Global Luja Dang

अर्थ बजार

अर्थ बजार

यस्ताे छ प्रदेश ५ सरकारकाे वजेट

यस्ताे छ प्रदेश ५ सरकारकाे वजेट

बुटवल असार १ । प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७६–०७७ का लागि करिब ३५ अर्बको बजेट ल्याउँदै छ। प्रदेश ५ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार दिउँसो ३ बजे प्रदेश सभामा करिब ३५ अर्बको बजेट पेश गर्नेछन् । गत वर्ष २८ अर्ब १० करोड बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि करिब ७ अर्ब वृद्धि गरेको छ । प्रदेश सरकारका लागि संघीय सरकारबाट समानीकरण वित्तीय अनुदानबाट ७ अर्ब ५४ करोड एक लाख बजेट आएको छ । त्यस्तै राजश्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख, सशर्त अनुदानमा ७ अर्ब ७७ करोड ४ लाख बजेट छ । प्रदेश सरकारले करीब साढे ३ अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ । चालु आर्थिक वर्षको पूँजीगततर्फको १६ अर्बको केही रकम खर्च नभई सञ्चित हुनेछ । सो रकम समेत गर्दा करिब ३५ अर्बको बजेट आउने सम्भावना देखिएको हो । मुख्यमन्त्री पोखरेल घाटाको बजेट नल्याउने पक्ष
आज प्रदेश बजेट

आज प्रदेश बजेट

दाङ असार १ । सातवटै प्रदेश सरकारले आइतबार आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउँदैछन् । सातवटै प्रदेशको कुल बजेटको आँकडा २ खर्ब ५४ अर्ब पुग्ने अनुमान छ । प्राप्त विवरण अनुसार प्रदेश १ ले ४० अर्ब, प्रदेश २ ले ३५ अर्ब, प्रदेश ३ ले ५० अर्ब, गण्डकी प्रदेशले ३२ अर्ब, प्रदेश ५ ले ३५ अर्ब, कर्णाली प्रदेशले ३३ अर्ब र सुदुरपश्चिम प्रदेशले २९ अर्बको बजेट ल्याउने तयारी गरेका छन् । सबै प्रदेशले कृषि, पर्यटन, सडक, खानेपानी र उद्यमलाई प्राथमिकतामा राखेका छन् । साना आयोजनाभन्दा पनि ठूला आयोजना बजेटको प्राथमिकतामा परेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
कृषिजन्य उत्पादन निकासीमा बिचौलियाकाे दादागिरि

कृषिजन्य उत्पादन निकासीमा बिचौलियाकाे दादागिरि

दाङ जेठ २७ ।  दाङकाे घोराहीका व्यवसायि बद्रीमउदम राइले जिल्लामा उत्पादन भएका तरकारी सहज रूपमा भारतमा निकासी गर्ने नपाएको बताए । “भारतबाट आउने तरकारी सहज रुपमै आउछन तर हामी पठाउन समस्या भोग्नु पर्छ,” राईले । भन्सारका कर्मचारीले विभिन्न बाहानामा दुःख दिने गरेको उनको भनाइ छ । बिचौलियाले सहज रूपमा निकासी गर्छन् तर हामीले तरकारी निकासी गर्न खोज्दा विभिन्न वहानामा फर्काउने गरिन्छ । राज्यले यस ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले कृषि उत्पादन बढाउन राज्यले बास्तविक कृषकलाई अनुदान प्रदान गर्नुपर्ने बताए । “अहिले पनि वास्तविक कृषकहरूले अनुदान प्राप्त गर्न सकेका छैनन,” राईले भने । यसले गर्दा उत्पादनसमेत वृद्धि हुन नसकेको उनको भनाइ छ । अल्लो व्यवसायी इन्द्रा बुढा मगरले उद्योग वाट उत्पादन भएका वस्तुहरू सिल लगाएर पठाउँदा समेत बाटो बाटोमा विभिन्न दुःख दिने गरेको बताइन् । “आफूहरूले उत्पादन गरेको वस्त
देखिदै वजेटकाे असर

देखिदै वजेटकाे असर

काठमाडाैँ जेठ २६ । संघीय सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेसँगै बजारमा अधिकांश सामानको मूल्य बढेको छ । बजेटमा करका दर बढेसँगै बजारमा व्यवसायीले दैनिक उपभोग्य वस्तुमा मनपरी ढंगले मूल्य बढाएका हुन् । विशेष गरी हरियो तरकारी, चामल, तेल, चिनी, दाललगायतका वस्तुमा मूल्य बढेको छ । व्यवसायीले पसलैपिच्छे फरक र मनपरी मूल्य लिई उपभोक्ता ठगिरहेका छन् । बजेट वक्तव्य आउनुभन्दा तीन दिनअघि दैनिक उपभोग्य वस्तुमा न्यूनतम् १० रूपैयाँदेखि अधिकतम एक सय रूपैयाँसम्म मूल्य वृद्धि भएको थियो। मूल्यवृद्धिले सबैलाई अतिरिक्त आर्थिक भार थपेको छ । शंखमूलका व्यापारी दिनेश थापाले बजेटपछि दैनिक उपभोग्य वस्तुमा सामान्य मूल्य बढेको बताए । सामानको मूल्य बढेर आएकाले मूल्य बढाउन बाध्य भएको उनको भनाइ छ । बजार अनुगमन प्रभावकारी नहुँदा व्यवसायीलाई मूल्य बढाउन थप प्रोत्साहन मिलेको छ । बजेटको बहाना देखाउँदै व्यवस
समाजवाद उन्मुख बजेट

समाजवाद उन्मुख बजेट

काठमाडौंँ, जेठ १६ । समाजवादउन्मुख अर्थतन्त्रको आधारशीला निर्माण गर्ने लक्ष्यसहित सरकारले आगामी आर्थिक बर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार बसेको सङ्घीय संसद्को संयुक्त बैठकमा चालु आवको संशोधित बजेटको तुलनामा तीन खर्ब २५ अर्ब ८१ करोड रुपियाँ बढीको बजेट प्रस्तुत गर्नुभएको हो । चालु आवमा १२ खर्ब सात अर्ब १५ करोड रुपियाँ बजेट खर्च हुने सरकारको संशोधित अनुमान छ । विनियोजित बजेटमध्ये नियमित किसिमको चालु खर्चतर्फ नौ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । यो कुल बजेटको ६२.४ प्रतिशत हो । त्यस्तै बजेटको २६.६ प्रतिशत अर्थात चार खर्ब आठ अर्ब ५९ लाख रुपियाँ विकास खर्चका लागि विनियोजन भएको छ । वित्त व्यवस्थापनतर्फ एक खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख बजेट विनियोजन गरिएको छ । विनियोजित बजेटको स्
बजेट निर्माणको अन्तिम तयारीमा सरकार

बजेट निर्माणको अन्तिम तयारीमा सरकार

काठमाडौं जेठ १४ । सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारीमा सरकार पुगेको छ । यसैबीच, सरकारले आर्थिक वृद्धिदर ८.५% सम्म पुर्याउने लक्ष्यका साथ बजेट निर्माण गरेको राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले जानकारी दिए । यस्तै, नेपालीको प्रतिव्यक्ति आय आगामी आर्थिक वर्षमा ११ सय २० डलरसम्म पुर्याउने लक्ष्यका बजेटका नीति तथा कार्यक्रम तय भएको समेत उनले नेपाली पैसालाई जानकारी गराए । चालु आर्थिक वर्षमा भने प्रतिव्यक्ति आय वार्षिक १ हजार ३४ डलर र आर्थिक वृद्धिदर ७% हुने प्रक्षेपण गरिएको छ । सरकारले ६० वटा सूचकलाई आधार मानेर बजेट निर्माण गरेको छ । पहिले ५४ सूचकलाई आधार मानेको थियो भने पछिल्लो समय ६ वटा सूचक थपेर बजेट निर्माणको अन्तिम तयारीमा सरकार जुटेको हो । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या १६.१% मा झार्ने लक्ष्य लिएको पनि
सहकारीमा २६ करोड हिनामिना

सहकारीमा २६ करोड हिनामिना

बाँके जेठ १२- नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडमा कर्मचारीहरुको मिलेमतोमा शेयर सदस्यहरुले बचत गरेको २५ करोड रुपैयाँ हिनामिना भएको छ । कर्मचारीको मिलोमतोमा ठूलो रकम हिनामिना भएको भन्दै सञ्चालक समितिले १५ दिनसम्म सहकारी संस्था बन्द गर्ने सूचना जारी गरेपछि बचतकर्ताहरुले रकम फिर्ताको माग गर्दै आइतबार सहकारी तथा प्रशासनमा घेराउ गरेका छन् । २०५१ सालमा स्थापना भएको सहकारी नेपालगञ्जको नाम चलेका मध्येको एक हो । सहकारीका अध्यक्ष हरदेव बक्स चौधरीले कर्मचारीहरुको मिलेमतोमा सहकारीभित्र ठूलो रकम हिनामिना भएको आशंकामा आन्तरिक छानबिन गरी चारजना कर्मचारी दोषी पाइएको जानकारी दिनुभयो । मंसिरमा सहकारीले छानबिन समिति गठन गरेकोमा गएको चैतमा प्रतिवेदन दिएको हो । प्रतिवेदन बुझेपछि सहकारीको बदनाम हुने भन्दै अध्यक्ष चौधरीले वैशाख १६ मा हिनामिनामा मुछिएका कर्मचारीलाई एक वर्षभित्र रकम फिर्ता
आगामी बजेटमा राष्ट्रिय गौरवको आयोजनलाई विशेष प्राथमिकता

आगामी बजेटमा राष्ट्रिय गौरवको आयोजनलाई विशेष प्राथमिकता

काठमाडौं जेठ ८-जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना आगामी वर्षदेखि निर्माण थालिने भएको छ। पटक पटक विवादमा तानिएको यो परियोजना निर्माणका लागि सरकारले आगामी आर्थिक वर्षका लागि बजेट व्यवस्था गर्ने भएको छ। राष्ट्रिय गौरवको आयोजनलाई विशेष प्राथमिकता राखेर आगामी आर्थिक वर्षको बजेट तयारी गरेको सरकारले १२ सय मेगावटको बूढीगण्डकी जलविद्युत आयोजनाको प्रकिया आगामी आर्थिक वर्षदेखि अघि बढाउने गरी तयारी गरेको हो। ‘राष्ट्रिय गौरवका आयोजनलाई विशेष प्राथमकिता दिएका छौँ, ऊर्जा र सिँचाईसम्वन्धी आयोजना हाम्रो प्राथमिकतामा छन्’ ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय हेर्ने राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले भने ‘बूढीगण्डकी जलविद्युत आयोजना ढिलाइ गर्ने अवस्था छैन। आगामी आर्थिक वर्षदेखि नै यसको निर्माण प्रकिया अघि बढ्छ। हामीले त्यसैअनुसार काम अघि बढाएका छौँ।’ राष्ट्रिय गौरवको यो आयोजना कसले क
आजको  सुनकाे मूल्य ५९ हजार ४ सय

आजको सुनकाे मूल्य ५९ हजार ४ सय

काठमाडौं, जेठ ८ । सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। चाँदी प्रतितोला ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भइरहेको थियो।
दिनारको भाउ बढ्यो, रियाल, रिंगिट र दिर्हामको भाउ के छ थाहा पाउनुहोस्

दिनारको भाउ बढ्यो, रियाल, रिंगिट र दिर्हामको भाउ के छ थाहा पाउनुहोस्

काठमाण्डौ ,जेठ ६ ।  सोमबार कोरियन वन केही पैसाले घटेको छ भने कुवेती र बहराइन दिनारको भाउ केही बढेको छ । अमेरिकी डलरसहित रियाल, रिंगिट र दिर्हामको भाउ भने आज सोमबार स्थिर रहेको छ । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११२ रुपैयाँ ६६ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३० रुपैयाँ ०४ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७८ पैसा र बिक्रीदर ३० रुपैयाँ ९४ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा छ । सोमबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८३ पैसा र बिक्रीदर २६ रुपैयाँ ९७ पैसा छ । यस्तै कुवेती दिनारको १ को खरिददर ३६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७० रुपैयाँ ५३ पैसा तोकिएको छ । हिजो खरिददर ३६८ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७० रुपैयाँ
Open

Expert Education Dang

Close