जीवन शैली – Page 68 – दाङ खबर
Global Luja Dang

जीवन शैली

जीवन शैली

केरा खेतीमा रु दश लाखको क्षति

केरा खेतीमा रु दश लाखको क्षति

कञ्चनपुर, जेठ ४ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हावाहुरीले केरा खेतीमा रु दश लाखभन्दा बढीको क्षति गरेको छ । नगरपालिकाको कृषि शाखाका अनुसार वडा नं १२ का सातजना किसानले लगाएको २९ हजार ४६१ वर्गमिटर क्षेत्रफलमा लगाएको केराखेतीमा क्षति भएको हो । हावाहुरीले पसाएको केराका बोट ढालेपछि निकै क्षति व्यहोर्नु परेको कृषि शाखा प्रमुख वीरबहादुर कुँवरले बताउनुभयो । हावाहुरीले केरा खेतीमा निकै नोक्सानी पु¥याएपछि किसानले क्षतिपूर्तिका लागि नगरपालिकासम्म पुगेका छन् । १३ हजार ५४५ वर्गमिटर क्षेत्रफलमा केराखेती गरेका मोहन रानाले केराका सबै पसाएका बोट ढलेपछि ठूलो क्षति ब्यहोर्नु परेको बताउनुभयो । ऋण निकालेर केरा खेती गरेको थिएँ, उहाँले भन्नुभयो, “सबै हुरीबतासले उडाएर लगेपछि ऋण कसरी तिर्ने भन्ने पिरलो भएको छ ।”
आज – ०४ जेठ २०७५ शुक्रवारको राशिफल

आज – ०४ जेठ २०७५ शुक्रवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कमको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । बोलीको प्रभाब बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्नेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । काम गर्ने उत्साह र हौसला मिल्नेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भौतिक साधन जुटाउने समय छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । धर्म,कर्ममा मन लाग्नेछ । रमाइलो यात्राको योग रहेको छ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोजगारको अवसर मिलनेछ । चिताएको कामले तीव्रता लिनेछ । जोश जाँगर र हिम्मत वढ्नेछ ।
मुटु र मृगौला रोगीको गन्तव्य बन्दै गौतमबुद्ध मुटु अस्पतालमा

मुटु र मृगौला रोगीको गन्तव्य बन्दै गौतमबुद्ध मुटु अस्पतालमा

बुटवल, जेठ ३ । २०७० साल पुस १० गतेदेखी मुटु रोगीहरुलाई उपचार गर्ने उद्देश्यले स्थापीत बुटवल रामनगरमा अवस्थित गौतमबुद्ध मुटु अस्पताल सञ्चालनको ५ बर्षमै यस क्षेत्रका मुटु र मृगौला रोगीहरुको गन्तव्य बनेको छ । मुटु रोग, किड्नी डायलसिस र फोक्सोको विशेष उपचार हुने यस अस्पतालमा अहिले मुटुको ६ जना, मृगौलाको १ र रेडियोलोजिष्ट लगायत अन्य ११ जना विशेषङ्ग डाक्टरहरुबाट सेवा विरामीहरुलाई सेवा प्रवाहा भैरहेको छ । दैनिक २ सयभन्दा धेरै विरामीहरुको घुईँचो रहने उक्त अस्पतालमा धेरै रोगीभने मुटुकै रहने गरेको अस्पतालका अध्यक्ष एजाज आलम बताउँछन् । अस्पतालले विगत २ महिनादेखी सेभ द किड्नी’ अभियान चलाईरहेको छ । ५० प्रतिशत छुटमा चेकअप गराउन पाउने विरामीहरुलाई अहिले १७ वटा मेसिनबाट डायलिसिस चलिरहेको छ, जुन राजधानीबाहिरको सबैभन्दा ठूलो हो । मुटु र मृगौलाको रोग निकै संवेदनशील भएकोले यसप्रति सजग रहन आवश्यक छ
अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

कुखुराको अन्डाको मूल्य बढेको छ । नेपाल अण्डा उत्पादक संघले एउटा अण्डाको मूल्य १५ रुपैयाँ निर्धारण गरिएको जानकारी दिएको छ। यो भन्दा पहिले प्रतिगोटा १४ रुपैयाँ रहेकोमा दाना तथा लागत मूल्य बढेको भन्दै संघले एक रुपैयाँ बृद्धि गरेको जानकारी दिएको छ।
रातो अंगुर खानुका फाइदा केके छन, जानिराखौँ

रातो अंगुर खानुका फाइदा केके छन, जानिराखौँ

गर्मीको मौसममा रातो अंगुरले धेरैलाई आकर्षित गर्दछ । रातो अंगुर हेर्दा जति आकर्षक देखिन्छ, खाँदा उत्ति नै स्वादिलो पनि हुन्छ । यसको अमिलो तथा गुलियो स्वादकै कारण गर्मीमा सेवन गरिने विभिन्न जुसमा समेत यसको प्रयोग गरिन्छ । डाइटिसियनहरूका अनुसार रातो अंगुरमा प्रशस्त मात्रामा भिटामिनका साथै एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । यसको सेवनले शरीरमा आवश्यक मात्रामा पोषणतत्व प्रदान हुनुका साथै विभिन्न रोग लाग्नबाट समेत जोगाउँछ । रातो अंगुर सेवन गर्नुका अन्य थुप्रै फाइदा छन्, जुन यसप्रकार छ । आँखाको ज्योति बढाउँछ रातो अंगुरमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट तत्वका साथै रेस्वेराट्राल तत्व पाइन्छ । यसमा रहेको तत्वले आँखाको टिस्यूलाई अवरोध गर्ने केही एञ्जाइमको विपरीत काम गरेर त्यसलाई बाहिर निकाल्न मद्दत गर्छ । भिटामिन के’ ले भरिपूर्ण रातो अंगुर धेरैको रोजाइमा पर्छ । रातो अंगुर हेर्दा जति आर्कष
सावधान, यस्ता बानीले पुरुषलाई बनाउन सक्छ नपुंसक

सावधान, यस्ता बानीले पुरुषलाई बनाउन सक्छ नपुंसक

पति–पत्नीबीच सुमधुर सम्बन्ध कायम राख्न शारीरिक सम्पर्कको निकै ठूलो महत्व हुने गर्दछ । व्यस्त जीवनशैली, गलत खानपान तथा विभिन्न बानीका कारण पुरुषहरू इरेक्टाइल डिसफङ्सनको शिकार हुने गर्दछन् । इरेक्टाइल डिसफङ्सन एक यस्तो समस्या हो, जसमा पुरुषहरूमा आत्मविश्वासको कमी तथा अधुरो हुने गर्छ । आखिर इरेक्टाइल डिसफङ्सन भनेको के हो, कसरी गर्न सकिन्छ, यसको उपचार के हो इरेक्टाइल डिसफङ्सन सम्भोग गर्ने क्रममा पुरुषको लिङ्ग उत्तेजित नहुनु वा उक्त उत्तेजनालाई लामो समयसम्म टिकाइराख्न असमर्थ हुन नै इरेक्टाइल डिसफङ्सन हो । इरेक्टाइल डिसफङ्सनलाई स्तम्भन दोष, नपुंसकता तथा शीघ्रपतन पनि भन्ने गरिन्छ । यो समस्या ४० वर्ष उमेर समूहका मानिसमध्ये पाँच प्रशित पुरुषहरूमा देखिने गर्छ । यो समस्या उमेर बढेसँगै बढ्ने गर्छ । यस समस्याका कारण एउटा व्यक्ति मात्र नभई उसको पार्टनर समेत प्रभावित हुने भएकाले यो समस्या तुर
उत्सवः टिपिकल नेपाली स्वाद

उत्सवः टिपिकल नेपाली स्वाद

उत्सव, नाम नै काफी छ । अर्थात जहाँ उत्सवमय क्षण संगाल्न सकिन्छ । नेपाली स्वादको खानपानसँगै नेपाली स्वादकै नाचगान हेर्ने ठाउँ । धेरै भूमिका नबाँधी भनौं, काठमाडौंको भिडभाड भित्र पनि यस्तो रेष्टुरेन्ट छ, जहाँ विशुद्ध नेपालीपनको आभाष मिल्छ । ठाउँ हो, दरबारमार्ग । एस ट्राभल्सको कार्यलयलाई दायाँ पारेर अलि सानो बाटोतिर छिर्नसाथ भेटिन्छ यो रेष्टुरेन्ट । रेष्टुरेन्टको नाम हो, उत्सव अथेन्टिक नेपाली रेष्टुरेन्ट । सामूहिक जमघटको लागि उत्तम विकल्प बन्नसक्छ । पूर्ण पारिवारिक वातावरणमा नेपाली स्वादको खानापान गर्न पाइनु नै यसको विशेषता हो । नेपाली परम्परागत थालीमा पस्किने परिकारले जो कोहिको जिब्रोलाई सजिलै लोभ्याउन सक्छ । उत्सवमा प्रवेश गर्नसाथ ढोकाको दुबैतिर भरिएको घडामा तैरिरहेको फूल देख्न सकिन्छ । नेपाली परम्परामा यसलाई ‘शुभ’ मानिन्छ । त्यहाँबाट सोझै अगाडि बढेपछि जातिय पहिरनमा सजिएकी कुनै युवत
परिश्रमी पराजुली, एउटै बाख्राको मूल्य साढे चारलाख रुपैयाँ

परिश्रमी पराजुली, एउटै बाख्राको मूल्य साढे चारलाख रुपैयाँ

झापा, जेठ २ । पछिल्लो समय युवामा कृषि पेशाप्रति आकर्षण बढ्दै गएको छ । कृषिबाट नाम र दाम कमाउन पनि सकिन्छ । सोही कृषि कार्यलाई व्यावसायिकता दिँदै झापा गोलधापका गणेश पराजुलीले उन्नत जातको बाख्रापालन गरिरहनुभएको छ । उहाँले प्रगति बोयर बाख्रापालन केन्द्र सञ्चालन गरेर उन्नत जातका बाख्रा पाल्नुभएको छ । हाल उहाँको फर्ममा १३७ वटा बाख्रा छन् । दक्षिण अफ्रिकाबाट बोयर जातको बीउ बाख्रा ल्याएका स्थानीय जातका बाख्रासँग ‘क्रस’ गरेर उन्नत जातको बाख्रा उत्पादन गरिरहेको उहाँले बताउनुभयो । २०७१ सालदेखि व्यावसायिक बाख्रापालन शुरु गर्नुभएको पराजुलीले चार वर्षमा आफ्नो फर्ममा रु एक करोड २० लाख ९० हजार लगानी गरिसक्नुभएको छ । पराजुली व्यावसायिक बाख्रापालनका लागि उदाहरणीय किसानसमेत बन्नुभएको छ भने मनग्ये आम्दानी गर्न सफल पनि हुनुभएको छ । अहिले देशभरबाट बाख्राको माग भइरहेको छ”, परिश्रमी पराजुलीले भन्नुभय
खाँडीको कपडा बुनेर ११ जनाको परिवार पाल्छिन् शिरकुमारी

खाँडीको कपडा बुनेर ११ जनाको परिवार पाल्छिन् शिरकुमारी

उदयपुर, जेठ २ । स्थानीय उत्पादन मानिने खाँडीको कपडा पछिल्लो समयमा सोखका लागि लगाउने चलन बढ्दो छ। बिहे पार्टी तथा विशेष कार्यक्रममा सहर बजारमा खाँडीको दौरा सुरुवाल र ढाकाको टोपीमा सजिने बग्रेल्ती भेटिन्छन। तर, नेपाली बजारबाट हराउँदै गएको त्यही खाँडीको कपडा उत्पादनको व्यवसाय बन्द हुने क्रममा छ। बन्द भएको खाँडी उत्पादन पेशालाई उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका–१ बाँसबोटेका ५७ वर्षे शिरकुमारी राईले अहिले गरिखाने मेलो बनाएकी छिन्। हराउँदै गएको त्यही खाँडी व्यवसायबाट मासिक २० हजार कमाउने गरेको उनी बताउँछिन्। ‘सबै गाँउघरमा पाइने कच्चा पदार्थको सहयोगमा बनाउनु पर्छ,’ शिरकुमारीले भनिन्। केही दिनअघि जिल्ला समन्वय समितिको एक कार्यक्रममा खाँडीको कपडा लिएर आइपुगेकी उनले भनिन्, महिनामा चार जनाका लागि खाँडीको कपडा बनाउँछु। एक जनाको लागि पाँच हजार लिन्छु, हिसाब गर्दा २० हजार पुग्छ, त्यसमा त्यसमा कच्
यी बिरुवाका पात जसले बढाउँछ तपाईको स्मरण शक्ति

यी बिरुवाका पात जसले बढाउँछ तपाईको स्मरण शक्ति

बिर्सने धेरैको बानी हुन्छ । त्यसमाथि पढेको कुरा बिर्सिएर परिक्षामा तनाव बेहोर्ने विद्यार्थीहरु धेरै हुन्छन् । स्मरण शक्ति वृद्धि गर्न र मस्तिष्कलाई स्वास्थ्य र सन्तुलित राख्न मानिसहरु विभिन्न औषधि र योगहरुको अभ्यास गर्छन् । आयुर्वेदिक चिकित्साले केही घरेलु खाद्य वस्तुहरुका बारेमा बताउँछ जसले मस्तिष्क सम्बन्धि सम्पूर्ण कुराहरुलाई स्वास्थ्य र सन्तुलित राख्छ । ज्वानोको पातले शरीरलाई स्वास्थ्य र जवान राख्न मद्दत गर्छ । यसमा प्रशस्त मात्रामा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ जसले मस्तिष्कको दवाइको रुपमा काम गर्छ । यसले अरोमा थेरापीको काम गर्छ । दैनिक दुईदेखि चारवटा तुलसीको पात सेवन गर्दा बिर्सने समस्याका लागि रामबाण सावित हुन्छ । केसरलाई मसलाको रुपमा प्रयोग गर्न सकिन्छ । यसको प्रयोग अनिद्राको समस्या हट्नु साथै मस्तिष्क पनि ऊर्जावान रहन्छ । ग्रीन टीमा पाइने पालिफिनालले मस्तिष्कलाई सन्त
Open

Expert Education Dang

Close