Global Luja Dang

मुख्य समाचार

मुख्य समाचार

दुई परिवारका नौ जनाको हत्या

दुई परिवारका नौ जनाको हत्या

फिदिम, जेठ ७ । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको गुरुङले जानकारी दिनुभयो । वडाध्यक्ष हस्तराज फियाकले घटनाको पुष्टि गर्नुभयो । हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो । १२ वर्षीया
पाँच स्थानमा सुरुङमार्गको सम्भावना

पाँच स्थानमा सुरुङमार्गको सम्भावना

काठमाडौँ, जेठ ७ । देशको विभिन्न पाँचवटा सडकखण्डमा सुरुङमार्ग निर्माण सम्भव देखिएको एक अध्ययनले देखाएको छ । इटेको–होमल्यान्ड–नर्थ स्टार (जेभी) परामर्शदाता कम्पनीद्वारा गरिएको पूर्वसम्भाव्यता अध्ययन (प्रि–फिजिबिलिटी स्टडी) ले पूर्वी नवलपरासी र पश्चिमी नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको दाउन्नेमा, सिन्धुली जिल्लामा पर्ने बीपी राजमार्ग अन्तर्गतको खुर्कोटमा, दोलखा जिल्लाको लामाबगरमा, मध्यपहाडी राजमार्ग अन्तर्गतको पोखरा–बाग्लुङ खण्डको हेम्जामा र मकवानपुरको भीमफेदी–कुलेखानी खण्डमा सुरुङमार्ग निर्माण सम्भव रहेको देखाएको छ । सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख शिवप्रसाद नेपालले परामर्शदाता कम्पनीले बुझाएको अध्ययनको प्रारम्भिक प्रतिवेदनका अनुसार ती ठाउँहरूमा सुरुङमार्ग निर्माण सम्भव रहेको देखाएको जानकारी दिनुभयो । सुरुङमार्ग निर्माणले प्रस्तावित उक्त
कांग्रेसले गठन गर्याे छाया सरकार

कांग्रेसले गठन गर्याे छाया सरकार

काठमाडाैँ जेठ ७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो समयदेखि गठन गर्ने भनेको छाया सरकार बल्ल आज घोषणा गरेको छ । चुनावमा पराजयभएसँगै उसले सरकारको समानान्तर छाया सरकार बनाउने भनेर भन्दै आएको थियो । तर पार्टीभित्रको आन्तरिक कलहका कारण छाया सरकार गठनको काम हुन सकेको थिएन । कांग्रेसले आफ्नो संसदीय दलको विधान संशोधन गर्दै सरकारको कामलाई निगरानी गर्ने गरी छाया सरकार बनाउने व्यवस्था राखेको थियो । पार्टी सभापतिसमेत रहनुभएका संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छाया सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति बनाउनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार मनलाग्दी चलेकाले त्यसलाई सच्चाउन कांग्रेसले ढिलै भए पनि छाया सरकारलाई पूर्णता दिएको कांग्रेस नेता एवं छाया सरकारका शिक्षा मन्त्री गगन थापाले बताउनुभयो । अब सरकारका हरे
‘बन्दुकको त्रास नदेखाउन विप्लवलाई माधव नेपालको चेतावनी’

‘बन्दुकको त्रास नदेखाउन विप्लवलाई माधव नेपालको चेतावनी’

दाङ, जेठ ६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले बन्दुकको त्रास नदेखाउन नेत्रविक्रम चन्द विप्लवलाई चेतावनी दिएका छन् । दाङको घोराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता नेपालले यस्तो चेतावनी दिएका हुन् । फरक प्रसंगमा वरिष्ठ नेता नेपालले विप्लवलाई वार्ता र संवादमार्फत् उत्पन्न समस्या समाधान गर्न आग्रह गरे। उनले बन्दुकको भरमा त्रास पैदा गरेर चन्दा उठाउने र शासन गर्ने सपना नदेख्न आग्रह गरे। उनले चन्दा उठाउने र त्रास पैदा गर्ने अधिकार कसैलाई नभएको बताउँदै राज्यलाई कमजोर नठान्न चेतावनी दिए।
नर्स र शिक्षकको माग पूरा गर्न सांसदको माग

नर्स र शिक्षकको माग पूरा गर्न सांसदको माग

काठमाडौँ, जेठ ६ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभामुख कृष्णबहादुर महराले सभाको आजको बैठक शुरु गर्नेबित्तिकै राष्ट्रिय जनता पार्टी (राजपा) सांसदहरुले उठेर विरोध जनाएपछि सांसद चन्दा चौधरीलाई बोल्न दिइएको थियो । सांसद चौधरीले तराई–मधेश आन्दोलनमा विभिन्न व्यक्तिमाथि लगाइएको झुठा मुद्दा खारेज र संविधान संशोधन गर्नुपर्ने राजपाको माग सम्बोधन हुनुपर्ने बताउँदै पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठन भएको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो । यथाशीघ्र सार्वजनिक नगरिए फेरि राजपा आन्दोलनमा उत्रन बाध्य हुने उहाँले बताउनुभयो । सभाको शून्य समयमा सांसद अतहरकमाल मुसलमानले नर्स आन्दोलनमा उत्रँदा धेरै स्वास्थ्य संस्थामा समस्या आएकाले त्यसको समाधान गर्नुपर्ने माग गर्नुभयो । सांसद अनिलकुमार झाले अस्था
पछाडि बस्नेले हेल्मेट लाउँदा १२ अर्बको व्यापार बढ्ने

पछाडि बस्नेले हेल्मेट लाउँदा १२ अर्बको व्यापार बढ्ने

काठमाडौं जेठ ६ ।मोटरसाइकल चालकको पछाडि बस्ने यात्रुका लागि हेलमेट प्रयोग अनिवार्य गर्ने कानुन बन्न लागेको ट्राफिक प्रहरी प्रमुख वसन्तराज पन्तले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिए । पन्तका अनुसार यातायात व्यवस्था ऐनमा संशोधन गरेर मोटरसाइकलको पछाडि बस्ने यात्रुका लागि हेलमेट अनिवार्य गर्न लागिएको हो । यात्रुले प्रयोग गर्ने हेलमेट आईएसओ प्रमाणित हुनुपर्ने गरी महाशाखाले ऐनमा सुझाव पठाएको छ । ऐन संशोधनका लागि प्रयास भइरहे पनि ऐन बनिसकेको छैन । तर, ट्राफिक प्रहरीले प्रस्ताव गरेको अनिवार्य हेल्मेटसम्बन्धी व्यवस्था कत्तिको व्यवहारिक छ भन्ने बहसले यतिबेला सामाजिक सञ्जाल तताएको छ । देशभर कति छन् दुईपांग्रे सवारी ? यातायात व्यावस्था विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४। ०७५ सम्म २५ लाख ३० हजार ७२२ वटा दुई पांग्रे सवारी साधन दर्ता भएका छन् । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा कति म
जिप दुर्घटनामा दाजुभाइसहित तीनको मृत्यु

जिप दुर्घटनामा दाजुभाइसहित तीनको मृत्यु

बैतडी ,जेठ ६  ।  बैतडीमा आइतबार भएको जिप दुर्घटनामा सहोदर दाजुभाइसहित तीनजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन्। दशरथ चन्द नगरपालिका–१० बाराकोटबाट नागार्जुनतर्फ गइरहेको ग१ज ४९२१ नम्बरको जिप नानीगाडमा दुर्घटना भएको हो । जिप सडकबाट डेढ सय मिटर तल खसेको थियो । मृत्यु हुनेमा दशरथ चन्द नगरपालिका–१० बाराकोटका ६० वर्षीय हीरावल्लभ भट्ट, उनका सहोदर भाइ ५३ वर्षीय लालमणि भट्ट र सोही ठाउँका अन्दाजी ५० वर्षीय नारुली भट्ट छन् । उनीहरु देवताल मन्दिर दर्शन गर्न जाँदै थिए । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीका अनुसार दुर्घटनामा घाइते भएकामध्ये दशरथ चन्द नगरपालिका–१० का प्रकाश भट्टको अवस्था गम्भीर छ । बाराकोटकै जिप चालक नवीन भट्ट र कञ्चनपुरका राहुल भट्ट पनि घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । मृतक लालमणि दानेश्वर माविका शिक्षक हुन्
आमा र दिदी पर्खिरहेकी छिन् स्वस्तिका

आमा र दिदी पर्खिरहेकी छिन् स्वस्तिका

धादिङ,जेठ ६  ।  गजुरी गाउँपालिका-५ गलौंदीकी ४ वर्षीया स्वस्तिका पन्त आमा र दिदीसँगै काठमाडौं जान बिहान ६ बजे गाडी चढिन्। १५ मिनेट बित्न नपाउँदै उनीहरू चढेको बस वडा नम्बर ६ को बन्छेटारमा पुगेर दुर्घटना भयो। दुर्घटनामा नौ जनाको मृत्यु भएको छ। आमा अनिता पन्त (परियार) र दिदी अस्मिता परियार गम्भीर घाइते भए पनि उछिट्टिएकी स्वस्तिका भाग्यबश सकुशल बाँचिन्। ३ ठाउँमा ठोक्किँदै बस त्रिशूलीमा खसे पनि स्वस्तिका भने भीरको बीचमा अड्किइन्। उद्धारकर्ताले बस खसेको भीरबाट स्वस्तिकालाई सडकमा ल्याएका थिए। उनको शरीरमा कुनै पनि चोट नदेखिए पनि कसैसँग बोल्न सकेकी थिइनन्। अस्पतालमा सोधीखोजी गर्न जाने जोसुकैलाई एकोहोरो हेरिरहने उनले केही भन्न नसके पनि उनको आँखाको भावले नै आमा र दिदीलाई खोजिरहेको थाहा पाइन्छ। अस्पतालमा सामान्य परीक्षणपछि उनीहरू बस्ने घरबेटीले स्वस्तिकालाई अस्पतालबाट जिम्मा लिएर गएका छन्। गजुरी
आजबाट अप्टिकल फाइबर बिछ्याइँदै

आजबाट अप्टिकल फाइबर बिछ्याइँदै

काठमाडौँ, जेठ ६ । देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ । सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ । सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पर्न महत्वपूर्ण मानिएको यसको औपचारिक सुरुवात धादिङको गल्छी गाउँपालिकास्थित मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो १ः०० बजे गर्दै हुनुहुन्छ । त्यस्तै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि सोमबार नै फाइबर बिछ्याउने कामको औपचारिक सुरुवात हुनेछ । टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३७६ किलोमिटर फाइबर बिछ्याउनेछ। यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म टेलिकमले
जंगली च्याउ खाँदा तीनको मृत्यु

जंगली च्याउ खाँदा तीनको मृत्यु

लमजुङ, जेठ ६  । जंगली च्याउको सेवनबाट लमजुङमा मृत्यु हुनेको संख्या ३ पुगेको छ । एकसाता अघिको च्याउ सेवनले गम्भीर बिरामी क्व्हालोसोंथर गाउँपालिका ९ गिलुङका ५० वर्षीय सुलबहादुर क्षेत्रीको आइतबार बिहान ४ बजेतिर पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि बिहीबार उहाँको छोरा १२ वर्षीय मन्तोष क्षेत्री र छिमेकीका छोरा १० वर्षीय साजन क्षेत्रीको मृत्यु भइसकेको छ । सुलबहादुरका श्रीमती सरिताको काठमाडौंस्थित ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । वैशाख २७ गते शुक्रबार जंगली च्याउ सेवनपछि बिरामी भएका उनीहरुलाई उपचारको लागि पोखरास्थित गण्डकी मेडिकल कलेज लगिएको थियो । उक्त अस्पतालमा उपचार हुन नसकी काठमाडौंस्थित नेशनल अस्पताल लगिएको थियो । उपचार सम्भव नभएपछि फर्काइएका सुलबहादुर बिहीबारदेखि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयुमा राखिएको थियो
Open

Expert Education Dang

Close