जीवन शैली – Page 70 – दाङ खबर
Global Luja Dang

जीवन शैली

जीवन शैली

दादुरा के हो, लक्षण तथा बच्ने उपचार

दादुरा के हो, लक्षण तथा बच्ने उपचार

के हो दादुरा यो अत्यन्त संक्रामक भाइरसले गर्दा हुने रोग हो । यो रोगले सामान्यत बालबालिकालाई बढी प्रभावित गर्छ । डब्लूएचओका अनुसार, कडा रूपमा देखिने दादुरा कुपोषित बालबालिका र शरीरमा रोग प्रतिरोधक क्षमता कमभएकालाई बढीहुने गर्छ । उच्च कुपोषण र पर्याप्त स्वास्थ्य स्याहारको कमी भएको जनसंख्यामा दादुरा मृत्युको १० प्रतिशतसम्म कारक हुन सक्छ । गर्भावस्थामा दादुराबाट संक्रमित भएका महिलाहरू यसका कारण समयपूर्व प्रसूति, गर्भपतनजस्ता जोखिममा हुन्छन् । दादुराको संक्रमण भएर निको भएका व्यक्तिहरूलाई बाँकी जीवनभर योसंक्रमणले दोहोर्‍याएर छुँदैन । अर्थात्,उनीहरू दादुराप्रतिरोधी हुन्छन् । दादुरा प्यारामिक्सो भाइरस परिवारको एउटा भाइरसले गर्दा हुन्छ । यो रोग खोक्दा वा हाच्छिउँ गर्दा एक व्यक्तिबाट अर्कोमा सर्छ । मुखबाट वा श्वासप्रश्वासका माध्यमबाट निस्किने पानीका ससाना कण ड्रपलेटले यो रोग अरू स्वस्थ
क्यान्सरका बिरामीलाई घरमै कसरी हेरचाह गर्ने

क्यान्सरका बिरामीलाई घरमै कसरी हेरचाह गर्ने

प्रविधिको विकास तथा चिकित्सा क्षेत्रमा प्राप्त भएका सफलताहरूको कारणले क्यान्सरका बिरामीहरूले अस्पतालमा बिताउनुपर्ने दिनहरू घट्दै गएका छन् । धेरैले बिरामीलाई घरमै राखेर हेरचाह गर्न थालेका छन् । धेरैजसो क्यान्सरका बिरामीहरूले हस्पिटलभन्दा घरमै आफ्नो हेरचाह गरिएको मन पराउँछन् । बिरामीले आफ्नै घरवरिपरिको वातावरणमा सजिलो महसुस गर्ने मात्रै नभई आत्मनिर्भरता र नियन्त्रणको भावना पनि पाउँछन् जसले ठूलो महत्व राख्छ । यसैको नतिजास्वरूप परिवारका सदस्यहरूले घरमै विभिन्न उपकरणहरूको सहायताले क्यान्सरका बिरामीको हेरचाह गर्न थालेका छन् । परिवारका कुनै सदस्यलाई क्यान्सर छ र घरमै उपचार गर्न चाहनुहुन्छ भने यस्ता कुराहरूमा ध्यान दिनु आवश्यक छः बिरामीको स्वास्थ स्थिति बुझ्नुहोस् आफ्नो नजिकको मानिसलाई लागेको क्यान्सरको बारेमा थाहा पाइराख्नुहोस् । कस्तो खालको क्यान्सर लागेको हो र कुन चरणमा छ भन्ने कुरा
पति पत्नीको यस्तो तालमेलले हुनसक्छ आर्थिक समृद्धि

पति पत्नीको यस्तो तालमेलले हुनसक्छ आर्थिक समृद्धि

के भनाई छ भने, अक्सर दम्पतीको कलह आर्थिक कारणले हुन्छ । जब घरखर्च र कमाईको अनुपात मिल्दैन । अर्थात, जब कमाई भन्दा खर्च बढी हुन्छ, तब पारिवारिक कलह सुरु हुन्छ । पुग्दो आयस्रोत एवं पैसा छ भने परिवारका इच्छा, चाहना र आवश्यक्ताहरु त्यही अनुरुप पुरा हुन्छ । उनीहरुमा आर्थिक कारणले कुनै समस्या आउँदैन । तर, आयस्रोतका माध्याम कम हुँदै जानु, आर्थिक भार थपिदै जानु भनेको कलहको निहुँ बन्छ । आर्थिक अभावले पारिवारिक विखण्डन ल्याउँछ । दम्पतीबीच मनमुटाव, झैझगडा मात्र होइन, सम्बन्ध नै दुई चिरा पर्ने अवस्था पनि आउँछ । आफ्नो सामान्य आवश्यक्ताहरु सजिलै पुरा नहुँदा, इच्छाहरु खुम्च्याएर बस्नुपर्दा परिवारमा सुख आउँदैन । पतिपत्नीबीच एकअर्काले गर्ने खर्च पनि कलहको विषय बन्छ । त्यसैले परिवार सुखको एउटा माध्यम हो, दिगो आयस्रोत । भनौं, पुग्दो पैसा छ भने परिवारमा आर्थिक कारणले कलह हुँदैन । सामान्य आवश्यक्ताहरु
उपत्यकाभित्रै तरकारीको फरक फरक मूल्य

उपत्यकाभित्रै तरकारीको फरक फरक मूल्य

काठमाडौँ, फागुन २९- काठमाडौं उपत्यकाभित्रै रहेका तरकारी बजारमा तरकारीको मूल्य फरक फरक पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार र अन्य तरकारी बजारमा अनुगमन गर्दा एउटै तरकारीको मूल्य पनि फरक फरक पाइएको हो । तरकारी व्यवसायीहरूले तरकारीको मूल्य निर्धारणमा मनोमानी गर्दा आपसमा जोडिएर रहेका पसलमै समेत तरकारीको मूल्य फरक फरक हुने गरेको छ । कालीमाटी तरकारी बजारमा हरियो खुर्सानीको खुद्रा मूल्य ४८ रुपैयाँ प्रतिकिलो छ । तर, त्यही खुर्सानी मैतीदेवीमा ७० रुपैयाँ र कुपण्डोलमा ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको पाइयो । त्यस्तै, कालीमाटीमा खुद्रा मूल्य ३८ रुपैयाँ प्रतिकिलोेका दरले रहेको ठूलो गोलभेंडा कुपुण्डोलमा ५० रुपैयाँ प्रतिकिलो र मैतीदेवीमा ४० रुपैयाँ प्रतिकिलोेका दरले बिक्री भइरहेको थियो । कालीमाटी तरकारी बजारमा प्रतिकिलो ५५ रुपैयाँका दरले रहेको भन्टा कुपुण्डोलमा उपभोक्ताले ७० रुपैयाँमा खरि
आज – २९ बैशाख २०७५ शनिवारको राशिफल

आज – २९ बैशाख २०७५ शनिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विचार गरेर निर्णय लिनु उचित होला । गरेको काममा ढिलासुस्ती हुनेछ । पारिवारिक समस्या आइपर्ला । खर्चिलो यात्रा रहला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वादिष्ट भोजन पाईनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यहरू अधुरै रहला । प्रेममा मनमुटाव आउला । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरी
गर्मीमा कसरी जोगाउने छाला र कपालको सौन्दर्य ?

गर्मीमा कसरी जोगाउने छाला र कपालको सौन्दर्य ?

गर्मीमा चर्को घाम र धुलो-धूँवाले अनुहार तथा हातखुट्टाको छालालाई सोझो असर गर्छ । घामले छालालाई कालो बनाउँछ । छालाको पानी सोस्छ र रुखो बनाउँछ । छाला फुस्रो हुने, रुखो हुने समस्या हुन्छ । मध्यन्हको चर्को घाममा घरबाहिर हिँड्ने अझ मोटरसाइकल, स्कुटरमा कुद्नेहरुले अनुहारको सुरक्षा खोज्नुपर्छ । मोटरसाइकल एवं स्कुटरमा धुलो, धूँवाले अझ बढी असर गर्छ । जसरी अनुहारलाई घाम, धुलो, धूँवाले क्षति पुर्‍याउँछ, त्यसैगरी कपाललाई पनि असर गर्छ । त्यसैले गर्मीमा अनुहार तथा कपालको सौन्दर्य कायम राख्न केही उपाय अपनाउनुपर्छ । के हुन्छ समस्या ? घामको सोझो असरले अनुहार रुखो हुने समस्या देखापर्छ । भनिन्छ, मध्यन्हको चर्को घामले छालालाई स्वभाविकभन्दा बुढो बनाइदिन्छ । त्यसैले यतिबेला चर्को घाममा निस्कनु त्यती राम्रो मानिदैन । त्यस्तै छाला डढ्ने, चायाँपोतो आउने, डन्डिफोर आउने, फुस्रो हुने समस्या देखापर्छ । न
यस्ता छन् आँखामुनि कालो धब्बा देखिनुका कारण

यस्ता छन् आँखामुनि कालो धब्बा देखिनुका कारण

एजेन्सी, कतिपयको आँखाको तल्लो भागमा कालो धब्बा र घेरा बस्छ । ‘कालो धब्बा आफैमा छालाको रंग होइन, बरु रगत र पानीको प्रवाहको कम हो,’ छाला विज्ञ जस्टिन हेक्सटल भन्छिन् । दिनमा यस्ता धब्बा अझै स्पष्ट देखिन्छ । सुख्खा हुँदा यस्तो धब्बा झनै देखिन्छ । ‘जब तपाईको शरिर सुख्खा हुन्छ वा शरिरमा पानीको मात्रा न्यून हुन्छ छालाको आधारभूत पत्र अर्थात् डर्मिसमा रगत र पानीको प्रवाह न्यून हुन्छ । अनि भित्री छाला प्रष्ट रुपमा कालो देखिन्छ’, उनी भन्छिन् । तपाईँले अघिल्लो रात सुख्खा खानेकुरा खानुभएको छ वा पानी कम पिउनुभएको छ भने पनि भोलिपल्ट बिहान आँखाको तल्लो भागमा घेरा पर्नेदेखि कालो धब्बासम्म हुन्छ । अझ साँझ पख कफी खानुभएको छ भने त यसको स्ष्ट असर भोलि बिहान आँखामा देख्नुहुन्छ । कफीले आँखाको नरम छालाको पानी विस्तारै सोसिदिन्छ र छाला कालो हुन्छ । यदि तपाईँ एसी वा ताप दिने कोठामा हुनुहुन्छ भने त यसको असर स
दाँत सुन्दर मात्र होइन, स्वास्थ्य पनि हुनुपर्छ

दाँत सुन्दर मात्र होइन, स्वास्थ्य पनि हुनुपर्छ

दाँत, शरीरको यो हिस्सा बहुउपयोगी छ । दाँतको सम्बन्ध मूलत, दुई कुरासँग छ । एक स्वास्थ्य, दोस्रो सौन्दर्य । पहिलो कुरा, दाँतको मूख्य काम खानेकुरा चपाउनु हो । यसर्थ दाँतको सम्बन्ध सम्पूर्ण शारीरिक स्वास्थ्यसँग पनि छ । किनभने जब दाँतले राम्ररी चपाएर खाइन्छ, तब पाचन प्रक्रिया सहज रुपले हुन्छ । भनिन्छ, खानेकुरा राम्ररी चपाएर खानुपर्छ । राम्ररी चपाएर खानेकुरा सेवन गर्दा त्यसमा रहेको पोषक तत्व शरीरले सहज रुपमा ग्रहण गर्छ । पाचन यन्त्रलाई अनावश्यक भार पर्दैन । यसरी खानेकुरालाई टुक्रा-टुक्रा गर्नका लागि बलियो दाँत चाहिन्छ । बलियो दाँत मात्र भएर पनि पुग्दैन, सफा र स्वस्थ्य पनि हुनुपर्छ । किनभने दाँत फोहोर भयो भने हामीले जे-जति खानेकुरा खान्छौं, त्यो सबै दुषित हुन्छ । मुखमा खानेकुरा चपाउन थालेपछि त्यो सफा हुनुपर्छ । यसका लागि मुख तथा दाँत पनि सफा हुनुपर्छ । दोस्रो कुरा, कवि, कलाकारले सौन्दर्य
Open

Expert Education Dang

Close