Global Luja Dang

जीवन शैली

जीवन शैली

यसरी दाँत सफा र चम्किलो बनाउनुहोस्

यसरी दाँत सफा र चम्किलो बनाउनुहोस्

काठमाडौं, बैशाख ३१। दाँत स्वास्थ्य र सौन्दर्यका लागि अति महत्वपूर्ण मानिन्छ। दाँतले तपाईको स्वास्थ्य र सौन्दर्यको व्याख्या गर्छ। साहित्यमा पनि ‘अनारका दाना जस्तै मिलेका दाँतका पंक्ति’ चर्चित छ। दाँत स्वास्थ्यको पनि महत्वपूर्ण हिस्सा हो। जब हामी कुनै पनि खानेकुरा खान्छौं, दाँतले राम्ररी चपाएको हुनुपर्छ। अहिले भन्ने गरिन्छ नि, ‘खाना बिस्तारै, राम्ररी चपाएर मात्र सेवन गर्नुपर्छ।’ हामीले खानेकुरा जति राम्ररी चपाउँछौं, पाचन यन्त्रलाई उत्तिकै सहज हुन्छ। खाएको खानेकुरा पच्छ। तर, दाँत नै रोगी भए ? अक्सर हामी बिहान र बेलुकी खाना खान्छौं। खाना खाएपछि ब्रस गर्नुपर्छ। अन्य बेला पनि खानेकुरा खाइसकेपछि मुख कुल्ला गर्नुपर्छ। तर, यतिले मात्र पुग्दैन। दाँतलाई सफा र चम्किलो राख्न यसो गरौं। १) घ्यूकुमारी र ग्लिसरिन – घ्यूकुमारीले स्वास्थ्य र सौन्दर्य बढाउँछ। घ्यूकुमारी दाँतलाई सेतो पार्ने गज्जबको प्
विद्यालयले तपाईंको बच्चालाई मनरोगी त बनाउँदै छैन ?

विद्यालयले तपाईंको बच्चालाई मनरोगी त बनाउँदै छैन ?

जेठ १। विद्यालयको कुरा गर्दा तपाईंको बच्चा कति फुरुंग हुन्छ ? शिक्षक/शिक्षिकासँग कति झ्यामिन्छन् ? कक्षाकोठामा कति रमाउँछन् ? साथीसंगीसँग कति घुलमिल हुन्छन् ?यी प्रश्नहरुको उत्तर एक-एक केस्रा केलाएर हेर्नुहोस् । किनभने, तपाईंको बच्चामाथि विद्यालयमा अत्याचार पनि भइरहेको हुनसक्छ । विद्यालयको प्रसंग उठ्नसाथ बच्चाको अनुहार मलिन हुन्छ । शिक्षक/शिक्षिकाको नाम लिनसाथ बच्चा भयभित हुन्छन् ।कक्षाकोठाको कुरा गर्नसाथ बच्चा निरास हुन्छन् । साथीसंगी देख्नसाथ हतोत्साही हुन्छन् । यदि त्यसो हो भने तपाईंको बच्चा विद्यालय जान त्यती रुची गर्दैनन् । अनेक वहाना गर्छन् । विद्यालय, पुस्तक, झोला, युनिर्फम, टिफिन बक्स केही पनि हेर्न मन गर्दैनन् । शिक्षकको अघिल्तिर घोसेमुन्टो लगाउँछन् । स्वर काँप्छ । विद्यालयको संघार टेक्नसाथ रुन्चे अनुहार लगाउँछ । साथीसंगी भेट्नसाथ लुक्न खोज्छन् । त्यसो हो भने तपाईं ढुक्क
यस कारण विग्रिन्छ महिलाको मुड

यस कारण विग्रिन्छ महिलाको मुड

काठमाडाैँ/श्रीमान्–श्रीमतीका बीचमा यस्ता विषयलाई लिएर हुने खटपट अधिकांश समय परालको आगोकै रूपमा सकिन्छ। ‘लोग्ने–स्वास्नीको झगडा परालको आगो’ भन्ने नेपाली उखानै छ। तर, सबैको घरमा श्रीमान्–श्रीमतीको झगडा परालको आगोका रूपमा मात्रै सकिँदैन। श्रीमतीले व्यक्त गर्ने असन्तोष र उनको मुड श्रीमान्ले ख्याल गर्न नसक्दा धेरैको घरझगडा भुसको आगोमा परिणत भइरहेको हुन्छ। श्रीमान्का गतिविधिलाई लिएर चियोचर्चो गर्ने, अलिकता ढिलो अफिसबाट आउँदा पनि शंका गर्ने, गर्छु भनेका सामान्य काम नगर्दा पनि आकाश नै खस्न लागेको जस्तो व्यवहार देखाउने महिला थुप्रै हुन्छन्। यस्ता स्वभाव भएका महिलालाई उनीहरूले खोजेजस्तै गरिदिने, ‘अर्को पटकदेखि मबाट यस्तो गल्ती हुँदैन’ भनेर ललाइफकाई गरेर सामसुम पार्न पटक–पटक प्रयत्न गर्दा पनि केही सीप नलागेपछि मनोपरामर्शका लागि आउनेहरू दिन प्रतिदिन बढ्दै गएका छन्। बाहिरबाट हेर्दा सामान्य लाग्ने
पानीसित यी कुरा मिलाएर पिउनु लाभदायक

पानीसित यी कुरा मिलाएर पिउनु लाभदायक

बैशाख ३०– पानी पिउनु स्वास्थ्यका लागि आवश्यक छ । हाम्रो शरीरको दुई तिहाइ हिस्सा पानीबाट बनेको हुन्छ । दिनमा १० देखि १२ गिलास पानी पिउँदा शरीरलाई रोगमुक्त गर्न सकिन्छ ।पानी पिउँदा शरीरबाट विषालु पदार्थ बाहिर निस्कन्छ र स्वास्थ्यसम्बन्धी समस्या भाग्छन् । हुन त केही मानिसलाई पानी पच्दैन र समस्या आइलाग्छ । पानी पिउने पनि नियम हुन्छन् । सधैं बिस्तारै एक एक घुट्को गर्दै पानी पिउनुपर्छ । यसमा तल बताइएका चीज मिसाएर पिउँदा सजिलै पच्छ । जीरा, धनिया र सूप यी तीनै कुराका पाँच पाँच दाना एक कप पानीमा हालेर उमाल्नुस् । अनि यो उम्लेको मिश्रणका थोपा प्रत्येकचोटि पानी पिउँदा प्रयोग गर्नुस् । यसले स्वाद पनि राम्रो बनाउँछ र पानी पनि सजिलै पच्छ । अलैंची र पुदिना गर्मीमा पानीमा अलैंची र अलिकति पुदिनाका पातहरू मिसाएर पिउनुस् । पुदिनाको चिया वा चीसो पानीमा पुदिना हालेर पिउँदा लूबाट बच्न सकिन्छ । पुदिना
‘७ प्रकारका’ हुन्छन् आत्मा, पढ्नुहोस्

‘७ प्रकारका’ हुन्छन् आत्मा, पढ्नुहोस्

दैनिकजसो हामी सयौं व्यक्तिका अनुहार देख्छौं । यीमध्ये एक–दुई अनुहार यस्ता हुन्छन्, जसलाई हाम्रो दिमागले याद गर्न सक्छ ।घरबाट बाहिर निस्केपछि अनेक प्रकारका व्यक्तिसँग मिल्ने र भेट्ने प्रक्रिया सुरु हुन्छ । र यो नियमित रुपमा चलिरहन्छ । अनुहारहरु त अनगिन्ती हुन्छन्, तर जानकारहरुका अनुसार आत्मा भने ७ प्रकारका मात्रै हुन्छन् । सन्त, पूजारी, राजा, योद्धा, विद्वान, सेवक तथा शिल्पकार,,, आत्मका प्रकार हुन् । आफूभित्र कस्तो आत्मा छ ? यो जान्न जोकोही पनि उत्सुक हुन्छन् नै । सेवक यस्ता व्यक्ति जो मानवताप्रति आफ्नो पूरा जीवन समर्पित गर्छन् । अरुको सेवामा नै सुख प्राप्त गर्छन् । यस्ता व्यक्तिको आत्मालाई यो श्रेणीमा राख्ने गरिन्छ । यस्ता व्यक्तिको सिर गोलो हुन्छ र आँखा छोटो हुन्छ । यस्ता व्यक्तिको अनुहार बच्चाको जस्तै मासुम हुन्छ ।मौलिक लक्षणको कुरा गर्दा यस्ता व्यक्ति पूर्णरुपमा इमान्दार, समर्प
हैजा- गर्मी र वर्षामा फैलिन सक्ने यो सरुवा रोगबाट कसरी जोगिने?

हैजा- गर्मी र वर्षामा फैलिन सक्ने यो सरुवा रोगबाट कसरी जोगिने?

वैशाख २९- नेपालमा बर्सेनि गर्मी र वर्षाका बेला हैजा भएको समाचार सुनिन्छ।यो वर्ष पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गत साता राजधानी काठमाण्डूमा एक व्यक्तिलाई हैजाको सङ्क्रमण भएको पुष्टि गरेको छ। हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ।गर्मी बढेसँगै राजधानीमा पानीको अभाव देखिने गरेको छ। हैजाको बिरामी फेला परेपछि रोगको प्रकोप फैलिन्छ कि भन्ने त्रास देखिएको भए पनि चिकित्सकहरूले भने अहिलै नै महामारीको अवस्था नरहको बताएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालका अनुसार हैजा भएका ती व्यक्ति उपचारपछि स्वस्थ भएर घर फर्किसकेका छन्।डा. लाल भन्छन्, "उनको घरपरिवार र छरछिमेक कहीँ पनि हैजा देखिएको छैन। त्यसैले अवस्था सामान्य छ।"कम्प्युटरको भविष्यवाणीले हैजा 'नियन्त्रण'हैजाः२०३० सम्म ९० प्रतिशत कम गर्ने लक्ष्य डा. ल
ओखर खाँदा डिप्रेसनबाट मुक्ति !

ओखर खाँदा डिप्रेसनबाट मुक्ति !

काठमाडौं,बैशाख २७ – अमेरिकामा गरिएको एक अध्ययनले ओखर खाँदा डिप्रेसन अर्थात् अवसादको खतरा कम हुने अनि एकाग्रताको स्तर बढ्ने देखाएको छ ।क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकतौहरूले ओखर खाने व्यक्तिमा डिप्रेसनको स्तर २६ प्रतिशतले घट्ने भने यस्तै खालका अन्य खानेकुरा खाँदा ८ प्रतिशतले घट्ने पाएका छन् । अध्ययनको निष्कर्ष न्युट्रियएन्ट जर्नलमा प्रकाशित भएको छ । ओखरले शारीरिक ऊर्जामा वृद्धि र एकाग्रता बढाउँछ । विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता लेनोर अरबले अध्ययनमा संलग्नमध्ये एक वयस्क जीवनमा एक न एकचोटि डिप्रेसनग्रस्त भएको बताए । अरबका अनुसार, ओखरमाथिको अनुसन्धान मुटुरोगका सम्बन्धमा गरिएको थियो भने अहिले यसलाई डिप्रेसनको लक्षणसँग जोडेर हेरिएको छ । अध्ययनमा २६ हजारभन्दा बढी अमेरिकी वयस्कहरूलाई संलग्न गरिएको थियो ।  
महिलाहरुमा देखिने यि यौन समस्याहरु र येस्को समाधान

महिलाहरुमा देखिने यि यौन समस्याहरु र येस्को समाधान

बैशाख २६- यो क्यान्सरको सुरुको लक्षण पनि हुनसक्छ भन्ने कुरा बिर्सन हुँदैन । कुनै पनि महिलाको प्रजनन् वा ःभलयउबगकभ को अवस्थापछि पनि रक्तश्राव भएमा क्यान्सर हुन लागेको छ कि भनेर चेक गर्नुपर्दछ । यदि सर्भिक्स भ्चयकष्यल देखिएमा पाठेघरको क्यूरेट गरेर जाँच्नु पर्छ । अनियमित रक्तश्राव हुने कारणमा पोलिपको कारणले, गर्भपतन पूर्ण नभएमा, एष्ट्रोजन हार्मोन खाादा खाँदै बन्द गरेमा हुन्छ । रक्तश्रावलाई पूरा जाँच गरेर कारण पत्ता नलगाई त्यत्तिकै छोड्नु हुँदैन । महिनावारी प्रत्येक महिलाले प्रत्येक महिनामा निश्चित समयको अन्तरमा एक किसिमको रक्तश्राव योनिबाट बाहिर निस्कन्छ र यसले गर्भ रहनसक्ने कुराको सङ्केत दिन्छ । यसलाई नै महिनावारी भन्दछन् । यो सामान्यतयाः गर्मी प्रदेशमा १२–१३ बर्षमा र शीतोष्ण प्रदेशमा १५–१६ बर्षमा सुरु हुन्छ । र ४५–५० बर्षको उमेरसम्म रहन्छ । कुनै बालिकाको ११ बर्षभन्दा पहिला महिनावारी
सावधान ! कोलगेट मञ्जनमा क्यान्सर विकास गर्ने रसायन भेटियो, लाग्यो प्रतिबन्ध

सावधान ! कोलगेट मञ्जनमा क्यान्सर विकास गर्ने रसायन भेटियो, लाग्यो प्रतिबन्ध

कोलगेट मञ्जनमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएको अनुसन्धानले देखाएको छ । कोलगेटमा क्यान्सर विकासमा सहयोग गर्ने ‘त्रिक्लोसा’ भेटिएको टक्सीकोलोजी जर्नलले जनाएको हो । त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने अध्ययनले दाबी गरेको छ । यस्तै यो रसायनले शरीरको महत्वपूर्ण अंगमा नोक्सानी गर्छ । स्वास्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको सन् २००८ मै पुष्टि भए पनि कोलगेटले मानिसको स्वास्थ्यमा कुनै असर नगर्ने भन्दै प्रयोग गरिरहेको अध्ययनमा उल्लेख छ । त्रिक्लोसा प्रयोग क्यानाडामा प्रतिबन्ध लगाइए पनि अरु देशमा वास्ता गरिएको छैन ।
यी रोग वा समस्या भएका व्यक्तिहरूले कागती पानी पिउनु हुँदैन, जानकारी लिनुहोस

यी रोग वा समस्या भएका व्यक्तिहरूले कागती पानी पिउनु हुँदैन, जानकारी लिनुहोस

एजेन्सी,  बैशाख २६। बिस्तारै जाडो गएर गर्मी बढ्दो छ । गर्मीमा सामान्यतः कागती पानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलाई कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ । यसले व्यक्तिको स्वास्थ्यसम्बद्ध समस्याहरूलाई झन् जटिल बनाउन सक्छ ।यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती पानी पिउनु हुँदैन – – कागती पानीमा एसिडको मात्रा धेरै हुन्छ । तसर्थ यस्तो पानी बढी पिउनाले एसिडिटी बढ्ने, मुटुको जलन बढ्ने जस्ता समस्या देखिन्छ । – पेटमा अल्सर भएको छ भने पनि कागती पानी नपिउनु राम्रो हुन्छ । यसले पेटमा दुखाइ र जलन निम्त्याउँछ । – जुन व्यक्तिको दाँतमा समस्या छ, कागती पानी पिउनाले दाँतमा भएको इनामेललाई नष्ट हुन गई दाँत टुक्रिने वा सेन्सिटिभिटी बढ्ने जस्ता समस्या पैदा हुन सक्छ । – पिसावसँग सम्बन्धित समस्या छ भनेपनि कागती पानी नपिउनु नै उत्तम हुन्छ । कागती पानी पिउनाले बारम्बार
Open

Expert Education Dang

Close