Florence Hospital Dang
Majestic Hotel Dang

फिचर स्टोरी

सन्दर्भ : भ्यालेन्टाइन्स डे, आफैंलाई माया गरेर पनि मनाउन सकिन्छ भ्यालेन्टाइन्स डे

सन्दर्भ : भ्यालेन्टाइन्स डे, आफैंलाई माया गरेर पनि मनाउन सकिन्छ भ्यालेन्टाइन्स डे

दाङ फागुन २ । आफैँलाई माया गर्नु जीवनका लागि सञ्जीवनी हो । त्यसपछि मात्र हामी अरुलाई खुलेर माया गर्न सक्छौँ । यो ‘भ्यालेन्टाइन्स डे’मा थाहा पाऔैँ, कसरी आफैँलाई माया गर्ने भनेर । २४ घण्टामा हाम्रो दिनको पूरा समय घर र अफिसको काम गर्दैमा बित्छ । राति सुत्ने समयमा पनि ‘भोलि के–के गर्नु छ’ भन्ने कामको हिसाबकिताब गर्दैमा बित्छ । तर, मुख्य प्रश्न यहाँनेर उब्जन्छ, दिनरात नभनी काम गर्दा पनि किन हामी खुसी हुन सक्दैनौँ ? तपाईं किन खुसी हुनुहुन्न ? यसकारण कि, तपाईंको हेरचाह कसैले गर्दैन, वा कसैले तपाईंलाई समय दिँदैन ? जवाफ सोच्नुपूर्व अर्को प्रश्न आफैँलाई गर्नुस्, ‘मैले स्वयं आफ्नो लागि कति समय दिएँ ?’ उत्तरमा सायद निराशा मात्र हात पर्नेछ, किनकि यो प्रश्नको उत्तर तपाईंसँग छैन । होस् पनि कसरी ? तपाईंले त आफूलाई सधैँ अन्तिममा राख्दै आउनुभएको छ । तपाईंसँग यस्तो यसकारण भइरहेको छ कि तपाईंले आफूल
केटीको विषयमा विवाद हुँदा एक बालकको हत्या, एक जना पक्राउ

केटीको विषयमा विवाद हुँदा एक बालकको हत्या, एक जना पक्राउ

काठमाडौं ,फागुन १ - जिल्ला प्रहरी कार्यालय कास्कीले १४ वर्षीय बालकको हत्या गरेको आरोपमा मंगलबार पर्वत मल्लाजका २१ वर्षीय 'बेनी काले' भनिने कुमार गर्बुजालाई पक्राउ गरेको छ। पाल्पा रम्वापानी गाउँपालिका घर भई पोखरा महानगरपालिका–६ लेकसाइड शान्तिनगर डेरा गरी बस्ने जितबहादुर सिन्जालीका १४ वर्षीय छोरा सचिन सिन्जालीलाई मंगलबार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले गर्बुजालाई पक्राउ गरेको हो। केटीको विषयमा बादविवाद हुँदा कुमारले सचिनलाई घाँटी, पेट र ढाडमा चक्कु प्रहार गरी हत्या गरेका थिए। फरार रहेका कुमारलाई प्रहरीले पोखरा महानगरपालिका–६, लेकसाइडबाट पक्राउ गरेको थियो।
आज सोमबार घट्यो सुनको मूल्य

आज सोमबार घट्यो सुनको मूल्य

काठमाडौँ माघ २८ । सोमबार अघिल्लो दिनको तुलनामा नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज छापावाल सुन प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आईतबार सुनको मूल्य ६२ हजार १ सय रुपैयाँ रहेको थियो। त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ६१ हजार ७०० सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजाबी सुन ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी आज चाँदी प्रति तोला रु ७७५ का दरले कारोबार भइरहेको छ ।
मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनको लागि लगातार पहल – प्रचण्ड

मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनको लागि लगातार पहल – प्रचण्ड

सिराहा ,माघ २८ – नेपाल कम्युनिष्ट पार्टी (ने क पा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको हक, अधिकारको पक्षमा संविधान संशोधनको लागि लगातार पहल गरिरहेको बताएका छन्। सिराहाको अर्नमा गाउँपालिका वडा-१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘संविधानलाई मधेशी जनताको आवश्यकता अनुसार संशोधन गर्दै जाने भनेर प्रधानमन्त्री केपी ओली, मैले र उपेन्द्र यादवले हस्ताक्षर गरेका छौंमधेशको विकास निर्माणमा सरकारको ध्यान कम हुनेछ कि भनेर शंका नगर्न आग्रह गर्दै उनले मधेशको विकास गरेर मात्रै मधेशी जनताको आकांक्षालाई सम्बोधन गर्न सकिने बताए। ‘ने क पाले मधेशमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेको छ,’ प्रचण्डले भने, ‘तराई मधेशको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ।’ सिँचाई र खानेपानीको दीर्घकालीन ढंगले समस्या समाधानका लागि
गर्भवती प्रेमिकालाई गाडीसहित कालीगण्डकीमा खसाउनेलाई सर्वस्वसहित जन्मकैद

गर्भवती प्रेमिकालाई गाडीसहित कालीगण्डकीमा खसाउनेलाई सर्वस्वसहित जन्मकैद

म्याग्दी, माघ २४ । जिल्ला अदालतले सात महीनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का (रवि) ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडीसहित कालीगण्डकीमा खसालेर हत्या गरेको ठहर गर्दै उक्त अदालतले सर्वस्वसहित जन्मकैद र जरिवानाको फैसला गरेको हो । जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले बुधबार निजलाई सर्वस्वसहित २० वर्षको कैद, अपहरण तथा शरीर बन्धक बनाएकामा आठ वर्ष र पीडा दिएकामा थप दुई वर्ष गरी ३० वर्ष कैद सजाय गर्ने फैसला सुनाएको श्रेष्तेदार खिलप्रसाद बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार खड्कालाई रु एक लाख जरिवाना र अपहरण अवधिको दैनिक रु ५०० दरले थप जरिवाना तिराउने फैसलासमेत भएको थियो । गत असार १४ गते लु२
आज सोमबार झन् बढ्यो सुनको मूल्य, चाँदीको पनि उच्च

आज सोमबार झन् बढ्यो सुनको मूल्य, चाँदीको पनि उच्च

काठमाडौँ ,माघ २१-  आज सोमबार झन् बढ्यो सुनको मूल्य, चाँदीको पनि उच्च। आज सोमबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ भने चाँदीको मूल्य पनि उकालो लागेको छ। आज छापावाल सुन प्रतितोला ६१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आईतबार सुनको मूल्य ६१ हजार २ सय रुपैयाँ रहेको थियो। त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि उकालो लागेको छ। आज तेजावी सुन ६१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजाबी सुन ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। काठमाडौँ उपत्यका भन्दा बाहिरका स्थानमा भने महासंघले तोके बमोजिम सुन चाँदीको मूल्यमा केही फरक हुन सक्नेछ। आज नेपाली बजारमा चाँदीको मूल्य पनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि चाँदीको मूल्य ७६० रुपैयाँ रहेको थियो।
एकैदिन जुधे तीन फिल्म : ‘गोपी’, ‘सय कडा दश’ र ‘रणवीर’मा कसले मार्ला बाजी ?

एकैदिन जुधे तीन फिल्म : ‘गोपी’, ‘सय कडा दश’ र ‘रणवीर’मा कसले मार्ला बाजी ?

काठमाडौं ,माघ १८ – नेपालमा सातामा २/३ वटा चलचित्र प्रदर्शनमा आउनु अब नौलो रहेन । चलचित्र प्रदर्शनमा आउँछन् केही दिनमै उत्रिन्छन् । दर्शकले प्रदर्शनमा आएको र उत्रिएको समेत पत्तो पाउँदैनन् । गत साता त्यस्तै भयो, हल्लाखल्ला बिनै तीन चलचित्र प्रदर्शनमा आए । त्यसको जानकारी न दर्शकले पाए, न चलचित्रकर्मीले नै । सहरका भित्तामा टाँसिएका पोष्टर देखेपछि पो दर्शकले पत्तो पाए, ए ! आज त यी चलचित्र प्रदर्शनमा आएछन् । चलचित्र हेर्न दर्शकले कुनै चासो नै देखाएनन् । अन्नतः एक–दुई दिनमै चलचित्र हलबाट उत्रिए । आजबाट पनि हलमा तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । गाईपालक युवाको कथामा बनेको ‘गोपी’, मनोज गजुरेलको डेब्यू ‘भ्रष्टाचारविरुद्ध प्रेम’को नारा बोकेको चलचित्र ‘सयकडा दश’ र दक्षिण भारतीय शैलीमा बनेको एक्सन, लभस्टोरी ‘रणवीर’ मैदानमा उत्रिएका हुन् । तर यी चलचित्रको प्रसंग अघिल्लो साताभन्दा फरक
हिमपातका कारण बन्द रसुवागढी नाका खुला

हिमपातका कारण बन्द रसुवागढी नाका खुला

रसुवा, माघ १६ । केही दिनदेखिको हिमपातका कारण बन्दभएको रसुवागढी नाकामा आजदेखि यातायात सेवा सञ्चालनमा आएको छ ।  केरुङ्गबाट सामान बोकेर आएको ट्रक तथा कन्टेनर मितेरी पुलबाट आजदेखि नेपाल प्रवेश गर्न थालेको सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्म टिमुरेका गुल्मपती जीवन केसीले जानकारी दिनुभयो ।  बीस ट्रक तथा कन्टेनर चिनियाँँ भू–भागबाट नेपाल प्रवेश गरिसेकेको र करीब ६० कन्टेनर मितेरी पुल नजिक चिनियाँँ भू–भागबाट नेपाल प्रवेश गर्ने क्रममा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।  यही माघ ८ गतेदेखि शुरु भएको हिमपातका कारण रसुवागढीदेखि केरुङसम्म चिनियाँँ भू–भागतर्फको राजमार्गमा भारी हिमपात भएकाले सामान आयातका लागि केरुङतर्फ गएको ३०० भन्दाबढी ट्रक कन्टेनर केरुङमा नै रोकिएका छन् ।  चिनियाँ पक्षले जम्मा भएका हिउँ सडकबाट पन्छाएपछि यातायात सेवा सञ्चालनमा आएको हो । आज दिनभरमा २०० को ह
रुकुममा मदिरा व्यवसायका लागि १ अर्ब लगानी’

रुकुममा मदिरा व्यवसायका लागि १ अर्ब लगानी’

रुकुम, माघ १४- रुकुमको मदिरा व्यवसायीमा ठुलो मात्रामा लगानी गरिएको पाइएको छ । मदिरा व्यवसायी संघ रुकुम पश्चिमका अनुसार जिल्लामा १ अर्ब बढीको मदिरा व्यवसायीमा लगानी गरेको बताइएको छ । मदिरा व्यवसायी संघ रुकुम पश्चिमका अध्यक्ष नवीन खड्काका अनुसार जिल्लामा ७ सय २५ जना व्यापारीले मदिरा व्यवसायीका लागि अनुमति दिएका छन् । जसमा १५ वटा आधिकारी बिक्रेता छन् भने ५० वटा होलसेल व्यापारी छन् । यी ५० वटा रुकुमका भ्याट कारोबारी हुन भने अन्य पाना नम्बर लिएर मात्र व्यवसाय गर्दै आएका छन् । ‘पछिल्लो समयमा मदिरा व्यवसाय छोडेरपनि यस व्यवसायमा लागेका धेरै छन्,’ संघका अध्यक्ष खड्काले भने, ‘उदारो नदिएर नगतमा कारोबार गर्ने हो भने फाइदामूलक व्यापार पनि राम्रै छ ।’ काराेबारबाट
भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न

भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न

इनरुवा, माघ १२ । सुनसरी कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । विपी स्मृति कृषि मेलाको अवसर पारेर कोशी गाउँपालिकाको आयोजनामा शुक्रबार ‘भैँसी सुन्दरी प्रतियोगिता’ सम्पन्न भएको स्थानीय समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिए । प्रतियोगितामा कोशी गाउँपालिका–३ पश्चिम कुशाहाका बिन्देशर इशरको भैँसी प्रथम, बालेश्वर परसैलाको भैँसी दोस्रो र कोशी गाउँपालिका–४ का रामरत्न यादवको भैँसी तेस्रो भएको समाजसेवी विश्वासले जानकारी दिए । विजेता भएका भैँसी धनीलाई गाउँपालिकाले क्रमशः रु २५ हजार, १५ हजार र रु १० हजार नगद पुरस्कार दिने गाउँपालिकाका अध्यक्ष एयुव अन्सारीले बताए । प्रतियोगितामा प्रथम भएका भैँसी धनीलाई इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले भैँसी नै पुरस्कार दिने घोषणा गरेका छन् । प्रतियोगितामा कोशी गाउँपालिका क्षेत्रभित्रका करिब दुई सयभन्दा बढी भैँसीलाई सहभा
Open

Expert Education Dang

Close