Global Luja Dang

मुख्य समाचार

मुख्य समाचार

आग्लोले कुटेर आमाको हत्या

आग्लोले कुटेर आमाको हत्या

लहान, बैशाख ३१- सिरहाको भगवानपुर गाउँपालिकामा आफ्नै छोराले कुटपिट गरी आमाको हत्या गरेका छन्। सिरहाको भगवानपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय धिरजकुमार पौडेलले मादकपदार्थ सेवन गरी ढोकाको आग्लोले कुटपिट गरी ७६ वर्षीया आमा कौशिलादेवीको हत्या गरेका हुन्। आमाको हत्या गर्ने पौडलेलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएकोे इप्रका लहानका प्रहरी नायब उपरीक्षक गणेश चन्द्रले जानकारी दिए।
प्रदेश ५ को बजेट अधिवेशन सुरु

प्रदेश ५ को बजेट अधिवेशन सुरु

रुपन्देही, बैशाख ३१ । प्रदेश नं ५ को बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा प्रदेशसभाको दोस्रो अर्थात् बजेट अधिवेशनको पहिलो बैठकको सुरुवात गर्दै प्रदेश सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्री शंकर पोख्रेललाई आर्थिक वर्ष २०७५/०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिनुभयो । मुख्यमन्त्री पोख्रेलले प्राथमिकताका आधारमा प्रदेश सरकारले बजेट विनियोजन गर्ने जानकारी दिँदै पूर्ण बजेट कार्यान्वयन सरकारको पहिलो प्राथमिकता हो भन्नुभयो । उहाँले भौतिक पूर्वाधारको विकास तथा कृषि, पर्यटन र उद्योग क्षेत्रको उत्थानका लागि समुचित बजेट बिनियोजन गरिनेमा जोड दिँदै शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारका लागि प्रदेश सरकारले प्राथमिकता भएको बताउनुभयो । मुख्यमन्त्री पोख्रेलले समावेशीताको सिद्धान्तअनुसार
अबैध ढुंगा उत्खननको छानविन गर्न समिति गठन

अबैध ढुंगा उत्खननको छानविन गर्न समिति गठन

दाङ, बैशाख ३१ । जिल्ला समन्वय समिति दाङले बबई गाउँपालिका वडा न ७ को कालितारा र ओदालेमा भएको अवैध ढुंगा उत्खननको लागि छानविन गर्नको लागि समिति गठन गरेको छ । जिल्ला समन्वय समिति दाङको सोमवार बसेको बैठकले छानविनको लागि उपप्रमुख श्रीधर शर्मा पौडेलको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा जिल्ला समन्वय समितिका सदस्य जक्तबहादुर बस्नेत, सुभद्रा भण्डारी र इञ्जिनियर बासुदेव भण्डारी छन् । समितिले एक साताभित्र आफनो प्रतिवेदन बुझाउने त्यसको आधारमा थप कारवाही प्रक्रिया थाल्ने जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले वताए । बैकठले जिल्ला समन्वय समितिले ठेक्का लगाएका स्थानदेखि अन्यत्र ठाउँबाट अवैध रुपमा नदिजन्य पदार्थ (ढुँ्गा, गिट्टी र बालुवा) उत्खनन गरि जिल्ला समन्वय समितिको रसिदबाट बैधानिकता दिई राजश्व असुल गरिएकोमा उक्त अवैधानिक कार्यलाई पुर्ण रुपमा बन्द गर्न सम्बन्धित
रुकुममा एकजना विद्यार्थी भर्ना हुन नआउदा, विद्यालय बन्द

रुकुममा एकजना विद्यार्थी भर्ना हुन नआउदा, विद्यालय बन्द

दाङ, वैशाख ३१ । नयाँ शैक्षिकसत्रमा विद्यार्थी भर्ना हुन नआएपछि पश्चिम रुकुमको सदरमुकाम मुसीकोट नगरपालिकाको एउटा विद्यालय बन्द भएको छ । नगरपालिका वडा नं ४ कोटचौताराको भगवती आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द भएको हो । शैक्षिकसत्र सुरु भएको एक सातासम्म विद्यालय खुला गरिएको थियो । तर एकजना विद्यार्थी पनि भर्ना हुन आएनन् । यो गाउँका विद्यार्थी नजिकैको विद्यालयमा भर्ना हुन जाने र यहाँ भर्ना हुन नआएपछि यहाँको विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ । यहाँका विद्यार्थी मुसीकोट नगरपालिका वडा नं ५, सेरीगाउँमा रहेको यमुना नन्द माध्यमिक विद्यालयमा भर्ना हुने गरेका छन् । यहाँबाट सेरीगाउँ आउन आधा घण्टाभन्दा कम समय लाग्ने गरेको छ । यहाँको पढाइ गुणस्तरीय नहुँदा विगत वर्षहरुमा पनि विद्यार्थी कम हुने गरेको स्थानीयवासीको भनाइ छ । यो विद्यालयको समायोजन हुने हल्लाले यहाँका विद्यार्थी छिमेकी विद
तुलसीपुरमा शिक्षा सुधार्न मेयरले थाले अभियान

तुलसीपुरमा शिक्षा सुधार्न मेयरले थाले अभियान

तुलसीपुर, वैशाख ३१ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सामुदायिक विद्यालयको शिक्षा सुधार्नका लागि विशेष अभियान आरम्भ गरेका छन् । उनले विभिन्न वडामा गएर जनप्रतिनिधि, सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गरेर शिक्षा सुधारको पहल गरेका हुन् । वडा नम्वर १ मा रहेका ६ वटा सामुदायिक विद्यालयको अवस्थामा वारेमा जानकारी लिदै नगरप्रमुख पाण्डेले पहाडि भेगमा जनसंख्या निकै कम हुने भएकाले व्यवस्थापनमा जटिलता भएको वताउँदै वडा स्तरमा वडाध्यक्षमा संयोजकत्वमा वडा स्तरिय शिक्षा समिति वनाउनका लागि आग्रह समेत गरे । उनले वडा नम्वर १ मा विद्यालय जाने उमेरका वालवालिकाहरु विद्यालय अनिवार्य रुपमा गएको हुनुपर्ने वताए । ‘वडा नम्वर १ लाई तपाईहरुले सबै वालवालिका विद्यालय गएको वडामा रुपमा घोषणा गर्नुहोस् ’ उनले भने । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १
दाङमा हावाहुरीले मरे ८०० कुखुरा

दाङमा हावाहुरीले मरे ८०० कुखुरा

दाङ, बैशाख ३१ । आइतबर राति आएको हावाहुरीले तुलसीपुर–१२ हरीपौरीमा ८०० कुखुरा मरेका छन् । हावाहुरीले सम्झना लेस फर्मको कुखुराको खोर भत्किँदा कुखुराका मरेको हुन् । उक्त फर्ममा रहेका एक हजार कुखुरामध्ये २०० वटा कुखुरा मात्र जीवित रहेको स्थानीय शिक्षक कालिचरण चौधरीले जानकारी दियका छन्। कुखुरा मर्दा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ।  
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा, वैशाख ३१ । सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अरुद्ध बनेको छ । अविरल वर्षासँगै खसेको पहिरोले आज बिहान २ बजेदेखि सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हुँदै जाने सवारी साधन बीचबाटोमै रोकिँदा यात्रु अलपत्र बनेका छन् । आइतबार रातिदेखि परेको अविरल वर्षासँगै तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रविन आचार्यले जानकारी दिनुभयो । पहिरोसँगै ठूला ठूला चट्टान सडकको बीचभागमा खसेका कारण सडक अवरुद्ध बनेको उहाँले बताउनुभयो । बिहानैदेखि सडक खुलाउने प्रयास गरिए पनि अहिलेसम्म सडक सञ्चालन हुन सकेको छैन ।
प्रदेश ५ संसदको दोस्रो अधिवेशन आजदेखि

प्रदेश ५ संसदको दोस्रो अधिवेशन आजदेखि

बुटवल, वैशाख ३१ । प्रदेश ५ संसद्को दोस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ । पहिलो अधिवेशन अन्त्य भएको ५ दिनपछि दोस्रो अधिवेशन शुरु हुन लागेको हो । प्रदेश ५ को प्रदेशसभा सचिवालयले सोमबार अपराह्न १ बजे दोस्रो अधिवेशनको पहिलो बैठक डाकिएको जानकारी दिएको छ । दोस्रो अधिवेशनको पहिलो वैठकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधासम्बन्धी विधेयक पेश हुने कार्यसूची छ । विधायन समितिले सुविधासम्बन्धी विधेयकको प्रतिवेदन बुझाएपछि निर्णयार्थ पेश हुन लागेको हो । यस्तै आर्थिक वर्ष २०७५ र ७६ का लागि तयार गर्न विनियोजन विधेयक २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिका प्रस्तावहरु आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले पेश गर्नेछन् । समय निर्धारण गरी विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफल शुरु हुने कार्यसूची रहेकोे प्रद
विप्लव माओवादीका नेता पाँच थान बमसहित पक्राउ

विप्लव माओवादीका नेता पाँच थान बमसहित पक्राउ

हेटौंडा, वैशाख ३१ । विप्लव माओवादीका एक मजदुर नेतालाई बमसहित पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा दुर्गानाथ तिमल्सिना छन् र उनको साथबाट पाँच थान बम बरामद भएको छ । तिमल्सिना विप्लव माओवादी निकट मजदुर संगठनका केन्द्रीय सदस्य हुन् । तिमल्सिनाले आफू मकवानपुर, बारा, पर्सा र रौतहटको जिम्मेवारी रहेको बताएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक शैलेन्द्र श्रेष्ठले जानकारी दिए । सोमबारको बन्दको क्रममा बम बोकेर हिँडेको भन्ने सूचनाका आधारमा प्रहरीले तिमल्सिनाको खोजी सुरु गरेको थियो । इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले उनलाई हेटौंडा ८ कमानेस्थित चौवन्नधरेबाट पाँच थान बमसहित पक्राउ गरेको जनाएको छ । उनको साथमा प्रेसर कुकर बम रहेको सूचना प्रहरीलाई थियो । तर उनको साथबाट पेट्रोल बम बरामद भएको बताइएको छ ।
पहिरोले बुटवलमा दोभान सडकखण्ड अवरुद्ध

पहिरोले बुटवलमा दोभान सडकखण्ड अवरुद्ध

बुटवल, वैशाख ३१ । पहिरो खसेकाले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलदोभान सडक खण्ड अवरुद्ध भएको छ । सकड अवरुद्ध हुँदा यातायात आवागमन रोकिएपछि यात्रुहरु मर्कामा परेका छन् । तिनाउ गाउँपालिका वडा नम्बर ३ हेडबक्स भन्ने ठाउँमासडकमा पहिरो खसेपछि सोमबार बिहान २ बजेदेखि यातायात सेवा अवरुद्ध भएको हो । बिहान ७ बजेदेखि डोजरको सहायताले पहिरो पन्छाउने काम जारी छ । बाटो खुलाउन अझै २ घण्टा लाग्ने देखिएपछि बुटवलबाट अर्को डोजर ल्याउन लागेको दोभान प्रहरी चौकीका प्रहरी जवान भोजबहादुर गुरुङले अनलाइनखबरलाई जानकारी दिए । गुरुङका अनुसार बिहान १० बजेसम्म बाटो खुल्ने अनुमान छ ।
Open

Expert Education Dang

Close