संघीय संरचनामा स्थानिय तहहरुको सिमांकन र नयाँ शासन व्यवस्था पछि अहिले बालमैत्री स्थानिय शासनको मुद्धा स्पष्ट नभएको जनप्रतिनिधिहरु बताउछन् । यसका बाबजुत पनि स्थानिय तहहरुले आफ्नो विवेक प्रयोग गर्दै बालबालिकाहरुको हितका लागि बालमैत्री गतिविधिहरु सञ्चालन गर्दै आएका छन् । स्थानिय स्वयत्त शासन ऐन २०५५ र कार्यविधि २०५६ ले बालबालिकाहरुको लागि कुल बजेटको १५ प्रतिशत बजेट विनियोजन गरेर बालमैत्री स्थानिय शासनका लागि खर्च गर्ने भनेको थियो । तत्कालिन संरचना अनुसार जिल्लामा बालमैत्री कार्यक्रमहरु अभियानको रुपमा सञ्चालनमा थिए । तर संघीय संरचना अनुसार स्थानिय तहहरु सञ्च
महासंघका लागि रु सातलाख

महासंघका लागि रु सातलाख

रोल्पा, जेठ ३ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा, रोल्पाको भवन निर्माण र पत्रकारिता कल्याणकारी कोष स्थापनाका लागि हालसम्म रु सातलाख भन्दा बढी रकम संकलन भइसकेको महासंघका अध्यक्ष मानसिंह विश्वकर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार मंगलबार मात्र रोल्पाको लिबाङमा आयोजना गरिएको रकम संकलन कार्यक्रमबाट रु ५४ हजार ११० संकलन भएकोे छ । महासंघका अध्यक्ष मानसिंह विश्वकर्मा, उपाध्यक्ष दारासिंह डाँगी र उपाध्यक्ष देवीकुमारी गुरुङलगायतको अभियान टोलीले मंगलबार सो रकम संकलन गरेको हो । अध्यक्ष विश्वकर्माका अनुसार यसरी हालसम्म रु सात लाख ३२ हजार १४४ जम्मा भइसकेको छ । महासघंको यो अभियानलाई सफल पार्न पहल गर्ने सम्पूर्ण मित्र तथा सहयोगदातालाई पत्रकार महासंघ, रोल्पाले धन्यवाद ज्ञापन गरेको छ । साथै, आगामी दिनमा पनि सहयोग रकम संकलन हुँदै जाने आशा गरिएको महासंघले जनाएको छ । यस्तै, रोल्पाको सुलिचौरमा
मजदुरमाथि गोली प्रहार

मजदुरमाथि गोली प्रहार

बुटवल, जेठ ३ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मा आज बेलुका एक व्यक्तिमाथि गोली प्रहार भएको छ । जिल्लाको दक्षिण क्षेत्र मर्चवार कोटहीमाई गाउँपालिका– १ घर भएका अन्दाजी ४१ वर्षीय रामकेश धवललाई तिलोत्तमा नगरपालिका– ५ मणिग्राममा अज्ञात समूहले गोली प्रहार गरेको हो । स्थानीय एक व्यक्तिको घरमा दिनभरि मजदुरी गरेर बेलुकी खाना बनाउन चुलोमा रोटी पकाउँदै गरेका बेला धवललाई आक्रमणकारीले पछाडिबाट आएर ढाडमा गोली हानेर फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरीले जानकारी दिएको छ । घाइतेलाई उपचारका लागि क्रिमसन मणिग्राममा प्राथमिक उपचारपश्चात् युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको छ ।

गाडीको ठक्करले शिक्षकको मृत्यु

बाँके, जेठ ३-  गाडीको ठक्करले बाँके जिल्लाको कोहलपुरमा एकजनाको मृत्यु भएको छ । कोहलपुर–१० रामनगरमा गएराति भे १ ज ६५५ नम्बरको गाडीले भे ६ प ७५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय ऋषिराम चापागाँईको मृत्यु भएको हो । गाडीको ठक्करबाट घाइते चापागाँईको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ । मृतक चापागाँई शिक्षक हुनुहुन्थ्यो ।
पञ्जावमाथि मुम्बई इन्डियन्सको ३ रनको रोमाञ्चक जित

पञ्जावमाथि मुम्बई इन्डियन्सको ३ रनको रोमाञ्चक जित

काठमाडौं, जेठ ३ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले रोमाञ्चक जित हात पारेको छ । गएराति भएको खेलमा मुम्बईले किङ्स इलावेन पञ्जावलाई ३ रनको झिनो अन्तरले पराजित गर्दै रोमाञ्जक जित हात पारेको हो । जितपछि मुम्बई १३ खेलबाट १२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । राजस्थान र पञ्जावको पनि समान १२/१२ अंक छ । जसले गर्दा प्लेअफ समीकरण रोमाञ्चक बनेको छ । हैदरावाद र चेन्नई यसअघि प्लेअफमा पुगिसकेका छन् । अन्तिम चरणको खेलअघि बाँकी २ स्थानका लागि पाँच टिमको भिडन्त छ । मुम्बईले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको पञ्जावले ५ विकेट गुमाएर १ सय ८३ रन मात्र जोड्न सक्यो ।
सांसद विकास कोषको अवधारणा दोहोर्याउन प्रदेश ५ का सांसदको माग

सांसद विकास कोषको अवधारणा दोहोर्याउन प्रदेश ५ का सांसदको माग

रुपन्देही, जेठ ३ । प्रदेश नं ५ का प्रदेशसभा सदस्यले निर्वाचन क्षेत्र विकास कार्यक्रम र सासंद विकास कोषको अवधारणा दोहो¥याउन माग गरेका छन् । प्रदेश नं ५ को विनियोजन विधेयक, २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरू (कर प्रस्ताव बाहेक) का सम्वन्धमा आज भएको छलफलमा उनीहरूले अल्पसंख्यक, पिछडिएको समुदायको उत्थानका लागि पनि निर्वाचन क्षेत्र विकास कार्यक्रम र संसद विकास कोष आवश्यक भएको जिकिर गरे । प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले विगतमा प्रयोगमा आएका सासंद विकास कोष र निर्वाचन क्षेत्र विकास कार्यक्रमको मोडालिटी संघीयतामा कति जायज छ भन्ने विषयमा राष्ट्रिय वहस भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एकात्मक राज्य प्रणालीमा फिट भएको मोडेलको बहसको टुंगो नलगाई ५ नं प्रदेशले निर्णय गर्न मिल्दैन ।” मुख्यमन्त्री पोखरेलले नीति तथा कार्यक्रम र ब
खाना पकाउँदै गरेका मजदुरमाथि गोली प्रहार

खाना पकाउँदै गरेका मजदुरमाथि गोली प्रहार

बुटवल, जेठ ३- रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मा  हिजाे बेलुका एक व्यक्तिमाथि गोली प्रहार भएको छ । जिल्लाको दक्षिण क्षेत्र मर्चवार कोटहीमाई गाउँपालिका– १ घर भएका अन्दाजी ४१ वर्षीय रामकेश धवललाई तिलोत्तमा नगरपालिका– ५ मणिग्राममा अज्ञात समूहले गोली प्रहार गरेको हो । स्थानीय एक व्यक्तिको घरमा दिनभरि मजदुरी गरेर बेलुकी खाना बनाउन चुलोमा रोटी पकाउँदै गरेका बेला धवललाई आक्रमणकारीले पछाडिबाट आएर ढाडमा गोली हानेर फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि क्रिमसन मणिग्राममा प्राथमिक उपचारपश्चात् युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो । घाइतेको अवस्था गम्भीर रहेको छ ।
आज ऐतिहासिक कम्युनिस्ट एकता हुँदै

आज ऐतिहासिक कम्युनिस्ट एकता हुँदै

काठमाडौं,  जेठ ३। प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच बुधबार बिहान दुई घन्टाको छलफलपछि एकताको अन्तिम टुंगो लागेको थियो । सबै विषय टुंगिएपछि ओली र प्रचण्डले एकताको प्राविधिक काममा सक्रिय विष्णु पौडेल र जनार्दन शर्मालाई दायाँ–बायाँ राखेर फोटो खिचाए । ओलीको रुचिमा एकताको सन्देशसहित पत्रकारहरूलाई बोलाएर फोटो सेसन गराइएको थियो । दुई ठूला वाम दल एमाले र माओवादी आज (बिहीबार) एकीकरण हुँदै छन् । मदन–आश्रित स्मृति दिवसका अवसर पारेर दुवै पार्टीले आ–आफ्ना पुराना संरचना विघटन गरी नेपाल कम्युनिस्ट पार्टी गठन गर्न लागेका हुन् । आन्तरिक छलफल र पार्टी एकता संयोजन समिति बैठकबाट सबै प्रक्रिया पूरा गरी बिहीबारै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने तयारी छ । बुधबार बिहान एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड दुई घन्टा लामो छलफलपछि पार्टी एकताको निष्कर्षमा पुगेका हुन् । साँझ
शैक्षिक सुधारका लागि १५ बुँदे प्रतिवद्धता

शैक्षिक सुधारका लागि १५ बुँदे प्रतिवद्धता

धरेन्द्र डाँगी रोल्पा, जेठ २ । आफ्नो गाउँपालिकामा विद्यमान शैक्षिक समस्याहरुलाई न्यूनीकरण गर्न रोल्पाको त्रिवेणी गाउपालिकाकाका शिक्षाका सरोकारवालाहरुले अभियान थालेका छन् । गाउँपालिकाका सम्पूर्ण विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरुले शैक्षिक सुधारका लागि १५ बुँदे प्रतिवद्धता स्वरुप कार्ययोजना बनाएका छन् । विद्यालयहरुमा सिकाइ कमजोर भएका बालबालिकाहरुलाई उपचारात्मक शिक्षण तथा सिकाइको व्यवस्था गर्ने, विद्यालयमा नियमितता सुनिश्चित गर्न सहभागितामूलक हाजिरी परीक्षण गर्ने, फ्लोअप कार्ड, घरदैलो कार्यक्रम, पुरस्कार सम्मान लगायत अवलम्बन गर्ने, विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउने प्रधानाध्यापक र विद्यालय वयवस्थापन समितिका अध्यक्षहरुको योजना रहेका छन् । गाउँपालिकाका प्रमुख, शिक्षा स्रोत व्यक्तिहरुको समेत सहभागिता रहेको विद्यालय सुधार योजना निर्माण कार्यश
जनप्रतिनिधिले अनियमितता गरेको आरोप

जनप्रतिनिधिले अनियमितता गरेको आरोप

प्यूठान, जेठ २ । स्वर्गद्धारी नगरपालिकाको विभिन्न विकास निर्माणका योजनामा अनियमितता भएको नेपाली कांग्रेस स्वर्गद्धारी नगर समितिले आरोप लगाएको छ । चालु आर्थिक वर्षमा सञ्चालन भएका योजनाहरुमा जनप्रतिनिधिकै संलग्नतामा अनियमितता र विभेद गर्ने गरेको कांग्रेसले आरोप लगाएको हो । उपभोक्ता समिति एकलौटी रुपमा गठन गरेको, उपभोक्ताको काम ठेकेदारले गर्ने गरेको, बजेट दुरुपयोग गरिएको, जनप्रतिनिधिकै मेसिन प्रयोग गरेको, राजनीतिकि आस्थाका आधारमा सिफारिस नदिएको लगायत काम गरेको नगर सभापति तिलककुमार विकले बताउनुभयो । समितिले पत्रकार भेटघाट कार्यत्रम गरि विभिन्न ११ बुँदे विषयवस्तु सार्वजनिक गरेको हो । कुखुरापालन नगरेकालाई कुखुरापालन तालिम दिइएको छ, क्षेत्रिय सभापति टेकप्रसाद भण्डारीले भन्नुभयो, व्यावसायिक रुपमा कुखुरा, बाख्रा पालेकाले तालिम पाएका छैनन् । जनप्रतिनिधिका आफन्तलाई भत्ता खुवाउने उदेश्यले तालिम दिने
Open

Expert Education Dang

Close