Florence Hospital Dang
Majestic Hotel Dang

ब्लग/विचार

ब्लग/विचार

अलविदा लछिन दाइ

अलविदा लछिन दाइ

टीका बस्नेत-आज फेरि नजानिँदो किसिमले मन भारी भइरहेको छ , विगतले आफैलाई झस्काइरहेको छ  । एकतमासले मन बिथोलिँदै छ  । स्मृतिको क्यानभासभित्र विगत सल्वलाइरहेको छ । सडकमा भौंतारिदै छु । किनकिन आज मलाई घोराही बजार निकै उदार र उराठिलो लाग्दैछ । सधैँझैं चलह–पहल देखिने तुलसीपुर चोक किनकिन आज सुनसान ठान्दैछ यो मन । उता परबाट एउटा किशोर भाइ चिच्याउँदैछ– ए दाइ यता–यता । कहाँ जाने तपाई ? बस्, यस्तै छ यहाँको परिवेश । मानिसको दैनिकी पनि कति विचित्र किसिमको छ है । मान्छे बाँचुञ्जेल सर्वविजेता ठान्छ आफूलाई, आफ्नो कामलाई, अनि आफ्नो कर्तव्यलाई । र त दिनरात लागिरहन्छ आफ्नो कर्तव्य निर्वाह गर्र्न । जब मानिसले प्राणपखेरु छाड्छ, जान्छ कहिल्यै नफर्कने गरी अन्तै कताकता, तबमात्र उसको महत्व झल्कन्छ समाजमा, उसले देखाएको बाटोमा हिड्न आवस्यक ठान्छ समाज । समाज वनावटी रुपमा मात्र उसको अस्तित्व स्वीकार्छ, समाजमा उसले ग
सामाजका तागत गणेशप्रसाद

सामाजका तागत गणेशप्रसाद

गोविन्द खड्का, ‘घोराहीमा सबै भन्दा अग्लो घर गणेश ठेकदारको छ’ रोल्पा जिल्ला समन्वय समितिका संयोजक राजबहादुर बुढा (अविनाश) ले सार्वजनिक मन्चवाट प्रशंसा गर्दै भन्नुभयो, ‘उहिले दाङबाट फर्किनेहरुले गणेशले जति धन कसैलै कमाएको छैन भन्थे’ यसरी उदाहरणका रुपमा प्रस्तुंत गर्नुभयो । प्रशंसाले रोकाको अनुहारमा गम्भिर भाव ल्याएको थियो । यो सामान्य व्यक्तिको हलुका टिप्पनी थिएन । जनयुद्धका कमाण्डरको संश्लेषण थियो । अन्तिम अबस्था सम्मका पाँचौँ डिजिन सहायक कमाण्डर अविनाश लामो समय कमाण्डरकै भुमिकामा रहनुभयो । सिंगो डिभिजनको फर्मेशन चलाउनु भयो । जंगको मैदान नामक कृति प्रकाशन गर्नुभएको छ । उहाँ बौद्धिक व्यक्तित्व पनि हो । उहाँले रोकाको कमाउने शैली धेरैले सिकेको सुनाउनुभयो । कमाउने, बचाउने सिक्दै घोराहीमै धेरैले विकास गरेका छन् । उहाँलाई त्यहि समारोहमा ढाङढुङ कुरेली विशिष्ट समाज सेवा पदकले संयोजक बुढा (अव
बिजौरी गोलीकाण्डको चौविस वर्ष : यसरी भएको थियो गोलीकाण्ड (प्रत्यक्षदर्शीको यथार्थ बयान)

बिजौरी गोलीकाण्डको चौविस वर्ष : यसरी भएको थियो गोलीकाण्ड (प्रत्यक्षदर्शीको यथार्थ बयान)

शिवकुमार थापा, विषय प्रवेश आज कार्तिक १७ गते अर्थात् दाङ जिल्लाको बिजौरीमा भएको हत्याकाण्डको २४ औं स्मृति दिवस । आजकै दिनमा २०५१ सालमा नेपाली कांग्रेसका नेता तथा तत्कालिन निर्माण तथा यातायात मन्त्री खुमबहादुर खड्काको सहभागिता तथा निर्देशनमा बिजौरी हत्याकाण्ड भएको थियो । उक्त हत्याकाण्डकै कारणले नेकपा ९एमाले० का पाँचजना होनाहार कार्यकर्ताले जीवन गुमाइसकेका छन् । ती होनाहार सपुतको गौरवमय शहादतप्रति नतमस्तक हुँदै आदरणीय वीर सहिद नारायण चौधरी, पुष्प घिमिरे, कृष्ण चौधरी, फर्साराम देवकोटा तथा श्रीमणि आचार्यप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्दछु । यस दिनमा आफू पनि प्रत्यक्षदर्शी भएको बिजौरी हत्याकाण्डको ईतिहासलाई स्मरण लेखनीका माध्यमबाट गर्ने प्रयास गरिरहेको छु । घटनाको पृष्ठभूमि राजा र आन्दोलनकारी बीचको सम्झौताबाट टुंगिएको २०४६ सालको ऐतिहासिक संयुक्त जनआन्दोलनका स
जाडोमा छालामा देखिने समस्या र जोगिने उपाय

जाडोमा छालामा देखिने समस्या र जोगिने उपाय

डा सविना भट्टराई, वरिष्ठ छाला रोग विशेषज्ञ/जाडो महिनामा मौसमको आद्र्रता कम हुने हुँदा छाला सुख्खा हुदै जान्छ, त्यसको फलस्वरुप हातखुट्टा फुट्न, ओठ फुट्ने छाला सुख्खा हुने कपाल सुक्खा भएर फुरुङ्ग देखिने हुन्छ। त्यतिमात्र होइन, जाडो महिना शरीरमा विभिन्न किसिमका एलर्जीहरु पनि देखा पर्छन् । उनीको लुगा लगाउने हुँदा एलर्जी भएर शरीर चिलाउने, पोल्ने हुन्छ । चाडोमा हातखुट्टा सुनिने समस्यापनि धेरै देखिन्छ, त्यसैले पनि हामीहरु धेरै घाममा बस्ने आगो ताप्ने हिटर ताप्ने गर्दा हाम्रो छाला सुख्खा हुँदै जान्छ। जाडोको घाम रापिलो हुने हुँदा छालामा भएको चिल्लोलाई सोचेर छालालाई सुख्खा बनाउँछ । घामले गर्दा अनुहारमा चायाँ बढ्नुको साथसाथै अनुहारमा चाउरीपन बढ्दै जान्छ । त्यसैले जाडोमा घाममा बस्दा वा घरबाहिर निस्कँदा सन्सक्रिममा बढी एसपिएफ भएको प्रयोग गर्नु पर्दछ। जाडोमा हामीले धेरै साबुन प्रयोग गर्नाले हाम्
व्यवसायीले बजार अनुगमन नपर्ख

व्यवसायीले बजार अनुगमन नपर्ख

गोविन्द खड्का/धोरोरोरो आवाज निकाल्दै रक्सी नालामा घोप्ट्याउँदा भरतपुर क्षेत्रमा धेरैका कान ठाडा भएका थिए । आफ्नो पनि फाल्दीनछन् भन्ने त्रास धेरैमा थियो । अलि पर सम्मका पनि व्यवस्थापनमा लागेका देखिन्थे । अनुगमनमा जो आएपनि फरक पर्दैन भन्ने गरी ढुक्क रहेका व्यवसायी खासमा भेटिएनन् । आफुलाई प्रतिष्ठित व्यवसायी भन्नले पनि गल्ती गरेको भेटिएको छ । न्युन व्यवसायीले कानुन सम्वत व्यवसाय गरेका छन् । यसको मतलव तस्कर र भ्रष्टको देश बन्न सजिलो छ । अनुगमन टोलिले सानातिना खुद्रा पसल गर्नेहरुले पनि आफ्ना सामानमा उपभोग्यमिति ख्याल नगरेको भेटायो । उपभोग्यमिति नभएकै कारण कतिपय पसलको सबै विस्कुट उठाएको थियोे । लाईसेन्स नभएकै कारण पसलको सबै महंगो रक्सी अनुगमन टोलिले उठाएको थियो । पसलै रित्तिने गरी अनुगमन टोलीले लैजाने व्यवसाय किन गरीन्छ ? कमजोरी कस्को हो ? उफर खुट्टि लाएर ठालुबनी सेखि झार्ने हाम्रो शान मा
‘शुरुको नापीमै नेपालको क्षेत्रफल र सगरमाथा घटाएर नापीएको छ’

‘शुरुको नापीमै नेपालको क्षेत्रफल र सगरमाथा घटाएर नापीएको छ’

मेटमणि चौधरी दाङ जिल्ला क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य हुन्। सामान्य किसान परिवारमा जन्मेका मेटमणि नेकपाको केन्द्रीय सदस्यको भूमिकामा पनि छन्। अर्थ क्षेत्रमा राम्रो ज्ञान राख्नुको साथै भूमिको क्षेत्रमा पनि अब्बल छन्। उनी भन्छन्– ‘नेपालको भूगोल क्षेत्रफलमा ६ सय ८५ स्क्वाइर किमि बढेको छ। अबदेखि नेपालको क्षेत्रफल १ लाख ४७ हजार ८ सय ३९ वर्ग किमि भएको छ। सबै विषयमा राम्रो दख्खल राख्ने मेटमणि राजनीति शास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका छन्। मेटमणि चौधरी भन्छन्– ‘नेपालको क्षेत्रफल ६ सय ८५ स्क्वाइर किमिले बढ्यो। यसैले भूगोलको नापी जीआईएस विधिबाट गर्नुपर्दछ।’ यसै विषयमा मेटमणि चौधरीसँग नेपाल समाचारपत्रका लागि सन्तोष खनालले गरेको कुराकानी: समृद्ध नेपाल निर्माणको लागि पहिलो प्राथमिकताको सूचिमा राख्नु पर्ने क्षेत्र कुन हो ? भूमि क्षेत्र नै हो । यसको ब्यवस्
तीजले छाडेर गएको सन्देश (भिडियाेसहित)

तीजले छाडेर गएको सन्देश (भिडियाेसहित)

दाङ, असोज २ । हिन्दु महिलाहरुको महान् पर्व हरितालिका तीज हालै सकिएको छ । अघिल्ला वर्षहरुझैं यस वर्ष पनि तीजको उल्लासमा महिलाहरु झुमेका छन् । जतिजति समय घर्किदैछ, त्यतित्यति पछाडिका तीजहरुमा बिकृति र बिसङ्गति भित्रिदै गएका छन् । अघिल्ला वर्षहरु भन्दा यस वर्ष अलि बढी बिकृति देखिए । तीजको एक महिला अगाडिदेखि नै होटेल बुक गरेर दरखाने कार्यक्रम आयोजना गरिए । तीजमा दुःख सुखका गीत भन्दा अस्लिल गीतहरु बढी घन्किए । दरका नाममा मासु, चिउरा, ह्वीस्की वियर खाँदै रमाइलो गरिएको पनि देखियो । विभिन्न संघसंस्थाहरुले तीजलाई विकृतिरहित बनाउन अभियान थालेको यदाकदा देखिए तापनि त्यो भन्दा बढी तीजमा कपडा र गहना प्रदर्शन गरिएको देखियो । उसको भन्दा महंगो साडी, गहना लगाउँछु, भन्ने देखासिकीले अलि बढी स्थान लिएको देखियो । तीजकै बीचमा हाम्रा मौलिक सांस्कृतिक पक्ष्यहरु पनि कतैकतै देखिए । मादलु र बाँसुरीको तालमा क
थारु समुदायकाे अत्वारी पर्व र यसको महत्व

थारु समुदायकाे अत्वारी पर्व र यसको महत्व

लक्की चौधरी/ थारु ‘अत्वारी’ पर्व ‘आइतबारी’बाट अपभ्रंश हुँदै अतवारी अर्थात् ‘अत्वारी’ भयो । आइतबार पर्ने पर्व भएकाले त्यस्तो नाम जुरेको हो । नेपाली भित्तेपात्रोले यो पर्वलाई चिन्दैन । त्यसैले यो पर्वको कुनै निश्चित तिथि मिति छैन । न त गैरथारु समुदायले यस पर्वबारे कुनै चासो नै राख्ने गर्छन् । कारण, यो पर्व नितान्त थारु समुदायको मौलिक पहिचान बोकेको पर्व हो । हरेक वर्ष भाद्र महिनामा पर्ने यस पर्व कृष्णजन्माष्टमी पछिको दोस्रो आइतबार पर्छ । यो पर्वको तिथि त्यही हो । यस वर्ष भदौ ३१ गते आइतबारको दिन अत्वारी पर्व परेको छ । पश्चिम तराईका थारुबहुल जिल्लामा यसको तयारी धुमधामकासाथ गरिएको छ । थारु पुरुषहरुले वर्षको एकदिन व्रत बस्छन् । त्यो पर्व नै अत्वारी हो । थारु महिलाहरुले कृष्णजन्माष्टमी अर्थात् अष्टिम्की (थारु भाषामा) मा व्रत बस्छन् । तीज पर्व थारु समुदायको परम्परागत पर्व होइन, जहाँ नेपाली महिला
तीज पर्व–हिजो र आज

तीज पर्व–हिजो र आज

प्रतिमा केसी-यतिबेला घरदेश होस् वा परदेश हाम्रो नेपाली समाज तीजको माहोलले निकै तताएको कुरा सामाजिक सञ्जालहरुमा देख्न तथा पढ्न पाइन्छ । यसैगरी महिनौं अघिदेखि यस्तो नाचगान र खानपानको गर्मी बढेर जाने हो भने हामीले यसलाई आर्थिक हिसावले थेग्न सकिएला ? अथवा भनौं हामीले हाम्रो यो सांस्कृतिक चाड तीजलाई तीजकै रुपमा बचाउन सकिएला ? भन्ने कुराले मनमा डेरा जमाइरहेको छ निकै समयदेखि घच्घचाइरहेको छ। विभिन्न संघसंस्थाहरुलाई तीजको कार्यक्रम आयोजना गर्न, कलाकारहरुलाई गीत गाउन र म्युजिक भिडियो बनाउन, आफन्तजनहरुलाई तीजको दर खुवाउन, पसलेहरुलाई साडी र सुन बेच्न भ्याइनभ्याइ छ । लाग्छ, हाम्रा चाडवाडको ‘रानी चाड’ नै तीज हो । ‘वेलायतको वक्ताको कुनो’ जस्तै नेपाली महिलाहरुका लागि तीज भएको हुनुपर्छ सायद । हाम्रो नेपाली समाज र हिन्दु संस्कृति अनुसार तीज, दसँैं र तिहार हाम्रा महान राष्ट्रिय पर्व हुन् । विहे गरेर पर
‘सशक्त’ शिवकुमार

‘सशक्त’ शिवकुमार

वर्षौं देखि नेपाली कम्युनिष्ट कार्यकर्ताको सपना पुरा भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणपछि कम्युनिष्ट कार्यकर्ता बीचमा हर्षको लहर पैदा भयो । विगतदेखि बहुमत कम्युनिष्ट टुक्रा टुक्रामा विभाजित थियो । नेपाल कम्युनिष्ट पार्टी निर्माण पछि नेपालमा ऐतिहासिक बहुमत प्राप्त सरकार समेत बनेको छ । यससँगै जिल्लामा हुने पार्टीको नेतृत्वका लागि प्रक्रिया सुरुभएको छ । दाङबाट अध्यक्षका लागि सिफारिस गरिएका शिवकुमार आचार्य को हुन् ? दाङ खबरका कार्यकारी सम्पादक नवीन अभिलाषीले तयार पार्नुभएको व्यक्तित्व चर्चा : (सम्पादक) । स्थानीय तहको निर्वाचनको माहोल थियो । नेकपा एमालेको तर्फबाट घोराही उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए नरुलाल चौधरीले । केपी ओलीको राष्ट्रबादले एमाले प्रति जनताको विस्वास ह्वात्तै बढेको थियो । तर कमजोर थिएनन् प्रतिस्पर्धी शक्तिहरु । एमाले कि गर्ने कि मर्नेको
Open

Expert Education Dang

Close