Victoria College Dang

जीवन शैली – Page 69 – दाङ खबर

जीवन शैली

जीवन शैली

विपन्न विद्यार्थीलाई विद्यालय पोशाक र झोला

विपन्न विद्यार्थीलाई विद्यालय पोशाक र झोला

तेह्रथुम, जेठ ११ । तेह्रथुमको आठराई गाउँपालिकाका ६० जना विद्यार्थीलाई विद्यालय पोशाक, शैक्षिक सामग्री र झोलालगायत सामग्री वितरण गरेको छ । समुदायमा रहेका गरीब र जेहेन्दार विद्यार्थीको पहिचान गरी नियमितरुपमा विद्यालय जाने वातावरण बनोस् भन्ने ध्येयले सोसाइटीले आठराई गाउँपालिकाका सातवटै वडाका ६० जना विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको हो । वडामा रहेका सामुदायिक विद्यालयबाट विपन्न विद्यार्थी छनोट गरी स्थानीय जनप्रतिनिधिसमेतको सहभागितामा प्रति विद्यार्थी रु एक हजारबराबरका विद्यालय पोशाक, शैक्षिक सामग्री र झोलालगायत सामग्री वितरण गरिएको देउराली सोसाइटीका सामाजिक परिचालक सुवास कन्दङ्वाले बताउनुभयो । त्यस्ता सामग्री पाउनेमा ह्वाकुका सातजना, इवा, छातेढुंगा, चुहानडाँडा, थोक्लुङ, खाम्लालुङ र सक्रान्तिका नौ–नौजना विद्यार्थी रहेका छन् । एक्सनएड नेपालको आर्थिक सहयोगमा देउराली सोसाइ
विवाहमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने, खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने

विवाहमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने, खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने

काठमाडौं, जेठ ११ । विवाहमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने कानून बन्ने भएको छ। गृह मन्त्रालयले तयार पारेको सामाजिक सुधार विधेयकमा दुलाहा पक्षले दुलहीलाई ४० र दुलही पक्षले दुलाहालाई बढीमा २० ग्राम सुन दिन मिल्ने उल्लेख छ। दाइजो, जन्ती र आफूखुसी भोजभतेर गर्दा विभिन्न समस्या भएको भन्दै मन्त्रालयले नयाँ ऐन ल्याउने तयारी गरेको हो। विवाहमा बोलाइएका व्यक्तिले ५ सय रुपैयाँ वा सो बराबरको मात्र उपहार दुलाहा वा दुलहीलाई दिन पाउने विधयेकमा व्यवस्था गरिएको छ। ऐन लागु भएपछि दुलाहा पक्षबाट २५ र दुलही पक्षबाट ३५ जनामात्र जन्ती जान पाउने छन्। विवाह भोजमा २ सय ५० र सामाजिक भोजमा १ सय जनासम्मलाई बोलाउन पाइनेछ। विवाह र अन्य भोजभतेरको खर्च विवरण १५ दिन भित्र स्थानीय तहमा बुझाउनु पर्ने व्यवस्था विधेयकमा छ। तोकिएको भन्दा बढी सुन दिए सुन जफत वा ३ महिना जेल सजाय हुनेछ। बढी जन्ती लिनेलाई पच
विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’

विदेश जानेलाई वैदेशिक रोजगार ‘एप’

काठमाडौँ, जेठ ११ । विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले वैदेशिक रोजगार ‘एप’ सार्वजनिक भएको छ । साझा सवाल मिडियाले आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा बिहीबार साँझ विदेशमा कामका लागि जाने कामदारलाई लक्षित गरी एप सार्वजनिक गरेको हो । वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहनुभएका लाखौँ नेपाली, म्यानपावर व्यवसायी तथा वैदेशिक रोजगारीको क्षेत्रमा चासो राख्ने व्यक्तिलाई लक्षित गरेर एप सार्वजनिक गरिएको मिडियाका सम्पादक अनिल अधिकारीले जानकारी दिनुभयो । “रोजगारीका लागि विज्ञापन सहजै छान्न, विज्ञापन सहज हो या होइन भन्ने जानकारी दिन, म्यानपावरबारे विस्तृत जान्न र सम्पूर्ण म्यानपावरको जानकारी दिन एपले महत्वपूर्ण भूमिका खेल्नेछ,”– उहाँले भन्नुभयो । एपभित्र देशगत रुपमा आफूले मन परेको देशको माग कामदार माग, सर्वाधिक धेरैले मन पराएको माग, तलब, पद
बैतडीका किशोरीहरुलाई आइरन चक्की खुवाइने

बैतडीका किशोरीहरुलाई आइरन चक्की खुवाइने

बैतडी, जेठ ११ । गर्भवती आमा र किशोरीहरुलाई रक्तअल्पता बढ्दै गएको भन्दै बैतडीका किशोरीहरुलाई आइरन चक्की र फोलिक एसिड खुवाइने भएको छ । बैतडी, जेठ ११ । गर्भवती आमा र किशोरीहरुलाई रक्तअल्पता बढ्दै गएको भन्दै बैतडीका किशोरीहरुलाई आइरन चक्की र फोलिक एसिड खुवाइने भएको छ । पछिल्लो समय गर्भवती आमा र किशोरीहरुलाई रक्तअल्पता बढ्दै गएको भन्दै यसबाट जोगाउन आइरन चक्की खुवाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिए । किशोरीहरुमा रक्तअल्पता बढ्दै गएपछि रगतको मात्रा बढाउन जिल्लाका २८ हजारभन्दा बढी किशोरीलाई आउँदो साउन महिनाबाट आइरन चक्की र फोलिक एसिड खुवाइने जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको जनाएको छ । नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार नेपालमा ४४ प्रतिशत किशोरीमा रक्तअल्पता पाइएको थियो । सन् २०११ मा गरिएको सर्वेक्षणमा ३९ प
ढाड दुखाईको समस्या र उपचार

ढाड दुखाईको समस्या र उपचार

ढाड दुखाई अहिलेको युगको सबै भन्दा ठुलो समस्या भएको छ । जुनसुकै उमेरमा पनि ढाडको समस्या हुन सक्छ, तर ढाडको दुखै धेरै जसो उमेर ढल्कदै जाँदा नै हुन्छ । कहिले काहीँ केही छिनमा निको हुने दुखाई, कहिले दैनिक कृयाकलप गर्दा पनि गाह्रो गराउँछ । डा. सागर पाण्डे ढाडको दुखाइ हड्जोर्नी सम्बन्धी दुखाइ हो । ढाडको दुखार्इ सानो वजन उठाउँदादेखि, बसाई नमिल्दा, काम गराई नमिल्दा पनि हुन सक्छ । डाक्टरले ढाडको दुखाईमा फिजियोथेरापी गर्न भन्छन् । ढाड दुखाईको लागी अहिलेको युगमा यो सबै भन्दा उपायोगी विधि रहेको छ । सुरुमा आधुनिक बिधुतिए उपकारणले तपाईँको दुखाई केही हदसम्म कम गरिन्छ । दुखाई कम गर्न तपाइलाई टु द पाइन्ट उपचार ब्याम गर्दछ । जुन मुख्य समस्याले गर्दा दुखाइ भएको हो, जस्तो गलत बसाइको कारण, मास्पेसी कम्जोरि, नसा च्यापिएको त्यो हेरेर विभिन्न फरक फरक ब्याम सिकाइन्छ जसले तपाईँको समस्या निवारण गर्दछ ।
यस्तो स्कूल जहाँ डेटिङ पढाइन्छ

यस्तो स्कूल जहाँ डेटिङ पढाइन्छ

के तपाईलाई डेटिङ जाने तौर तरिका थाहा छ, के तपाईलाई थाहा छ कि प्यारका लागि भेटघाट, कुराकानीमा संवेदनशीलताका साथ साथीको विशेष ख्याल राख्नुपर्ने हुन्छ । के तपाईलाई थाहा छ कि सफल डेटिङका लागि तपाईलाई राम्रो नाच्न आउनु आवश्यक छ । यदी तपाईको जवाफ आउँदैन भन्ने छ भने यस्तो समस्या समाधान हुने तरिका पछि छ । चीनमा यस्तो डेटिङ स्कूल छ जहाँ मानिसलाई तालिम दिइन्छ कि सफल डेटिङ बारे । चीन जनसंख्याका हिसाबमा सबैभन्दा ठूूलो देश हो । यहाँ युवाको संख्या युवतीको संख्या भन्दा धेरै छ । यसको कारण चीनको एक सन्तान नीति रहेको जनाइएको छ । जसमा मानिसलाई एक मात्र बच्चा जन्माउने अनुमति थियो । आज चीनका युवापिढीको मुस्किल यो छ कि युवतीका लागि डेटिङमा रिझाउनु । जसका कारण त्यहाँ डेटिङ स्कूल तथा कोचिङ खुलिरहेका छन् । बेजिङमा यस्तो एक लव एनर्जी स्कूल चलाउछन् मोका । उनी भन्छन् डेटिङ एक राम्रो नृत्य जस्तै हो । कह
पहिरोले जलविद्युत् बगाएपछि एकवर्षदेखि अन्धकारमा

पहिरोले जलविद्युत् बगाएपछि एकवर्षदेखि अन्धकारमा

म्याग्दी, जेठ १० । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङ गाउँ एकवर्षदेखि अन्धकारमय बनेको छ । २०७४ साउन १२ गते गाउँनजिक रहेको जुगेपानी पहिरोले २५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजल विद्युत् परियोजनाको विद्युत्गृह पुरिनुका साथै नहर बगाएपछि गाउँ अन्धकार बनेको हो । विद्युत्को अभावमा विद्यालयका विद्यार्थी, स्वास्थ्य चौकीमा नियमित उपचारसहित गाउँको जनजीवन प्रभावित भएको वडाध्यक्ष गमप्रसाद विकले बताउनुभयो । “विद्युत् आपूर्ति रोकिएको एक वर्ष बित्न लाग्यो, सोलार र टुकी बाल्नुपर्ने बाध्यता छ” विकले भन्नुभयो । उहाँले अधिकांश दलितको बसोबास रहेको लुलाङमा गरिबीका कारण सोलार र मैनबत्तीसमेत किन्न नसक्दा बालबालिकाले साँझपख पढ्नबाट वञ्चित हुँदा शैक्षिक गतिविधि प्रभावित भएको दुुखेसो गर्नुभयो । परियोजनाको अधिकांश संरचना पहिरोले क्षति पुयाएपछि गाउँपालिकाले विनियोजन गरेको रु २३ लाख बजेटले परियोजना
मेसिनबाट माटाका भाँडा बनाउँदै दाङका कुमाल

मेसिनबाट माटाका भाँडा बनाउँदै दाङका कुमाल

दाङ, जेठ ९ । परम्परादेखि हातले माटाका भाँडा बनाउँदै आएका दाङका कुमाल समुदायले भाँडा बनाउन पछिल्लो आधुनिक मेसिन प्रयोग गर्न थालेका छन्। मेसिनबाट भाँडा बनाउन पाउँदा उनीहरू खुसी भएका छन्। माटोका भाडा निर्माणका लागि माटो घोल्ने मेसिन, माटो पेल्ने मेसिन, माटोलाई धुलो बनाउने मेसिन, सामान पोल्ने मेसिन जडान भएको छ। हातले माटाका भाँडा बनाउँदा फुटेर खेर जाने समस्या रहेको स्मरण गर्दै कुमाल अगुवा प्रेमबहादुर कुमालले आधुनिक मेसिनको प्रयोगबाट त्यो समस्याको अन्त्य हुने बताए। ‘पुरानो तरिकाबाट माटाका भाँडा निर्माण गर्दा फुटेर धेरै खेर जाने गरेका थिए,’ उनले भने, ‘अब मेसिन जडानसँगै त्यो समस्या अन्त्य हुनेछ।’ मेसिन विद्युतबाट चल्ने भएकाले पहिले जस्तो भट्टी बनाएर माटोका भाँडा बनाउने चलनको अन्त्य भएको छ। मेसिनको प्रयोगसँगै भाँडा बनाउन लाग्ने समय पनि कम भएको छ। पहिले तीन दिन लाग्ने काम मेसिनबाट एक दिनै सकि
लामो आयु बाँच्न चाहने पुरुषका लागि जरुरी उपाय

लामो आयु बाँच्न चाहने पुरुषका लागि जरुरी उपाय

विभिन्न अनुसन्धानलाई हेर्ने हो भने देखिन्छ सामान्यतः विश्वव्यापी रूपमै महिलाहरू पुरुषका तुलनामा बढी बाँच्छन् । सन् २०१६ को तथ्यांकअनुसार नेपालीहरूको औसत आयु ७०।२५ वर्ष रहेकामा महिलाको ७१।८८ र पुरुषको ६८।६६ वर्ष रहेको देखिन्छ । यस आधारमा हेर्दा महिला र पुरुषबीच सरदर ३ वर्ष आयु अन्तर देखिन्छ जुन निकै ठूलो अन्तर मानिन्छ । विश्वभरिकै सरदर आयुमा पनि यही बराबरकै अन्तर देख्न सकिन्छ । यस हिुसाबले हेर्दा पुरुषहरूले महिलाहरू जत्तिकै लामो आयु बाँच्नका लागि केही उपाय लगाउनुपर्ने बेला आइपुगेको छ । यसका लागि केही उपाय छन् पनि । ती उपाय अवलम्बन गर्नाले पुरुषहरू पनि दीर्घजीवी हुने बाटोमा अघि बढ्न सक्छन् । एउटा अध्ययनले बताएको भो महिलाहरू बढी बाँच्नुमा आनुवंशिक कारणले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । महिलाहरूमा क्रोमोजोम हुन्छ भने पुरुषमा एक हुन्छ । क्रोमोजोम शरीरको हरेक कोषिकामा पाइन्छ र य
‘बालबालिकाको अवस्था कहालिलाग्दो’

‘बालबालिकाको अवस्था कहालिलाग्दो’

जनकपुरधाम, जेठ ९ । प्रदेश नं २ मा बालबालिकाको अवस्था कहालिलाग्दो रहेको प्रति ध्यानाकर्षण गराइएको छ । तथ्यांकनुसार प्रदेशमा प्रजनन दर, नवजात शिशु, शिशु र बाल मृत्युदर कहालिलाग्दो छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको नतिजाबमोजिम प्रदेशमा प्रतिमहिलामा जीवित जन्म हुने शिशु ३।० प्रतिशत छ । त्यस्तै पाँच वर्षमुनिका बालबालिका उमेरअनुरूप उचाइ नपुगेका ३७ र छ महिनादेखि ५९ महिनाको बालबालिककामा कुनै न कुनै किसिमको रक्तअल्पता भएको ५९ प्रतिशत देखिएको छ । प्रदेशमा बालबालिकामा अशिक्षा, बालश्रम, बालविवाह, ओसारपसार, परिवारविहीन, अनाथ, यौन दुव्र्यवहार तथा व्यावसायिक यौनशोषण, शारीरिक दण्डसजाय, हेपाइ, घरेलु हिंसा, मनोसामाजिक लागुपदार्थ दुव्र्यसन, उपेक्षा, कुलत, गर्भपतन, कुपोषण, अपहरण, खाद्य बानी र बेवास्ता मुख्य विषय रहेको पाइएको छ । एक तथ्यांकानुसार प्रदेशका २० लाखभन्दा अधिक बालबालिका विद्या
Open

Expert Education Dang

Close