Global Luja Dang

Author: Dangkhabar

‘बन्दुकको त्रास नदेखाउन विप्लवलाई माधव नेपालको चेतावनी’

‘बन्दुकको त्रास नदेखाउन विप्लवलाई माधव नेपालको चेतावनी’

दाङ, जेठ ६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले बन्दुकको त्रास नदेखाउन नेत्रविक्रम चन्द विप्लवलाई चेतावनी दिएका छन् । दाङको घोराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता नेपालले यस्तो चेतावनी दिएका हुन् । फरक प्रसंगमा वरिष्ठ नेता नेपालले विप्लवलाई वार्ता र संवादमार्फत् उत्पन्न समस्या समाधान गर्न आग्रह गरे। उनले बन्दुकको भरमा त्रास पैदा गरेर चन्दा उठाउने र शासन गर्ने सपना नदेख्न आग्रह गरे। उनले चन्दा उठाउने र त्रास पैदा गर्ने अधिकार कसैलाई नभएको बताउँदै राज्यलाई कमजोर नठान्न चेतावनी दिए।
नर्स र शिक्षकको माग पूरा गर्न सांसदको माग

नर्स र शिक्षकको माग पूरा गर्न सांसदको माग

काठमाडौँ, जेठ ६ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभामुख कृष्णबहादुर महराले सभाको आजको बैठक शुरु गर्नेबित्तिकै राष्ट्रिय जनता पार्टी (राजपा) सांसदहरुले उठेर विरोध जनाएपछि सांसद चन्दा चौधरीलाई बोल्न दिइएको थियो । सांसद चौधरीले तराई–मधेश आन्दोलनमा विभिन्न व्यक्तिमाथि लगाइएको झुठा मुद्दा खारेज र संविधान संशोधन गर्नुपर्ने राजपाको माग सम्बोधन हुनुपर्ने बताउँदै पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठन भएको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो । यथाशीघ्र सार्वजनिक नगरिए फेरि राजपा आन्दोलनमा उत्रन बाध्य हुने उहाँले बताउनुभयो । सभाको शून्य समयमा सांसद अतहरकमाल मुसलमानले नर्स आन्दोलनमा उत्रँदा धेरै स्वास्थ्य संस्थामा समस्या आएकाले त्यसको समाधान गर्नुपर्ने माग गर्नुभयो । सांसद अनिलकुमार झाले अस्था
पेट फुल्ने समस्या हुनेलाई यस्तो छ उपाय

पेट फुल्ने समस्या हुनेलाई यस्तो छ उपाय

एजेन्सी,जेठ ६  । अन्नपानीको शरिर कहिलेकाहिं तलमाथी पर्नु स्वभाविक हो । कहिले काहिं हामीलाई कुनै कार्यक्रममा जान हतार भइ रहेको बेला पेट फुलेर असहज पार्ने गरेको छ । यसरी पेट फुल्दा मुड अफ हुने मात्र होइन, बस्न असजिलो हुने तथा उस्तै परे लुगा चिटिक्क परेर नबस्ने समस्या पनि हुन्छ । यस्तोमा कार्यक्रम छोडेर घरै बस्ने कुरा पनि आउँदैन । यस्तोमा औषधीको प्रयोग नगरि घरेलु सामग्रीको प्रयोगबाट यस समस्याको समाधान सम्भव हुन्छ । यदि तपाईसँग १ घण्टा अथवा बढि समय छ भने यहाँ उल्लिखित सामग्रीको प्रयोग गरि एउटा ड्रिंक बनाउनुहोस् । यसको प्रयोगले ग्याँसको समस्या हटाइ सहज महशुस गर्न सहयोगी हुनेछ । आवश्यक सामग्री - आधा कप नरिवल पानी - मसिनो पारेर काटिएको अदुवा - आधा कप आइस - सानो चम्चाको आधा बेसार - एक चिम्टी अकबरे खुर्सानीको धुलो - एक चिम्टी बिरेनुन - केहि मात्रामा काटिएको भुँइकटहर - सामान्यतय
पछाडि बस्नेले हेल्मेट लाउँदा १२ अर्बको व्यापार बढ्ने

पछाडि बस्नेले हेल्मेट लाउँदा १२ अर्बको व्यापार बढ्ने

काठमाडौं जेठ ६ ।मोटरसाइकल चालकको पछाडि बस्ने यात्रुका लागि हेलमेट प्रयोग अनिवार्य गर्ने कानुन बन्न लागेको ट्राफिक प्रहरी प्रमुख वसन्तराज पन्तले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिए । पन्तका अनुसार यातायात व्यवस्था ऐनमा संशोधन गरेर मोटरसाइकलको पछाडि बस्ने यात्रुका लागि हेलमेट अनिवार्य गर्न लागिएको हो । यात्रुले प्रयोग गर्ने हेलमेट आईएसओ प्रमाणित हुनुपर्ने गरी महाशाखाले ऐनमा सुझाव पठाएको छ । ऐन संशोधनका लागि प्रयास भइरहे पनि ऐन बनिसकेको छैन । तर, ट्राफिक प्रहरीले प्रस्ताव गरेको अनिवार्य हेल्मेटसम्बन्धी व्यवस्था कत्तिको व्यवहारिक छ भन्ने बहसले यतिबेला सामाजिक सञ्जाल तताएको छ । देशभर कति छन् दुईपांग्रे सवारी ? यातायात व्यावस्था विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७४। ०७५ सम्म २५ लाख ३० हजार ७२२ वटा दुई पांग्रे सवारी साधन दर्ता भएका छन् । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा कति म
जिप दुर्घटनामा दाजुभाइसहित तीनको मृत्यु

जिप दुर्घटनामा दाजुभाइसहित तीनको मृत्यु

बैतडी ,जेठ ६  ।  बैतडीमा आइतबार भएको जिप दुर्घटनामा सहोदर दाजुभाइसहित तीनजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन्। दशरथ चन्द नगरपालिका–१० बाराकोटबाट नागार्जुनतर्फ गइरहेको ग१ज ४९२१ नम्बरको जिप नानीगाडमा दुर्घटना भएको हो । जिप सडकबाट डेढ सय मिटर तल खसेको थियो । मृत्यु हुनेमा दशरथ चन्द नगरपालिका–१० बाराकोटका ६० वर्षीय हीरावल्लभ भट्ट, उनका सहोदर भाइ ५३ वर्षीय लालमणि भट्ट र सोही ठाउँका अन्दाजी ५० वर्षीय नारुली भट्ट छन् । उनीहरु देवताल मन्दिर दर्शन गर्न जाँदै थिए । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीका अनुसार दुर्घटनामा घाइते भएकामध्ये दशरथ चन्द नगरपालिका–१० का प्रकाश भट्टको अवस्था गम्भीर छ । बाराकोटकै जिप चालक नवीन भट्ट र कञ्चनपुरका राहुल भट्ट पनि घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । मृतक लालमणि दानेश्वर माविका शिक्षक हुन्
बर्षा सिवाकोटीसँग बर्षा राउतले हेरिन् ‘वीर विक्रम २’,भन्छन्–‘हामी दुश्मन होइनौ’

बर्षा सिवाकोटीसँग बर्षा राउतले हेरिन् ‘वीर विक्रम २’,भन्छन्–‘हामी दुश्मन होइनौ’

जेठ ६ । नायिकाद्धय बर्षा सिवाकोटी र बर्षा राउतविच चलचित्र क्षेत्रमा चर्को दुश्मनी रहेको चर्चा चल्छ । उनीहरुले गर्ने विभिन्न खालको क्रियाकलापले पनि उनीहरुविचमा दुश्मनी रहेको देखिन्छ । तर, नायिका बर्षा राउत आइतबार नायिका बर्षा सिवाकोटी अभिनित चलचित्र ‘वीर विक्रम २’ हेर्न कुमारी हल पुगेकी छिन् । चलचित्र हेरेर निस्किएकी बर्षा राउतले आफू र बर्षा सिवाकोटीविच कुनै पनि खालको दुश्मनी नभएको बताइन् । उनले भनिन्–‘मैले पहिलेदेखि नै यो चलचित्र हेर्ने सोच बनाएकी थिएँ । आज जुर्यो । चलचित्र एकदमै राम्रो बनेको रहेछ । वर्षाको काम मन पर्यो ।’ नायिका सिवाकोटीले चलचित्र क्षेत्रमा आफूहरु मिल्ने साथी भएपनि मिडियाले नै दुश्मन बनाइदिएको गुनासो गरिन् । उनले भनिन्–‘हामी बारम्बार स्पष्ट पार्दापार्दै थाकिसक्यौं । हामीविचमा कुनै पनि खालको दुश्मनी छैन । सायद, नाम एउटै भएर पनि मिडियाले यसलाई मसला बनाएको होला ।’ द
गर्मीमा घरमै बनाएर पिउनुहोस् यस्ता पेय पदार्थ

गर्मीमा घरमै बनाएर पिउनुहोस् यस्ता पेय पदार्थ

एजेन्सी ,जेठ ६  ।  गर्मी लागेसँगै पेयपदार्थको माग पनि बढ्छ । गर्मीमा ताजा रहन र शितलता प्राप्त गर्नको लागि मानिसहरु विभिन्न प्रकारका चिसो पेयपदार्थ पिउने गर्छन् । घरमा पनि सजिल्यै बनाउन सकिने कतिपय पेयपदार्थहरुले उर्जासँगसँगै शरीरमा पोषक तत्व पनि प्रदान गर्छ। चिसो बनाइएकोे पेय पदार्थ र विभिन्न बजारमा पाइने पेयपदार्थ सेवन गर्दा शरीरमा नकारात्मक असर परिरहेको हुन्छ । त्यसैले, गर्मीमा बजारमा पाइने विभिन्न प्रकारका चिसो पेय पदार्थ पिउनुभन्दा घरमा नै निर्माण गरिएको स्वस्थकर पेय पदार्थ पिउँदा स्वास्थसँगसँगै गर्मीको चिढचिढाहटबाट पनि मुक्ति मिल्छ । तरबुजाको जुस तरबुजाको रसमा ९६ प्रतिशत पानी हुन्छ । साथै, यसमा भिटामिन ब्, द्यट, ऋ जस्ता एन्टिअक्सिडेन्ट्स पनि हुन्छ । यसकारण शरीरमा पानीसँग रासायनिक तत्व सजिल्यै घुल्छ र शरीरलाई ‘हाइड्रेट’ राख्न मद्दत गर्छ । कागती पानी कागती पानीमा भिटामिन सि
दिनारको भाउ बढ्यो, रियाल, रिंगिट र दिर्हामको भाउ के छ थाहा पाउनुहोस्

दिनारको भाउ बढ्यो, रियाल, रिंगिट र दिर्हामको भाउ के छ थाहा पाउनुहोस्

काठमाण्डौ ,जेठ ६ ।  सोमबार कोरियन वन केही पैसाले घटेको छ भने कुवेती र बहराइन दिनारको भाउ केही बढेको छ । अमेरिकी डलरसहित रियाल, रिंगिट र दिर्हामको भाउ भने आज सोमबार स्थिर रहेको छ । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११२ रुपैयाँ ६६ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३० रुपैयाँ ०४ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७८ पैसा र बिक्रीदर ३० रुपैयाँ ९४ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५१ पैसा र बिक्रीदर ३० रुपैयाँ ६७ पैसा छ । सोमबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८३ पैसा र बिक्रीदर २६ रुपैयाँ ९७ पैसा छ । यस्तै कुवेती दिनारको १ को खरिददर ३६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७० रुपैयाँ ५३ पैसा तोकिएको छ । हिजो खरिददर ३६८ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७० रुपैयाँ
आमा र दिदी पर्खिरहेकी छिन् स्वस्तिका

आमा र दिदी पर्खिरहेकी छिन् स्वस्तिका

धादिङ,जेठ ६  ।  गजुरी गाउँपालिका-५ गलौंदीकी ४ वर्षीया स्वस्तिका पन्त आमा र दिदीसँगै काठमाडौं जान बिहान ६ बजे गाडी चढिन्। १५ मिनेट बित्न नपाउँदै उनीहरू चढेको बस वडा नम्बर ६ को बन्छेटारमा पुगेर दुर्घटना भयो। दुर्घटनामा नौ जनाको मृत्यु भएको छ। आमा अनिता पन्त (परियार) र दिदी अस्मिता परियार गम्भीर घाइते भए पनि उछिट्टिएकी स्वस्तिका भाग्यबश सकुशल बाँचिन्। ३ ठाउँमा ठोक्किँदै बस त्रिशूलीमा खसे पनि स्वस्तिका भने भीरको बीचमा अड्किइन्। उद्धारकर्ताले बस खसेको भीरबाट स्वस्तिकालाई सडकमा ल्याएका थिए। उनको शरीरमा कुनै पनि चोट नदेखिए पनि कसैसँग बोल्न सकेकी थिइनन्। अस्पतालमा सोधीखोजी गर्न जाने जोसुकैलाई एकोहोरो हेरिरहने उनले केही भन्न नसके पनि उनको आँखाको भावले नै आमा र दिदीलाई खोजिरहेको थाहा पाइन्छ। अस्पतालमा सामान्य परीक्षणपछि उनीहरू बस्ने घरबेटीले स्वस्तिकालाई अस्पतालबाट जिम्मा लिएर गएका छन्। गजुरी
आजबाट अप्टिकल फाइबर बिछ्याइँदै

आजबाट अप्टिकल फाइबर बिछ्याइँदै

काठमाडौँ, जेठ ६ । देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ । सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ । सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पर्न महत्वपूर्ण मानिएको यसको औपचारिक सुरुवात धादिङको गल्छी गाउँपालिकास्थित मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो १ः०० बजे गर्दै हुनुहुन्छ । त्यस्तै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि सोमबार नै फाइबर बिछ्याउने कामको औपचारिक सुरुवात हुनेछ । टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३७६ किलोमिटर फाइबर बिछ्याउनेछ। यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म टेलिकमले
Open

Expert Education Dang

Close