Global Luja Dang

अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

भारतमा लोकसभा निर्वाचन जारी

भारतमा लोकसभा निर्वाचन जारी

एजेन्सी/भारतमा लोकसभा निर्वाचन जारी छ । ६ चरणको निर्वाचन सम्पन्न भई सातौं चरणको संघारको निर्वाचनमा भारत होमिएको छ । मे १९ मा हुने सातौं चरणको निर्वाचनमा ५९ लोकसभा सिटका लागि निर्वाचन हुँदैछ । देशभर निर्वाचन हुन बाँकी रहेका ५९ सिटहरुमध्ये पश्चिम बंगालको निर्वाचन क्षेत्रले अहिले सबैको ध्यान तानिरहेको छ । पश्चिम बंगालमा यो पटक ९ सिटका लागि चुनाव हुँदैछ तर त्यहाँ देखिएको भाजपा र तृणमुल काँग्रेसको टक्करल परिस्थिति तिव्र रुपमा तातिरहेको छ । मंगलबार भाजपाका अध्यक्ष अमित शाहको नेतृत्वमा आयोजित विशाल र्यालीका क्रममा दुई पक्षबीच झडप भयो । सो झडप भएको भोलिपल्टै निर्वाचन आयोगले तत्काल निर्वाचन प्रचार प्रसारका कार्यक्रम रोक्ने फैसला गरिदियो । निर्वाचन हुनुभन्दा २० घण्टा बढी समयमै प्रचार प्रसारका कार्यक्रम रोकिएपछि अहिले भाजपा र तृणमुल काँग्रसबीच कडा र गम्भीर आरोप प्रत्यारोप चलिरहेको छ । भाजपा अध्
संसारको सबभन्दा शक्तिशाली देश मुसाका अगाडि निरीह, मच्चाए ह्वाइट हाउसमा आतंक

संसारको सबभन्दा शक्तिशाली देश मुसाका अगाडि निरीह, मच्चाए ह्वाइट हाउसमा आतंक

एजेन्सी/संसारको सबभन्दा शक्तिशाली देश अमेरिका मुसाका अगाडि निरीह देखिएको छ । राजधानी वाशिङटन डीसीमा सबैतिर मुसा देखिन्छन् । मुसाहरू वाशिङटन शहरका गल्लीमा घुम्दै खानाको खोजमा फोहरका भाँडामा जम्मा भएका देखिन्छन् । डीसीमा औसत हरेक पाँच फीटको दूरीमा एउटा मुसा भेटिन्छ । हुँदाहुँदा मुसा ह्वाइट हाउस पनि पुगिसकेका छन् । एक निजी समाचार च्यानलका संवाददाताले ह्वाइट हाउस लनमा मुसा भेटे । उनले शुरूमा त लोखर्के हो कि भन्ठानेपनि त्यो त मुसा पो रहेछ । संवाददाताले ट्वीट गरेर यसको जानकारी दिए । खबर भाइल भयो । सन् २०१५ मा न्युयोर्क शहरमा भीडभाडयुक्त सडकमा मानिसले पिज्जा खाँदै गरेका मुसा भेटेका थिए । त्यतिखेर त्यसको खुबै चर्चा भएको थियो । मानिसले त्यसलाई पिज्जा –याट नाम दिएका थिए । ह्वाइट हाउसमै मुसा देखिएपछि भने मानिसले अनेकथरी टिप्पणी गरेका छन् । एकजनाले मुसो जागिर माग्न ह्वाइट हाउस पुगेको तर जहाज
पिताको शवलाई छोराले बिस्तारै खाँदै थिए, देखेर पुलिसको समेत उड्यो होस्

पिताको शवलाई छोराले बिस्तारै खाँदै थिए, देखेर पुलिसको समेत उड्यो होस्

काठमाडौं ,जेठ २ - भारतको झारखण्डमा एउटा निकै डरलाग्दो घटना सार्वजनिक भएको छ । भारतीय मिडिया आजतकका अनुसार यहाँका एक मानसिक रोगी छोराले आफ्नो पिताको मृत्युपछि उनको शव बिस्तारै खाइरहेका थिए ।घटना पलामू जिल्लाको दनबदार गाउँको हो । पुसिल अधिक्षक इन्द्रजीत महाताका अनुसार दनबदार गाउँमा ४५ वर्षे सुरेश मोची आफ्ना छोरासँग बस्दथे । उनका छोरा मानसिक रुपमा बिरामी थिए । मानिसहरुले सुरेशको घरबाट दुर्गन्ध आएपछि यसबारे पुलिसलाई जानकारी दिएको स्रोतले बताएको छ ।स्रोतका अनुसार पुलिस जब सुरेशको घरमा पुगे तब धेरैबेरसम्म ढोका ढक्ढकाउँदा पनि कसैले खोलेनन् । त्यसपछि पुलिसले ढोका तोडेर भित्र पसे । भित्रको स्थिती देखेर पुलिसको समेत होस् उड्यो । भित्र जाँदा सुरेश झुण्डिरहेको भेटिए । उनले कथित रुपमा तीन दिन अघि झुण्डिएर आत्महत्या गरेका हुन् । आत्महत्या गर्नुअघि सुरेशले मानसिक रोगी छोरालाई डोरीले बाँधिदिएको हुनस
जम्मू–कश्मीरको पुलवामामा भिडन्त जारी

जम्मू–कश्मीरको पुलवामामा भिडन्त जारी

जेठ २ -नयाँ दिल्ली । भारतको जम्मू–कश्मीरको पुलवामामा फेरि भिडन्त भएको छ । गत फेब्रुअरी १४ मा आतंकवादीको आक्रमणमा ४९ भारतीय सुरक्षाकर्मीको ज्यान गएपछि पुलवामाले विश्वकै ध्यान तानेको छ । बिहीबार बिहान भइरहेको भिडन्तमा तीन आतंककारी मारिएका छन् भने एक सुरक्षाकर्मीको पनि ज्यान गएको छ ।भिडन्तमा दुई सुरक्षाकर्मी र एक सर्वसाधारण घाइते भएको जनाइएको छ । उनीहरुको नजिकको अस्पतालमा उपचार भइरहेको बताइएको छ । समाचार एजेन्सी एएनआईका अनुसार पुलवामाको डालीपुरा इलाकामा सेनाले एक घरमा लुकेर बसेका आतंकवादीमाथि आक्रमण गरेको थियो ।भिडन्त जारी रहेको बताइएको छ । सेनाले उक्त क्षेत्रलाई वरिपरिबाट घेरा हालेको छ ।  
पाँचौं तल्लाबाट हाम फालेर आत्महत्या

पाँचौं तल्लाबाट हाम फालेर आत्महत्या

जेठ २ । दक्षिणी दिल्लीको टिगरी इलाकाको एक भवनको पाँचौं तल्लाबाट हाम फालेका कारण एक व्यक्तिको मृत्यु भएको छ । पुलिसले पाएको जानकारी अनुसार ती व्यक्तिको त्यही भवनमा बस्ने महिलासँग अनैतिक सम्बन्ध थियो । महिलाका श्रीमानले ती दुईलाई आपत्तिजनक अवस्थामा भेटेका थिए । मामला बढेसँगै उनी भवनको पाँचौं तल्लाबाट हाम फाले जसका कारण उनको मृत्यु भयो । पुलिसका अनुसार जेजे कोलोनी निवासी पंकजको एक महिलासँग अवैध सम्बन्ध थियो । घटनाको दिन उनी ती महिलालाई भेट्न उनको घरमा गएका थिए। तर दुर्भाग्यवश त्यसदिन महिलाका श्रीमान बेलुका साढे चार बजे नै घर आए । घर आउँदा आफ्नी श्रीमती र पंकज दुईलाई आपत्तिजनक अवस्थामा भेटे । पुलिसका अनुसार घरको ढोका भित्रबाट बन्द थिएन त्यसकारण उनका श्रीमान् निकै सजिलै घर भित्र छिर्न सके । उनले जब श्रीमतीलाई त्यस्तो अवस्थामा देखे तब उनको झापड पनि हाने । डिसिपी विजय कुमारका अनुसार श्रीमान
प्रम ओलीबाट विन विन मोनुमेण्ट भ्रमण

प्रम ओलीबाट विन विन मोनुमेण्ट भ्रमण

नोम पेन्ह, जेठ १। प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँस्थित विन–विन–मोनुमेण्ट भ्रमण गर्नुभएको छ ।चोरी चान्भर जिल्लामा रहेको सो स्मारक सन् १९९८ डिसेम्बर २९ मा कम्बोडियाको गृहयुद्ध समाप्त भएको बारे सम्बन्धित छ । सो क्षेत्रमै मारोडोक डेको नेशनल स्पोर्टस कम्प्लेक्स रहेको छ जहाँ सन् २०२३ मा दक्षिणपूर्वी एशियाली खेलकूद हुने र चाँडै नोम पेन्ह सेटलाइट टाउन बन्ने कम्बोडियाका अधिकारीले बताएका छन् । सो स्मारकले आउँदो पुस्तालाई एउटा राम्रो शिक्षा दिएको छ जसले कम्बोडियाको राष्ट्रिय मेलमिलाप, स्वतन्त्रता, एकता, सार्वभौमिकता, विकास र समृद्धिलाई प्रतिनिधित्व गर्छ ।उक्त स्मारक एक करोड २० लाख डलरमा निर्माण भएको हो जुन सम्पूर्ण कम्बोडियालीको संयुक्त उपलब्धि मानिन्छ ।  
मानिसको पेटबाट निस्के ११६ वटा फलामका किला

मानिसको पेटबाट निस्के ११६ वटा फलामका किला

भारत,जेष्ठ १- भारतको राजस्थानमा एक व्यक्तिको पेटबाट डाक्टरले ११६ वटा किला निकालेका छन् । साढे ६ इन्च लम्बाई भएका ११६ वटा फलामका किला डाक्टरले बिरामीको अप्रेशन गरेर निकालेका हुन् । राजस्थानको बुन्दी जिल्लाका ती व्यक्तिको पेटबाट किला सहित फलामका गोली र तार पनि निकालिएको छ ।डाक्टर अनिल सैनीले दुई घण्टा लगाएर ४२ वर्षका पुरुषको शल्यक्रिया गरेका थिए । ती व्यक्ति मानसिक रोगी रहेको बताइएको छ । यति ठूलो संख्यामा पेटमा किला रहेको र ती व्यक्ति अझै पनि जिउँदै रहेको घटनाले डाक्टर समेत अचम्ममा परेका थिए ।बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ तर उनी कुरा गर्न सक्ने अवस्थामा नरहेका कारण घटनाबारे थप जानकारी प्राप्त भएको छैन ।  
‘लोभी’ श्रीमान भन्दै श्रीमतीले दिइन् सम्बन्धविच्छेदको निवेदन, येस्तो छ कारण !

‘लोभी’ श्रीमान भन्दै श्रीमतीले दिइन् सम्बन्धविच्छेदको निवेदन, येस्तो छ कारण !

एजेन्सी, बैशाख ३० । संयुक्त अरब इमिरेट्स (यूएई) मा एक नवविवाहित महिलाले आफ्नो श्रीमानको बानीले आजित भएपछि सम्बन्धविच्छेदको निवेदन दिएकी छिन् ।खलिज टाइम्सको रिपोर्ट अनुसार हनिमूनमा गएकी महिलाले यूएईमा आफ्ना ‘लोभी’ श्रीमानसँग सम्बन्धविच्छेद गर्न अदालतमा निवेदन दिएकी छन् । महिलाले अबू धाबी डिपार्टमेन्ट अफ फ्यामिली अफेयर्स (पर्सनल स्टेटस) मा सम्बन्धविच्छेको निवेदन दिएकी हुन् । उनको विवाह भएको तीन हप्तामात्रै भएको छ ।महिलाका अनुसार उनका इरानियन श्रीमानले हनिमुनमा एक दिरहाम (यूएइको मुद्रा) खर्च नगरेका कारण आफूले सम्बन्धविच्छेदको निवेदन दिनुपरेको हो । उनका श्रीमानले घर खर्चमा लाग्ने सबै रकम, बत्ती–पानीको बिल सबै आफैलाई नै तिराउने गरेको दाबी गरिन् । ‘उनले हाम्रो विवाहमा एक सुक्का पनि खर्च गरेनन्,’ उनले अदालतलाई भनिन् ।सम्बन्धविच्छेद पाउन ती महिलाले आफ्नो सबै अधिकार त्याग्न तयार भएको बताइन्।
आइपीएल २०१९ काे च्याम्पियन बन्याे मुम्बई इण्डियन्स

आइपीएल २०१९ काे च्याम्पियन बन्याे मुम्बई इण्डियन्स

एजेन्सी/मुम्बई इन्डियन्सले चौथो पटक उपाधि जित्पछि इन्डियन प्रिमियर लिग आइपीएल २०१९ सम्पन्न भएको छ। आइतवार भएको फाइनलमा मुम्बईले साविक विजेता चेन्नाईमाथि १ रनको रोमाञ्चक जित हात पार्‍यो। च्याम्पियन मुम्बईले नगद २० करोड भारु हात पार्दा उपविजेता चेन्नाईले साढे १२ करोडमा चित्त बुझायो। यस्तै व्यक्तिगत अवार्डतर्फ कोलकता नाइट राइडर्सका अलराउण्डर आन्द्रे रसेलले २ अवार्ड जिते। उनी यस सिजनको मोस्ट भ्यालुएबल प्लेअर घोषित भए। यस्तै रसेलले ह्यारिएर सुपर स्टाइकरको अवार्ड समेत जिते। यस अवार्ड सबैभन्दा धेरै स्ट्राइक रेट भएको खेलाठीले पाउने गर्छ। रसेलले मोस्ट भ्यालुएबल प्लेअर बापत १० लाख भारु पाए भने सुपर स्ट्राइकर अवार्डसँगै ह्यारिएर एसयुभी कार प्राप्त गरे। यसैगरी सबैभन्दा धेरै रन बनाउनेले पाउने अरेन्ज क्याप सनराइजर्स हैदरावादका डेविड वानर्ले पाए। उनले सर्वाधिक ६९२ रन बनाए। धेरै विकेट लिनेतर्फको अवा
 डुङ्गा डुब्दा ६५ जनाको मृत्यु

 डुङ्गा डुब्दा ६५ जनाको मृत्यु

एजेन्सी/भूमध्य सागरको ट्युनिसियातर्फको बन्दरगाह क्षेत्रमा डुङ्गा दुर्घटना हुदाँ कम्तीमा ६५ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले दुर्घटनामा परेका मध्ये चार जनाको मात्रै शव भेटिएको र अन्यको खोजी भइरहेको जनाएको छ । घटनास्थलबाट अन्य १६ जनालाई भने जिवितै उद्धार गरिएको पनि नियोगका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । दुर्घटना भएको डुङ्गामा झण्डै ७० जना शरणार्थी र आप्रवासीहरुले यात्रा गरेका थिए । उनीहरु लिबियाबाट आउँदै थिए । अत्यन्त धेरै दुर्घटना हुने मार्गको रुपमा रहेको सो डुङ्गा मार्गमा गत बर्ष हरेक पटक औसतमा १४ जनाको मृत्यु हुने गरेको शरणार्थी नियोगले जनाएको छ ।
Open

Expert Education Dang

Close