Global Luja Dang

ब्लग/विचार

ब्लग/विचार

हल्लाको शेयर बजारमा लगानीको सुझबुझ

हल्लाको शेयर बजारमा लगानीको सुझबुझ

सरोज अधिकारी-शेयर बजारमा नाफा बुकिङ गर्नेको लहर सकिएपश्चात् बजार पुनः सामान्य गतिमा चल्दै रहेको अवस्था छ । एक हजार १६८ को न्यून बिन्दुलाई छोएर तथा दैनिक २० करोड रुपियाँको हाराहारीमा मात्र कारोबार हुने अवस्थाले आत्तिएका लगानीकर्ताले त्यतिबेला सस्तैमा शेयर बिक्री गरेकामा अहिले पछुताएको अवस्था छ । यस्तै त्यतिबेला सस्तोमा शेयर खरिद गरेर छोटो समयमा नाफा बुकिङ गर्दै केही कारोबारी बाहिरिएको कारण नै बजार सामान्य गतिमा अघि बढ्दो छ । बजार घट्दाको बेला तरलता अभाव भएको, लगानीयोग्य रकम कम भएको, शेयरको आपूर्ति बढेको, चर्को ब्याजदर, बजार सुधारका लागि कुनै कदम नचालेको जस्तो विविध कुरा बजार घट्नुका कारणको रूपमा आउने गरेको थियो तर नयाँ वर्षको शुरुआतसँगै बजारमा एकाएक बढोत्तरी आयो एकै दिन ५० अङ्कभन्दा माथिको बढोत्तरी र दैनिक एक अर्ब ५० करोडभन्दा माथिसम्मको कारोबार बजारले यसै महिनामा देख्यो । बजार बढेका बेल
Open

Expert Education Dang

Close