Florence Hospital Dang
Majestic Hotel Dang

मुख्य समाचार

मुख्य समाचार

स्थानीय स्रोतबाट नमुना स्वास्थ्य

स्थानीय स्रोतबाट नमुना स्वास्थ्य

दाङ, माघ १० । भुगोलको हिसाबले दाङको सबैभन्दा ठूलो र बिकट गाउँपालिका राजपुर गाउँपालिकाले आफ्नै स्रोतमा नमुना स्वास्थ्य सेवा कार्यक्रमको सुरुवात गरेको छ । स्वास्थ्य चौकी स्तरमा चिकित्सक पुर्याउन सुरु गरेको गाउँपालिकाले आफ्नै स्रोतमा हाल दुईवटा चिकित्सक राखेर स्वास्थ्य सेवा उपलव्ध गराउँदै आएको छ । सामान्य स्वास्थ्य सेवा लिन पनि गाउँपालिका क्षेत्र भन्दा वाहिर जानुपर्ने स्थानीय नागरिकको मर्कालाई वुझेर स्वास्थ्य चौकिबाट चिकित्सक सहितको स्वास्थ्य सेवा उपलव्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष लोकराज केसीले जानकारी दिनुभयो । अहिले गाउँपालिकामा दुईवटा एम.बि.बि.एस. डाक्टर दुइजना कार्यरत छन् । कर्मठ स्वास्थ्य कार्यक्रम गाउँपालिकाको सहकार्यमा अहिले गाउँपालिका क्षेत्रमा अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रम संचालन थालिएको छ । गाउँपालिकामा १० जना स्वास्थ्य कार्यकर्ता नियुत्त गरि गाउँपालिका प्रत्येक गाउँम
प्रदेशस्तरिय पाेल्टी महाेत्सव सुरु

प्रदेशस्तरिय पाेल्टी महाेत्सव सुरु

दाङ, माघ १०। नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले मुलुकको समृद्धिका लागि कृषि क्षेत्रको विकास अपरिहार्य भएको बताउनुभएको छ । दाङको घोराहीमा बिहीबारबाट सुरु भएको प्रदेशस्तरिय पोल्टी महोत्सवको उद्घाटन गर्दै मन्त्री खनालले भन्नुभयो, ‘नेपाल कृषिप्रधान देश भएकाले कृषिको विकासबाट मात्रै समृद्ध मुलुक बनाउन सम्भव छ । यही दिशामा सरकार अगाडि बढिरहेको छ ।’ कृषिको विकासबाटै मुलुकको मुहार फेर्ने संकल्प सरकारले लिएको भन्दै कृषि मन्त्री खनालले सम्भावनाका आधारमा पकट क्षेत्र बनाएर कृषिको विकास गर्दै जाने बताउनुभयो । ‘सरकारले कृषिको विकासका लागि विभिन्न योजना अगाडि सारेको छ । सम्भावनाका आधारमा विभिन्न बालीनालीको पकट क्षेत्र बनाउँदै जाने योजनामा हामी लागिपरेका छौं’, मन्त्री खनालले भन्नुभयो, ‘कृषिलाई निर्वाहमुखी भन्दा पनि जीवनमुखी बनाउने दिशामा सरकार अगाडि बढिरहेको छ ।’ अबको १०
केसीको अनसन १६ औँ दिनमा, स्वाथ्य अवस्था जटील, सरकारले वार्ताको चासो नै देखाएन

केसीको अनसन १६ औँ दिनमा, स्वाथ्य अवस्था जटील, सरकारले वार्ताको चासो नै देखाएन

काठमाण्डौ ,माघ १० । डा. गोविन्द केसी अनसन बसेको १६ दिन पुगेको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा आफू र सरकारबीच भएको सम्झौताबमोजिमको व्यवस्था हुनुपर्ने केसीको माग छ ।तर सरकारले केसीको अनसनलाई महत्व दिएको छैन । विधेयक संसदबाट जसरी पनि पारित गराउने सरकारको तयारी छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने केसीसँग भएको सम्झौता अक्षरस पालना हुनुपर्ने भन्दै केसीको समर्थन गरिरहेको छ । केसीको अनसन अवस्थामा नै उपचारसमेत भइरहेको छ । उनको स्वास्थ्य अवस्था कमजोर भएको छ । बुधबार साँझ केसीको उपचारमा संलग्न चिकित्सकहरुले दिएको रिपोर्टअनुसार इमरजेन्सीमा राखेर उपचार गराउनुपर्ने अवस्था रहेको वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए । चिकित्सकले दिएको स्वास्थ्य रिपोर्ट हेरेपछि नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भण्डारीले जनरल वार्डमा उपचार भइरहेका केसीको अवस्थ
साहित्यकार-समालोचक मोहनराज शर्मा रहेनन्

साहित्यकार-समालोचक मोहनराज शर्मा रहेनन्

काठमाडाैं,माघ १०। साहित्यकार तथा समालोचक प्राध्यापक मोहनराज शर्माको बुधबार राति निधन भएको छ । नेशनल हस्पिटल कलंकीमा उपचारको क्रममा ८१ वर्षको उमेरमा निधन भएको हो । उनी मदन पुरस्कार विजेतासमेत हुन् ।समालोचक शर्माले त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरेका थिए । उनीकथा र उपन्यास राम्रो समालोचक मानिन्छन् । उनका तीन छोराको पहिल्यै मृत्य भएको थियो । जवान तीन छोराहरुको वियोगका कारण उनी विक्षिप्त थिए । बनारसमा अध्ययन सकेर झापा हुँदै नेपाल प्रवेश गरेका शर्माका ‘कोर्रा’ कथा संग्रह, ‘जेमन्त’ र ‘यमा’ नाटक संग्रहलगायत प्रकाशित छन् । उनले समलिंगी जोडीमा लेखेको उपन्यास ‘सजिलो’ निकै चर्चामा आएको थियो ।अष्ट्रेलियाबाट कान्छो छोरा फर्किएपछि दाहसंस्कार गर्ने पारिवारिक स्रोतले बतायो ।  
‘अंग्रेजीमा गाली गरेको’ भन्दै सर्वसाधरण पिट्ने प्रहरी निलम्वित

‘अंग्रेजीमा गाली गरेको’ भन्दै सर्वसाधरण पिट्ने प्रहरी निलम्वित

काठमाडौं,माघ १० –  सामान्य विवादमा सर्वसाधरणलाई निर्धात रुपमा कुटपिट गर्ने दुई प्रहरी जवान निलम्वनमा परेका छन्। बागलुङमा कार्यरत जवान प्रेम विष्ट र बुद्ध थापालाई निलम्वन गरिएको हो। पीडितसँगको सहमति अनुसार कारबाही भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका एसपी दीपक रेग्मीले बताए। गत पुस २९ गते राति करिब साढे ९ बजेतिर (बागलुङ) गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई सामान्य भनाभन हुँदा जवानद्वयले कुटपिट गरेका थिए। बस्नेतलाई पोखराको फेवासिटी अस्पतालमा लगिएको हो। बस्नेतको आइसीयूमा राखेर उपचार गरिएको थियो। बस्नेतको शरीरमा ५० भन्दा बढी टाँका लगाइएको छ। उनको पिसाब नली समेत फुटेको छ।जवानद्वयले पीडितको उपचार खर्च समेत बेहोर्ने भएका छन्। उनीहरुले अहिलेसम्मको खर्च ४ लाख रुपैयाँ पीडित परिवारलाई बुझाइसकेका छन्। यस्तो थियो घटना पुस २९ गते राति करिब साढे ९ बजेतिर (बाग्लुङ) गलकोट नग
अछाममा चट्याङले एकै गाउँका १७ घाइते, आठजना गम्भीर

अछाममा चट्याङले एकै गाउँका १७ घाइते, आठजना गम्भीर

 अछाम  माघ १० -    पञ्चदेवल विनायक नगरपालिका-७ पुल्लेतोलाको काटियाँ भन्ने ठाउँमा बुधबार बेलुकी एकै पटक तीनवटा घरमा परेको चट्यांगले एकै टोलका १७ जना घाइते भएका छन् । घाइते मध्येमा आठ जनाको अवस्था गम्भीर रहेको अछाम प्रहरीले जानकारी दिएको छ । चट्यांग लागेर गम्भीर घाइते हुनेमा उक्त नगरपालिकाक पुल्लेतोला निवासी ४० वर्षीया जयसरा कामी, ३५ वर्षीय धनबहादुर रावल, १६ वर्षीया बासु कामी, ४० वर्षीया धर्मा रावल, ३५ वर्षीया रामकला रावल र उनकै छोरी १२ वर्षीया धिर्गा रावल, ७९ वर्षीया दिर्केश रावल, २२ वर्षीया भावना सुनारको अवस्था गम्भीर रहेको अछाम प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए । यस्तै सोही चट्यांगबाट सामान्य घाइतेमा २२ वर्षीया धना रावल, ४५ वर्षीय टेकबहादुर बटाला, १८ वर्षीया सिर्जना बटाला, १९ वर्षीया धिर्जा बटाला, २५ वर्षीया भावना बटाला, २२ वर्षीया मनसरा कामी, २१ वर्षीया कमला कामी, १
जन्मदर्ता अभावमा जीवनको एसईई दिने इच्छा अधुरो शेरबहादुर थापा

जन्मदर्ता अभावमा जीवनको एसईई दिने इच्छा अधुरो शेरबहादुर थापा

सुर्खेत ,माघ १०  – पञ्चपुरीमा रहेको जनता माध्यमिक विद्यालयले दुई वर्ष अगाडि एकजना विद्यार्थीलाई जन्म दर्ता नभएको भन्दै भर्ना लिन अस्वीकार गरेको छ । वडा नं. ९ तल्लाविजुमा बस्दै आएका जनक माझीलाई दुई वर्षअघि जन्म दर्ता नभएको बताउँदै विद्यालयले कक्षा ९ मा भर्ना नलिएको पाइएको हो । उनले आफू जन्मिनु आफ्नो कुनै गलत नभएको बताउँदै निर्वाध रुपमा पढ्न पाउने व्यवस्था मिलाई दिन लोकान्तरमार्फत सबैलाई आग्रह गरेका छन् । ‘अहिले म १६ वर्षको भएँ । म यहिँ जन्मेको सबै समाजलाई नै थाहा छ ।’ उनले भने, तर मेरो जन्म दर्ता नभएको नाउमाँ संविधानले दिएको शिक्षा सम्बन्धी मौलिक अधिकार हनन् भएको छ । टप्प–टप्प आँसु चुहाउँदै कुरा गरिरहेका माझीले आफूलाई समाजले सहयोग नगरेको बताए । ‘म यति निरीह बनेको छु कि कोही कसैले मेरो पक्षमा आवाज नै उठाइ दिएनन् ।’ उनले भने, ‘अब कोही छ त मेरा लागि तपाईहरु नै हो । यहाँहरु मार्फत मेरो अध
चार जनाको हत्या

चार जनाको हत्या

गुल्मी,माघ १० । गुल्मीमा आर्थिक वर्ष २०७५–०७६ को साउन देखि पौष मसान्तसम्म चार जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।जिल्ला अपराध अनुसन्धान शाखाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५–०७६ सुरु भए देखि साउन महिनामा २ जना र कात्तिक महिनामा २ जना गरि ४ जनाको हत्या भएको प्रहरी निरीक्षक रविन्द्र खड्काले जानकारी दिए । हत्या हुनेमा पुरुष १ र महिला ३ गरि ४ जनाको हत्या भएको बताईएको छ । तीमध्ये २ जना महिलाको आफ्नै श्रीमानद्वारा हत्या भएको छ ।आर्थिक वर्षको छ महिनामा जिल्लामा भएका सबै खाले घटनाहरुको अनुसन्धान र विश्लेषण गर्दा सामान्य रिसिइवी र मदिरा सेवनकै कारणले हुने गरेको प्रहरी निरीक्षक खड्काले बताए ।यी चार वटै घटनाका अभियुक्तहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान भईरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।  
टिपरको ठक्करबाट रुपन्देहीमा मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट रुपन्देहीमा मोटरसाइकल चालकको मृत्यु

बुटवल ,माघ १०। रुपन्देहीको देवदहमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।देवदह नगरपालिकाको घोडाहा र भलुहीबीचमा लु २ ख ३५४७ नम्बरको टिपर र लु ३२ प ८१४८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा अन्दाजी २३ वर्षीय युवकको ज्यान गएको हो । देवदह प्रहरी चौकीका प्रमुख भरत थापाले दुर्घटनामा ज्यान गए पनि पहिचान हुन बाँकी रहेको बताए । शव क्षतविक्षत भएकाले पहिचान गर्न कठिनाइ भएको प्रहरी भनाइ छ । पोस्टमार्टमका लागि शवलाई बुटवलको लुम्बनी अञ्चल अस्पतालमा राखिएको छ ।  
आजदेखि राष्ट्रिय सहिद सप्ताह सुरु

आजदेखि राष्ट्रिय सहिद सप्ताह सुरु

काठमाडौँ, माघ १० । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी बिहीबारदेखि देशभर शहीद सप्ताह मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउन लागिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । विसं २०१२ देखि नै महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीदको सम्झनामा सप्ताह मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए । सप्ताहको पहिलो दिन बिहीबार बिहान टेकुस्थित शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थानमा निर्माण भएको पूर्णकदको सालिकको कार्यवाहक प्रधानमन्त्री
Open

Expert Education Dang

Close