Global Luja Dang

प्रदेश खबर

रुपन्देही गाेली काण्डका घाइते भारतीय नागरिकको मृत्यु

रुपन्देही गाेली काण्डका घाइते भारतीय नागरिकको मृत्यु

रुपन्देही जेठ ३ । रुपन्देहीमा बिहीबार साँझ प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जना भारतीय नागरिकको ज्यान गएको छ । हतियारसहित नेपाल प्रवेश गर्ने क्रममा भारत महाराजगञ्ज फरेण्डाका ५० वर्षीय धिरज धोबीमाथि रुपन्देहीको सिद्धार्थनगर १० शंकरपुरमा प्रहरीले गोली हानेको थियो । गोली उनको पेटमा लागेको थियो । उपचारको क्रममा धोबीको भारतको महाराजगञ्जमा ज्यान गएको बताइएको छ । रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीका अनुसार उनको साथबाट एक थान अटोमेटिक पेस्तोल बरामद भएको छ । यो घटनामा ३ जना प्रहरी पनि घाइते भएका थिए ।
प्रदेश ५ को बजेट अधिवेशन सुरु

प्रदेश ५ को बजेट अधिवेशन सुरु

बुटवल जेठ २ । प्रदेश नं ५ को बजेट अधिवेशन सुरु भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले जेठ २ गते बैठक आह्वान गरेका थिए । यो प्रदेशसभा स्थापनाको चौथो अधिवेशन हो । बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै सांसदहरुले बजेटको रुपरेखाको विषयमा सरकारलाई सुझाव दिएका छन् । उनीहरुले नमुना प्रदेश निर्माणको खाका सहित पछाडि परेको क्षेत्र समेट्ने बजेट बनाउन आग्रह गरे । समृद्ध प्रदेश निर्माणका लागि योजनामा आधारित बजेट आवश्यक हुने भन्दै त्यसमा ख्याल गर्न सांसदहरुले आग्रह गरेका थिए । बैठकमा बोल्दै नेकपाका सांसद कृष्णध्वज खड्काले मुलुककै नमुना प्रदेश बन्ने गरी कार्ययोजना सहितको बजेट ल्याउन सुझाव दिए । प्रदेश निर्माणमा सत्तापक्ष र विपक्षी हुन आवश्यक नरहेको उनले बताए । कांग्रेस सांसद डिल्लीबहादुर चौधरीले ग्रामीण क्षेत्रका जनताले परिवर्तनको आभास पाउने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिए । जनताका आधारभुत आवस्यकत
विप्लवका रोल्पा इन्चार्जसहित तीन नेता पक्राउ

विप्लवका रोल्पा इन्चार्जसहित तीन नेता पक्राउ

रोल्पा जेठ २-जिल्ला प्रहरी कार्यालय रोल्पाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रोल्पाका इन्चार्ज जयप्रकाश रोका ‘प्रताप’, लुंग्री गाउँपालिकाका इन्चार्ज धनबहादुर खत्री ‘टाइगर’ र त्यसै गाउँपालिकाका सेक्रेटरी भुपेन्द्र खड्कालाई लुंग्री गाउँपालिका–१ ऐपेबाट बिहीबार पक्राउ गरेको छ । कार्यकर्ता भेटघाट कार्यक्रम गर्दैगर्दा सुराकीको आधारमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरी टोलीले कार्यक्रमस्थलबाटै पक्राउ गरेको नेकपा स्रोतले जनाएको छ । पक्राउ परेका नेताहरुलाई इलाका प्रहरी कार्यालय सुलिचौरमा राखिएको बताइएको छ ।
मदिरा नियन्त्रण अभियान तीब्र बन्दै

मदिरा नियन्त्रण अभियान तीब्र बन्दै

दाङ जेठ २ । दाङमा उत्पादन हुने घरेलु मदिरा (रक्सी)मा महिलाले महिनावारी हुँदा प्रयोग गरिएका प्याड र पिसाब प्रयोग हुने गरेको पाइएको छ । दाङमा घरेलु रक्सी बनाउनेहरुले अन्नसँगै महिलाले महिनावारीका बेला प्रयोग गर्ने प्याड, पुराना बोरा, जुत्ताचप्पल र पिसाबको प्रयोग गर्ने गरेको भेटिएको हो । सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मदिरा नियन्त्रण अभियानमा यस्तो अवस्था भेटिएको प्रहरीले जनाएको छ । स्थानीयवासी, जनप्रतिनिधि, टोल विकास संस्था, महिला र प्रहरीको संयुक्त सहभागितामा भएको अनुगमनमा घोराही उपमहानगरपालिका वडा नम्बर ४ का विभिन्न स्थानमा भेटिएको घरेलु रक्सीमा यस्ता चिज प्रयोग भएको पाइएको स्थानयी हेमराज शर्माले बताए । रक्सीका कारण समाजका झैझगडादेखि विभिन्न असामाजिक क्रियाकपाल भइरहेको ठहर गर्दै थालिएको समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वडाका विभिन्न टोलबाट जफत गरिएको घरेलु रक्सीमा
रुपन्देहीमा गोली गोली चल्यो

रुपन्देहीमा गोली गोली चल्यो

रुपन्देही जेठ २- रुपन्देहीमा गोली चल्दा तीन प्रहरीसहित चार जना घाइते भएका छन । एक जना भारतीय नागरिक हतियारसहित पक्राउ परेका छन् । रुपन्देहीको सिद्धार्थनगरस्थित शंकरपुर नाकाबाट हतियारसहित नेपाल प्रवेश गरेको आशंकामा प्रहरीले पक्राउ गर्न खोज्दा गोली प्रहार भएपछि जवाफी कारबाहीमा एक जना भारतीय नागरिक पनि घाइते भएको रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो । गोली लागेर घाइते भएका ती व्यक्तिलाई भारतीयहरुले नै लिएर गएका छन । उनीहरुको गोली प्रहारबाट ३ जना प्रहरी पनि घाइते भएका छन । पक्राउ पर्नेमा भारत महाराजगञ्ज फरेण्डाका झिनक धोबी हुन् । उनीबाट एउटा अटोमेटिक पेस्तोल बरामद भएको प्रहरीले बताएको छ ।
सल्यानको भदालेखोला पुग्यो कृषि सडक

सल्यानको भदालेखोला पुग्यो कृषि सडक

राजकुमार ओली सल्यान, जेठ २ । सल्यानको भदाले खोलामा पहिलो पटक गाडी पुगेको छ । प्रदेस सरकारअन्तर्गत कृषि ज्ञान केन्द्र रुकुमबाट बिनियोजित २५ लाख रुपैयाँको लागतमा सल्यानको मैदानदेखि खारा, पैयाँडाँडा, भदालेखोला, नाउली जोड्ने कृषि सडकको आज एक कार्यक्रमका बीच नेकपा कर्णाली प्रदेसका प्रमुख सचेतक एवं प्रदेस सांसद गुलाबजंग शाहले उद्घाटन गर्नुभएको हो । सडक पुगेपछि मैदान, खारा, पैयाँडाँडा, भदाले खोला, नाउलीलगायतका ग्रामीण वस्तीमा उत्पादित कृषिजन्य वस्तुहरु निकासीमा सहजता आउने भएको छ । प्रदेस सरकारको लागतमा झण्डै ५ किलोमिटर सडक विस्तार भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका शाहले नेपाल कृषिप्रदान मुलुक भएको हुँदा कृषिमा आधुनिकीकरण आवश्यक भएको धारणा राख्नुभयो । ग्रामीण वस्तीमा उत्पादित खाद्यान्नले बजार नपाउँदा नागरिक कृषि पेशा छाड्न बाध्य भएको बताउँदै उहाँले अ
कृत्रिम जलाशय आम्दानीको आधार–मुख्यमन्त्री पोख्रेल

कृत्रिम जलाशय आम्दानीको आधार–मुख्यमन्त्री पोख्रेल

दाङ, जेठ २ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले घोराही उपमहानगरपालिकाले बनाएका कृत्रिम जलाशय आम्दानी र समृद्धिको आधार भएको बताउनुभएको छ । प्रदेश सरकार र घोराही उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण भइरहेको रामपुरस्थित चेपे ड्यामको निरिक्षण गर्दै मुख्यमन्त्री पोख्रेलले कृत्रिम जलाशयहरुलाई आम्दानीको स्रोत बनाईने बताउनुभयो । प्रदेश सरकार र घोराही उपमहानगरपालिकाको ५०÷५० लाख रुपैयाँको लगानीमा घोराही १ र २ नम्बर वडाको सिमानामा निर्माण भैरहेको छ । जलाशयहरु स्थानियको सम्पत्ती भएको भन्दै त्यसलाई आम्दानीको स्रोत बनाउने गरी प्रयोगमा ल्याउन सुझाब दिनुभयो । सुख्खाग्रस्त क्षेत्रहरुलाई सिञ्चित गर्नुका साथै जलाशयलाई पर्यटकिय क्षेत्रकारुपमा विकास गरिने मुख्यमन्त्री पोख्रेलको भनाई छ । जलाशयबाट सिँचाई, डुंगामा सयर, माछापालन सँगै पर्यटकिय क्षेत्रकारुपमा विकास गरी आम्दानी बढाउने तर्फ ध्यान दिन स्थान
जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

दाङ, जेठ २ । दाङको घोराही उपमहानगरपालिका वडानम्वर १६ ले वडाका ५७ जना जेठ नागरिकहरुलाई सम्मान गरेको छ । चालु आर्थिक वर्षको कार्यक्रम तथा वजेटमार्फत वडामा रहेका ८० वर्ष माथिका ५७ जना जेष्ठ नागरिकहरुलाई विहिबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । जेष्ठ नागरिकहरुको सम्मान सबैले गर्नुपर्छ भन्ने सन्देश दिन र स्थानिय सरकारको अनुभुति गराउन वडा कार्यालयले ५७ जनालाई दोसल्ला ओढाएर एक डिब्बा हलरिक्स र एक एक थान छाताले सम्मान गरेको हो । वडाका कार्यबहाक अध्यक्ष जगत श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख नरुलाल चौधरीले जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुभएको हो । वडाका जेष्ठ नागरिक १०३ वर्षिय टेकबहादुर मल्ललाई माला, टिका, दोसल्ला ओढाएर नगर प्रमुख चौधरी र कार्यबहाक अध्यक्ष श्रेष्ठले सम्मान गर्नुभयो । कार्यक्रममा नगर प्रमुख चौधरीले जेष्ठ नागरिकको सम्मान पहिलो कर्तव्य भए
आगलागीका कारण दाङमा १० महिनामा नौ जनाको मृत्यु

आगलागीका कारण दाङमा १० महिनामा नौ जनाको मृत्यु

दाङ ,जेठ २ । दाङमा यस आर्थिक वर्षमा भएको आगलागीमा परेर नौ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा मृत्यु भएका मध्य अधिकांश बालबालिका छन् ।आगलागीका कारण बबई गाउँपालिका-७ निवासी रामकली घर्तीका १० वर्षीय छोरा राजु घर्ती, राप्ती गाउँपालिका वडा नं १ बगासोती निवासी निवासी हिमाल रानामगरकी करिब एक वर्षीया छोरी संगीता रानामगर, राप्ती गाउँपालिका वडा नं ७ छोड्की सिसहनियाँ निवासी ८० वर्षीय जीउरखन चौधरीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यस्तै घोराही उपमहानगरपालिका वडा नं १९ सैघा निवासी दलबहादुर खत्रीका चार वर्षीय छोरा हिमाल खत्री र सुनसरी जिल्ला घर भई तुलसीपुरमा व्यवसाय गर्दै आएका अजय उदाउँको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै बंगलाचुली गाउँपालिका-८ गुराँसेका नवराज पुनका सात वर्षीय छोरा कृष्ण पुन, पाँच वर्षीय अस्मीता पुन र अढाई वर्षीया अञ्जु पुन र बबई ग
याैन शाेषणकाे सिकार बनिन् १३ वर्षिया बालिका

याैन शाेषणकाे सिकार बनिन् १३ वर्षिया बालिका

नेपालगञ्ज, जेठ १ । नेपालगञ्ज उपमहानगरपालिका–१० का १३ वर्षीया एक बालिका यौन शोषणमा परेकी छिन् । यौन शोषणबाट गर्भ रहन गएपछि असुरक्षित गर्भपतन गराउन खोज्दा ती बालिका अहिले मृत्युको मुखमा पुगेकी छिन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, कक्षा ८ मा अध्ययनरत एलिना (नाम परिर्वतन) ले पेटमा रहेको गर्भलाई आफैँ गर्भपतन गर्न खोजेकी थिइन् । गर्भपतन गराउन खोज्दा जथाभावी औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव हुँदा उनी मृत्युको मुखमा पुगेकी हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार, ती बालिकाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइसियुमा उपचार भइरहेको छ । ती बालिकाले तीन महीनाको गर्भ फाल्न गर्भपतन गराउने औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव हुन पुगेको थियो । प्रहरी उपरीक्षक पौडेलले नेपालगञ्ज उपमहानगरपालिका–१० बाट उद्धार गरी अस्पताल भर्ना गरेको बताए । प्र
Open

Expert Education Dang

Close