Global Luja Dang

प्रदेश खबर

प्रदेश पाँचकाे बजेट ३६ अर्ब ४१ करोड

प्रदेश पाँचकाे बजेट ३६ अर्ब ४१ करोड

रुपन्देही असार १- प्रदेश नम्बर पाँच सरकारले ३६ अर्बभन्दा बढिको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाको बैठकमा ३६ अर्ब ४१ करोड ६८ लाख बराबरको बजेट सार्वजनिक गर्नुभएको हो । विनियोजित बजेटमध्ये चालुतर्फ १३ अर्ब ४५ करोड ५ लाख अर्थात ३६ दशमलव ९४ प्रतिशत र पूँजीगत तर्फ १८ अर्ब ५७ करोड ६४ लाख अर्थात ५१ प्रतिशत रहेको छ । विनियोजित बजेटमध्ये आन्तरिक स्राेतबाट ४ अर्ब ५९ करोड ४० लाख , राजश्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख, रोयल्टी बाँडफाँडबाट ३० करोड, वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड १ लाख,सशर्त अनुदानबाट ७ अर्ब ७७ करोड ४ लाख, चालु आर्थिक वर्षको बचतबाट ५ अर्ब, समपूरक अनुदानबाट ८० करोड र विशेष अनुदानबाट ५० करोड रहने अनुमान रहेको छ । बजेटमा पूर्वाधार विकास, कृषि, पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकता दिइए
मुख्यमन्त्री शंकर पाेखरेलले आर्थिक बर्ष ०७६/०७७ काे बार्षिक बजेट प्रस्तुत (फोटो फिचर)

मुख्यमन्त्री शंकर पाेखरेलले आर्थिक बर्ष ०७६/०७७ काे बार्षिक बजेट प्रस्तुत (फोटो फिचर)

काठमाडौं । प्रदेश नं. ५ को सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले संसदमा बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्षको भन्दा करिब ८ अर्ब ३० करोड बढी बजेट सरकारले प्रस्तुत गरेको छ । यसपटकको बजेटमा पूर्वाधार, कृषि र पर्यटनलाई प्राथमिकतामा राखिएको छ । बजेटको पूर्णपाठ :
प्रदेश ५ को बजेट ३६ अर्ब ४१ करोड : पूर्वाधार, कृषि र पर्यटनमा प्राथमिकता (पूर्णपाठ)

प्रदेश ५ को बजेट ३६ अर्ब ४१ करोड : पूर्वाधार, कृषि र पर्यटनमा प्राथमिकता (पूर्णपाठ)

काठमाडौं । प्रदेश नं. ५ को सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले संसदमा बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्षको भन्दा करिब ८ अर्ब ३० करोड बढी बजेट सरकारले प्रस्तुत गरेको छ । यसपटकको बजेटमा पूर्वाधार, कृषि र पर्यटनलाई प्राथमिकतामा राखिएको छ । बजेटको पूर्णपाठ :
गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड

गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड

कास्की, असार १ गते । गण्डकी प्रदेशले आउँदाे आर्थिक वर्षका लागि ३२ अर्ब १३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । बजेटको ३८ प्रतिशत अंश अर्थात १२ अर्ब २८ करोड चालु खर्चमा रहेको छ भने ६२ प्रतिशत अंश अर्थात १९ अर्ब ८४ करोड रुपैयाँ पूँजीगत खर्चको लागि विनियोजन गरिएको छ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ६ अर्ब ७३ करोड रुपैयाँको न्यून बजेट पेश गरेको छ । न्यून बजेट मध्ये ४ अर्ब ४० करोड चालु आर्थिक वर्षको असार मसान्तसम्म खर्च हुन नसकेर बाँकी रहेको रकमबाट बेहोर्ने योजना रहेको अर्थमन्त्री गुरुङले बताउनुभयो । बाँकी रकम आन्तरिक ऋण र नेपाल सरकारबाट माग गर्ने योजना छ । गण्डकी प्रदेश सरकारले अन्य अञ्चल तथा प्रदेशमा दर्ता भएको सवारी साधन अञ्चलीकरण गरी गण्डकी प्रद
प्रदेश १ मा ४२ अर्ब २० करोडको बजेट

प्रदेश १ मा ४२ अर्ब २० करोडको बजेट

विराटनगर, असार १ । प्रदेश १ सरकारले आइतबार ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ। कुल विनियोजन मध्ये चालु तर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३ दशमलव ९ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ४३ हजार अर्थात् ५५ दशमलव ९ प्रतिशत बजेट विनियोजन गरिएको छ। वित्तिय व्यवस्थातर्फ ८ करोड अर्थात शून्य दशमलव २ प्रतिशत बजेट विनियोजन भएको छ। अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार विनियोजन गरिएको छ। प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आइतबार आर्थिक वर्ष २०७६÷०७७ को बजेट सार्वजनिक गरेका हुन्। बजेटले कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ। आन्तरिक स्रोतबाट ३ अर्ब ८६ करोड, राजस्व बाँडफाँटबाट १० अर्ब ५२ करोड र अनुदानबाट २१ अर्ब २१ करोड आगामी आर्थिक वर्षका लागि अनुमान गरिएक
यस्ताे छ प्रदेश ५ सरकारकाे वजेट

यस्ताे छ प्रदेश ५ सरकारकाे वजेट

बुटवल असार १ । प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७६–०७७ का लागि करिब ३५ अर्बको बजेट ल्याउँदै छ। प्रदेश ५ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार दिउँसो ३ बजे प्रदेश सभामा करिब ३५ अर्बको बजेट पेश गर्नेछन् । गत वर्ष २८ अर्ब १० करोड बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि करिब ७ अर्ब वृद्धि गरेको छ । प्रदेश सरकारका लागि संघीय सरकारबाट समानीकरण वित्तीय अनुदानबाट ७ अर्ब ५४ करोड एक लाख बजेट आएको छ । त्यस्तै राजश्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख, सशर्त अनुदानमा ७ अर्ब ७७ करोड ४ लाख बजेट छ । प्रदेश सरकारले करीब साढे ३ अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ । चालु आर्थिक वर्षको पूँजीगततर्फको १६ अर्बको केही रकम खर्च नभई सञ्चित हुनेछ । सो रकम समेत गर्दा करिब ३५ अर्बको बजेट आउने सम्भावना देखिएको हो । मुख्यमन्त्री पोखरेल घाटाको बजेट नल्याउने पक्ष
आज प्रदेश बजेट

आज प्रदेश बजेट

दाङ असार १ । सातवटै प्रदेश सरकारले आइतबार आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउँदैछन् । सातवटै प्रदेशको कुल बजेटको आँकडा २ खर्ब ५४ अर्ब पुग्ने अनुमान छ । प्राप्त विवरण अनुसार प्रदेश १ ले ४० अर्ब, प्रदेश २ ले ३५ अर्ब, प्रदेश ३ ले ५० अर्ब, गण्डकी प्रदेशले ३२ अर्ब, प्रदेश ५ ले ३५ अर्ब, कर्णाली प्रदेशले ३३ अर्ब र सुदुरपश्चिम प्रदेशले २९ अर्बको बजेट ल्याउने तयारी गरेका छन् । सबै प्रदेशले कृषि, पर्यटन, सडक, खानेपानी र उद्यमलाई प्राथमिकतामा राखेका छन् । साना आयोजनाभन्दा पनि ठूला आयोजना बजेटको प्राथमिकतामा परेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
सिमेन्ट उद्योगको प्लान्ट भत्कियो

सिमेन्ट उद्योगको प्लान्ट भत्कियो

दाङ जेठ ३२ । सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ढलाइ भत्कँदा दाङमा तीन मजदुरको मृत्यु भएको छ। जिल्लाको लमही नगरपालिका वडा नम्बर ७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा छैटौं तलाको सट्रिङ्ग भत्किँदा भारतीय मजदुरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताए। मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ वर्षका मंगल कस्यव, २२ वर्षका दयाल हरेन, ४६ वर्षका साहेव रहेका छन्। घटनामा अजय हेरेन, दिपेन बोडोलर्इ, नरेन बोडोलर्इ घाइते भएका छन्। जसमध्ये अजय हेरेन र नरेन बोडोलाई थप उपचारका लागि बुटवल लगिएको छ। घाइतेहरुको फ्लोरेन्स अस्पताल लमहीमा प्रारम्भिक उपचार गरिएको थियो। घटना शनिबार बिहान २ बजे भएको बुझिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। दिउँसो काम गर्दा गर्मी बढी हुने भएकाले उनीहरु रातको समयमा काम गरिरहेका थिए।
उपमहानगरको ‘ज्यादती’

उपमहानगरको ‘ज्यादती’

बुटवल जेठ ३२ । बुटवल उपमहानगरपालिकाले अदालतमा मुद्धा विचाराधीन रहेकै अवस्थामा बुटवल-१ स्थित जामे मस्जिद अगाडि रहेका घरटहरामा डोजर लगाएको छ। बुटवलको जामे मस्जिद अगाडि रहेको राणा शासकहरुले भोगचलन गरेको सो जग्गामा वर्षौंदेखि बसिरहेका बासिन्दाको घरमा उपमहानगरले डोजर चलाएको हो। घरटहरा हटाएपश्चात् सो स्थानका १६ घरपरिवार विस्थापित भएका छन्। बुटवल–१ स्थित साविक बिटौरी कित्ता नम्बर ८३ को २ कठ्ठा बढी जग्गामा २०२८ सालदेखि बस्दै आएका १६ परिवारको घरटहरामाथि उपमहानगरले आज सुरक्षाकर्मीको सहयोगमा डोजर लगाएर बस्ती हटाएको हो। उपमहानगरले ३५ दिने सूचना जारी गर्दै जग्गा खाली गर्न सूचना टाँस गरेको थियो। स्थानीयहरुले भने उक्त जग्गामा आफूहरु वर्षौंदेखि बसोबास गर्दै आएको भन्दै उपमहानगरलाई विपक्षी बनाएर पीडितहरुले तुल्सीपुर उच्च अदालत बुटवल इजलाशमा मुद्दा समेत दायर गरेका थिए। सो मुद्दाको पेसी आगामी असार
चट्याङ परेर आगजनी हुँदा ३९ घर नष्ट

चट्याङ परेर आगजनी हुँदा ३९ घर नष्ट

बाँके जेठ ३०– बाँकेकाे डुडुवा गाउँपालिकामा बुधबार हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन् । डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो । चट्याङपछि स्थानीय रामखेलावन यादवको घरबाट आगो सुरु भएको थियो । आगलागीका कारण लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ । घटनामा घाइते भएकी १५ वर्षीया नन्की यादवलाई उपचारका लागि सीमावर्ती भारतीय बजार लगिएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो । उहाँले आगजनी पीडितलाई राहत वितरणको तयारी गरिएको बताउनुभयो । यसैगरी बाँकेकै खजुरा गाउँपालिका वडा नं ६ सिमलघारीमा पनि बुधबार चट्याङपछि स्थानीय गोरख विकको घरमा आगलागी भएको छ । आगलागीबाट अन्नपात लत्ताकपडा जलेर नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक पौडेलले जानकारी
Open

Expert Education Dang

Close